सुदर्शन सापकोटा,
काठमाडौं, भदौ १० -
बैंक तथा वित्तीय संस्थामा आज १०
प्रतिशत ब्याजदरमा बचत खाता खोल्नुभएको छ र भोलि नै ब्याजदर बढेर ११
प्रतिशत पुग्यो भने तपाईंले बढेको ब्याज पाउनुहुन्न। बढेको ब्याजदर पाउन
तपाईंले अघिल्लो दिन खोलेको खाता बन्द गरेर नयाँ खाता खोल्नुपर्छ।
यसका लागि आफूले खाता खोलेको बैंकको हरेक दिनको गतिविधि नजिकबाट
नियाल्नुपर्छ। बैंकले अर्को खातामा पैसा जम्मा गर्नुस्, ब्याज बढी आउँछ
भन्दैन।
तपाईंले बैंक तथा वित्तीय कम्पनीबाट कर्जा लिनुभएको छ भने चाहिँ ब्याज बढ्नेबित्तिकै उनीहरूले रातारात एसएमएस र फोन गर्छन्। कतिपयले त कर्जाको ब्याज बढेको सूचना दिनु आवश्यक पनि ठान्दैनन्। उस्तै परे ब्याज तिर्न गएको दिनमात्र तपाईंले बढेको ब्याजदर थाहा पाउनुहुन्छ।
खातामा लाख रुपैयाँ राख्नुभएको छ र एक प्रतिशत ब्याजदर बढ्यो भने बैंक तथा वित्तीय संस्थाको चलाखीका कारण पाउनुपर्नेभन्दा हजार रुपैयाँ कम पाउनुहुन्छ।
तपाईंले बैंक तथा वित्तीय कम्पनीबाट कर्जा लिनुभएको छ भने चाहिँ ब्याज बढ्नेबित्तिकै उनीहरूले रातारात एसएमएस र फोन गर्छन्। कतिपयले त कर्जाको ब्याज बढेको सूचना दिनु आवश्यक पनि ठान्दैनन्। उस्तै परे ब्याज तिर्न गएको दिनमात्र तपाईंले बढेको ब्याजदर थाहा पाउनुहुन्छ।
खातामा लाख रुपैयाँ राख्नुभएको छ र एक प्रतिशत ब्याजदर बढ्यो भने बैंक तथा वित्तीय संस्थाको चलाखीका कारण पाउनुपर्नेभन्दा हजार रुपैयाँ कम पाउनुहुन्छ।
बैंक तथा वित्तीय कम्पनीले बचत खाताको ब्याज बढाउँदा चलाखी अपनाएका हुन्छन् ताकि पुरानो खातावाललाई बढेको ब्याज दिनु नपरोस्। अघिल्लो दिन १० प्रतिशत ब्याजदरमा 'धनलक्ष्मी' बचत खाता सञ्चालन गरेका छन् भने ब्याज बढाउँदा 'धनवर्षा' नाम राख्छन्। यसो गर्दा पुरानो खातावालालाई बढेको ब्याज दिनु पर्दैन।
Global and China Toy
Global and China Toy Industry Report, 2010www.researchinchina.comItalian Business Trends
Independent monthly newsletter on business, politics and the economywww.europrospects.orgAlibaba.com Official Site
100,000+ Valid Global Suppliers, From 240+ Countries & Regions.www.Alibaba.comIMF / World Bank 2010
Shaping the future of banking Follow the The Banker's expert viewwww.TheBanker.com/imfLead Generation Experts
Expert Support EU, India, US, ME Inward Investment & Trade Supportwww.kinetic3.co.uk
'बचतभित्र पनि धेरै खाता हुने भएकाले ब्याजदर फरक हुन्छ,' लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन जोशीले नागरिकसँग भने, 'धेरै ब्याज खोज्नेले बढेको खातामा पैसा राख्नुपर्छ।'
रातारात बढेको कर्जाको ब्याजको भार भने सर्वसाधारणले चुकाउनैपर्छ। बैंकहरूले ग्राहकसँग कर्जा स्वीकृत गराउँदा सुरुमै समयअनुसार ब्याजदर तलमाथि हुनसक्छ भनेर लिखित सम्झौतै गरेका हुन्छन्।
'हामीले कर्जा स्वीकृत गर्दै ब्याजदर तलमाथि हुनसक्छ भनेर ग्राहकसँग लिखित सम्झौता गरेका हुन्छौं,' डिसिबिएल बैंकका प्रमुख कार्यकारी अधिकृत सुधीर खत्रीले भने।
कानुनी रूपमा भने बीचमा कर्जाको ब्याजदर बृद्धि गर्नु न्यायपूर्ण होइन। 'बैंक र ग्राहक कर्जा करारका समान हैसियतका पक्ष हुन्,' अधिवक्ता अपूर्व खतिवडाले भने, 'यस अर्थमा बैंकले ग्राहकसँग पूर्व स्वीकृति नलिई ब्याजदर बढाउन पाउँदैन।' तर, बैंक तथा वित्तीय कम्पनीले ग्राहकको स्वीकृतिबिनै कर्जाको ब्याजदर बढाउने गरेका छन्।
नेपाल एसबिआई बैंकबाट चार वर्षअघि घरकर्जा लिएका स्युचाटारका गणेश भट्टराईले बैंकमा किस्ता तिर्न जाँदामात्र ब्याज बढेको थाहा पाए। '८.७५ प्रतिशतमा ८ लाख रुपैयाँ लिएको थिएँ,' महिनाको १० हजार किस्ता तिर्दै आएका उनले भने, 'ब्याज बढेको बैंकमै गएर थाहा पाएँ।'
अधिवक्ता खतिवडाका अनुसार प्रस्ताव र स्वीकृति (कर्जा लिने र दिने) को सिद्धान्तअनुसार ग्राहकले सुरुमा करार गर्दा बैंकले जति ब्याजदर राखेको हुन्छ, त्यसलाई स्वीकृति दिएको हुन्छ। पछि ब्याजदर बढाउनु नयाँ स्वीकृति र प्रस्तावका लागि करार गर्नु हो। 'ब्याज बढ्ने भएपछि ऋण दिनेले केही समयअघि नै ग्राहकलाई जानकारी दिनुपर्छ,' उनले भने।
अन्तर्राष्ट्रिय अभ्यासमा कर्जाको ब्याज बढाउनुअघि सम्बन्धित कम्पनीले दुई महिनाअघि नै जानकारी गराउँछन्। तर, नेपालमा यस्तो प्रचलन छैन। 'आर्थिक दायित्व थपिदिनुअघि बैंकले ग्राहकलाई जानकारी गराइसक्नुपर्छ,' खतिवडाले भने, 'ब्याज घट्दा ग्राहकलाई फाइदा हुने भएकाले जानकारी नगराउँदा पनि हुन्छ।'
कर्जा सम्झौता राणाकालीन
बैंक तथा वित्तीय संस्थाले ग्राहकसँग गर्ने कर्जाको सम्झौता राणाकालीन छ। 'समयअनुसार ब्याजदर थपघट हुनसक्छ' भन्ने ब्यहोराको उसबेलाको सम्झौतापत्रमा अहिले पनि परिवर्तन गरिएको छैन। नयाँ खुल्ने बैंक तथा वित्तीय संस्थाले पनि पुराना कम्पनीको कर्जा सम्झौताको प्रतिलिपि गरेर कार्यान्वयन गर्दै आएका छन्।
बैंक तथा वित्तीय संस्थालाई नियमन गर्ने राष्ट्र बैंकले पनि कर्जा सम्झौताको मापदण्ड तोकेको छैन। बैंक तथा वित्तीय कम्पनीसम्बन्धी ऐनले पनि कर्जा सम्झौतापत्रबारे बोलेको छैन।
No comments:
Post a Comment
thanks for comment