सुदर्शन सापकोटा
काठमाडौं, असोज १२
बैंक तथा वित्तीय संस्थाले एक आपसमा
दिने छोटो अवधिको सापटी (अन्तर बैंक) अहिले तीन दरमा चलेको छ। बैंकरहरुले
अघोषित रुपमा विभिन्न वित्तीय संस्थालाई विश्वास योग्य, औसत र विश्वास कम
भएको गरी तीन रुपबाट वर्गीकरण गरी सापटी दर तोकेका छन्।
'अहिले
भइरहेको अन्तर बैंक कारोबारलाई बैंक तथा वित्तीय संस्थाले संस्थागत सुशासन र
उसको वित्तीय अवस्थासँग जोडेर हेरेको देखिन्छ,' राष्ट्र बैंंकका एक उच्च
अधिकारीले बुधबार नागरिकसँग भने, 'राम्रा कम्पनीबीचको कारोबार डेढ
महिनादेखि एक प्रतिशतको दरमा भइरहेको बेला अरु कम्पनीमा भने १४ प्रतिशतसम्म
छ।' १४ प्रतिशतमा सापटी लिने विकास बैंक र फाइनान्स कम्पनी एक दर्जन छन्।
राष्ट्र बैंकका अनुसार, एक वाणिज्य बैंक र अर्को वाणिज्य बैंकबीच दैनिक १० वटा कारोबार भइरहेको छ। विकास बैंक र फाइनान्स कम्पनी बीचको कारोबार २५ वटा हुने गरेको छ। पछिल्लो समयमा दैनिक सरदर २ अर्ब रुपैयाँको अन्तर बैंक कारोबार भइरहेको छ।

कुल २ अर्ब कारोबारमध्ये महँगो दरको सापटीको हिस्सा २० प्रतिशत अर्थात
४० करोड रुपैयाँको छ। यसमा पनि औषत खाले कम्पनीको कारोबार १७ र विश्वास कम
भएका कम्पनी बीचको कारोबार तीन प्रतिशत हुने गरेको छ। बाँकी १ अर्ब ६० करोड
रुपैयाँको कारोबार १ प्रतिशतमा नै हुने गरेको ती अधिकारीले जानकारी दिए।
तरलता तथा संस्थागत सुशासनको कमीले नेपाल सेयर मार्केट्स एन्ड फाइनान्सिय इन्टिच्युट, पिपल्स फाइनान्स र क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीलाई विभिन्न बैंक तथा वित्तीय संस्थाले दिएको अन्तर बैंक सापटी डुबेपछि एकले अर्कालाई गर्ने विश्वासमा कमी आएको हो।
विश्वासका कमीले सापटी नै बन्द भएका बेला सुरक्षण (धितो) लिएर सापटी दिन सकिने व्यवस्था राष्ट्र बैंकले गरेपछि यो फेरि सुरु भएको थियोे। सुरक्षणले मात्रै नपुगेपछि राम्रा कम्पनीले औषत तथा विश्वास कम भएका कम्पनीलाई सापटीमा निरुत्साहित गर्न दर बढाएर दिएका हुन्।
सबै वाणिज्य बैंकहरुबीच बिना धितो नै एक प्रतिशतमा अन्तर बैंक कारोबार भइरहेको छ। विकास बैंक र फाइनान्स कम्पनीबीच मात्रै महँगोमा कारोबार भएको हो। यी कम्पनीहरुमा धितो लिएर मात्रै पैसा दिने काम भइरहेको छ।
'सापटी दिने कम्पनीले सम्पूर्ण वित्तीय अवस्था, सुशासन र कार्यसम्पादन हेर्दा सन्तोषजनक नलागेको अवस्थामा महँगो दरमा पैसा दिइरहेका छन्,' राष्ट्र बैंकका ती अधिकारीले भने।
विकास बैंक संघका अध्यक्ष मनोज गोयलले कतिपय वित्तीय संस्थाहरुको लागत महँगो भएकाले सापटी दर पनि महँगो भएको जानकारी दिए। 'शंका लागेको संस्थालाई महँगोमा पैसा दिनेभन्दा पनि सापटी नै नदिने अवस्था हुन्छ,' उनले भने, 'अविश्वासका कारणले भन्दा पनि पुँजी लागत र तत्कालको खाँचोले सापटी महँगो भएको हो।'
वाणिज्य बैंकहरुले विश्वास लागेका विकास बैंक र फाइनान्स कम्पनीलाई एक सय रुपैयाँ बराबरको सुरक्षण लिएर १ सय २० रुपैयाँसम्म दिइरहेका छन्। तर, आफूलाई शंका लागेका संस्थालाई भने एक सय रुपैयाँको धितोमा ८० देखि ९० रुपैयाँसम्म दिइरहेका छन्। राम्रा विकास बैंक र फाइनान्स कम्पनीले पनि आफ्नै समकक्षी कम्पनीहरुलाई यसरी नै धितोमा कर्जा दिएको राष्ट्र बैंकका ती अधिकारीले जानकारी दिए।

No comments:
Post a Comment
thanks for comment