८ जनाले आवेदन दिए
सुदर्शन सापकोटा
काठमाडौं असोज २४
बैंक तथा वित्तीय संस्थाहरु समस्यामा जान थालेपछि त्यसको व्यवस्थापन लिएर संस्थाको संकट व्यवस्थापन गर्नका लागि राष्ट्र बैंकले वाहिरबाट विज्ञ व्यवस्थापन पठाउने तयारी सुरु गरेको छ । राष्ट्र बैंकले कुनै बैंक तथा वित्तीय संस्था समस्याग्रस्त घोषणा गरेर नियन्त्रणमा लिएपछि त्यसलाई साचालन गर्न आवश्यक व्यवस्थापन जनशक्ति तयार पार्न नयाँ रणनीति तयार पारेको हो ।
राष्ट्र बैंक आफैले सस्था साचालन गर्दा विगतमा आलोचना भएकाले वाहिरबाट
नियुक्त गर्नका लागि त्यसको सुची तयार पार्ने प्रकृया थालिसकेको छ । यसका
लागि केही समयअघि आवेदन माग गरेको राष्ट्र बैंकमा ८ जनाले आवेदन दिइसकेका
छन् ।
युनाइटेड विकास बैंक सम्झना फाइनान्स गोर्खा विकास बैंक नेपाल सेयर मार्केटस् पिपल्स फाइनान्स क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीलगायतमा समस्या आउँदा व्यवस्थापन लिएर कम्पनीलाई सहज ढंगबाट चलाउने व्यक्ति तथा संस्थाको अभाव भएपछि राष्ट्र बैंकले वाहिरबाट विज्ञ व्यवस्थापक नियुक्त गर्ने तयारी थालेको हो ।
नेपाल बंगलादेश बैंकको व्यवस्थापन राष्ट्र बैंकले लिएपछि अन्तर्राष्ट्रिय मुद्रा कोष आइएमएफ ले व्यवस्थापन आफैले लिएर बैंक साचालन नगर्न सुझाव दिएको थियो । कोषले विज्ञ समुह गठन गरेर आवश्यक परेका बेला काममा लगाउन दिएको आठ वर्षअघिको सुझावलाई मान्दै राष्ट्र बैंकले प्रकृया थालेको हो । राष्ट्र बैंकको प्रत्यक्ष सहयोग पाउने विज्ञ व्यवस्थापन समुहले समस्याग्रस्त संस्थाको व्यवस्थापकीय जिम्मेबारी लिएपछि संस्थाको संकट व्यवस्थापनमा सहयोग पुग्ने राष्ट्र बैंकका अधिकारीहरु वताउँछन् ।
विज्ञ व्यवस्थापनको सुची कायम गर्न आवेदन माग गरेको राष्ट्र बैंकमा बैंक तथा वित्तीय संस्थाका पूर्व प्रमुख कार्यकारी अधिकृत वहालवाला कार्यकारी प्रमुख राष्ट्र बैंक कृषि विकास बैंक वाणिज्य बैंक र अडिट फर्मका अधिकारीहरुले आवेदन हालेका छन् । आवेदन दिने ८ मध्ये ३ जनाको आवश्यक कागजात अपुग छ । यद्यपी आवेदन पेस गर्ने समय आगामी २९ गतेसम्म छ ।
राष्ट्र बैंकले विज्ञ व्यवस्थापनको सुची कायम गरे लगत्तै करिव एक दर्जन विकास बैंक र फाइनान्स कम्पनीमा पठाउने तयारी समेत गरेको छ । 'केही संस्थामा समस्या देखिएका छन्,' राष्ट्र बैंकका एक उच्च अधिकारीले मंगलबार नागरिकसँग भने, 'सम्वन्धित कम्पनीको साचालक र व्यवस्थापकबाट समस्या समाधान हुने छाँट छैन । सुची कायम भए लगत्तै हामी पठाउने तयारीमा छौं ।' उनका अनुसार सम्वन्धित कम्पनीको मागभन्दा पनि राष्ट्र बैकले आवश्यक परेको संस्था हस्तक्षेप गरेर विज्ञ व्यवस्थापक पठाउने छ ।
बैंक तथा वित्तीय संस्थाको संख्या वढे अनुसार राष्ट्र बैंकको जनशक्ति नवढेकाले कुनै संस्था समस्यामा जाँदा वंगलादेश बैंकमा जस्तो राष्ट्र बैंकका प्रतिनिधिहरु गएर सम्हाल्ने अवस्था छैन । वाहिरबाट पनि आलोचना भएको र आइएमएफले पनि बैंक चलाउन नहुने सुझाव दिएकाले राष्ट्र बैंकले करिव आधा दर्जनको हाराहारीमा विज्ञ व्यवस्थापनको सुची तयार पार्ने तयारी गरेको हो । आवश्यक संख्या नपुगेसम्म आवेदन खुला राख्ने राष्ट्र बैंकका अधिकारीहरुले बताए ।
संस्था समस्याग्रस्त भइसकेपछि सुचि कायम गरिको व्यक्तिहरुलाई व्यवस्थापन साचालनका लागि कार्यादेश तोकी पेस गर्न लगाइने छ । विज्ञ व्यवस्थापकले समस्याग्रस्त बैंक पुनस्थापना सम्वन्धि समस्या पहिचान प्राविधिक आर्थिक नियामक विश्लेषण र समस्या समाधान सम्वन्धि रणनीतिक कार्ययोजनासँगै वित्तीय प्रस्तावसमेत पेस गर्नु पर्ने हुन्छ । आवेदनको मूल्यांकन र आवेदकको प्राथमिकता क्रम निर्धारण गरेर मात्रै राष्ट्र बैंकले समस्याग्रस्त संस्थाको व्यवस्थापन हेर्ने जिम्मा विज्ञ व्यवस्थापकलाई दिन्छ ।
यद्यपी गोर्खा विकास बैंकमा राष्ट्र बैंकले विज्ञ व्यवस्थापक नियुक्त गर्नका लागि बैंकलाई दिएको थियो । पिपल्स फाइनान्समा पनि वाहिरबाट साचालक नियुक्त गर्न अनुमति दिइसकेको छ । राष्ट्र बैंकको विज्ञ व्यवस्थापकको सुची कायम भएपछि कायम भएका व्यक्ति वाहेक अरुले समस्याग्रस्त संस्थाको व्यवस्थापन हेर्न पाउने छैनन् ।

No comments:
Post a Comment
thanks for comment