सुदर्शन सापकोटा, काठमाडौं, कात्तिक १८- कमोडिटी एण्ड मेटल एक्सचेन्ज (कोमेन) ले सुनको एक्सचेन्ज ट्रेडेड फन्ड (इटीएफ) सुरु गर्ने भएको छ। यसबाट लगानीकर्ताले निश्चित परिमाणको सुन कागजमा किनबेच गर्न र चाहेको बेला सुनमा परिणत गर्न सक्नेछन।
आकास इन्भेष्टमेन्ट बैंकर्स र केही मर्चेन्ट बैंकसँग मिलेर कोमेनले इटीएफ सुरु गर्न लागेको हो। 'तीन महिनाभित्र यो सेवा सुरु गरिसक्ने हाम्रो योजना छ,' कोमेनका प्रमुख कार्यका अधिकृत विजय सत्यालले नागरिकसँग भने।
इटीएफ सञ्चालनका लागि आकास इन्भेष्टमेन्ट लगायत केही वित्त कम्पनीसँग सम्झौता भइसको उनले बताए। 'इटीएफ सञ्चालनका लागि केही बैंकसँग पनि कुरा भइरहेको छ,' उनले भने। उनका अनुसार इटीएफले नेपालमा सुनको आपुर्ति बढाउन सहयोग गर्छ। हालै नयाँ व्यवस्थापनले खरिद गरेको कोमेनले सुन, चाँदी, तामालगायतका धातुको कारोबार कारोबारगर्दै आएको छ।
इटीएफ म्युचुअल फन्डजस्तै हो। इटीएफमार्फत अन्तर्राष्ट्रिय बजारबाट खरिद गरिएको सुन तत्कालै डेलिभ हुन्छ। उनले इटीएफ सुरु भएपछि नेपालमा सुनको मौज्दात बढ्ने जानका दिए। अहिले नेपाल इन्भेस्टमेन्ट, स्टान्डर्ड चार्टर्ड र एस डेभलपमेन्ट बैंकले यो सञ्चालन गरिरहेका छन्।
उनले सरकारले ऐन र नियामक निकाय स्थापना गरे इटीएफबाट ठूलो परिमाणम नेपाल सुन भित्रिने बताए। 'सुन धेरै भित्रिदा राष्ट्र बैंकलाई मौद्रिक औजार प्रयोग गर्न सजिलो हुन्छ,' सत्यालले भने, ' यसले मुल्यवृद्धि नियन्त्रणमा पनि सहयोग पुग्छ।' कारोबार भएको सुनको डेलिभ तुरुन्त हुने भएकाले राष्ट्रिय अर्थतन्त्र बलियो बनाउन पनि यसले सहयोग गर्छ।
कोमेनले कारोबार दायरा फराकिलो बनाउन नयाँ सफ्टवेयर भित्राउने उनले बताए। 'लगानीकर्ताका लागि सफ्टवेयर सञ्चालन भएपछि कारोबार वृद्धि हुनेछ,' उनले भने। सफ्टवेयर नहुँदा कारोवारको दायरा साघुँरो भएको बताउँदै उनले अन्य कम्पनीसँग प्रतिस्पर्धाका लागि पनि सफ्टवेयर चाँडो ल्याउन लागेको जानका दिए। सफ्टवेयर सञ्चालनमा आएपछि लगानीकर्ताले घरैमा बसेर अन्तर्राष्ट्रिय बजारमा सुन, चाँदी, कच्चा तेल, खाद्यान्नको कारोबार गर्न सक्ने छन्।
सत्यालले कृषि बस्तुको कारोबार पनि सञ्चालन गर्ने बताए। डेरिभेटिभ तथा फ्युचर मार्केटमा कृषि बस्तुको कारोबार भएमा किसानले आफ्नो वस्तुको वास्तविक मूल्य पाउने छन्। तर यसका लागि कारोबार गर्ने कम्पनीलाई वेयर हाउस (भण्डारण) को आवश्यकता पर्छ। अहिलेसम्म कुनै पनि कम्पनीसँग वेयर हाउस छैन। 'सरकारले सहयोग गरेमा वेयर हाउसको व्यवस्था ग कृषि बस्तुको कारोबार गर्न हामी तयार छौं,' सत्यालले भने।
फ्युचर मार्केटमा कृषि वस्तुको कारोवारका लागि किसानको प्रत्यक्ष सहभागिता हुन्छ। किसानले आफ्नो उत्पादनको वास्तविक मूल्य नपाउन्जेलसम्म वेयर हाउसमा थन्क्याएर राख्न सक्छन्। वेयर हाउसमा भण्डारण गरिएको उत्पादनको धितोमा किसानले बैंकबाट ऋणसमेत पाउँछन्। आफ्नो वस्तुको वास्तविक मूल्य पाएपछि किसानले वेयर हाउसमा राखिएको उत्पादन विक्री गर्न सक्छन्। अहिलेसम्म कुनै पनि कम्पनीले कृषि वस्तुको कारोबार थालेको छैनन्।
नेपालमा धातु तथा कृषि वस्तुको कारोबार गर्नका लागि कोमेनसहित मर्कन्टाइल एक्सचेन्ज (मेक्स) र नेपाल डेरिभेटिभ एण्ड मेटल एक्सचेन्ज (एनडेक्स) कम्पनी स्थापना भएका छन्। एनडेक्सले अझै कारोबार सञ्चालन गरिसकेको छैन। कमोटिडीको कारोबार गर्ने कम्पनीहरुले गत वर्ष १ करोड रुपैयाँ सरकारलाई राजस्व बुझाएका थिए। चालु आर्थिक वर्षको बजेटमा सरकारले औपचारिक रुपमा कमोडिटी कारोबार कम्पनीबाट कर उठाउने घोषणा गरेपछि असोज मसान्तसम्म ३ करोड रुपैयाँ कर उठिसकेको छ।
No comments:
Post a Comment
thanks for comment