डेरिभेटिभ्स कारोवार विकास बैंकले पनि गर्न पाउने

काठमाडौं चैत १८ नागरिक
राष्ट्रिय स्तरका विकास बैंकले पनि विदेशी मुद्रामा डेरिभेटिभ्स कारोवार गर्न पाउने भएका छन् । वाणिज्य बैंकले मात्र गर्दै आएको कारोवार विकास बैंकले पनि फरवार्ड अप्सन स्वाप र फ्युचरजस्ता उपकरणमार्फत गर्न पाउने छन् ।
यो उपकरणमार्फत बैंक तथा विकास बैंकले अहिले सम्झौता भएको डलरको मूल्यमा भविस्यमा पनि त्यतिमा नै भुक्तानी दिनसक्छ । उदाहरणका लागि अहिले भविस्यको डलर मूल्य ७५ रुपैयाँ अनुमान गरेर सम्झौता गरेपछि भविस्यमा डलरको मूल्य ८० पुगेपनि बैंकहरुले ७५ मै भुक्तानी दिन पाउँछन् । राष्ट्र बैंकले वुधवार एक निर्देशनात्मक परिपत्र जारी गर्दै यो उपकरण प्रयोग गर्न सम्वन्धित कम्पनीको साचालक समितिले तोकेको मापदण्डभित्र रहुन पर्ने सर्त राखेको छ ।
ुडलर तलमाथि हुँदा बैंक तथा विकास बैंकलाई मूल्यमा जोखिम हुने भएकाले यो व्यवस्था गरिएको होु राष्ट्र बैंकका एक अधिकारीले भने ।


नाफमूखि प्रवृतिले तरलता समस्या

नागरिक संवाददाता
काठमाडौं चैत १८

राष्ट्र बैंकका गभर्नर युवराज खतिवडाले बैंकहरुले भनेजस्तो बैंकिङ प्रणालीमा ४०÷५० अर्व रुपैयाँ वरावरको तरलता अभाव नभएको बताएका छन् । उनले ६ देखि १० अर्वसम्मको तरलता अभाव भएको आफ्नो अनुमान रहेको बताए ।
उनले बैंकहरुको बजार हिस्सा वढाउने आकांक्षा र नाफामूखि प्रवृतिले अहिलेको अवस्था आएको बताउँदै यसलाई सबै मिलेर समाधान गर्नु पर्ने बताए । ुनाफा र बजार हिस्सा वढाउन कर्जा धेरै प्रवाह भयोु प्रेस चौतारीले आयोजना गरेको वर्तमान आर्थिक अवस्था र राष्ट्र बैंकको दायित्व अन्तकृयामा उनले भने ुतरलता अभाव हुनुको मूख्य कारण यो पनि हो ।ु
पुँजी लागत वढेर कर्जाको व्याज वढ्नु स्वभाविक भएको भन्दै उनले उत्पादनमूलक क्षेत्रलाई निरुत्साहित गर्ने गरी व्याज वढाउन नहुने बताए । ुकुल निक्षेपमध्ये १० प्रतिशत महंगोमा लिएर सवै कर्जाको व्याज वढाउनु तर्कसंकगत हुँदैनु खतिवडाले भने । उनले उत्पादनमूलक क्षेत्रको विकास भएमा मात्र वित्तीय क्षेत्र पनि माथि जानसक्ने उल्लेख गर्दै तरलता अभावको बिचमा औद्योगिक क्षेत्रले पनि पहिलेजस्तो व्याजदर अपेक्षा नगर्न आग्रह गरे ।
गभर्नरले बैंकहरुलाई नाफामूखि मात्र नहुन आग्रह गरे । ुतत्कालको नाफा मात्र हेर्न हुँदैनु उनले भने ुभोली आउनसक्ने समस्यालाई पनि विचार गर्नु पर्छ ।ु उनले सरकारको पुँजीगत खर्च वढाएर तरलता प्रवाह गराउनु पर्ने बताए ।
खतिवडाले विदेशी मुद्रा सिाचति स्थिर भएपनि यसमा सुधार नआइसकेको बताए । उनले व्यापार घाटा १ सय ५८ अर्व पुगेको र शोधनान्तर स्थिति १९ अर्व रुपैयाँ ऋणात्मक रहेको उल्लेख गर्दै मौदि्रक नीतिमा कडाइ गरिने बताए । ुअहिलेको आर्थिकअवस्थाले मौदि्रक नीति खुकुलो पार्न निर्देशन दिँदैनु उनले भने ।
उनले केही वस्तुको आयात वढेर शोधनान्तर स्थिति ऋणात्मक भएको बताए । पछिल्लो समयमा सुन सवारी साधन र पट्रोलियम पदार्थको आयात वढेको छ । केन्द्रिय बैंकका अनुसार गत पुससम्म सुन ३३ अर्व ६१ करोड सवारी साधान तथा यसको पाटपुर्जा ४१ अर्व ९७ करोड र पेट्रोलियम पदार्थ २० अर्व ५३ करोड रुपैयाँको आयात भएको छ ।
आयात वढेको र निर्यात खस्केकाले यसलाई मौदि्रक नीतिमार्फत समाधान गर्न राष्ट्र बैंक खुला रहेको बताए । उनले श्रम लोडसेडिङ र करका बारेमा सम्वन्धित पक्षसँग कुरा गर्न व्यवसायीलाई आग्रहसमेत गरे । सहकारी क्षेत्रमा विकृति रहेको भन्दै यसमा अनुगमनको आवश्यकता भएको बताए ।
बैंकस्र संघका अध्यक्ष सशिन जोशीले अहिलेको अवस्था कसको कारणले आएको भनेर एकअर्कामा दोशारोपण गर्न छाडेर समस्या समाधानतर्फ लाग्नु पर्ने बताए । ुदोश यसको उसको भन्ने वेला छैनु उनले भने ुदोश केलाउन थाले अलिअलि हिलो सवैतिर पर्छ ।ु
गएको २÷३ महिनामा तरलता अभाव केही सहज भएपनि पूर्ण रुपमा समाधान भइनसकेको उल्लेख गर्दै उनले पूर्ण रुपमा समाधान हुन कम्तिमा ६÷७ महिना र वढीमा डेढ वर्ष लाग्ने बताए । उनले ६ देखि १० अर्व रुपैयाँ तरलता प्रवाह हुँदा अनिवार्य नगद अनुपात सिआआर व्यवस्थापन गर्नलाई मात्र ठिक्क हुने बताए । ुत्यति तरलताले सिआरआर व्यवस्थापन गर्न मात्र पुग्छु जोशीले भने ुलगानी गर्न सकिँदैन हामी स्थिर अवस्थामा हुन्छौं ।ु
उत्पादनमूलक क्षेत्रमा लगानी गर्न बैंकको निक्षेप नवढी सम्भव नहुने वताउँदै उनले व्याज वढाएर मात्र निक्षेप नवढ्ने बताए । ुव्याज वढाएर मात्र निक्षेप वढ्दैनु उनले भने ुपहिले व्याज कम हुँदा पनि निक्षेप वढेको थियो ।ु निक्षेप वढाउन सर्वसाधारणमा अर्थतन्त्रप्रति विश्वास हुन जरुरी रहेको उनको तर्क छ ।
लगानी मैत्री वातावरण नहुनु र १० लाख रुपैयाँभन्दा वढीको बैंक कारोवारमा स्रोत खोजिनुले पुँजी पलायन भएर तरलता अभाव भएको हुनसक्ने उनले बताए । उनले कर्जा र निक्षेपको व्याजर बिचको फरक स्प्रेड रेट पुस मसान्तसम्म औषत ३।४८ प्रतिशत मात्र रहेको बताए । असोज मसान्तसम्म यो ३।७८ प्रतिशत थियो ।
कार्यक्रममा उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीले बैंक कर्जाको व्याजदर वृद्धिले औद्योगिक क्षेत्र दयनिय अवस्थामा पुगेको बताए । उनले उत्पादनमूलक उद्योगको व्यजदर घटाउनु पर्ने उल्लेख गर्दै व्याज वढ्दै गएमा औद्योगिक क्षेत्रले धान्न नसक्ने बताए । ुपुरानो कर्जाको व्याजदर हरेक १५ दिनम वढाउँदै लैजाने हो भने उद्योग क्षेत्र तहसनहस हुन्छु उनले भने ।
जोशीले बैंक कारोवारमा १० लाखको स्रोत खुलाउन समस्या नभएपनि त्यो स्रोत गलत हातमा पुग्नेसक्ने भय औद्योगिक क्षेत्रलाई भएको बताए । ुहामीलाई सरकारसँग समस्या छैनु उनले भने ुतर त्यो गलत हातमा पुगेर उद्योगी व्यापारीलाई धम्की तथा अपहरण हुनसक्छ ।ु
कार्यक्रममा पूर्वगभर्नर विजयनाथ भट्टराईले सहकारी क्षेत्रका आएका विकृतिमा अंकुश लागनु जरुरी भइसकेको बताउँदै तत्काल यस क्षेत्रको अनुगमनका लागि संयन्त्र बनाउन आवश्यक रहेको बताए । कार्यक्रममा सभासद्द्वय राजेन्द्र खेतान र दिवाकर गोल्छा चेम्वर अफ कमर्शका अध्यक्ष सुरेन्द्रवीर मालाकारलगायतले आर्थिक क्षेत्रको समस्या समाधान गर्न सवै क्षेत्र जिम्मेवार भएर लाग्नु पर्ने बताए ।


तीन बैंक साचालनको तयारीमा

सुदर्शन सापकोटा
काठमाडौं चैत १६
नयाँ आउन लागेका तीन वाणिज्य बैंकले साचालनको तयारी थालेका छन् । मेगा जनता र सिभिल बैंकले साचालन तयारी सुरु गरिसकेका हन् । जनता बैंकले आगामी सोमवारबाट कारोवार थाल्दैछ । मेगाले बैशाख र सिभिलले साउनदेखि कारोवा थाल्ने भएको हो । तीन बैंक साचालनमा आएपछि बाणिज्य बैंकको संख्या २९ पुग्ने छ ।
कारोवार साचालनका लागि मेगा बैंकले कान्तिपथ जनताले नयाँवानेश्वर र सिभिलले कमलादीमा केन्द्रिय कार्यालय स्थापना गरेका छन् । ुमोटामोटी तयारी पुरा भइसकेको छु जनता बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत विजय पन्तले नागरिकसँग भने ुसोमवारदेखि साचालनमा आउँछौं तर ३० गते औपचारिक उद्घाटन गर्ने कार्यक्रम छ ।ु
जनता बैंकले बैशाखभित्र पोखरा र चालु आर्थिक वर्षभित्र न्युरोड र अर्को एक ठाउँमा शाखा खोल्ने तयारी गरिरहेको छ । २ अर्व रुपैयाँ चुक्ता पुँजीसहित साचालनमा आउन लागेको बैंकमा ८ सय ३६ जना प्रवद्र्धक छन् । बैंकले ९ उच्च तहका व्यवस्थापक सहित ८० कर्मचारी नियुक्त गरिसकेको छ । पन्त यसअघि नेपाल इन्भेष्टमेन्ट बैंकमा थिए ।
मेगा बैंकको चुक्ता पुँजी २ अर्ब ३३ करोड रुपैयाँ छ । बैंकको अधिकृत पुँजी ४ अर्ब रुपैयाँ छ । बैंकले कर्मचारी नियुक्ती प्रकृया सुरु गरिसकेको प्रमुख कार्यकारी अधिकृत अनिल शाहले जानकारी दिए । मेगा बैंकको उच्च व्यवस्थापनमा नविल बैंक छाडेर रबीना जोशी र अनुपमा खुँजेली गइसकेका छन् । शाह यसअघि नविल बैंकमा प्रमुख कार्यकारी थिए । बैंकका अध्यक्ष मदनकुमार दाहाल हुन् ।
सिभिल बैंक पनि २ अर्व चुक्ता पुँजीसहित साचालनको तयारीमा छ । कम्पनीले कमलादीको कर्पोरेट कार्यालयका साथै अर्को एउटा शाखासँगै साचालन गर्ने तयारी गरिरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले बताए । उनले बैंकमा १५ जना कर्मचारीको टुङ्गो लागिसकेको बताए । बैंकको महाप्रबन्धकमा सनराइज बैंकबाट नीता प्रधान आएको उनले जानकारी दिए । महर्जन सनराइज बैंकका प्रमुख कार्यकारी थिए ।
साचालन तयारीमा रहेका तीन वटै बैंकले अहिले भएका बैंकभन्दा फरक भएर आउने दावी गरेका छन् । उनीहरुले सेवा र प्रविधि उच्च गुणस्तरको हुने नागरिकलाई बताए । यी बैंकको लगानीको क्षेत्र पनि मिल्दो जुल्दो नै छ । साना तथा मझौला उद्योग व्यापार सेवा उद्योग आफ्नो प्रथमिक लगानीको क्षेत्र हुने यी बैंकका प्रमुख कार्यकारीले जानकारी दिए ।
इच्छाराज तामाङ अध्यक्ष रहेको सिभिल बैंकले अहिले साचालमा रहेका बैंकभन्दा भएर आउने जनाएको छ । बैंकका प्रमुख कार्यकारी महर्जनले उत्पादनमूलकका साथै होटल हस्पिटल टे्रकिङ एजेन्सी एयरलाइन्समा लगानी गर्ने रणनीति रहेको जानकारी दिए । साना तथा मझौला उद्योग सएमइ नयाँ बैंकका लागि अवशर भएकाले एसएमइ बैंकको प्राथमिकता प्राप्त क्षेत्र भएको उनले बताए । ुसुचना-प्रविधिमा आधारित सेवा दिन्छौंु उनले भने ुसाचालनमा आएदेखि नै इन्टरनेट एसएमएस मोवाइल बैंकिङ सेवा उपलब्ध गराउँछौं ।ु
जनता बैंकले व्यापार उत्पादनमूलक उद्योग स्वास्थ्य शिक्षालगायतका क्षेत्रमा लागनी गर्ने जनाएको छ । बैंकले प्रत्येक विकास क्षेत्रमा शाखा खोलेर आसपासको ग्रामिण इलाकामा विस्तार हुने नीति लिएको प्रमुख कार्यकारी पन्तले नागरिकलाई बताए । ुकसरी काम गर्ने भनेर बजेटिङको काम भइरहेको छु उनले भने ुअर्थतन्त्रको आवश्यकता अनुसार लगानी रणनीति बनाउँछौं ।ु
बैंकले निक्षेपका लागि पहिलो ढोका आफ्ना प्रवद्र्धकको ढक्ढक्याउने भएको छ । त्यसपछि आकर्षक र नौलो निक्षेप योजनाबाट बचत संकलन गर्ने सोच बैंकको रहेको पन्तले जानकारी दिए । ुयसका लागि हाम्रो निक्षेप मार्केटिङ सुरुदेखि नै आक्रमक हुनेछु उनले भने ।
मेगा बैंकले आफूलाई ुपाँच तारेु बैंकको रुपमा स्थापना गर्ने जनाएको छ । ुपाँच तारे होटलले आफ्ना ग्राहकलाई जस्तो सेवा दिन्छ मेगा बैंकमा पनि त्यही स्तरको सेवा हुन्छु प्रमुख कार्यकारी शाहले भने ुसेवा र त्यसको गुणस्तरबाट कोही पनि निरास नहुने सुविधा उपलब्ध गराउँछौं ।ु
केन्द्रीय बैंकका अनुसार स्टेट बैंक अफ नेपाल र सेन्चुरी बैंक पनि साचालन अनुमतिको पर्खाइमा छन् । यी बैंकले कुल चुक्ता पुँजीको ५ प्रतिशत रकम राष्ट्र बैंकमा जम्मा गरिसकेका छन् । साचालन अनुमति पाएपछि बैंकले थप ४० प्रतिशत रकम राष्ट्र बैंकमा जम्मा गर्नु पर्छ ।




घ वर्गका वित्तीय संस्थाले निक्षेप परिचालन गर्न पाउने

नागरिक संवाददाता
काठमाडौं चैत १६
राष्ट्र बैंक अन्तर्गतका वित्तीय संस्थाले प्राथमिक पुँजीको ५ गुणासम्म निक्षेप परिचालन गर्न पाउने भएका छन् । ुघु वर्गका वित्तीय संस्थाले यसका लागि वाह्य लेखापरीक्षणबाट विगत ३ वर्षदेखि खुद मुनाफा आर्जन गरेको प्रमाणित गराएपछि मात्र निक्षेप परिचालन गर्न पाउने सर्त केन्द्रिय बैंकले राखेको छ ।
खुद्रा बैंकिङ कारोवार गर्ने ती वित्तीय सस्थाले प्रबन्धपत्र तथा नियमावलीमा सर्वसाधारणबाट निक्षेप परिचालन गर्नसक्ने व्यवस्था गरेर केन्द्रिय बैंकले तोकेको न्युनतम पुँजीकोष पुरा गरेको हुनु पर्नेछ । साथै पूर्व साचालन खर्च पनि पूर्ण रुपमा अपलेखन भएको हुनु पर्ने सर्त केन्द्रिय बैंकको छ ।
निक्षेप परिचालन गर्न ती संस्थाको बचत कर्जा र कोष परिचालन नीति तयार गरेर पछिल्लो त्रैमासको विवरणमा निस्कृय कर्जा ५ प्रतिशतभन्दा तल हुन पर्छ । साथै कुल समुह सख्या कम्तिमा ५ सय वा २५ सय सदस्यसँग कर्जाको कारोवार गरिरहेको हुनु पर्छ ।
निक्षेप परिचालनका लागि अन्य निकायबाट प्राप्त गरेको ऋण शत प्रतिशत नै आफ्ना ग्राहकमा लगानी गरेको हुनु पर्ने राष्ट्र बैंकले जनाएको छ । तर सर्वसाधारणबाट संकलित निक्षेपको सीमामा समूहमा आवद्ध सदस्यको बचत गणना हुँदैन ।
वित्तीय संस्थाले २ वर्षसम्मको मुद्दती निक्षेप मात्र परिचालन गर्न पाउँछन् । कुनै एउटा फर्म कम्पनी वा संगठित संस्थाबाट आफ्नो कुल निक्षेपको वढीमा बीस प्रतिशतसम्मको सीमामा रहेर संस्थागत निक्षेप परिचालन गर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । बचत परिचालन गर्ने संस्थाले त्रैमासिक रुपमा सम्पत्ति तथा दायित्वको अवस्थाबारे अनुगमन गरी प्रतिवेदन पेश गर्नुपर्नेछ । संस्थाले कुल निक्षेप दायित्वको २ प्रतिशत अनिवार्य मौज्दात वापत राष्ट्र बैंकमा जम्मा गर्नु पर्ने छ ।

सहकारीलाई दश लाखमाथिको कारोवार विवरण अनिवार्य

काठमाडौं चैत १४ नागरिक
बचत तथा कर्जाको कारोवार गर्ने सहकारी संस्थाले पनि १० लाखभन्दा माथिको कारोवारको विवरण वित्तीय जानकारी इकाईलाई दिनु पर्ने भएको छ । राष्ट्र बैंक अन्तर्गतको इकाइले आगामी बैंशाक १ बाट यस्तो विवरण उपलब्ध गराउन सहकारी संस्थालाई निर्देशन दिएको हो ।
सहकारी संस्थाले ग्राहकको स्पष्ट कायम गरी त्यसको विवरण राख्नु पर्ने व्यवस्था सहित इकाइले सम्पत्ति शुद्धिकरण निवारण सम्वन्धी निर्देशन-२०६६ जारी गरेको जनाएको छ । ग्राहकले पनि बैंकले मागेको विवरण दिनु पर्नेछ ।
शुक्रवार जारी निर्देशनमा जति सुकै रकमको भएपनि शंकास्पद कारोवारको विवरण तुरुन्त उपलब्ध गराउन भनिएको छ । यसका लागि सम्वन्धित सहकारीले कार्यान्वयन अधिकृतको व्यवस्था अनिवार्य रुपमा गर्नुपर्ने हुन्छ ।
सहकारी संस्थाले इकाइले मागेको वित्तीय जानकारी उपलब्ध नगराए जरिबाना तथा सम्पति सुद्धिकरण व्यवस्था अन्तर्गत कारवाही हुने छ ।

बैंकको निक्षेप र कर्जा घट्यो

सुदर्शन सापकोटा
काठमाडौं फागुन ८
तरलता अभावको प्रभाव बैंकहरुको निक्षेप संकलन र कर्जा प्रवाहमा देखिएको छ । गएको दुई महिनामा वाणिज्य बैंकहरुको निक्षेप २ अर्व ९९ करोडले घटेको हो । गत पुससम्म ५ सय ३६ अर्व रुपैयाँ निक्षेप संकलन गरेका बैंकहरुको बचत फागुन अन्तिम सातासम्म ५ सय ३३ अर्व रुपैयाँमा झरेको छ ।
ुदशैं तिहारमा भएको नोट अभावपछि बैंकहरुले सर्वसाधारणको विश्वास गुमाएकाले निक्षेप घटेको होु एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले आइतवार नागरिकसँग भने । सर्वसाधारणको विश्वास आर्जन नगरेसम्म निक्षेप नबढ्ने उनले दावी गरे ।
साचालनमा रहेका २६ वाणिज्य बैंकमध्ये १७ बैंकको निक्षेप दुई महिनामा घटेको राष्ट्र बैंक स्रोतले जनाएको छ । १२ बैंकको कर्जा प्रवाह घटेको छ । यसमध्ये ८ बैंकको निक्षेप र कर्जा दुवै घटेको स्रोतले जनाएको छ ।
निक्षेप वढाउनलाई पछिल्लो अवधिमा सबै बैंकबिच व्याजदर वढाउने प्रतिस्पर्धा नै चलेको छ । बैंकहरुले व्याजदर वढाएर १२ प्रतिशतसम्म पुर् याएका छन् ।
सरकारी स्वामित्वको नेपाल बैंक तथा कृषि विकास बैंक र निजी क्षेत्रको प्राइम बैंकको निक्षेप १ अर्व वढीले घटेको छ । एनआइसी स्ट्यान्डर्ड चार्टर्ड एभरेष्ट र एनएमबी बैंकको निक्षेप ५० करोडभन्दा माथिले घटेको छ ।
निक्षेप घट्नेमा हिमालयन नेपाल इन्भेस्टमेन्ट एनसिसी सनराइज लुम्बिनी सिद्धार्थ लक्ष्मी डिसिबिएल नबिल र कुमारी बैंक छन् । ुतरलता अभावले गर्दा निक्षेप घटेको होु राष्ट्र बैंकका एक उच्च अधिकारीले भने । उनले तरलता अभाव समाधानका लागि राष्ट्र बैंकले चाँडै शंवोधन गर्ने तयारी गरिरहेकेा जानकारी दिए ।
राष्ट्रिय वाणिज्य र प्राइम बैंकको कर्जा एक अर्व वढीले घटेको छ । नेपाल एसबिआइ बैंक अफ काठमाण्डौं नेपाल इन्भेष्टमेन्ट लक्ष्मी एनआइसी एभरेष्ट लुम्बिनी कुमारी एनसिसी र माछापुच्छे्र बैंकको कर्जा प्रवाह पनि घटेको छ । ुतरलता अभावले व्याजदर वढेर कर्जाको माग नहुँदा कर्जा प्रवाहमा पनि असर परेको होु ती अधिकारीले भने । सवै बैंकले प्रवाह गर्ने कर्जा भने ४ अर्व १९ अर्वले वढेको छ ।
तरलता अभाव गहिरिँदै गएपछि अधिकांस बैंकले नयाँ कर्जा प्रवाह रोकेका छन् । उनीहरुले पहिले नै प्रतिवद्धता जनाएको क्षेत्रमा कर्जा दिँदा समग्र कर्जा प्रवाह वढेको हो । ुअहिले कर्जा दिने अवस्था पनि छैन र माग पनि घटेको छु एक बैंकका अधिकारीले भने ुनिक्षेपसँगै कर्जाको व्याजदर वढेकाले पनि माग घटेको हो ।ु ती अधिकारीले तरलता समस्या बारे तत्काल सरकार र राष्ट्र बैंकले शंवोधन नगरे निक्षेप र कर्जा दुवै घट्ने दावी गरे ।
कस्तो संस्थामा पैसा राख्ने
सुदर्शन सापकोटा
काठमाडौं चैत ४

अहिले एक लाख रुपैयाँ बैंकमा राखे घरै बसेर महिनाको हजार रुपैयाँसम्म कमाउन सकिन्छ । पाँच महिना अघिसम्म व्याजको यस्तो कमाइ आठ सय रुपैयाँभन्दा बढी हुन्थेन ।

यस अवधिमा बैंकहरुले सय प्रतिशतसम्म व्याज दर वृद्धि गरेपछि निक्षेपको प्रतिफल बढेको हो । तरलता अभावले वाणिज्य बैंक विकास बैंक र फाइनान्स कम्पनीहरुमा व्याज बढाएर निक्षेपकर्ता तान्ने होडबाजी चलेको छ । त्यसमा पनि नयाँ खुलेका बैंकहरु व्याज बढाबढमा लागेका छन् ।

कुनै आर्थिक गतिविधिविना निक्षेपको व्याजदर बढ्नुलाई ुजोखिमपूर्णु मानिन्छ । नेपालको सन्दर्भमा व्याज दर बढ्नुको एकमात्र कारण बैंकिङ क्षेत्रको तरलता अभाव हो । यसले बैंकको कर्जा प्रवाहमै असर पारेको छ ।

ुनिक्षेपको व्याज दर बढ्नुले बैंकको पुँजी लागत बढेको छु बैंकस्र एसोसिएसनका अध्यक्ष सशिन जोशीले नागरिकसँग भने ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष तथा अर्थशास्त्री युवराज खतिवडाले उपभोक्ता सचेत भएर निक्षेप जम्मा गर्नु पर्ने बताएका छन् । ुबढी व्याजमा मात्र आकर्षित भएर निक्षेप जम्मा गर्नु हुँदैनु उनले वुधवार नागरिकसँग भने ।

उनले ुसबल संस्थाले भन्दा वित्तीय रुपमा दुर्बल र कमजोर व्यवस्थापन भएकाहरुले बढी व्याजदर घोषणा गरेर निक्षेपकर्ता आकर्षित गरिरहेकोु बताए । ुधेरै व्याजदर घोषणा गरेका संस्थामा राखिने निक्षेपमा बढी जोखिम हुनसक्छु उनले भने ।

भर्खरैमात्र नेपाल विकास बैंक टाट उल्टिएपछि त्यसका निक्षेपकर्ताले समस्या भोग्नुपरेको थियो । गएको जेठ महिनामा खारेजीमा गएको यो बैंकका सबै निक्षेपकर्ताले अझै पूरा पैसा पाएका छैनन् । करिब नौ महिना अन्योलमा रहेका निक्षेपकर्ताले गएको महिना आठ लाख रुपैयाँसम्मको निक्षेप फिर्ता लिए । त्योभन्दा बढी हुनेको रकम अझै त्यसमा फसेको छ ।

यो बैंकमा पैसा राखेका नेपाली सेना र कर्मचारी साचय कोषजस्ता संस्थापक निक्षेपकर्ताले अझै पैसा फिर्ता पाएका छैनन् । यो ७० करोड रुपैयाँजति छ ।

बैंक अफ काठमान्डुका प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठ भने ुलामो समय निक्षेपको व्याज दर कम रहेकाले अहिले सच्चिएको हुनसक्नेु बताउँछन् ।

ुआर्थिक गतिविधि नभएको समयमा व्याजदर बढ्नु अप्राकृतिक कुरा हो तर तरलता अभावका बेला यो सामान्य हुन्छु उनले बुधबार नागरिकसँग भने ।

वाणिज्य बैंकहरुमध्ये सबभन्दा बढी व्याजदर बैंक अफ एसिया नेपालले दिएको छ । तयसपछि सिटिजन्स बैंक इन्टरनेसनल लक्ष्मी सिद्धार्थ माछापुच्छे्र कुमारी डिसिबिएल र एभरेष्ट बैंकले बढी व्याज दिँदै आएका छन् । यी बैंकले वार्षिक मुद्दति निक्षेपमा १० प्रतिशतभन्दा बढी व्याज दिन थालेका छन् ।

हत्तपत्त व्याज नबढाउने केही बैंक पनि पछिल्लो अवधिमा यो प्रतिस्पर्धामा लागेका छन् । यसमा राष्ट्रिय वाणिज्य बैंक नेपाल बैंक हिमालयन नेपाल इन्भेस्टमेन्ट नबिल नेपाल बंगलादेश एनआइसी नेपाल एसबिआइ लगायत पर्छन् । यत्रो प्रतिस्पर्धामा पनि व्याज नबढाउनुमा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल र कृषि विकास बैंक छन् ।

पैसा राख्दा केमा ध्यान दिने
निक्षेप राख्न बढी व्याज दिने कम्पनी मात्र छान्नु हुँदैन । व्याजसँगै बैंक तथा वित्तीय कम्पनीले त्रैमासिक रुपमा प्रकाशित गर्ने वासलातमा निम्न शीर्षक हेरेर निक्षेप जम्मा गर्दा जोखिम कम हुन्छ ।

- संकलन गरेको निक्षेपको तुलनामा कम कर्जा प्रवाह गरेका । अर्थात १ सय रुपैयाँ निक्षेप संकलन गरेर ८० रुपैयाँसम्म मात्र कर्जा प्रवाह गरेका ।
- निष्क्रिय कर्जा ५ प्रतिशतभन्दा कम भएका
- कर्जाको व्याजभन्दा छुट कमिसन र शुल्कलगायत अन्य स्रोतबाट बढी आम्दानी गरेका
- कर्जामा विविधीकरण भएको
- खुद्रा निक्षेपकर्ता बढी भएको
- साचालक तथा व्यवस्थापक विश्वसनीय र व्यावसायिक भएको

राष्ट्र बैंक पुनर्कर्जा दिन सहमत


नागरिक संवाददाता
काठमाडौं फागुन ३

बैंकहरुको असल कर्जामा ऋण दिन केन्द्रिय बैंक सहमत भएको छ । बैंकहरुको छाता संगठन नेपाल बैंकस्र एशोसिएसनका पदाधिकारीसँग मंगलवार छलफल गर्दै राष्ट्र बैंक पुनर्कर्जा दिन सहमत भएको हो ।
ुसैद्धान्तिक रुपमा पुनर्कर्जा दिन केन्द्रिय बैंक सहमत भएको छु बैंकस्र एशोसिएसनका अध्यक्ष तथा एनआइसी बैंकका प्रमुख कार्यकारी अधिकृत सशिन जोशीले मंगलवार नागरिकसँग भने ुकुन प्रारुपमा कर्जा दिने भन्ने बारेमा छलफल भयो ।ु
पुनर्कर्जा बैंकहरुले राष्ट्र बैंकमा राख्ने कुल निक्षेपको ५।५ प्रतिशत अनिवार्य नगद अनुपात टे्रजरी विल्स वा असल कर्जाको धितोमा उपलब्ध गराउन सकिन्छ । बैंकहरुले यसमध्ये असल कर्जाको धितोमा पुनर्कर्जा उपलब्ध गराउन केन्द्रिय बैंकसँग आग्रह गरेका हुन् ।
वैठकमा बैंंकस्रले पुनर्कर्जा छिटो र सरल तरिकाले उपलब्ध गराउन केन्द्रिय बैंकसँग आग्रह गरेका थिए । ुकेही दिनभित्र हुने राष्ट्र बैंक साचालकहरुको वैठकमा पुनकर्जाका बारेमा छलफल गरी टुङ्गोमा गुग्छौंु कामु गभर्नर कृष्णवहादुर मानन्धरको भनाइ उदृत गर्दै एक बैंकरले नागरिकसँग भने ।
बैंकरले तरलता अभावले नयाँ क्षेत्रमा कर्जा बन्द भएकाले तत्काल पुनर्कजा दिन आग्रह गरेका हुन् । अधिकांस बैंकसँग सरकारी ऋणपत्र टे्रजरी विल्स सकिसकेकाले त्यसको धितो रिपो मार्फत कर्जा लिन नसक्ने भएकाले पुनकर्जाको माग गरिएको एक बैंकरले जानकारी दिए । रिपोको अवधि २८ दिन मात्रै हुने भएकाले मध्यकालिन लगानीका लागि पुनर्कजाको प्रस्ताव बैंकहरुले राष्ट्र बैंकमा लगेका हुन् । बैंकरहरुले १४ देखि १८ महिना अधिका लागि यस्तो कर्जा मागेको उनले जानकारी दिए ।
ुपुनर्कर्जा सरल तरिकाले दिुनपर् योु एक बैंकका अधिकारीले भने ुथाल अगाडि राखेर मुख थुन्ने काम राष्ट्र बैंकले गर्नु भएन ।ु बैंकहरुले असल कर्जाको विवरण राष्ट्र बैंकमा वुझाएपछि त्यसको आधारमा कर्जा दिन केन्द्रिय बैंकसँग भनेका छन् । बैंकले दिएको हरेक कर्जाको तमसुक हेरेर कर्जा दिँदा ढिलाइ हुने बताउँदै एक बैंकरले भने ुप्रकृया लम्बिएमा आगोले खरानी भएपछि त्यसलाई निभाउन दमकल आएजस्तो मात्र हुन्छ ।ु

पुनर्कर्जाको प्रकृया लामो हुन नहुने बैंकरको भनाइ छ । ुपुनर्कर्जाको प्रकृया व्यवहारिक हुनु पर्छु लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन जोशीले भने ुव्यवहारिक भएन भने सवै कम्पनीले कर्जा नलिनसक्छन् ।ु उनले बैंकहरुले दिने असल कर्जाको विवरणलाई आधार मानेर कर्जा उपलब्ध गराउन बैंकरले राष्ट्र बैंकलाई आग्रह गरेको जानकारी दिए ।
राष्ट्र बैंकले पुनर्कर्जा पुँजी कोषका आधारमा दिन सकिने प्रस्ताव बैंकहरुसँग गरेको छ । पुँजी कोषको ३० देखि ४० प्रतिशत कर्जा असल कर्जाको धितोमा दिन सकिने प्रस्ताव उसको हो । तर बैंकहरुले पुँजी कोषको आधारमा पुनर्कर्जा दिँदा तरलता समस्या समाधान हुने गरी पैसा बजारमा नआउने बताएका छन् ।
बैंकरका अनुसार पुँजी कोषको आधारमा कर्जा दिँदा बैंकिङ प्रणालीमा २२ अर्व रुपैयाँसम्म आउँछ जुन तरलता समस्या समाधानका लागि अपर्याप्त हुन्छ । ुअहिले ४० अर्व रुपैयाँ बैंकिङ प्रणालीमा चाहिएको छु एक बैंकरले भने ुजुन असल कर्जाको धितोमा १५ प्रतिशत ऋण उपलब्ध गराउँदा आउँछ ।ु
राष्ट्र बैंकले भने वाणिज्य बैंकको हकमा उनीहरुले प्रमाणित गरेको असल ऋणमा पुनर्कर्जा दिन सकिए पनि विकास बैंक र फाइनान्स कम्पनीलाई दिन नसकिने जनाएको छ । ुविकास बैंक र फाइनान्स कम्पनीको राम्रो नियमन पनि हुन नसकेको र राम्रो वित्तीय अवस्थामा पनि नरहेकाले उनीहरुले प्रमाणित गरेको भरमा नै कर्जा दिन गाह्रो छु राष्ट्र बैंकका एक उच्च अधिकारीले नागरिकसँग भने ।
छलफलमा बैंकरहरुले अनिवार्य नगद अनुपात सिआरआर १ प्रतिशत विन्दुले घटाउन केन्द्रिय बैंकसँग आग्रह गरेका थिए । राष्ट्र बैंकले सिआरआर घटाउन भने मानेन । अहिले सिआरआर ५।५ प्रतिशत छ ।

माइखोला आयोजनामा बैंकले ऋण दिने

सुदर्शन सापकोटा
काठमाडौं चैत १
१५ दशमलव ६ मेगावाट क्षमताको विद्युतीय आयोजना निर्माणका लागि वाणिज्य बैंकहरुले लगानी गर्ने भएका छन् । लक्ष्मी बैंकको नेतृत्वमा इलामको माइखोला आयोजनाका लागि नबिल र नेपाल इन्भेष्टमेन्ट बैंकले साहायक कम्पनीका रुपमा कर्जामा सघाउने भएका हुन् । ुदिर्घकालिन लगानीका लागि आयोजनामा सहयोग गर्ने भएका हौंु आयोजनाको लिड बैंक लक्ष्मीका प्रमुख कार्यकारी अधिकृत सुमन जोशीले नागरिकसँग भने ।
अनुमानित ३ अर्ब रुपैयाँ लागत लाग्ने सानिमा माइखोला हाइड्रो पावर आयोजनाका लागि अन्य ११ बैंकले पनि लगानीका लागि चासो देखाएका छन् । ुआयोजना निर्माणका लगि ११ बैंकसँग सैद्धान्तिक सहमति भइसकेको छु उनले भने ुकेही सातापछि कर्जा लगानीका बारेमा निचोडमा पुगिन्छ ।ु
जोशीले ११ बैंकबिच सैद्धान्तिक सहमति भएपनि अर्को बैठकपछि मात्र कुन-कुन बैंकले लगानी गर्ने भन्ने टुङ्गो लाग्ने जानकारी दिए । ुअहिले लगानीका लागि सैद्धान्तिक सहमति मात्र भएको होु उनले भने ुअर्को वैठकमा विस्तृत छलफल भइ लगानीका लागि टुङ्गोमा पुगिने छ ।ु तरलता अभावले बैंकहरुलाई नयाँ आयोजनामा लगानी गर्न भने कठिन छ । यद्यपी बैंकहरुले आफूलाई सहज भइन्जेल आयोजनालाई सहयोग गर्ने जनाएका छन् ।
माइखोलाका लागि बैंकहरुले २ अर्ब रुपैयाँ लगानी गर्ने भएका हुन् । ७५ प्रतिशत बैंकको कर्जा र बाँकी सानिमाले आयोजनाका लागि पैसा हाल्ने गरी सहमति भएको सानिमा हाइड्रो पावर कम्पनीको महाप्रवन्धक सुवर्णदास श्रेष्ठले जानकारी दिए । उनले बैंकसँग कर्जा सम्झौता भने भइनसकेको बताए । ुएकडेढ महिनामा सम्झौता गर्ने भनेर आश्वासन पाएका छौंु उनले भने ।
सहयोग गर्न सैद्धान्तिक सहमति देखाएका ११ बैंकसँग वित्तीय व्यवस्थापनको छिनोफानो भने भइसकेको छैन । जोशीले ती बैंकसँग पनि एक÷डेढ महिनाभित्र वित्तीय व्यवस्थापनको छिनोफानो हुने जानकारी दिए । तरलता अभाव भएको समयमा पनि बैंकहरुले आफूलाई सहज भइन्जेल आयोजनामा सघाउने प्रतिवद्धता देखाएको उनले बताए ।
माइखोला अयोजनाबाट उत्पादन हुने विद्युतको उर्जा खरिद सम्झौताको तयारी भइरहेको महाप्रबन्धक श्रेष्ठले जानकारी दिए । ुवित्तीय व्यवस्थापनको छिनोफानो र खरिद सम्झौता एकडेढ महिनाभित्र नै हुन्छु उनले भने । उनले आयोजनालाई आवश्यक पर्ने पैसा समयमा नै उपलब्ध भएमा निर्माण कार्य ३÷४ महिनाबाट नै सुरु हुने बताए ।
लक्ष्मी बैंकसहित आधा दर्जन बैंकले निर्माणाधिन दाङको घोराही र शुभमंं सिमेन्ट उद्योगमा पनि कर्जा प्रवाह गरेको छन् । पछिल्लो समयमा विद्युत आयोजना र सिमेन्ट उद्योगमा बैंक लगानी वढेको एक बैंकरले जानकारी दिए ।
ुठूलो आयोजना तथा सिमेन्ट उद्योगका लगि एक बैंकले मात्र लगानी गर्न नसक्ने भएकाले मिलेर लगानी गर्ने क्रम वढेको छु नबिल बैंकका कामु प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले नागरिकसँग भने । बैंकहरुले घोराही र शुभंमलगायत ७ सिमेन्ट उद्योगमा ऋण लगानी गरेका छन् ।

तरलता अभावको फाइदा केन्द्रिय बैंकलाई

आफ्नै कुरा
...................................

तरलता अभावले बैंक तथा फाइनान्स कम्पनीलाई अप्ठ्यारोमा पारेको छ । यसले गर्दा उनीहरुले कर्जा प्रवाह गर्न पनि सकेका छैनन् । कर्जा दिएर त्यसको व्याजबाट नाफा कमाउँदै आएका बैंक तथा फाइनान्स कम्पनीलाई अहिले बाँच्नै समस्या परिसकेको छ ।
यसको असर सेयर लगानीकर्तालाई पनि पर्ने छ । नाफा कमाए त लगानीकर्तालाई नगद लाभांस र वोनस सेयर दिने तरलता अभावले आफू बाँच्नै गाह्रो छ नाफा त परको कुरा भयो । बैंकबाट कर्जा लिएर लगानी गरौं न त भन्दा पनि बैंकले ऋण दिँदैनन् । साधारण उपभोक्ता त्यसै मारमा ।
तरलता अभावले बैंक तथा फाइनान्स कम्पनी र अन्य उपभोक्तालाई घाटा भएपनि यसबाट नेपाल राष्ट्र बैंकलाई भने राम्रै फाइदा भएको छ । सरकारी ऋण पत्रको धितो रिपो मा कर्जा उपलब्ध गराउँदै आएको केन्द्रिय बैंकले यसको व्याज महंगो राखेको छ । त्यो पनि २८ दिनका लागि मात्र त्यस्तो ऋण दिन्छ । बैंकसँग पैसा छैन महंगो व्याजमा भएपनि ऋणपत्र धितो राखेर कर्जा लिनै पर् यो । लिएको ऋण अन्य क्षेत्रमा लगानी गर्न सक्ने अवस्था छैन । कुल निक्षेपको ५।५ प्रतिशत रकम अनिवार्य नगद अनुपात सिआरआर को नाममा राष्ट्र बैंकमा अनिवार्य राख्नु पर्ने वाध्यता छ ।
सिआरआर राष्ट्र बैंकमा जम्मा गर्नलाई नै ऋणपत्रको धितोमा लिएको कर्जा ठिक्क हुन्छ । केन्द्रिय बैंकसँग लिएको पैसा उसैलाई अर्को वाहनामा फिर्ता गर्नु पर्छ । वुझाउन ढिला भए फेरी व्याज धेरै लगाउँछ । दोहोरो सास्ती ।
तरलता अभावको सोझो फाइदा जसरी भएपनि केन्द्रिय बैंकलाई भइरहेकेा छ । बैंकलाई महंगोमा दिएको ऋणबाट पनि फाइदा । सिआरआर वुझाउन आउँछन् थप ऋण दिन समस्यै भएन । केही गरि वुझाउन आएनन् भने फेरी थप व्याज असुल्यो । अनि कसरी तरलता समस्या हल गर्न कदम चाल्थ्यो र उ, समस्या छ र न फाइदा छ । बैंकले मात्र कमाउनु पर्ने भन्ने छ र केन्द्रिय बैंकले चाँही कमाउनु पर्दैन | जय होस् राष्ट्र बैंकको ।

darshanme08@gmail.com


एसले खेलाडीलाई जागिर दियो

काठमाडौं चैत्र १ नागरिक
एस डेभलपमेन्ट बैंकले खेलजगत्को विकासका लागि वंगलादेशको ढाकामा सम्पन्न ११औ दक्षिण एसियाली खेलकुदमा नेपाललाई स्वर्ण पदक दिलाएकी उसु खेलाडी विनिता महर्जनलाई कर्मचारी नियुक्त गरेको छ । नेपाली खेलाडीको हौसला बढाउनका लागि बैंकले सन् २००८ मा सम्पन्न वेजिङ ओलम्पिकमा ताईक्वन्दो खेलाडी दिपक विष्ट र ग्वाङजाओ चीनमा सम्पन्न अठौँंै एशियाली एथलेटिक्स च्याम्पीयनसिपका नेपाली खेलाडीलाई प्रायोजन गरेको थियो ।


बैंकहरुले कर्जा प्रवाह रोके


व्याजदर वढाइएपनि निक्षेप वढेन
रिपोको पैसा सिआरआर व्यवस्थापन गर्नै ठिक्क
२२ अर्व रिपो छाडियो
काठमाडौं फागुन २९
तरलता अभावका कारण बैंकहरुले नयाँ कर्जा प्रवाह बन्द गरेका छन् । निक्षेपको व्याजदर वढाए पनि बचत संकलन हुन नसकेपछि कर्जा प्रवाह बन्द गरेका हुन् । ुनयाँ आउनेलाई कर्जा रोकेका छौंु सिटिजन्स् बैंक इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत एवं बैंकस्र एशोसिएसनका उपाध्यक्ष राजनिसंह भण्डारीले शनिवार नागरिकसँग भने ।
तरलता अभावको प्रभाव कम गर्न निक्षेपको व्याजदर एक सय प्रतिशतसम्म वृद्धि गरिसकेका छन् । यसले पनि तरलता समस्याबाट माथि आउने गरी बचत संकलन नभएपछि कर्जा प्रवाह बन्द गर्न बैंकहरु वाध्य भएका हुन् । यद्यपी निजी क्षेत्रको स्ट्यान्डर्ड चार्टर्ड तथा सरकारी स्वामित्वका राष्ट्रिय वाणिज्य र कृषि विकास बैंकले भने कर्जा प्रवाह रोकेका छैनन् ।
नेपाल बैंकस्र संघका अध्यक्ष एवं एनआइसी बैंकका प्रमुख कार्यकारी अधिकृत सशिन जोशीले माघबाट कर्जा प्रवाह एकदमै कम भएको जानकारी दिए । उनले एनआइसी बैंकले पनि तरलता अभावले नयाँ कर्जा प्रवाह रोकेको बताए ।
बैंकरहरुले स्थिति सुधार नभइन्जेल नयाँ ठाउँमा कर्जा प्रवाह गर्न नसकिने बताएका छन् । उनीहरुले तरलता अभावले ठूला आयोजनामा पैसा हाल्न नसकिएको बताए । बैंकरका अनुसार धेरै पैसा लाग्ने केही ठूला आयोजनामा पहिले प्रतिवद्धता जनाइए पनि लगानी गर्न सकिएको छैन ।
ुप्रतिवद्धता जनाएको साना योजनालाई कर्जा प्रवाह गर्न सकिए पनि ठूला आयोजनामा लगानी गर्न सकिएको छैनु एक बैंकका प्रमुख कार्यकारी अधिकृतले भने ुअरु केही महिना पनि तरलता समस्याको शंवोधन नभए प्रतिवद्धता जनाइएको साना योजनामा पनि लगानी गर्न सकिदैन ।ु
प्रतिवद्धता जनाएको कर्जालाई पनि निरुत्साहित गर्न त्यसको व्याज वढाएको जानकारी दिँदै एक बैंकरले भने ुराष्ट्रिय महत्वका वाहेकका योजनामा व्याज ४ प्रतिशत विन्दुसम्म वढाइसकिएको छ ।ु ठूला योजनालाई एकमुष्ट ठूलो रकम दिनु पर्ने भएकाले उनीहरुलाई केही समय पर्खन आग्रह गरिएको एक बैंकका प्रमुख कार्यकारीले जानकारी दिए ।
माघबाट बन्द भएको कर्जा प्रवाहको असर बैंकहरुको तेस्रो त्रैमास अर्थात चैत मसान्तको वासलातमा देखिने जोशीले जानकारी दिए । उनले निक्षेपको व्याजदर वढ्नु र कर्जा प्रवाह नहुनुले यो बर्षको नाफामा असर पर्ने वताए । ुनिक्षेपको व्याजदरले बैंकहरुको पुँजी लागत कस्ट अफ फण्ड वढाएको छु उनले भने ुतर कर्जा प्रवाह घटेकाले नाफामा यसको असर देखिन्छ ।ु
तरलता अभावले अहिले एक वर्षे मुद्दति निक्षेपको व्याजदर १२ प्रतिशतसम्म पुगेको छ । बैंक अफ एसिया नेपालले भर्खरै १२ प्रतिशत व्याजदरको नयाँ निक्षेप खाता साचालनमा ल्याएको हो । व्याजमा अनुदार रहेको नेपाल बैंकले पनि तरलता संकट गहिरिँदै गएपछि व्याजदर वढाएको छ । बैंकले व्याजदर ३।५ प्रतिशतबाट साढे सात प्रतिशत पुर् याएको हो । ुनयाँ निक्षेप नआएपनि यहाँ भएको निक्षेप वाहिर नजाओस भनेर व्याजदर वढाएका हौंु नेपाल बैंकका विनोद आत्रेयले नागरिकसँग भने ।
बैंकहरुलाई तरलता अभाव हुन नदिन राष्ट्र बैंकले सरकारी ऋणपत्रको धितो रिपो मार्फत २२ अर्व रुपैयाँ बैंकहरुलाई उपलब्ध गराइसकेको छ । २८ दिने रिपोमार्फत केन्द्रिय बैंकले ऋण उपलब्ध गराएको हो । तर यसले पनि तरलता अभाव टर्न सकेको छैन । ु२८ दिने रिपोको पैसाले अनिवार्य नगद अनुपात व्यवस्थापन गर्नलाई मात्र ठिक्क हुने गरेको ु एक बैंकरले भने ुयसको अवधि र व्याजदर घटाएमा केही हदसम्म तरलता समस्याको शंवोधन हुनेछ ।ु उनले रिपोको अवधि थोरै भएकाले त्यसको पैसाबाट नयाँ ठाउँमा लगानी गर्न नसकिएको दावी गरे ।






नेपाल बैंकको पुँजी योजना मन्त्रालयमा

सुदर्शन सापकोटा
काठमाडौं फागुन २६

नेपाल बैंकले वित्तीय अवस्था सुधारका लागि पुँजी बढाउनुपर्ने कारण देखाउँदै हकप्रद सेयर जारी गर्ने प्रस्ताव ल्याएको छ ।

३८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको देशकै सबभन्दा पुरानो बैंकले २ अर्ब रुपैयाँ पुँजी पुर् याउन सरकार र राष्ट्र बैंकसमक्ष यस्तो प्रस्ताव गरेको हो ।

सरकारले भने हकप्रद सेयरबाट पुँजी वृद्धि गर्नुको सट्टा रणनीतिक साझेदार खोज्ने योजना बनाएको छ । जुन संस्थापकका कारण बैंक नराम्रो अवस्थामा पुग्यो उनीहरु नै बलियो हुने स्थिति नआओस् भनेर सरकार रणनीतिक साझेदारीमा लागेको अधिकारीहरु बताउँछन् ।

बैंकको २० प्रतिशत सेयर सर्वसाधारणलाई ५५ प्रतिशत रणनीतिक साझेदारलाई र ५ प्रतिशत बैंकका कर्मचारीलाई दिने सरकारको योजना हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत विनोद आत्रेयले भने सबै सम्भावनामाथि छलफल गरेर निष्कर्षमा पुग्ने जानकारी दिए । ुसरकारी योजनमाथि पनि हामी बोर्डमा छलफल गरिरहेका छौंु उनले बुधबार नागरिकसँग भने ुजसको प्रस्ताव बढी सम्भाव्य देखिन्छ त्यसैमा जाने हो ।ु

विश्व बैंकको वित्तीय क्षेत्र सुधार कार्यक्रमअन्तर्गत रहेको नेपाल बैंकले हकप्रद सेयरको बिक्री बोलकबोलबाट गर्ने प्रस्तावसमेत गरेको छ ।

ुपुँजी कोष ऋणात्मक रहेकाले पि्रमियममा सेयर निष्कासन गर्न नसकिने हुँदा बोलकबोलमार्फत सेयर बिक्री गर्ने प्रस्ताव गरेका छौंु उनले भने । बोलकबोलबाट बेच्दा बढी मूल्य तिर्नेले सेयर पाउँछ । यसबाट बैंकले बढी लाभ उठाउनसक्ने उनले बताए । बैंकमा सरकारको ४० प्रतिशत सेयर छ ।

ुपुँजी पर्याप्तता अनुपात सिएआर कायम राख्ने चुक्ता पँुजी बढाउने र पुँजी कोष धनात्मक बनाउनेलगायत सुधारका लागि पुँजी योजना प्रस्तुत गरेका छौंु बैंकका प्रमुख कार्यकारी अधिकृत विनोद आत्रेयले भने ुयसका लागि ८ अर्ब रुपैयाँ लाग्छ ।ु पुँजी पर्याप्तता अनुपात १० प्रतिशत हुनुपर्छ ।

उनले नेपाल बैंकको पुँजी योजना सरकारी प्राथमिकतामा रहेकाले चाँडै टुङ्गो लाग्ने बताए । ुगभर्नर नियुक्तिपछि टुङ्गो लाग्लाु उनले भने ।

अर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपाल बैंकको वित्तीय अवस्था सुधारका लागि चाँडै ठोस कदम चालिने बताउँदै आएका छन् । यसपछि सरकारी स्वामित्वकै राष्ट्रिय वाणिज्य बैंकको सुधारमा लाग्ने उनले बताएका थिए ।

बैंकले ल्याएको पुँजी योजनामा कर्मचारी खर्च कटौती गर्ने प्रस्ताव पनि छ । बैंकको कुल खर्चमध्ये ६० प्रतिशत कर्मचारीमा हुन्छ । तीन वर्षभित्र यसलाई ३० प्रतिशतमा झार्ने योजना छ । यसका लागि बैंकका करिब ७ सय कर्मचारीलाई अवकास दिइनेछ । यसको तुलनामा निकै कम नयाँ कर्मचारी नियुक्त गरिनेछ ।

ु७ सयले अवकास पाएपछि २ सय नयाँ कर्मचारी नियुक्त गरिने हाम्रो योजना छु उनले भने ।

केही समयअघि मात्र बैंकले कर्मचारीको ३३ वर्षे अवधि ३० वर्षमा झारेको थियो । बैंकमा २ हजार ४ सय स्थायी र ४ सय करारका कर्मचारी छन् ।

नेपाल बैंकमा सबभन्दा बढी सर्वसाधारणको ४९ दशमलव ९४ प्रतिशत सेयर छ । त्यसपछि सरकारको ४० दशमलव ४९ प्रतिशत छ । वाणिज्य बैंकहरुको ४ दशमलव ९२ र राष्ट्र बैंकबाट स्वीकृतप्राप्त वित्तीय कम्पनीको ३ दशमलव ४२ प्रतिशत सेयर छ । यसअतिरिक्त विभिन्न संस्थाको शून्य दशमलव ५२ र अन्यको शून्य दशमलव ७१ प्रतिशत सेयर छ ।



विनोद आत्रेय
प्रमुख कार्यकारी अधिकृत नेपाल बैंक लि

बैंकको वित्तीय अवस्था कस्तो छ ?
पुससम्म बैंकले ३४ करोड ५६ लाख रुपैयाँ नाफा गरेको छ । निष्क्रिय कर्जा १० दशमलव ९६ प्रतिशतबाट ३ दशमलव ७७ प्रतिशतमा झरेको छ । यसलाई सुधारका रुपमा लिनुपर्छ । ऋणात्मक नै रहे पनि जगेडा कोष घटेको छ । अहिले जगेडा कोष ५ अर्ब २४ करोड रुपैयाँ ऋणात्मक छ । गत वर्षको पुससम्म यो ५ अर्ब ९३ करोड रुपैयाँ ऋणात्मक थियो । निक्षेप पनि बढिरहेको छ । निक्षेपको अनुपातमा नै कर्जा पनि बढेको छ ।

जनताले विश्वास गरेको बैंक भएकाले पनि बैंक नराम्रो अवस्थामा हुँदा निक्षेप फिर्ता लैजाने भएनन् । शाखा १ सय ९ वटा भएकाले ग्रामीण भेगसम्म हाम्रो राम्रो साजाल छ । अहिले हामी खराब कर्जा उठाउने चरणमा छौं । खराब कर्जा उठेकाले पनि हाम्रो नाफा राम्रो भइरहेको छ । कर्जा निक्षेप अनुपात पनि बढीमा ७० प्रतिशतमात्र छ । अहिले हाम्रो सम्पत्ति लगभग ७६ करोड रुपैयाँ छ । यसलाई पुनःमूल्यांकन गर्ने भएका छौं । पुनःमूल्यांकन गर्दा यो १० अर्ब पुग्ने अनुमान छ ।

बैंकका तत्कालका योजना के छन् ?
अन्य प्रतिस्पर्धी वाणिज्य बैंकजस्तै हामीले पनि इ-बैंकिङ कुनै पनि शाखाबाट कारोबार गर्न सकिने सेवा एटिएम कार्डलगायत सेवा ल्याइसकेका छौं । निक्षेपको ब्याज दरमा पनि प्रतिस्पर्धी भएका छौं । भर्खरैमात्र हामीले महिला मुद्दतिमा साढे ७ प्रतिशत ब्याजदरको योजना ल्याएका छौं । क्षेत्रगत रुपमा जान अन्य निक्षेप योजना पनि ल्याउने योजना छ । निक्षेप वृद्धिका लागि बजार प्रबद्र्धनको आवश्यकता देखेर यसतर्फ पनि हामी अगाडि बढेका छौं । सम्भाव्यता भएको स्थानमा शाखा विस्तार गर्दै लैजान्छौं । आगामी ६ महिनाभित्र थप २० शाखा खोल्छौं । अहिले हाम्रा ६० शाखा कम्प्युटराइज्ड छन् । यो वर्षभित्र सबै शाखा कम्प्युटराइज्ड गर्ने योजना छ ।

तरलता अभावको प्रभाव कस्तो परेको छ ?
समग्र बैंकिङ क्षेत्रमा तरलता अभावको प्रभाव परिरहेका बेला नेपाल बैंकमा मात्र नपर्ने भन्ने हुँदैन । केही परेको छ । यस्तो प्रभाव पर्न नदिन हामीले कर्जा लगानीमा कडाइ गरेका छौं । उपभोक्ता कर्जा र रियलस्टेट तथा हाउजिङमा कर्जा प्रवाह बन्द गरेका छौं । सम्भाव्य ठाउँमा मात्र लगानी गरेका छौं । पहिले खराब कर्जाका कारण बैंकको यो अवस्था भएकाले सुरक्षित कर्जा प्रवाह गर्नुपर्छ भन्नेमा व्यवस्थापन समूह एकदमै चनाखो छ । तरलता अभावकै कारण हामीसँग भएका ग्राहक अरुसँग नजाउन् भनेर निक्षेपको ब्याजदर बढाएका हौं ।





रेमिट्यान्सको वृद्धिदर घट्यो


सुदर्शन सापकोटा
काठमाडौं फागुन २५
विदेशमा काम गर्ने नेपालीले पठाउने पैसा रेमिट्यान्स को वृद्धिदर ४६ दशमलव ६८ प्रतिशत विन्दुले घटेको छ । चालु वर्षको पुस मसान्तसम्म रेमिट्यान्सको वृद्धिदर १८ दशमलव ८५ प्रतिशत छ । गत वर्षको सोही अवधिमा वृद्धिदर ६५ दशमलव ५३ प्रतिशत थियो ।
राष्ट्र बैंक स्रोतका अनुसार चालु वर्षको पुससम्म १ खर्व ५ अर्व रुपैयाँ वरावरको रेमिट्यान्स भित्रिएको छ । अघिल्लो पुसमा ८६ अर्व ७७ करोड रुपैयाँ वरावरको रेमिट्यान्स भित्रिएको थियो । ुरेमिट्यान्समा अडिएको मुलुकलाई यसको वृद्धिदर घट्दा समग्र अर्थतन्त्रमा प्रभाव पर्छु राष्ट्र बैंकका एक अधिकारीले भने ।
निर्यातको तुलनामा आयात ६ गुणाभन्दा वढीले वृद्धि भएको बेला रेमिट्यान्सको वृद्धिदर भने झर्दा यसले समग्र अर्थतन्त्रलाई संकटमा पुर् याउने उनले दावी गरे । विदेशमा नेपालीले पाउने तलव घटेकाले पनि रेमिट्यान्सको वृद्धिदर तल झरेको हुनु पर्ने उनका अनुमान छ ।
चालु वर्षको पुससम्म व्यापार घाटा १ खर्व ५८ अर्व रुपैयाँ भएको छ । आयात १ खर्व ८८ अर्व ८० करोड रुपैयाँको हुँदा निर्यात ६ गुणाभन्दा कम अर्थात ३० अर्व ८० करोडको मात्र भएको छ । नेपाल भित्रिनेभन्दा वाहिरीने पैसा धेरै भएकाले देशको विदशी मुद्रा सिाचती पनि घटेको छ । मंसिरसम्म मात्र शोधनान्तर अवस्था १९ अर्व ६० करोड रुपैयाँ घाटामा छ । ुशोधनान्तर घाटा वढ्दै गएमा विदेशी मुद्रा सकिएर देश टाट पल्टने अवस्था आउन सक्छु एक अधिकारीले भने ुरेमिट्यान्समा मात्र भर नपरेर निर्यातमूलक उद्योगको विकास नगरे अर्थतन्त्रमा भयावह अवस्था आउने छ ।ु
आर्थिक वर्ष २०६३÷६६ मा ९६ अर्व १६ करोड रुपैयाँ रेमिट्यान्स आएको थियो । ०६४÷६५ मा १ खर्व २० अर्वको भित्रिएकोमा गत वर्ष १ खर्व ८२ अर्व भित्रिएको थियो । ुरेमिट्यान्सको वृद्धिदर जुन रुपमा घटेको छ त्यसको असर अर्थतन्त्रमा पर्न नदिन दुई वटा उपाय तत्काल अपनाउनु पर्ने हुन्छु राष्ट्र बैंकका एक अधिकारीले भने ुकि आयात घटाउनु पर् यो कि निर्यात वढाउनु पर् यो ।ु
पुससम्मको तथ्यांक हेर्दा सवारी साधन तथा पाटपुर्जा सुन र पेट्रोलियम पदार्थको आयात वढेर व्यापार घाटा उच्च भएको छ । पुससम्म ४१ अर्व ९७ करोड रुपैयाँ वरावरको सवारी साधन तथा पाटपुर्जा आयात भएको राष्ट्र बैंक स्रोतले बतायो । यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा ३५ दशमलव ४५ प्रतिशतले वढी हो ।
सुन पनि ३३ अर्व ६० करोड ९५ लाख रुपैयाँ वरावरको आयात भएको छ । सुन आयात धेरै भएर व्यापार घाटा उच्च भएपछि सरकारले सुन आयात बन्द गरी सकेको छ । पेट्रोलियम पदार्थ २० अर्व ५३ करोड रुपैयाँको आयात भएको छ । ुरेमिट्यान्सको वृद्धिदर घटिरहेको वेला अतिआवश्यकीय वस्तु वाहेक अन्यको आयात बन्द गर्नु पर्छु उनले भने । ६ महिनाको अवधिमा अतिआवश्यकीय वस्तु पेट्रोलियम पदार्थको आयात करिव १४ प्रतिशतले घटिसकेको छ ।
पछिल्लो ६ महिनामा कृषिजन्य पदार्थको आयात उच्च भएर पनि व्यापार घाटा वढेको छ । तेस्रो मुलुकबाट कमै आउने चामलको आयात २ सय प्रतिशतभन्दा वढीले वृद्धि भएको छ । राष्ट्र बैंक स्रोतका अनुसार चालु वर्षको पुसमा ५७ करोड ३० लाखको चामल आयात भएको छ । भटमासको कच्चा तेलको आयात पनि ४७ प्रतिशतले वढेको छ । पाउडर दुधको आयात १ सय ३५ प्रतिशतले वढेको छ ।

०६६÷६७ को रेमिट्यान्स
महिनारेमिट्यान्स
साउन१८ अर्व ३५ करोड
भदौ१५ अर्व ३ करोड
असोज१९ अर्व १४ करोड
कात्तिक१४ अर्व ४५ करोड
मंसिर१५ अर्व ८५ करोड
पुस२० अर्व ३० करोड




व्यापार घाटा १ खर्व ५८ अर्व


आयात ४१ प्रतिशतले वढ्यो निर्यात १२ प्रतिशतले घट्यो

सुदर्शन सापकोटा
काठमाडौं फागुन २४
विदेशी वस्तुप्रतिको आत्मनिर्भरताले निर्यातभन्दा आयात वढि भएर व्यापार घाटा उच्च भएको छ । पुस मसान्तसम्म व्यापार घाटा १ खर्व ५८ अर्व पुगेको राष्ट्र बैंकले जनाएको छ । मूख्यतया सुन पेट्रोलियम पदार्थ गाडि तथा त्यसको पाटपुर्जा कोल्ड रोल्ड सीट इन्क्वाइल मेशिनरी तथा पाटपुर्जा औषधि कम्प्युटरको पाटपुर्जा र विद्युतीय सामग्रीले आयात वढेको हो ।
राष्ट्र बैंकका अनुसार पुस मसान्तसम्म आयात ४० दशमलव ८ प्रतिशतले वढेको हो । गत आर्थिक वर्षको पुस मसान्तसम्म २३ दशमलव ६ प्रतिशतले मात्र वढेको थियो । पुससम्म समग्र आयात १ खर्व ८८ अर्व ८० करोड रुपैयाँको भएको छ ।
निर्यात १२ दशमलव १ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको पुसमा यो १८ दशमलव ६ प्रतिशतले वढेको थियो । निर्यात ३० अर्व ८० करोड रुपैयाँको भएको राष्ट्र बैंकले जनाएको छ ।
ुकेही वस्तुको खपत अत्याधिक वढेकाले आयात करिव ४१ प्रतिशतले वृद्धि भएको होु राष्ट्र बैंकका कार्यकारी निर्देशक रविन्द्र पाण्डेले भने । तेस्रो मुलुकबाटको आयात ५० प्रतिशतले वढेको छ भने निर्यात २३ प्रतिशतले घटेको छ ।
भारतर्फ जीआई पाइप जुत्ता-चप्पल टुथपेष्ट खयर उनको गलैंचा तयारी पोशाक र जडीबुटीको निर्यात वढेको छ । ुकेही समयदेखि दाल र पस्मिनाको निर्यात घटेको छु राष्ट्र बैंकका एक अधिकारीले नागरिकसँग भने । उनका अनुसार चालु वर्षको पुस मसान्तसम्म सबैभन्दा वढी आयात सवारी साधन तथा त्यसको पाटपुर्जाको भएको छ । पुससम्म ४१ अर्व ९७ करोड रुपैयाँ वरावरको सवारी साधन तथा पाटपुर्जा आयात भएको हो । यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा ३५ दशमलव ४५ प्रतिशतले वढी हो ।
पुससम्म ३३ अर्व ६० करोड ९५ लाख रुपैयाँ वरावरको सुन आयात भएको छ । सुन आयात धेरै भएर व्यापार घाटा उच्च भएपछि सरकारले सुन आयात बन्द गरी सकेको छ । पेट्रोलियम पदार्थ २० अर्व ५३ करोड रुपैयाँको आयात भएको छ । यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा १३ दशमलव ५६ प्रतिशतले कम हो । सिलिन्डर ग्यास र मट्टितेलको माग घटेकाले समग्र पेट्रोलियम पदार्थको आयात प्रतिशतमा कम देखिएको हा । मट्टीतेल ३ अर्वको आयात भएकोमा चालु वर्षको पुसमा यो घटेर १ अर्वको मात्र आयात भएको छ ।
हल्का पेय पदार्थ तथा सुर्ति मिनरल तथा लुवि्रकेन्ट र घिउजन्य पदार्थको निर्यात घटेर समग्र निर्यात घटेको छ । मिनरल तथा लुवि्रकेन्टको निर्यात १ सय प्रतिशतले घटेको छ भने हल्का पेय पदार्थ तथा सुर्तिको ९४ प्रतिशतले घटेको छ । घिउजन्य पदार्थको पनि ७० प्रतिशतले निर्यात घटेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार अखाद्य सामग्रीको आयात ८६ दशमलव ३९ प्रतिशतले वढेको छ । खाद्यान्न तथा जिवित जनवार र औषधिको आयात क्रमशः २० र २० दशमलव २१ प्रतिशतले वढेको छ । ुपुस मसान्तसम्म सुन सवारी साधानका साथै खाद्यान्नको पनि आयात उच्च भएको छु राष्ट्र बैंकका अधिकारीले भने ।




नारीलाई लक्षित गर्दै निक्षेप खाता साचालन गर्ने बैंक वढे

नागरिक संवाददाता
काठमाडौं फागुन २४
देशकै पुरानो नेपाल बैंकले गत आइतवार नारीलाई लक्षित गर्दै दुई निक्षेप खाता साचालनमा ल्याएको छ । सरकारी स्वामित्वको यो बैंकले बचत र मुद्दति खाता ल्याएको हो । नेपाल बैंकसँगै अन्य ११ वाणिज्य बैंकले पनि नारीलाई लक्षित गरेर निक्षेप खाता साचालन गरिरहेका छन् ।
अहिले विकास बैंक र फाइनान्स कम्पनीहरुले पनि नारीलाई लक्षित गर्दै निक्षेप खाता साचालन गर्न थादेका छन् । यी कम्पनीले भने नारी बचत खातमा वाणिज्य बैंकको तुलनामा वढी व्याज दिन्छन् ।
ुनारीहरु बचतशिल हुन्छन् भनेर खाता साचालनमा ल्याइएको होु नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत विनोद आत्रेयले नागरिकसँग भने ुबचत गर्ने वानी बसाउनका लागि पनि नारीलाई लक्षित गरेर खाता ल्याइएको हो ।ु
सबैभन्दा वढी नेपाल बैंक सनराइज र बैंक अफ एसिया नेपालले सबैभन्दा वढी व्याज दिइरहेका छन् । व्याजका साथै नारी बचत खाता खोल्नेले अन्य विभिन्न सुविधा पनि पाउँछन् । ुअरु खातामा भन्दा नारी बचतमा केही वढी नै सुविधाहरु छु आत्रेयले भने ।
नेपाल बैंकले नारी बचतमा प्रचलित व्याजभन्दा १ प्रतिशत वढी व्याज उपलब्ध गराउँछ । यो खाता हुनेले निशुल्क डेविटकार्डका साथै लकरमा २५ प्रतिशत छुट कर्जा सेवामा शुन्य दशमलव ५ प्रतिशत र कर्जाको व्याजमा शुन्य दशमलव २५ प्रतिशत छुट पाउँछन् । ुभविस्यप्रति चिन्तित नारी हुन्छन्ु उनले भने ुबचत गर्ने वानी वसाएर उनीहरुको चिन्ता कम गर्न नारी बचत खाता उपयुक्त हुनसक्छ ।ु
माछापुच्छे्र बैंकले पेवा बचत नामको खाता साचालन गरिरहेको छ । यो खाता ५ सय रुपैयाँमा नै खोल्न सकिन्छ । नविल बैंकले ५ सय रुपैयाँमा नै खोल्न सकिने मिस प्लेयर नारी बचत खाता साचालन गरिरहेको छ । एनसिसीले १ हजार रुपैयाँमा खोल्न सकिने महिला सुरक्षा खाता साचालन गरिरहेको छ । यो खाता खोल्नले १० हजार रुपैयाँसम्मको स्वास्थ्य बिमा र ५ लाख रुपैयाँसम्मको दुर्घटना बिमा निशुल्क पाउँछन् ।
नेपाल बंगलादेश बैंकले साचालन गरिरहेको गृहिणी बचत खाता १ हजार रुपैयाँमा खोल्न सकिन्छ । यो खातामा पनि बैंकले निशुल्क दुर्घटना र स्वास्थ्य बिमा उपलब्ध गराएको छ । साथै डेविटकार्ड पनि निशुल्क पाइन्छ ।
सिद्धार्थ बैंकले एक हजारमा खोल्न सकिने नारी बचतमा निशुल्क डेविछ कार्ड र इन्टरनेट बैंकिङ सेवा उपलब्ध गराउँछ । िपंक बचत खाता साचालनमा ल्याएको सनराइज बैंकले एटिएम र अनलाइन बैंकिङ सेवा निशुल्क उपलब्ध गराउँछ ।
बैंक अफ एसिया नेपालले निशुल्क एटिएम कार्ड र ई-बैंकिङ सेवा उपलब्ध हुने नारी शक्ति बचत खाता साचालनमा ल्याएको छ । दैनिक मौजदातमा व्याज दिने गरी सिटिजन्स बैंक इन्टरनेसनलले नारी बचत नामको खाता साचालनमा ल्याएको छ । ग्लोबलले पनि ५ लाखसम्मको निशुल्क दुर्घटना बिमा तथा इन्टरनेट र एसएमएस बैंकिङ सुविधा सहितको नारी बचत खात साचालन गरेको छ ।
लक्ष्मी बैंकले ५ सय रुपैयाँमा खोल्न सकिने सुपर ओमेन सेभिङ खाता साचालनमा ल्याएको छ । यो खाता भएका महिलाले निशुल्क मोवाइल बैंकिङ सेवा पाउँछन् । साथै लुम्बिनी बैंकले पनि नारी बचत खाता साचालनमा ल्याएको छ ।

नारीका लागि निक्षेप खाता साचालन गरिरहेका बैंक

बैंकव्याजदर
बैंक अफ एसिया,,,,,,,,,,,,७
सिटिजन्स्,,,,,,,,,,,,,,,,,,,४।५
ग्लोबल,,,,,,,,,,,,,,,,,,,,,,५
लक्ष्मी,,,,,,,,,,,,,,,,,,,,,,६।५
माछापुच्छे्र,,,,,,,,,,,,,,आकर्षक
नबिल,,,,,,,,,,,,,,,,,,,,,,,,,५
एनसिसी,,,,,,,,,,,,,,,,,,,,आकर्षक
नेपाल बंगलादेश,,,,,,,,,,५।५
सिद्धार्थ ,,,,,,,,,,,,,,,,,,,,६
सनराइज,,,,,,,,,,,,,,,,,,७।५
नेपाल बैंक,,,,,,,,,,,,,,,,,,७।५
लुम्बिनी,,,,,,,,,,,,,,,४


१५ हजारमा एक किलो सुनको कारोवार

नागरिक संवाददाता
काठमाडौं फागुन १९
नेपाल डेरिभेटिभ एक्सचेन्ज एनडेक्स ले १५ हजार रुपैयाँमा नै एक किलो सुनको कारोवार गर्न सकिने सेवा सुरु गरेको छ । सुन खरिद गरेपछि २३ घण्टाभित्र नै विक्री गरिसक्नु पर्ने मार्जिन एक्सपोजर वुधवारबाट सुरु भएको हो । ुछोटो अवधिको कारोवार गर्नेहरुका लागि लक्षित गरेर यो सेवा सुरु गरिएको होु पत्रकार सम्मेलनमा एनडेक्सका प्रमुख कार्यकारी अधिकृतले सूर्य पोखरेलले भने ।
सामान्य अवस्थामा एनडेक्समार्फत ७५ हजार रुपैयाँमा एक किलो सुनको कारोवार गर्न सकिन्छ । मार्जिन एक्सपोजरमा कारोवार गर्नेहरुले २३ घण्टाभित्र सुनको राफसाफ नगरे वाँकी ६० हजार रुपैयाँ थप गरेर कारोवार अवधि वढाउन सक्छन् । मार्जिन एक्सपोजरमार्फत एकै दिनमा नाफा आर्जन गर्न नसकिने भएमा ६० हजार थपेर केही समयपछि नाफा आर्जन गर्न सकिने भएमा त्यसको राफसाफ गर्न सकिने छ । लगानीकर्ताले एक्सपोजरमा एक पटकमा एक किलो सुन मात्र खरिद गर्न सकिने पाखरेलले बताए । एक्सपोजर नेपाली कमोडिटी बजारका लागि नयाँ लगानीको औजार हो ।
कम्पनीले वुधवारबाट थप ८ वस्तुको कारोवार थालेको छ । कम्पनीले गहुँ मकै सोयाविन सोयाविन ओयल कटन कफि प्लाटिनम र प्लाडियमको कारोवार सुरु गरेको हो । ु८ वसुतको १२ कन्ट्राक्टमा कारोवार थालेका हौंु उनले भने । कम्पनीले यसअघि ६ वस्तुको ११ कन्ट्राक्टमा कारोवार गर्दै आएको थियो । कम्पनीले सुन चाँदी कच्चा तेल प्राकृतिक ग्यास तामा र हिटिङ ओयलको कारोवार गर्दै आएको हो । ुलगानी विविधीकरणका लागि वस्तु थप गरिएको होु पोखरेलले भने ुयस पटक कृषि वस्तुलाई लक्षित गरेका छौं ।ु
एनडेक्सले वुधवारबाटै कारोवार अवधि २४ घण्टा पुर् याएको छ । यसअघि कम्पनीले १५ घण्टा मात्र कारोवार गर्दै आएको थियो । ुअन्तर्राष्ट्रिय बजारमार्फत कारोवार हुने भएकाले समय वढाएका हौंु उनले भने । ५ करोड चुक्ता र १० करोड अधिकृत पुँजी रहेको कम्पनीले काण्ठमण्डप क्लियरिङलाई क्लियरिङ हाउस नियुक्त गरेको छ । क्लियरिङ हाउसले वस्तु खरिद तथा विक्रीकर्ता र कारोवार गर्ने कम्पनीको बिच मध्यस्थता गर्ने काम गर्छ । कम्पनीले ३० दलाल कम्पनीबाट कारोवार गरिरहेको छ ।

२३ वाणिज्य बैंकको सिडी रेसियो उच्च


सुदर्शन सापकोटा
काठमाडौं फागुन १८
साचालनमा रहेकामध्ये २३ वाणिज्य बैंकको कर्जा निक्षेप अनुपात सिडि रेसियो वढी देखिएको छ । गत शुक्रवारसम्मको विवरण अनुसार २६ बैंकको औषत अनुपात ९३ प्रतिशतभन्दा वढी छ । अनुपातको वृद्धिले बैंकको जोखिम पनि वढाएको संकेत गर्छ । ुपुस माघको तुलनामा सिडी रेसियोमा सुृधार आएको छु राष्ट्र बैंक बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक महाप्रसाद अधिकारीले नागरिकसँग भने ।
अन्तर्राष्ट्रिय अभ्यासमा सिडी रेसियो ६५ देखि ७० प्रतिशतसम्म भएमा राम्रो मानिन्छ । अरु सम्भावना नभएको अवस्थामा ८० प्रतिशतसम्मको सिडी रेसियोलाई नेपालमा राम्रै मान्नु पर्ने अधिकारीले बताए । उनले निक्षेप वृद्धि नभएको तर पहिले नै प्रतिवद्धता जनाएको कर्जा प्रवाह गर्नु परेकाले रेसियो वढेको जानकारी दिए । ुतेस्रो त्रैमाससम्म यसमा धेरै सुधार हुन्छु उनले भने ुपहिलेको तुलनामा अहिले सिडि रेसियोमा सुधार आएको छ ।ु
स्ट्यान्डर्ड चार्टर्डं नेपाल बैक र राष्ट्रिय वाणिज्य बैंकको सिडी रेसियो ८० प्रतिशतभन्दा कम छ । एक सय प्रतिशतभन्दा वढी सिडी रेसियो कृषि विकास नेपाल बंगलादेश सिद्धार्थ डिसिबिएल एनआइसी लुम्बिनी र हिमालयन बैंकको छ । ९० को लाइनमा १२ बैंकको सिडि रेसियो छ भने बाँकी कम्पनीको ८० को लाइनमा छ । साढे ३२ अर्व रुपैयाँ निक्षेप संकलन गरेर ४० अर्व रुपैयाँ कर्जा प्रवाह गरेको कृषि विकास बैंकको रिडी रेसियो १ सय २३ प्रतिशतभन्दा वढी छ ।
दोस्रो धेरै सिडी भएको नेपाल बंगलादेशको १ सय ८ प्रतिशत छ । बैंकले साढे ९ अर्व रुपैयाँ निक्षेप संकलन गरेर १० अर्व १० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकका महप्रबन्धक गोविन्दबावु तिवारीले ६ महिनाको अवधिमा करिव ६५ करोड रुपैयाँ निक्षेप घटेकाले सिडी रेसियो बढेको जानकारी दिए । उनले पछिल्लो दुई सातादेखि निक्षेप वढ्न थालेको बताउँदै उनले केही समयभित्रै सिडी रेसियोमा सुधार आउने दावी गरे । ुअसार मसान्तसम्म हामी यसलाई ९५ प्रतिशतमा झारिसक्छौंु उनले भने ।
१ सय ३ प्रतिशतभन्दा वढी सिडी रेसियो रहेको सिद्धार्थ बैंकले पछिल्लो अवधिमा व्यापार तथा औद्योगिक कर्जा वढेकाले रिसियो वढी भएको जनाएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले पछिल्लो १५ दिनमा ७० करोड रुपैयाँ निक्षेप वृद्धि भएकाले बैंकको सिडी रेसियो घट्ने जानकारी दिए । ुतरलता अभावका वावजुत पनि प्रतिवद्धता जनाएकालाई कर्जा प्रवाह गर्नु परेकाले सिडी वढेको होु उनले भने ।
गत शुक्रवारसम्म बैंकहरुले ५ खर्व ८२ अर्व रुपैयाँ निक्षेप संकलन गरेका छन् । यो अवधिसम्म ४ खर्व ६८ अर्व रुपैयाँ कर्जा प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ । बैंकहरुले निक्षेप आकर्षित गर्नका लागि त्यसको व्याजदर वढाए सोचेजस्तो वृद्धि भएन । तर पहिले नै दिन्छु भनेर प्रतिवद्धता जनाइसकेकाले कर्जाको प्रवाह वढ्यो । यसले गर्दा बैंकले उठाउने निक्षेपभन्दा कर्जा वढी भएर सिडि रेसियो वढेको हो ।
सबैभन्दा वढी निक्षेप राष्ट्रिय वाणिज्य नेपाल इन्भेष्टमेन्ट नविल नेपाल बैंक र हिमालयन बैंकले संकलन गरेका छन् । कर्जा तथा सापट क्रमशः नेपाल इन्भेष्टमेन्ट कृषि विकास नबिल राष्ट्रिय वाणिज्य र हिमालयन बैंकले प्रवाह गरेका छन् ।



माग पुरा भएपछि आन्दोलन फिर्ता

काठमाडौं फागुन १७
अधिकांस माग पुरा भएको भन्दै एक सातादेखि आन्दोलनरत सेयर लगानीकर्ताले आन्दोलनका सवै कार्यक्रम फिर्ता लिएका छन् । सोमवार लगानीकर्ताले अर्थमन्त्रालयका सचिव रामेश्वर खनालसँग बार्ता गरेपछि आन्दोलनका कार्यक्रम फिर्ता लिएका हुन् । उनीहरुले माग पुरा नभए अनिष्चितकालका लागि सेयर कारोवार वन्द गराउने बताएका थिए । ुलगभग सबै माग पुरा भएको छु आन्दोलनरत नेपाल इन्भेष्टर फोरमका सदस्य राजकुमार तिमिल्सनाले भने ।
२२ सूत्रीय माग राख्दै आन्दोलनरत साधारण लगानीकर्ता संघ नेपाल इन्भेष्टस्र फोरम र धितोपत्र लगानीकर्ता संघका पदाधिकारीसँग अर्थमन्त्रालयका सचिव रामेश्वर खनालले उनीहरुसँग वार्ता गरेका हुन् ।
सत् प्रतिशत सेयर कर्जा नवीकरण गर्न पाउनु पर्ने माग राख्दै आएका लगानीकर्ताले ७५ प्रतिशतसम्म नवीकरणमा चित्त वुझाएका छन् । राष्ट्र बैंकले गत अघिल्लो सोमवार निर्देशिका जारी गर्दै ७५ प्रतिशतसम्म नवीकरण गर्ने व्यवस्था गरेको थियो । आन्दोलनअघि ५० प्रतिशत कर्जा मात्र नवीकरण हुन्थ्यो ।
बजार मूल्यको ७० प्रतिशतसम्म कर्जा पाउनु पर्ने माग पनि आिशंक पुरा भएको छ । बजार मूल्यको ५० प्रतिशत मात्र सेयर धितोमा कर्जा पाउदै आएका लगानीकर्ताले ६० प्रतिशतसम्म कर्जा पाउने भएका छन् । साथै १० प्रतिशतसम्म सेयर मूल्य घट्दा मार्जिन कल नआउनेमा लगानीकर्ताले सहमति जनाएका छन् । राष्ट्र बैंकले केही दिनअघि १० प्रतिशतसम्म मूल्य घट्दा कल नगर्ने व्यवस्था गरेकेा थियो । ु१० प्रतिशतसम्ममा मार्जिन कल नआउने र ६० प्रतिशतसम्म कर्जा पाउने भएपछि हामीले राखेको ७० प्रतिशतको माग पुरा भएको छु उनले भने ।
१९ प्रतिशत संस्थापक सेयर साधारणमा अक्सनबाट मात्र परिणत गर्न सहमति भएको छ । साथै साधारणसभाबाट हकप्रद सेयर पारित भएको मितिले ४ महिनाभित्र निष्कासन गर्नु पर्ने लगानीकर्ताको मागमा मन्त्रालयले त्यसका लागि नियमावली शंसोधन गर्ने भएको छ । हकप्रल र वोनस सेयरको प्रमाणपत्र वितरण भएको मितिदेखि नै सुचिकृत हुने व्यवथा मिलाउन राष्ट्र बैंकका कार्यकारी निर्देशक महाप्रसाद अधिकारीलाई निर्देशन दिइने सहमति भएको तिमि_िल्सनाले बताए ।
सेयर व्रोकर थप्ने प्रकृया आगामी साताबाट सुरु गरिने भएको छ । यसका लागि मन्त्रालयले नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिनेछ । बजार विस्तारका लागि केन्द्रिय निक्षेप प्रणाली सिडिएस आगामी ८ महिनाभित्र साचालनमा ल्याइने भएको छ । चालु वजेटले गत असोजमा नै सिडिएस स्थापना गर्ने भनेको थियो ।
पुँजीगत लाभकर र स्थायी लेखा नंम्वर प्यान का वारेमा लगानीकर्ताले राखेको माग आगामी बजेटमा पुरा गरिने सहमति भएको छ । लगानीकर्ताले पुँजीगत लाभकरलाई लगानी अवधिका आधारमा वर्गिकरण गरी यसको दर कायम गरिनु पर्ने माग राखेका थिए । साथै ५० लाखभन्दा माथिको सेयर कारोवार गर्ने व्यक्तिलाई मात्र प्यान प्रमाणपत्रमा दर्ता हुनु पर्ने माग राखेका थिए ।
सरकारी स्वामित्वको नेपाल बैंकको सेयर नेप्सेमा कारोवार गर्नका लागि वाटो खुला गरिदिने पनि सहमति भएको छ । सरकारले यसका लागि चाँडै प्रकृया सुरु गर्ने भएको छ । म्युचुअल फण्ड कार्यान्वयनमा ल्याउन सहमति भएको छ ।
सोमवारको वार्तामा भएको सहमतिको लिखित माइन्युट भने मंगलवार मात्र हुने छ ।

यसैबिच लगानीकर्ताले धितोपत्र वोर्डका अध्यक्ष शुरवीर पौडेललाई आफ्ना मागका वारेमा जानकारी गराउन सोमवार उनै कार्यकक्षमा भेटेका छन् । भेटमा उनले लगानीकर्ताले उठाएको सम्पूर्ण माग जायज भएको भन्दै अर्थमन्त्रीले चाहेमा तत्काल सबै माग पुरा हुने बताएका छन् । आन्दोलनरत सेयर लागनीकर्तासँग उनले वोर्डको साचालक समितिको वैठक वस्न सकेमा मात्र पनि अधिकांस माग पुरा गर्न सकिने बताए ।






एनडेक्सले थप ८ वस्तुको कारोवार थाल्ने

नागरिक सम्वाददाता
काठमाडौं फागुन १७
नेपाल डेरिभेटिभ एक्सचेन्ज एनडेक्स ले थप ८ वस्तुको कारोवार थाल्ने भएको छ । आगामी वुधवारबाट एनडेक्सले गहुँ कटन कफी प्याराडियम प्लाटिनियम सोयाबिन सोयाबिन तेल र मकैको कारोवार गर्न लागेको हो । कमोडिटिज बजारमा सेयरजस्तै गरी यी वस्तुको कारोवर हुन्छ ।
कम्पनीले सुन चाँदी कच्चा तेल प्राकृतिक ग्यास तामा र हिटिङ ओयलको मात्र कारोवार गर्दै आएको छ । वुधवारबाट कारोवार हुने वस्तुको संख्या १४ पुग्नेछ । ुवढी माग भएका वस्तुको कारोवार थाल्ने भएका हौंु एनडेक्सका प्रमुख कार्यकारी अधिकृत सूर्य पोखरेलले भने ।
कम्पनीले वुधवारबाटै २४ घण्टे कारोवार पनि थाल्ने भएको छ । अहिले कम्पनीले दिनको १५ घण्टा मात्र कारोवार गर्दै आएको छ । ुअन्तर्राष्ट्रिय बजारमा वस्तुको कारोवार हुने भएकाले समय वढाएका हौंु उनले भने ।
कम्पनीले काष्ठमण्डप क्लियरिङ कम्पनीलाई क्लियरिङ हाउस बनाएको छ । क्लियरिङ हाउसले बस्तु खरिद तथा विक्रीकर्ता र कारोवर गर्ने कम्पनीबीच मध्यस्थताको काम गर्छ । कम्पनीले अहिले ३० दलाल कम्पनीबाट कारोवार सुरु गरिरहेको छ ।
एनडेक्सले एक किलोग्राम सुनका लागि ७५ हजार रुपैयाँ लिने गरेको छ । यो अरु साचालनमा रहेको अन्य दुई कम्पनीको तुलनामा सस्तो हो ।