सुदर्शन सापकोटा
काठमाडौं, माघ ११
भारतीय केन्द्रिय बैंकले भारु पाँच सय र हजार दरका नोट बजारबाट फिर्ता गर्न थालेको छ। नक्कली नोटको कारोबारलाई नियन्त्रण गर्न २००५ सम्म छापिएका नोट बजारबाट फिर्ता ल्याउन रिजर्भ बैंक अफ इन्डिया (आरबिआइ) ले सुरु गरेको हो।
नेपालमा ठूला दरका भारु नोटहरु अवैधानिक भएपनि सीमावर्ति शहरहरुमा चलचल्तीमा छन्। चलनचल्तीमा रहेका यस्ता नोटहरु आगामी असार १६ गतेसम्म नसाटे नेपालीहरुले त्यसको मूल्य गुमाउनु पर्ने हुन्छ। यि नोट भारतमा सार्वजनिक रुपमा कारोबार हुन पाउँदैनन्।
नेपालका ठूला दरका भारु नोटहरु भारतीय पर्यटकहरु बढी आउने विराटनगर, वीरगञ्ज, भैरहवाका साथै राजधानीका व्यापारिक स्थलहरुमा चलन चल्तीमा छ। औपचारिक व्यापार तथा बैंकिङ प्रणालीमा नचले पनि भारतमा काम गर्ने नेपालीहरु तथा सीमा क्षेत्रका उद्योगी व्यापारी तथा स्थानीयहरुले यि नोट चलाउँदै आएका छन्।
आरबिआइले सन् २००५ भन्दा पहिले जारी भएका नोटहरु नयाँ नोटसँग साट्न सुरु गरिसकेको छ। आरबिआइले २००५ भन्दा अघिका पाँच सय र हजारका भारु नोटहरु नक्कली पाउन थालेपछि त्यसबाट जोगिन नयाँ नोटसँग पुरानो नोट साट्न गरेको हो।
सर्वसाधारणलाई सार्वजनिक आह्वान गर्दै आरबिआइले नोट साट्ने समय असार १६ गतेसम्म तोकेको छ। त्यसपछि पनि आरबिआइले नोट साट्छ। तर नोट साट्ने प्रकृया भारतीय नागरिकलाई नै यति झन्झटिलो छ कि नेपालीहरुले त साट्नै सक्दैनन्।
भारतीयहरुले असार १६ पछि भारु पाँच सय र हजारका नोट साट्नु पर्यो भने आफ्नो खाता भएको बैंकमा जानु पर्छ। बैंक खाता नभएका भारतीयहरुले आफ्नो आधिकारिक परिचयपत्र देखाउनु पर्छ।
नेपालमा पनि जनआन्दोलन २०६२/६३ पछि पूर्वराजका तस्विर अंकित नोट चलनचल्तिबाट हटाउने प्रयास भएको थियो। नेपाल राष्ट्र बैंकले २०६७ फागुन मसान्तपछि यस्ता नोट नचल्ने जनाएपछि सर्वसाधारणमा आतंङ्क फैलिएर चैत ४ गते निर्णय फिर्ता लिनु परेको थियो।
आरबिआइले २००५ अघिका ठूला दरका नोटहरुमा कम …सेक्युरिटिज फिचर' भएको भन्दै नयाँ नोटमा सुरक्षा चिन्ह्हरुको प्रयोग वढी गरेको जनाएको छ। उसले सन्सार भरी नै पुराना नोटहरु क्रमशः प्रतिस्थापन गरिने तर्क गर्दै भारतले पनि यो नीतिलाई अनुशरण गरेको जनाएको छ।
नेपालमा अवैध छ भन्ने थाहा नपाइ पाँच सयभन्दा माथिका भारुहरु बोकेर आउने नेपाली (भारतमा काम गर्न गएका) हरुले त्यहाँ पुनः फर्किएर जाँदा नोट नचल्ने हुने छ। भारुको कारोबारी गर्नेहरुले पनि तत्काल त्यस्ता नोटहरु साट्नु पर्ने हुन्छ। नेपालमा ठूला दरका भारुहरु अवैध भएकाले व्यापक रुपमा यसले असर भने पार्दैन।
निर्वाचनका कारण नेपालमा भारुको कारोबार बढेको छ। यही कारणले गर्दा राष्ट्र बैंकमा समेत भारुको मौज्दात निकै बढेर गएको छ। राष्ट्र बैंकले जारी गरेको पछिल्लो तथ्यांक अनुसार, भारुको सञ्चिति १५.७ प्रतिशतले बढेर ८६ अर्ब २८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो बर्ष भारु सञ्चिति ५.६ प्रतिशतले घटेको थियो।
निर्वाचनलगायत व्यापारिक कारणले नेपाल भित्रिएका भारुहरु तत्काल नसाटे यसको मौज्दात राख्ने व्यापारी तथा सर्वसाधारणले त्यो बराबरको मूल्य नै गुमाउने पर्ने हुन सक्छ। भर्खरै मात्र मनि चेन्जरहरुलाई सोझै राष्ट्र बैंकमा भारु साट्न सुविधा दिइँदै उनीहरुको वट्टादर समेत बढाइ सकेको छ। राष्ट्र बैंकले गत पुस २५ गतेबाट मनि चेन्जरहरुलाई एक सय भारुमा १५ पैसा बट्टादर उपलब्ध गराउन थालेको हो।
केही महिनाअघि नेपाल र भारतबीच सम्पन्न वाणिज्य सचिवस्तरीय अन्तर सरकारी समिति (आइजिसी) को बैठकले भारु ५ सय र एक हजार दरका नोटहरु चाँडै नेपालमा चल्न दिने सहमतिसमेत गरेको थियो। प्रति व्यक्ति २५ हजार रुपैयाँसम्म नेपाल वोकेर ल्याउन पाउने सहमति भएको थियो।
No comments:
Post a Comment
thanks for comment