ठूलो पुँजीको लघुवित्त संस्था आवश्यक छ


नुमनाथ पौडेल
प्रमुख कार्यकारी अधिकृत
फस्र्ट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंक

 
लघुवित्त विकास बैंकमा अहिले लगानीकर्ताको आकर्षण वढेको छ नि ?
लघुवित्त क्षेत्रमा कोषको लागत र साचालन लागत वढी हुन्छ । त्यो भएर लघुवित्त संस्थाहरु स्थायित्वका लागि समय लाग्छ । विगतमा साचालनमा आएको तीन वर्षसम्म पनि कम्पनीहरु नाफामा आउन कठिन हुन्थ्यो । अहिले सुचना प्रविधि यातायात सुविधालगायतका कारणले कम्पनीहरु खुलैकै वर्ष नाफामा जान थालेका छन् । पहिले लघुवित्त कम्पनीहरु सेवाका लागि भन्ने थियो । यसमा सरकार वा राष्ट्र बैंकको निर्देशनले निजी क्षेत्रका बैंकले मात्र लगानी गर्थिए । कोष पर्याप्त नहुने भएकाले उनीहरुको स्थायित्वका लागि समय लाग्थ्यो । अहिले ठूलो पुँजीमा लघुवित्त संस्थाहरु आउन थालेका छन् । यसले गर्दा स्रोत परिचालन गर्न सजिलो भएको छ ।

संस्था धेरै भएर डुप्लिकेसनलगायतका समस्या देखिन थालेका छन् । चुनौति थपिएजस्तो लाग्दैन ?
एकै ठाउँमा धेरै शाखा खुल्न थालेकाले डुप्लिकेसन हुन थालेको छ । कर्मचारी एकबाट अर्कोमा जाने परम्परा सुरु भएको छ । यो क्षेत्रमा कम लागतको मान्छे ल्याउनु पर्ने भएकाले दक्ष पाउन गाह्रो भएको छ । यो क्षेत्रमा दक्ष कर्मचारीको अभाव छ । सिकायो दक्ष बनायो अनि अर्को संस्थाले तान्दिने चलन वढेको हो । थोरै पुँजीमा खुल्नेहरुलाई स्थायी हुन र नाफामा जान कठिन छ । मूख्यत अहिले डुप्लिकेसनले समस्या खडा गरेको छ । धेरै संस्थाबाट एकै व्यक्तिले कर्जा लिने क्रमले समस्या सुरु भएको छ । यसलाई स्वनियमन गर्नका लागि लघुवित्त बैंकर संघले छलफल गरिरहेको छ । यसका लागि राष्ट्र बैंकको नियमन पनि आवश्यक छ ।
प्रतिस्पर्धाले फाइदा पनि त हुन्छ नि ?
संस्था धेरै भएर राम्रो पनि भएको छ । दक्ष जनशक्ति तयार गर्न सजिलो पारेको छ । लगानीकर्ताको आकर्षण वढेको छ । पहिले पहिले लगानीकर्ता नपाएर पर्याप्त स्रो पाइन्नथ्यो । अहिले सजिलै स्रोत पाइन्छ ।
संस्था धेरै भए पनि लघुवित्त संस्था तराईमा मात्र केन्द्रीत भए नि ?
सहज पहुँचले तराईमा लघुवित्त संस्थाहरुको विस्तार वढी भएको हो । सवारी साधन नभएको ठाउँमा जान गाह्रो हुन्छ । साचालन खर्च वढी हुन्छ दुर्गम ठाउँमा जानका लागि । स्थायित्वका लागि पनि तराईमा जानु वाध्यता हो । दुर्गममा जान सनसकिने भने होइन । प्रविधि प्रयोग गरे त्यो ठाउँमा पनि सेवा दिन सकिन्छ । प्रविधिका कारणले अहिले लघुवित्त संस्थाहरु जानसमेत थालिसकेका छन् । स्थानीय तहमा सेवा पुर् याउन एजेन्ट लियो अनि प्रविधिमार्फत सेवा विस्तार गर्न सुरु भइसकेको छ । यो सवै प्रतिस्पर्धाले गर्दा नै भएको हो ।
लघुवित्तलाई अति गरिवको बैंक भनिन्छ । तर गरिवले धान्नै नसकिने व्याज छ नि ?
साहु्ले पत्याउनेलाई बैंकले पनि पत्याएका छन् । साहुले नपत्याउनेलाई हामीले कर्जा दिने हो । साउको भन्दा कम व्याजमा नै हामीले कर्जा दिएका हुन्छौं । अहिले पनि गाउँमा साहुले लिने व्याज ३६ प्रतिशतभन्दा तल छैन । तर हामीले २० देखि २४ प्रतिशतमा कर्जा दिएका छौं । त्यो पनि विना धितो ।
तर बैंक तथा वित्तीय संस्थाको भन्दा त यो ब्याज महँगै हो नि ?
लघुवित्तको लागत बैंकको भन्दा धेरै नै महँगो हुन्छ । दैलोमा नै गएर सेवा दिनु पर्ने कारणले महँगो हुने हो । बैंकले ६÷७ प्रतिशतमा लघुवित्तलाई पैसा दिए भने पनि त्यो पैसा लघुवित्तको साचालन खर्चका कारण करिव तीन गुणा महँगो पर्छ । त्यसमा पनि स्थायित्वका लागि केही नाफा राख्नु पर्ने हुन्छ । बैंकसँग तुलना गर्न मिल्दैन लघुवित्तलाई । बैंकले लगानी नगर्ने वर्गलाई हामी लगानी गर्छौ । त्यही भएर लघुवित्तको अहिलेको व्याज दरलाई स्वभाविक मान्नु पर्छ । अन्य देशको तुलनामा यो सस्तो हो ।
निक्षेप परिचालन गर्न राष्ट्र बैंकले छुट दिए पनि त्यसमा आकर्षण देखिएन नि ?
राष्ट्र बैंकले तोकेको मापदण्डका कारणले पनि सवैले निक्षेप परिचालन गर्न सक्दैनन् । साथै विपन्न वर्गका लागि बैंकले लघुवित्तलाई उपलब्ध गराउने पैसा सस्तो दरको हुन्छ । तर निक्षेप संकलन गर्न जाँदा बैंकले दिएको दरभन्दा वढी दिनुपर्छ । बैंक तथा वित्तीय संस्थाले दिएको व्याज दरसँग प्रतिस्पर्धा गरेर वढी व्याज दिँदा कर्जाको व्याज थप महँगो पर्छ । सानो संस्थाको साचालन खर्च वढी हुन्छ । ठूलो पुँजी र कारोबारको संस्थाको साचालन खर्च कम हुन्छ । अव ठूलो पुँजीको लघुवित्त संस्था खोल्नु पर्छ । राष्ट्र बैंकले पनि यसका लागि निर्देशन आवश्यक छ ।








No comments:

Post a Comment

thanks for comment