आश गरेर वस्नु वाहेक बैंकहरुसँग विकल्प पनि छैन

सनराइज बैंक नेपालका महाप्रबन्धक सुमन न्यौपनेसँग लामो बैंकिङ अनुभव छ । स्ट्यान्डर्ड चार्टर्ड र ग्लोबल बैंकमा काम गरिसकेका उनी राजनीतिक संस्कार विगि्रएकाले बैंकिङ क्षेत्रमा तरलता अभाव देखिएको बताउँछन् । प्रस्तुत छ न्यौपानेसँग नागरिककर्मी सुदर्शन सापकोटाले तरलता समस्या तथा यसलाई समाधान गर्ने उपायलगायतका बारेमा गरेको कुराकानीको सार ।

सुमन न्यौपाने
महाप्रबन्धक सनराइज बैंक नेपाल

अहिले लगानी योग्य पुँजी तरलता समस्या कस्तो छ
तरलता अभाव कुनै समस्या हैन । यो समस्याको लक्षण मात्र हो । समस्याको जरो पक्ता लगाउनु पर्छ । राजनीति संस्कार विगि्रएर तरलता अभाव देखिएको हो । राजनीति अस्थिरताले गर्दा सर्वसाधारणले बैंकमा पैसा राख्न छाडे । रेमिट्यान्सको वृद्धिदर घटेको छ भने पुँजी पलायन भएको छ । तरलता अभावले गर्दा ठुला र मध्यावधि योजनालाई पैसा दिन बैंकहरुले बन्द गरे । अहिलेसम्म वलियो रहेको बैंकिङ क्षेत्र राजनीतिक अस्थिरता जारी रहे कमजोर बन्दै जाने छ । औद्योगिक वातावरण नबन्ने तथा राजनीतिक संक्रमण लम्बिदै गएमा बैंकिङ क्षेत्र पूर्णरुपमा कमजोर हुनेछ ।
पुँजी पलायन रेमिट्यान्स घट्नु जस्ता कारणले पनि तरलता अभाव निम्त्याएको हो । गत वर्ष रेमिट्यान्सको वृद्धिदर राम्रो थियो । त्यसैको आधारमा यो बर्ष उपभोग्य तथा अन्य वस्तुको आयात वढ्यो । तर पुँजी पलायन र रेमिट्यान्स घट्दा समस्या आएको हो ।

तरलता समस्या कसरी समाधान गर्ने
सर्वसाधारणमा बैंकप्रतिको विश्वास वढाउन जरुरी छ । विश्वास कम हुँदै जाँदा निक्षेप वढ्न नसकेको हो । मन्दी भनेको मान्छेको दिमागबाट सुरु हुन्छ र दिमागबाट नै सकिन्छ । यसका लागि सर्वसाधारणको विश्वास जित्नै पर्छ । केन्द्रिय बैंकले पनि आफ्नो नियमन तथा सुपरिवेक्षण क्षमता वढाउनु पर्छ । अहिलेको अवस्थामा यहाँ कसैले केही भनेर सुधार हुने अवस्था छैन । आश गरेर वस्नु वाहेक बैंकहरुसँग विकल्प पनि छैन । वादलको पछाडि घाम हुन्छ । अहिले हामी वादल कहिले हट्छ भनेर पर्खिरहेका छौं ।

बैंकको तत्कालका योजना के छन्
यति बेला कर्जा लगानीमा हामी परम्परागत भएका छौं । विभिन्न व्यवसायको नाममा रियलस्टेट तथा हाउजिङको व्याज तिर्नका लागि कर्जा लिन अउने भएकाले पनि यो नीति लिएका हौं । यसको मतलव कर्जा दिएका छैनौं भन्ने होइन । कर्जा लगानी पनि भइरहेको छ । तर एकदमै होसियार र संवेदनशिल भएर कर्जा प्रवाह गरिरहेका छौं । यसले गर्दा कर्जाको वृद्धिदर घटेको छ । अहिले निक्षेप वृद्धि पनि घटेको छ ।
यो बेला हामी कर्जालाई राम्रो बनाउने तिर केन्द्रित भएका छौं । नियमित व्याज र किस्ता आउने कर्जातिर जोड गरेका छौं । हामी साना तथा मझौला उद्योग एसइमइ कर्जाबाट एसएमइ बैंकिङतर्फ जाँदैछौं । यसको उद्देश्य साना तथा मझौला उद्योगी तयार पार्नु हो । उनीहरुलाई हामी कर्जा मात्र होइन तालिम सिप र व्यवसाय साचालनको तौतरिका पनि सिकाउँछौं । साना साना निक्षेप संकलनमा पनि केन्द्रित हुनेछौं । आगामी वर्षबाट एसएमइ बैंकिङमा केन्द्रित भएर यसैबाट बैंकलाई अगाडि लैजाने सोचाइ छ ।
मानव शंसाधनलाई पनि सुदृढ गर्दै छौं । यसबाट बैंकको नेटवर्क साजाल विस्तार गछौर्ं । शाखा विस्तार गर्दा त्यहाँका स्थानीय सर्वसाधारणसँग नाता जोडिन्छ । हामीले केही समयदेखि शाखा विस्तारमा जोड दिएकाले पनि निक्षेपको खाँचो महसुस गर्नु परेको छैन । चाँडै पाँच शाखा विस्तार गर्दैछौं ।


शाखा विस्तारमा बैंकहरु शहरमुखि भए भन्ने आरोप लाग्ने गर्छ नि
जहाँ शाखाको आवश्यकता हुन्छ त्यही खोल्ने हो । शाखा खोलेको ठाउँमा व्यापार हुनु पर् यो । कर्जाको माग हुनु पर् यो । संभावना वोकेको ठाउँमा शाखा खोल्नु पर्छ । गाउँ जाने भन्दैमा जहाँ पनि शाखा खोल्यो भने त्यसले बैंकको व्ययभार वढाउँछ र आखिरमा त्यहाँबाट सर्नु पर्ने हुन्छ । बैंक भनेको दीर्घकालिन व्यवसाय भएकाले त्यतातिर पनि सोच विचार गर्न आवश्यक छ । संभाव्यता भएका ग्रामिण क्षेत्रमा हामीले शाखा खोलिरहेका छांै र यसलाई निरन्तरता पनि दिन्छौं ।

बैंकहरु थपिने क्रम जारी छ । यसबाट कस्तो चुनौती देख्नु हुन्छ
बैंक धेरै भएभन्ने वहससँगै खोल्न दिनु पर्छ भन्ने वहस पनि जारी छ । व्यक्तिगत रुपमा भन्नु पर्दा नयाँ बैंक खोलेर त्यसको मालिक हुनु भन्दा भइरहेका बैंकको संस्थापक सेयर किनेर मालिक हुन राम्रो । नयाँ बैंक खोल्नु राम्रो होजस्तो मलाई लाग्दैन । स्वीमिङ पुलको डिलमा भइन्जेल सबै कुरा ठिकै हुन्छ । तर हाम फालेपछि त सकिहाल्यो नि । यसर्थ बैंकको मालिक हुनैका लागि बैंक खोल्ने हो भने अरु बैंकको सेयर लिए हुन्छ । अहिले नयाँ बैंक खोल्नका लागि राम्रो समय पनि छैन ।

No comments:

Post a Comment

thanks for comment