pradeep kumar shrestha |
pradeep kumar shrestha |
pradeep kumar shrestha |
pradeep kumar shrestha |
प्रदीपकुमार श्रेष्ठ
प्रबन्ध निर्देशक, पन्चकन्या समुह
पन्चकन्या समुहका प्रबन्ध निर्देशक प्रदीपकुमार श्रेष्ठ आशावादी
उद्यमी हुन। चीन र भारतजस्तो तीब्र आर्थिक वृद्धि हासिल नगरे पनि अहिले
निराश भइहाल्नु पर्ने स्थिति अहिले नभएको उनको विचार छ। नेताहरुको
मानसिकतामा परिवर्तन भए, राजनीतिक स्थिरता कायम भए मुलुक तीब्र गतिको
आर्थिक वृद्धिमा जाने उनको ठम्याई छ। यसका लागि आर्थिक एजेन्डालाई
केन्द्रमा ल्याउनुपर्ने उनको शर्त हो। नेपालमा व्यावसायिक
सम्भाव्यता,लगानीको क्षेत्र तथा वातावरणलगायतका विषयमा श्रेष्ठसँग नागरिकका सुदर्शन सापकोटाले गरेको कुराकानीको सार :
नेपालमा औद्योगिक सम्भावना कत्तिको छ?
नेपालमा सम्भावना धेरै छ। नेपालीलाई मात्र होइन विदेशीहरुले पनि पैसा कमाउने खानी देखेका छन् यहाँ। राजनीतिक स्थिरता मात्रै छैन। यो भएपछि सुरक्षा आफै हुन्छ। राजनीतिक स्थिरता भए नेपाली लगानीमा थप विस्तार भएर विदेशीले धमाधम लगानी गर्न थाल्छन्। नेपालीलाई भने यहाँ काम गर्न गाह्रो छैन। बाँचे पनि मरे पनि यही गर्नु पर्ने भएकाले नेपालीलाई गाह्रो नभएको हो। फेरी यस्तो बेलामा काम गर्न नेपालीहरुको बानी परिसकेको छ।
औद्योगिक वातावरण छैन भन्दाभन्दै पनि १० देखि १२ प्रतिशतको हाराहारीमा औद्योगिक विकास भएको छ। राजनीति अस्थिरताका बेलासमेत यो वृद्धि हुनु राम्रो कुरा हो। सामान्य अवस्था भएको भए वृद्धि अझ हुन्थ्यो। सामान्य अवस्थामा हाम्रो वृद्धि ३/४ गुणाले नै बढी हुन्थ्यो। त्यो वृद्धि हासिल गर्नेतिर सबैले सोच्नुपर्छ। प्रजातन्त्र आएपछि औद्योगिक क्षेत्रमा आएको यो वृद्धिलाई राम्रो मान्नुपर्छ। तर भारत लगायत अन्य मुलुकसँग तुलना गर्ने हो भने यो केही पनि होइन।

नेपालमा औद्योगिक विस्तारका चुनौती के छन्?
राजनीतिक नेताको मानसिकतामा परिवर्तन आएको छैन। हिजो जस्तो थियो आज पनि त्यस्तै छ। जसरी देशमा परिवर्तन आयो त्यो अनुसार नेताको मानसिकतामा परिवर्तन आएन। नेताहरुले जनतालाई सन्तुष्ट पार्ने काम गर्न सकेका छैनन्। दलको इन्टे्रस्ट देखिन्छ हरेक ठाउँमा। विकासको हरेक गतिविधिमा दलगत स्वार्थ देखिन्छ। कुनै काम अगाडि बढ्यो भने भाग छुट्याउनु पर्ने अवस्था छ। यसले गर्दा हामी सार्क मुलुकमा नै विकासका हिसाबले कमजोर अवस्थामा छौं। आर्थिक क्षेत्रमा राजनीति हुनु राम्रो कुरा होइन।
विकास, अर्थतन्त्रको सुदृढीकरण लगायका एजेन्डामा सबै दल र नेतामा एकरुपता हुनुपर्ने हो त्यो छैन। प्रमुख एजेन्डा जहिले राजनीति भयो। आर्थिक र राजनीतिक भनेको फरक कुरा हो। आर्थिकलाई बेग्लै एजेन्डा बनाएर अगाडि बढ्नु पर्ने हो। त्यो भएको छैन। व्यवसायीले गरेर मात्र विकास हुने होइन। राजनीतिक स्थिरतासँगै आर्थिक क्षेत्रमा हुने राजनीति बन्द भए विकास सम्भव छ। यहाँ लगानी गर्नेको खाँचो छैन। वातावरणको मात्र खाँचो छ। भारतीय नीतिले पनि नेपाली अर्थतन्त्रलाई असर पार्छ। यो पनि चुनौती हो।

औद्योगिक विकासका लागि नीतिगत समस्या त रहेनछ हैन?
व्यवसाय विस्तारमा सरकारी नीतिभन्दा कार्यान्वयनमा समस्या छ। नीतिमा थोरै र कार्यान्वयनमा धेरै कमजोर छौं। सरकारी अधिकारी, कर्मचारीले स्वविवेकले राम्रो काम गरे अख्तियारले तान्ने अवस्था छ। यसो हुँदा कोही पनि जोखिम उठाउन तयार हुँदैन।

के भएमा व्यवसायिक विस्तार तिव्र गतिमा होला?
पूर्वाधारमा हामी कमजोर छौं। पूर्वाधारको विकास भए मात्र पनि व्यवसाय विस्तार गर्न सकिन्छ। पूर्वाधार भन्नाले बाटोघाटो, बिजुली पानी मात्र होइन। अन्य कुरा पनि यसभित्र पर्छन। सरकारी कर्मचारीको कामलाई नै हेरौं न। कसैले काम गर्यो भने पनि पैसा खाएर गर्यो भन्छन्। काम गरेन भने पनि पैसा खानलाई गरेन भन्छन्। एक दुई जनाका कारणले यस्तो भएको हो। यो पनि एक किसिमको पूर्वाधार नै हो। यसमा पनि सुधार हुन आवश्यक छ। पूर्व-पश्चिम राजमार्ग बन्दा अर्थतन्त्रमा आमूल परिवर्तन आएको छ। त्यस्तै उत्तर-दक्षिण राजमार्ग बन्यो भने हजारौंले रोजगारी पाएर धेरै विकास गर्न सकिन्छ। हामीसँग प्रचुर सम्भावना हुँदा समेत गर्न सकेका छैनौं।

हाम्रो कार्यान्वयन गर्ने खालको भिजन छैन। १० वर्षमा हामी यहाँ पुग्छौं
भनेर कागजमा मात्र सिमित छ। १० हजार मेगावाट विद्युत निकाल्ने योजना नै
हेरौंन। योजना बनाएको डेढ वर्ष भयो। खै त कार्यान्वयन। कार्यान्वयनमा जाने
हो भने १० वर्षमा त्यति विजुली निकाल्न गाह्रो छैन। स्पष्ट भिजनबिनाको
योजना बनाउँदा यसो भएको हो। कार्यान्वयनमा त हामी पहिले देखिनै कमजोर
भयौं। हामी लोडसेडिङको तालिकामा मात्र पर्फेक्ट छौं। जुनबेला विजुली जानु
पर्ने हो जान्छ। र आउनु पर्ने बेलामा आउँछ। जसरी बिजुली जान्छ र जसरी आउँछ
त्यसरी नै अन्य क्षेत्रको पनि काम हुनु पर्यो। योजना बनाएर कार्यान्वयन
गर्ने स्पष्ट मार्गचित्र र प्रतिवद्धता भए गर्न सकिन्छ।
पन्चकन्या समुह अहिले केमा केन्द्रित छ?
हामीले गुणस्तरमा सम्झौता गरेनौं। त्यही भएर दुई पैसा महँगो परे पनि हाम्रा उत्पादन सर्वसाधारणले रुचाउँछन। हामीेले पहिले देखिनै बनेको बजारलाई प्रयोग गर्ने भन्दा पनि नवनेको बजारलाई बनाइरहेका छौं। त्यही भएर नयाँ नयाँ क्षेत्रमा लगानी विस्तार गरिरहेका हौं। हामी पहिलेदेखि नै निर्माण क्षेत्रमा छौं। आधारभूत सामानको उत्पादन गर्दै आएकाले अहिले हामीले झ्याल ढोकाका सामाग्रीमा हात हालेका छौं। सेल्टरिङ सोलुसन भन्ने नाराअनुसार हामी अगाडि बढिरहेका छौं। यसको परिक्षण उत्पादन भइसकेको छ। यसको कारखाना भैरहवा र पाटन औद्योगिक क्षेत्रभित्र छ।
सिमेन्ट उद्योग सञ्चालनका लागि तयारी गरिरहेका छौं। काठमाडौंलाई विशेष
लक्षित गर्दै हामी यो कारखाना स्थापना गर्छौ। क्लिङकर आफै बनाएर सिमेन्ट
उत्पादन गर्छौं। नेपाल बिटुमिन एन्ड ब्यारेल उद्योगबाट खेर गएको रबर
प्रयोग गरी इमुल्सन बनाइरहेका छौं। यसको पनि परिक्षण उत्पादन भइरहेको छ।
यो चाँडै बजारमा ल्याउँदैछौं।
निर्माणबाहेक अन्य क्षेत्रमा लाग्नु भएन नि?
हाउजिङ, हस्पिटल, बैंकलगायतका क्षेत्रमा हाम्रो सेयर छ। यो क्षेत्रमा देखिने गरी हामी आएका छैंनौं। वित्तीय क्षेत्रमा धेरैमा हाम्रो संस्थापक लगानी छ। यसबाहेक स्कुलमा पनि हाम्रो लगानी छ। सेवा क्षेत्रमा देखिने गरी आउने तयारीमा छौं। खासगरी पर्यटनमा हामी हात हाल्दैछौं।
सम्भावना धेरै भएको क्षेत्र जलविद्युतमा लगानी योजना के छ?
ऊर्जा क्षेत्रमा अहिले पनि हामीले लगानी गरिरहेका छौं। तर यस क्षेत्रमा लगानीको समस्या छ। १० हजार मेगावाटभन्दा बढीको आयोजनाको लाइसेन्स दिइसकिएको छ। तर बनाउनेको हातमा लाइसेन्स छैन। यो क्षेत्रमा प्रतिफल तत्काल नहुने भएकाले लाइसेन्स बोेकेर पनि निर्माणमा नगएको हुनसक्छ। अहिलेको बजार ब्याज दर भन्दा ऊर्जा खरीद सम्झौता (पिपिए) को दर कम छ। १० वर्षदेखि बिजुलीको भाउ बढेको छैन। यसले पनि निर्माणमा जान गाह्रो परेको हो। निर्माणमा गए पछि पिपिएको दर बढाइ दिन्छु भन्ने सरकारी कुरा आएको छ। भोलीको दर कति हुने भन्ने नथाहापाइ को निर्माणमा जाला र?
बैंकबाट ऋण पाइन छाडेको छ भन्ने छ। व्यवसायीले पाएका छैनन्?
अहिले बजारमा तरलता अभाव छ। धेरै पैसा वास्तविक बैंकिङ प्रणाली बाहिर छ। स्रोत देखाउनु पर्ने कारणले यस्तो भएको हो। समय दिएर पैसा डिक्लियर गर्ने व्यवस्था गरे केही होला। हाम्रो मौद्रिक संयन्त्र दह्रो छैन। त्यही भएर देखाएको पैसाको स्रोत गोप्य हुनुपर्छ। साथै बैंकले ब्याज दर बढाएका छन्। यसले लगानी गर्न गाह्रो छ। ब्याज दरका कारण उत्पादनको मूल्य बढेर प्रतिस्पर्धी क्षमतामा ह्रास आएको छ। यसले निर्यात व्यापारमा असर पारेको छ। बैंकहरुले व्यक्तिगत जमानीमा ऋण दिएपनि प्रोजेक्ट फाइनान्सिङमा दिएका छैनन्।

No comments:
Post a Comment
thanks for comment