काठमाडौं, वैशाख १५ (नागरिक)- राष्ट्र बैंकले निर्यात व्यापारका लागि दिने पूनर्कर्जाको दर घटाएको छ। यस्तो दरलाई २ बाट घटाएर डेढ प्रतिशत कायम गरिएको छ।
घट्दो निर्यात व्यापारको गिरावटलाई रोक्न पूनर्कर्जाको दरलाई घटाइएको गभर्नर यूवराज खतिवडाले बताए। यस्तो कर्जामा बैंक तथा वित्तीय संस्थाले सम्बन्धित ऋणीबाट ४ प्रतिशत मात्र ब्याज लिन पाउने व्यवस्था गरिएको छ। केही वर्षअघि निर्यात व्यापारलाई सहयोग गर्न ल्याएको यो व्यवस्था प्रभावकारी हून सकेको थिएन।
राष्ट्र बैंकले न्युन आर्थिक वृद्धि, मुल्यमा चाप, निर्यातको खस्कदो अवस्था, बढ्दो व्यापार घाटा, चालू खाता तथा शोधनान्तर घाटा, बैंकिङ्ग क्षेत्रमा तरलता अभाव, बैंक तथा वित्तीय संस्थाको संख्यामा वृद्धिसँगै नियमन तथा सूपरिवेक्षणमा गर्नूपर्ने सूदृढीकरण तथा सर्वसाधारणमा वित्तीय पहूँच अभिबृद्धिलाई चूनौतीका रुपमा लिएको छ। ‘यी चूनौती समाधानमा राष्ट्र बैंक प्रतिवद्ध छ' ५५ औं वार्षिक उत्सवमा मंगलबार उनले भने।
आर्थिक वृद्वि दर साढे तीन प्रतिशत मात्रै हासिल हूने अवस्थामा ११ अंकको मुल्य वृद्विलाई खतिवडाले नसूहाउँदो ठानेका छन्। ‘आउने दिनमा मौद्रिक विस्तारबाट मुल्यलाई चाप नपर्ने नीति लिइनेछ' उनले भने। चालू वर्षको ८ महिनाको अवधिमा साढे २३ अर्बको शोधनान्तर घाटा भएको छ। आयात उच्च र निर्यात न्यून भएपछि यो घाटा भएको हो। यो घाटाको विश्लेषण मूलूकको पुर्वाधार विकासका लागि वस्तूको आयात समेत भएको उनले जनाए। अहिले नै पुर्वाधार विकासको असर आर्थिक वृद्वि दरमा पर्ने स्थिति नभएको जनाउँदै खतिवडाले भने-'भविष्यमा यसले मूलूकका लागि पुर्वाधारको आधार तयार पार्नेछ।'
उच्च शोधनान्तर घाटालाई न्यून पार्न वस्तूसँगै सेवाको निर्यात खतिवडाको प्राथमिकतामा परेको छ। सँगै यातायात, बिमाको खर्च घटाउनूपर्ने पक्षमा उनी देखिएका छन्। राहदानी प्रयोग गरी पाउने विदेशी मूद्राको सटही सूविधा समेत पूनरावलोकनको संकेत उनले दिएका छन्। ‘यसलाई नियन्त्रण भन्न मिल्ने स्थिति छैन, खर्च नियन्त्रण जरुरी छ' खतिवडाले भने।
बैंकिङ क्षेत्रमा लगानी योग्य पूँजीको अभावले कर्जा प्रवाह ठप्प छ। यस्तो अवस्था अन्त्य गर्न राष्ट्र बैंकले असल कर्जाको धितोमा पूनर्कर्जा दिने निर्णय गरिसकेको छ। तरलता अभाव हूनूमा सरकारको विकास खर्च आवश्यक मात्रामा नहूनू पनि एउटा कारण भएको खतिवडाले जनाए। उनले तरलताको अभाव कम गर्न साढे ७ प्रतिशतको व्याजदरमा बैंक तथा वित्तीय संस्थालाई पूनर्कर्जा उपयोग गर्न निर्देशन दिए। बैंकहरुले राष्ट्र बैंकबाट लिएको पूनर्कर्जा साढे १० प्रतिशतमा मात्र लगानी गर्न पाउँछन्।
खतिवडाले गभर्नर नियूक्त भएसँगै २ सय २ बैंक तथा वित्तीय संस्थाको सूपरिवेक्षणका लागि राष्ट्र बैंकको क्षमता बढाउनूपर्ने जनाउँदै आएका छन्। यसका लागि राष्ट्र बैंकको जनशक्ति कम भएमा ‘आउट सोर्सिङ' गर्नूपर्ने पक्षमा उनी छन्। पूर्व गभर्नर भेषबहादूर थापाले राष्ट्र बैंकको अनूसन्धान क्षमता बढाउन सूझाव दिए। राष्ट्र बैंकको क्षेत्रीय कार्यालय मार्फत समेत अनूगमन र निरिक्षणको काम थाल्ने योजना खतिवडाले सूनाए। तत्कालीन गभर्नर तिलक रावलको कार्यकायमा सूरु भएको क्षेत्रीय स्तरबाट बैंक तथा वित्तीय संस्थाको सूपरिवेक्षण गर्ने कार्य रोकिएको थियो।
विगतमा पनि स्थगित भएको बैंकको लाइसेन्स खूला गर्नूपर्ने सूझाव दिएका खतिवडाले यसपटक नयाँ नीति आगामी आर्थिक वर्षको सूरुसँगै ल्याउने भएका छन्। ‘यसका लागि नयाँ मौद्रिक नीति कुर्नुपर्छ' उनले भने। तर उनले गाउँमा बैकिङ सेवाको पहूँच बढाउन विकास बैंक खोल्न सकिने जनाएका छन्। यसको शर्त सेवा नभएका ठाउँका लागि तोकिएको छ। घ वर्गका लघूवित्त बैंक स्थापनाका लागि राष्ट्रबैंकले ढोका खूला गरेको छ।
खतिवडाले नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंक नीजिकरणका लागि योग्य भएको जनाएका छन्। वित्तीय सूधार कार्यक्रम अन्तर्गत यी दूई बैंकमा सरकारले पूँजी थपेर चलाउन सक्ने स्थिति बनेको उनले बताए। ‘सूधारका लागि थप काम गर्न बाँकी छ' खतिवडाले भने-'यसलाई निरन्तरता दिइने छ।' खतिवडाले वार्षिक उत्सवका अवसरमा २० वर्ष सेवा अवधि पूगेको ७९ जनालाई सम्मान गरेका थिए।
नेपाल बैंकमा नयाँ समुह
राष्ट्र बैंकले नेपाल बैंकको व्यवस्थापन समुहमा नयाँ सदस्य पठाएको छ। राष्ट्र बैंकका निर्देशक महेश्वरलाल श्रेष्ठको संयोजकत्वमा विमल खनाल र कृष्णराज सिलवाललाई नेपाल बैंकमा पठाइएको छ। अहिलेसम्म बैंकमा रहेका राष्ट्र बैंकका प्रतिनिधि विनोद आत्रेयलाई फिर्ता बोलाइएको छ।
No comments:
Post a Comment
thanks for comment