सुदर्शन सापकोटा, काठमाडौं, पुस १९ -विभिन्न नामका बचत खाताको ब्याज अन्तर
धेरै हुन नहुने राष्ट्र बैंकको निर्देशनपछि बैंक तथा वित्तीय संस्थाले
पुरानो बचत खाताको ब्याज दर बढाएका छन्। उनीहरुले अधिकतम ब्याज सहित पछि
ल्याएका बचत खाताको ब्याजसँग २ प्रतिशतको फरक राख्दै पुराना खाताको ब्याज
बढाएका हुन्।
बैंक तथा वित्तीय संस्थाले बचत खातामा न्युनतम ३ प्रतिशतसम्म ब्याज
दिँदै आएका छन्। तरलता (लगानीयोग्य पुँजी) अभाव हुन थालेपछि पछिल्लो
अवधिमा बचतको ब्याज ११ प्रतिशतसम्म पुगेको छ। बचत खाताको ब्याजमा असमानता
हुन थालेपछि राष्ट्र बैंकले वढीमा २ प्रतिशत बिन्दु भन्दा फरक हुन नहुने
निर्देशन जारी गरेपछि बैंक तथा वित्तीय संस्थाले कम पुराना खाताको ब्याज
वढाउका हुन्।
'पुराना सबै खाताको ब्याज बढाउँदै छु,' डिसिबिएल बैंकका प्रमुख
कार्यकारी अधिकृत सुधिर खत्रीले आइतबार नागरिकसँग भने, 'बैंकको बचत खाताको
ब्याज अधिकतम ११ र न्युनतम ९ प्रतिशत हुने छ।' उनले ६, ७ र ८ प्रतिशत
ब्याज रहेको पुराना खाताको ब्याज भर्खरै ल्याएको नयाँ बचतको ११ प्रतिशतको
ब्याजभन्दा २ प्रतिशत कम गर्दै ९ प्रतिशत कायम गर्ने जानकारी दिए।
केन्द्रीय बैंकको निर्देशनपछि डिसिबिएलसँगै मध्यमस्तरका वाणिज्य
बैंकहरुले पुराना खाताको ब्याज बढाउने तयारी गरेका छन्। कुमारी,
सिद्धार्थ, बैंक अफ काठमाडौं, सिटिजन्स्, प्राइम, लक्ष्मी, एनआइसी,
एनसिसी, एनएमबी, माछापुच्छे्रलगायतका बैंकले पुराना खाताको ब्याज बढाउन
लागेका हुन्। पुराना नबिल र एभरेष्ट बैंकले पनि ब्याज बढाउँदै छन्।
पुराना खाताको पनि ब्याज वढ्ने भएपछि उपभोक्तलाई फाइदा हुने छ। यसअघि
बैंक वित्तीय संस्थाले पुरानो खाता हुने ग्राहकलाई वढेको ब्याज दिँदैन थिए।
दसैयता निक्षेपको ब्याज वढाए पनि आसा गरेअनुसार पैसा नआइरहेका बेला
पुरानाको नबढाइ नयाँको घटाउँदा झनै पैसा नआउने भएकाले बैंक तथा वित्तीय
संस्थाले पुरानो खाताको ब्याज बढाएका हुन्। 'भएको पैसा पनि वाहिरिने
भएकाले घटाएरभन्दा पनि वढाएर अन्तर घटाउनु पर्ने अवस्था छ,' इन्टरनेसनल
डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत राजाराम खड्काले नागरिकसँग
भने, 'पुरानो खाताको ब्याज वढाउँदै छु।'
उनले समकक्षी विकास बैंकसँगको कुराकानीमा सबै बढाउने पक्षमा रहेको जानकारी दिए। 'बचत खाताको अन्तर कम गर्न ठूलो रकमको निक्षेपमा दिइँदै आएको ब्याजदर घटाउन नसकिने भएकाले थोरैमा बढाउनु परेको हो,' उनले भने, 'तरलता अभावको अवस्था नभएको भए घटाउन पनि सकिन्थ्यो तर अहिले अवस्था त्यो छैन।'
उनले समकक्षी विकास बैंकसँगको कुराकानीमा सबै बढाउने पक्षमा रहेको जानकारी दिए। 'बचत खाताको अन्तर कम गर्न ठूलो रकमको निक्षेपमा दिइँदै आएको ब्याजदर घटाउन नसकिने भएकाले थोरैमा बढाउनु परेको हो,' उनले भने, 'तरलता अभावको अवस्था नभएको भए घटाउन पनि सकिन्थ्यो तर अहिले अवस्था त्यो छैन।'
यद्यपी सरकारी स्वामित्वका राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकले भने
साना निक्षेपमा केही बढाउने र ठूलामा घटाउने रणनीति लिएको छ। 'हाम्रो बचत
खाताको अन्तर धेरै फरक नभएकाले हामीलाई अप्ठेरो छैन,' राष्ट्रिय वाणिज्य
बैंकका प्रमुख कार्यकारी अधिकृत जनार्दन आचार्यले नागरिकसँग भने, 'त्यही
भएर थोरै ब्याज भएकालाई केही बढाउँछौं र वढी ब्याज भएकोलाई केही घटाएर
समायोजन गछर्ौै।'
राष्ट्रबैंकले अघिल्लो शुक्रबार विभिन्न नामका बचत खातामा दिइने
ब्याजदरको अन्तर दुई प्रतिशत बिन्दुभन्दा बढी गर्न नपाइने निर्देशन जारी
गरेको थियो। निर्देशनमा ब्याजदर परिवर्तन गर्दा सबै किसिमका बचत खातामा
समान रूपले समायोजन गर्नुपर्ने व्यवस्था छ।
राष्ट्रबैंकको निर्देशनसँगै बैंक तथा वित्तीय संस्थाहरूले सानो राशीको
रकममा दिँदै आएको ब्याज बढाउन थालेका हुन्। 'निक्षेपकर्ताका लागि अहिले
एकदमै राम्रो मौका छ,' खत्रीले भने, 'ब्याज दर बृद्धिले बैंकको पुँजी लागत
वढाए पनि लगानी विस्तारका लागि आकर्षक ब्याजबाट निक्षेप तान्न निर्देशनले
सहयोग गरेको छ।'
राष्ट्र बैंकका अनुसार, सरकारी तीन र निजी क्षेत्रका पुराना र ठूला
वाणिज्य बैंकमा थोरै ब्याजदरको निक्षेप बढी छ। पुराना खाताको ब्याज दर
बढाउँदा पुँजी लागत बृद्धि भइ नाफामा असर पर्ने छ। निर्देशनपछि वाणिज्य
बैंकको पुँजी लागत १ प्रतिशतसम्म बृद्दि हुने अनुमान छ।
सञ्चालनमा रहेका ३० वाणिज्य बैंकमध्ये सरकारी स्वामित्वका राष्ट्रिय
वाणिज्य, नेपाल बैंक र कृषि विकास तथा निजी क्षेत्रका नबिल,
इन्भेष्टमेन्ट, स्ट्यान्डर्ड चार्टर्ड, हिमालयन, नेपाल एसबिआइ र एभरेष्ट
बैंकसँग मात्रै ४ खर्ब ५ अर्ब ८३ करोड रुपैयाँ निक्षेप छ। यसमध्ये बचत
खातामा मात्र २ खर्ब ५९ अर्ब ५८ करोड रुपैयाँ बराबरको छ। बचतमा रहेको
निक्षेपमध्ये पनि ८० प्रतिशत थोरै ब्याज दरका छन्। पछिल्लो अवधिमा
बैंकहरुसँग ६ खर्ब २० अर्ब कुल निक्षेप छ।
No comments:
Post a Comment
thanks for comment