काठमाडौं मंसिर २८
सेयर जस्तै वस्तु तथा सेवाको कारोवार हुने कमोडिटिज बजारको नियमन गर्ने निकाय नहुँदा सर्वसाधाणको लगानी असुरक्षित भएको छ । सेयरका लगानीकर्ताको सुरक्षाका लागि धितोपत्र वोर्डले नियमन गर्छ । तर तीन बर्षदेखि सुरु भएको कमोडिटिज बजारलाई नियमन गर्ने कुनै पनि निकाय छैन । नियमन नहुँदा सर्वसाधारणको लगानी असुरक्षित हुने सम्भावना वढेको हो ।
अन्तर्राष्ट्रिय बजार मूल्य अनुसार कारोवार हुने वस्तु तथा सेवामा नेपाली लगानीकर्ताको आकर्षण वढिरहेको छ । सेयर मूल्य घटिरहेकाले पनि त्यतातिर लगानीकर्ताको आकर्षण बढॆको हो । लगानीकर्ताको आकर्षण बढेपनि सरकारले अहिलेसम्म पनि कुनै निकाय गठन गरेर नियमनको जिम्मा दिएको छैन । अहिले कमोडिटी एण्ड मेटल एक्सचेन्ज र मर्कन्टाइल एक्सचेन्ज नेपालबाट सर्वसाधारणले अन्तर्राष्ट्रिय बस्तु तथा सेवाको कारोवार गरिरहेका छन् । नेपाल डेरिभेटिभ एण्ड एक्सचेन्जले पनि कारोवार सुरु गर्ने तयारी गरिरहेको छ ।
कमोडिटिजको कारोवार गर्ने कम्पनी स्वयंमले नियमन निकाय गठन र यस सम्वन्धि ऐनको माग गरिरहेका छन् ।
बढिरहेको कमोडिटिज बजारको नियमनका लागि निकाय गठन गर्नका लागि हामीले सरकारसँग पटक-पटक माग गरिसकेका छौं- मर्कन्टायलका प्रमुख कार्यकारी दिपेन्द्र खतिवडाले भने -सरकारीतर्फबाट चाँडै यो बजार नियमनका लागि काम थाल्ने भन्ने आश्वासन पाएका छौं ।
कोमेनका प्रमुख कार्यकारी विजय सत्यालले कमोडिटिजलाई करको दायरामा समेटिसकेको सरकारले अझैसम्म पनि ऐन र नियमन निकायको गठन नगर्दा बजार वढेपनि यसले अपेक्षा गरेअनुसारको उपलब्धि हासिल गर्न नसकेको बताए । ऐन र नियामक निकाय गठन भएपछि सर्वसाधारणको लगानी सुरक्षित भइ बजार पनि व्यवस्थित हुने उनले बताए । चालु बर्षभित्र मात्र दुई कम्पनीले सरकारलाई ६ करोड रुपैयाँभन्दा वढी कर वुभाइसकेका छन् ।
नेपाली लगानीकर्ताले अहिले सुन चाँदी तामा पित्तल कच्चा तेल कफिलगायतका बस्तुको अन्तर्राष्ट्रिय बजार मूल्य अनुसार कारोवार गरिरहेका छन् । सेयरको मूल्यमा निरन्तर गिरावट आएपछि लगानीकर्ता कमोडिटिज बजारमार्फत सुनको कारोवारतर्फ आकर्षित भएको एक्सचेन्ज कम्पनीहरुले जनाएको छ । अहिले सुनपछि कच्चा तेल र चाँदीको कारोवार वढी हुने गरेको छ ।
नियमन निकाय हुँदा एक्सचेन्ज कम्पनीहरुले गर्नसक्ने मूल्य मेनुपुलेसनबाट लगानीकर्ता जोगिन सक्छन् । कम्पनीहरुले अन्तर्राष्ट्रिय बजारभन्दा केही तलमाथि गरेर सर्वसाधारणको लगानी प्रभावित गर्न सक्ने सम्भावना पनि कम हुने एक कमोडिटिज दलालले बताए । उनका अनुसार एक्सचेन्ज कम्पनीहरुले प्रयोग गरेको सफ्टवेयरमा समस्या आउँदा लगानीकर्तालाई पर्नसक्ने अप्ठ्याराबाट पनि लगानीकर्ता जोगिने छन् ।
नियमन नहुँदा अहिले कमोडिटिज कारोवार गर्ने कम्पनीको संख्या वढिरहेको बताउँदै उनले कुनै कम्पनी सर्वसाधारणबाट रकम उठाएर भाग्न सक्ने सम्भावना पनि कम हुने जानकारी दिए ।
नियमन निकाय हुँदा कम्पनीहरु प्ारदर्शी र व्यवस्थित हुन्छन्-उनले भने -लगानीकर्ताको विश्वास बढेर बजार अझ फराकिलो हुन्छ ।
कमोडिटिज ऐन बर्षको अन्त्यसम्मसेयर जस्तै वस्तु तथा सेवाको कारोवार हुने कमोडिटिज बजारको नियमन गर्ने निकाय नहुँदा सर्वसाधाणको लगानी असुरक्षित भएको छ । सेयरका लगानीकर्ताको सुरक्षाका लागि धितोपत्र वोर्डले नियमन गर्छ । तर तीन बर्षदेखि सुरु भएको कमोडिटिज बजारलाई नियमन गर्ने कुनै पनि निकाय छैन । नियमन नहुँदा सर्वसाधारणको लगानी असुरक्षित हुने सम्भावना वढेको हो ।
अन्तर्राष्ट्रिय बजार मूल्य अनुसार कारोवार हुने वस्तु तथा सेवामा नेपाली लगानीकर्ताको आकर्षण वढिरहेको छ । सेयर मूल्य घटिरहेकाले पनि त्यतातिर लगानीकर्ताको आकर्षण बढॆको हो । लगानीकर्ताको आकर्षण बढेपनि सरकारले अहिलेसम्म पनि कुनै निकाय गठन गरेर नियमनको जिम्मा दिएको छैन । अहिले कमोडिटी एण्ड मेटल एक्सचेन्ज र मर्कन्टाइल एक्सचेन्ज नेपालबाट सर्वसाधारणले अन्तर्राष्ट्रिय बस्तु तथा सेवाको कारोवार गरिरहेका छन् । नेपाल डेरिभेटिभ एण्ड एक्सचेन्जले पनि कारोवार सुरु गर्ने तयारी गरिरहेको छ ।
कमोडिटिजको कारोवार गर्ने कम्पनी स्वयंमले नियमन निकाय गठन र यस सम्वन्धि ऐनको माग गरिरहेका छन् ।
बढिरहेको कमोडिटिज बजारको नियमनका लागि निकाय गठन गर्नका लागि हामीले सरकारसँग पटक-पटक माग गरिसकेका छौं- मर्कन्टायलका प्रमुख कार्यकारी दिपेन्द्र खतिवडाले भने -सरकारीतर्फबाट चाँडै यो बजार नियमनका लागि काम थाल्ने भन्ने आश्वासन पाएका छौं ।
कोमेनका प्रमुख कार्यकारी विजय सत्यालले कमोडिटिजलाई करको दायरामा समेटिसकेको सरकारले अझैसम्म पनि ऐन र नियमन निकायको गठन नगर्दा बजार वढेपनि यसले अपेक्षा गरेअनुसारको उपलब्धि हासिल गर्न नसकेको बताए । ऐन र नियामक निकाय गठन भएपछि सर्वसाधारणको लगानी सुरक्षित भइ बजार पनि व्यवस्थित हुने उनले बताए । चालु बर्षभित्र मात्र दुई कम्पनीले सरकारलाई ६ करोड रुपैयाँभन्दा वढी कर वुभाइसकेका छन् ।
नेपाली लगानीकर्ताले अहिले सुन चाँदी तामा पित्तल कच्चा तेल कफिलगायतका बस्तुको अन्तर्राष्ट्रिय बजार मूल्य अनुसार कारोवार गरिरहेका छन् । सेयरको मूल्यमा निरन्तर गिरावट आएपछि लगानीकर्ता कमोडिटिज बजारमार्फत सुनको कारोवारतर्फ आकर्षित भएको एक्सचेन्ज कम्पनीहरुले जनाएको छ । अहिले सुनपछि कच्चा तेल र चाँदीको कारोवार वढी हुने गरेको छ ।
नियमन निकाय हुँदा एक्सचेन्ज कम्पनीहरुले गर्नसक्ने मूल्य मेनुपुलेसनबाट लगानीकर्ता जोगिन सक्छन् । कम्पनीहरुले अन्तर्राष्ट्रिय बजारभन्दा केही तलमाथि गरेर सर्वसाधारणको लगानी प्रभावित गर्न सक्ने सम्भावना पनि कम हुने एक कमोडिटिज दलालले बताए । उनका अनुसार एक्सचेन्ज कम्पनीहरुले प्रयोग गरेको सफ्टवेयरमा समस्या आउँदा लगानीकर्तालाई पर्नसक्ने अप्ठ्याराबाट पनि लगानीकर्ता जोगिने छन् ।
नियमन नहुँदा अहिले कमोडिटिज कारोवार गर्ने कम्पनीको संख्या वढिरहेको बताउँदै उनले कुनै कम्पनी सर्वसाधारणबाट रकम उठाएर भाग्न सक्ने सम्भावना पनि कम हुने जानकारी दिए ।
नियमन निकाय हुँदा कम्पनीहरु प्ारदर्शी र व्यवस्थित हुन्छन्-उनले भने -लगानीकर्ताको विश्वास बढेर बजार अझ फराकिलो हुन्छ ।
काठमाडौं मंसिर २८ नागरिक
सरकारले कमोडिटिज बजारलाई नियमन गर्ने निकाय र ऐन असार अन्त्यसम्म आउने भएको छ । अर्थमन्त्रालय स्रोतका अनुसार कमोडिटिज बजारका अधिकारीसँगको छलफलपछि सरकार ऐन ल्याउन तयार भएको हो । उनका अनुसार कमोडिटिज बजार नियमन गर्न तत्कालका लागि सेयर बजरको नियमन गरिरहेको धितोपत्र वोर्डलाई जिम्मा दिइने मन्त्रालय स्रोतले बतायो । तर वोर्डले भने कमोडिटिज बजारको नियमन गर्न नसक्ने जनाएको छ ।
ऐन निर्माणका लागि तयारी सुरु भइसकेको मन्त्रालय स्रोतले बतायो । स्रोतका अनुसार कमोडिटिज बजारका अधिकारीसँग ऐन निर्माणका लागि छलफल र तयारी भइरहेको छ । बजार नियमनका लागि ऐन र नियमन निकायको माग भएपछि मन्त्रालयले तयारी सुरु गरेको हो । नेपालमा तीन बर्षदेखि कमोडिटिज बजार साचालन हुँदै आएको छ ।
एनडेक्सको कारोवार पुस दोस्रो साताबाटसरकारले कमोडिटिज बजारलाई नियमन गर्ने निकाय र ऐन असार अन्त्यसम्म आउने भएको छ । अर्थमन्त्रालय स्रोतका अनुसार कमोडिटिज बजारका अधिकारीसँगको छलफलपछि सरकार ऐन ल्याउन तयार भएको हो । उनका अनुसार कमोडिटिज बजार नियमन गर्न तत्कालका लागि सेयर बजरको नियमन गरिरहेको धितोपत्र वोर्डलाई जिम्मा दिइने मन्त्रालय स्रोतले बतायो । तर वोर्डले भने कमोडिटिज बजारको नियमन गर्न नसक्ने जनाएको छ ।
ऐन निर्माणका लागि तयारी सुरु भइसकेको मन्त्रालय स्रोतले बतायो । स्रोतका अनुसार कमोडिटिज बजारका अधिकारीसँग ऐन निर्माणका लागि छलफल र तयारी भइरहेको छ । बजार नियमनका लागि ऐन र नियमन निकायको माग भएपछि मन्त्रालयले तयारी सुरु गरेको हो । नेपालमा तीन बर्षदेखि कमोडिटिज बजार साचालन हुँदै आएको छ ।
काठमाडौं मंसिर २८ नागरिक
नेपाल डेरिभेटिभ एक्सचेन्ज एनडेक्स ले पुस दोस्रो साताबाट कारोवार सुरु गर्ने भएको छ । कम्पनीले ११ वटा बस्तुबाट कारोवार सुरु गर्न लागेको हो । योसँगै नेपालमा कमोडिटिजको कारोवार गर्ने कम्पनी तीन पुगेको छ ।
सुन चाँदी कच्चा तेल तामा जिङलगायतका ११ वटा वस्तुबाट कारोवार सुरु गर्ने तयारी गरिरहेको कम्पनीका प्रमुख कार्यकारी सूर्य पोखरेलले बताए । उनका अनुसार यसका लागि कम्पनीले काष्ठमण्डप क्लियरिङ कम्पनीलाई क्लियरिङ हाउस बनाएको छ । क्लियरिङ हाउसले बस्तु खरिद तथा विक्रीकर्ता र कारोवर गर्ने कम्पनीबीच मध्यस्थताको काम गर्छ । कम्पनीले अहिले २० दलाल कम्पनीबाट कारोवार सुरु गर्ने तयारी गरिरहेको छ ।
कारोवार सुरु भएपछि अरु दलाल थप्ने छौं- उनले भने -र क्लियरिङ हाउस पनि थपिने छ ।
पोखरेलले एक किलोग्राम सुनका लागि ७५ हजार रुपैयाँ लगानीकर्ताबाट धरौटी लिएर सुन खरिद गरिदिने बताए । साचालनमा रहेका अन्य कम्पनीको तुलनामा यो रकम सस्तो हो । उनले ऐन तथा नियमन निकाय गठनपछि देश भित्रका कृषि बस्तुको पनि कारोवार थालिने बताए ।

No comments:
Post a Comment
thanks for comment