काठमाडौं, फागुन १५
वाणिज्य बैंकहरुले एक सातामा ५ अर्ब रुपैयाँले ऋण विस्तार गरेका छन्। निक्षेप भने एक पैसा पनि वढेको छैन। ऋण विस्तारको अनुपातमा निक्षेप संकलन नभएकाले बैंकहरुमा तरलता अभावको चाप वढेको छ।
बैंकहरुको दुई सातायता निक्षेप ९ सय अर्ब रुपैयाँमा स्थिर छ। तर कर्जा ५ अर्बले वढेर ७ सय अर्ब पुगेको छ। एक साताअघि एक अर्बले वढेको कर्जा यो साता ५ अर्बले वृद्धि भएको हो।
सरकारी विकास खर्च नभएको, रेमिट्यान्सको वृद्धि दर घटेको र शोधनान्तर बचतमा उच्च गिरावट आएकाले निक्षेप सुधार नभएको हो।
तरलता अभाव हुन थालेपछि केही बैंकहरु महँगो व्याजको स्थायी तरलता सुविधा प्रयोग गर्न थालेका छन्। बैंक दरमा पाइने यो सुविधा अन्तर बैंक सापटीभन्दा महँगो छ। राष्ट्र बैंकले चालु वर्षका लागि बैंक दर ८ प्रतिशत तोकेको छ।

अहिले राष्ट्रिय वाणिज्य बैंक, एभरेष्ट बैंक, किस्ट बैंक, प्राइम बैंक, नेपाल बैंक, लक्ष्मी बैंकलगायतले सापटी उपलब्ध गराइरहेका छन्। यसमध्ये केही बैंकले तरलता अभावको फाइदा उठाउँदै अघोषित रुपमा अन्तर बैंक सापटीको व्याज ६ प्रतिशतसम्म पुर्याएका छन्।
यि बैंकको 'कार्टेलिङ' का कारण सापटी चाहिने केही बैंकले स्थायी तरलता सुविधा प्रयोग गरेका हुन्। यसपाली सबैभन्दा पहिले नबिलले स्थायी तरलता सुविधा प्रयोग गरेको छ।
केही बैंकले सापटी दिन कार्टेलिङ गरेपछि स्थायी तरलता सुविधा प्रयोग गर्न अन्य बैंक गएपछि व्याज केही घटेको छ। मंगलबार साढे चार प्रतिशतसम्म अन्तर बैंक सापटी कारोबार भएको छ।
बैंकहरुले निक्षेप वृद्धिको तुलनामा कर्जा वढी प्रवाह गरेपछि कर्जा–निक्षेप अनुपातसमेत वढेको छ। राष्ट्र बैंकले तोकेको ८० प्रतिशतको हाराहारीमा अनुपात पुगेपछि पनि अन्तर बैंक सापटी व्यापक रुपमा प्रयोग हुन थालेको हो।
'वाहिर हल्ला भएजस्तो अभावको स्थिति होइन,' एक बैंकरले भने, 'केही बैंकको कर्जा–निक्षेप अनुपात वढेका कारण अभावको हल्ला वढी भएको हो।' उनका अनुसार, अभाव हुने र तरलता वढी हुने बैंक बराबरीजस्तै रहेका छन्।
तरलताको दैनिक अनुगमन गरिरहेको राष्ट्र बैंकले पनि तरलता अभावको स्थितिमा पुगिनसकेको जनाएको छ। 'सरकारी खातामा पैसा जम्मा भएकाले अभावको कुरा उठेको छ,' गभर्नर युवराज खतिवडाले भने, 'अभावको स्थितिमा पुगिसकेको अवस्था छैन।'
अभाव हुन थालेको भन्दै सदस्य बैंकहरुले सरकारी ऋणपत्रको धितो (रिपो) मा पैसा दिन दवाव दिएपछि बैंकर्स संघले राष्ट्र बैंकसँग रिपो माग गरिसकेको छ। तर राष्ट्र बैंकले अभावको स्थिति नदेखिएकाले रिपो जारि गरेको छैन।
'बैंकहरुले अझै पनि केही अर्ब विदेशी मुद्रा जोहो गरेर राखेका छन्,' राष्ट्र बैंक स्रोतले भन्यो, 'त्यो पैसा साटेर नेपाली रुपैयाँ लगेमा समस्या समाधान भइहाल्छ।' उनले अमेरिकी डलरको मूल्य वढ्न आशमा बैंकहरुले विदेशी मुद्रा राखेको बताए।
ऋण विस्तारको अनुपातमा निक्षेप संकलन नभएपछि वित्तीय प्रणालीमा तरलता अभाव हुन थालेको हो। रेमिट्यान्सको वृद्धि दर घटेको र शोधनान्तर बचतमा उच्च गिरावट आएकाले बचत संकलनमा कमी भएर तरलता अभाव देखिएको छ।
पुस मसान्तसम्मको तथ्यांक हेर्दा सरकारी कोषमा गत वर्ष १३ अर्ब ८ करोड बचत भएकोमा यसपाली यो ४३ अर्ब ६१ करोड पुगेको छ। शोधनान्तर बचत ६ अर्ब ७ करोडमा आएको छ। अघिल्लो पुसमा यो ६६ अर्ब ७२ करोड रुपैयाँ थियो।
राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार, विदेशमा काम गर्ने नेपालीले पठाउने रकम (रेमिट्यान्स) को वृद्धि दरसमेत घटेको छ। ३७.१ प्रतिशतको रेमिट्यान्स् वृद्धि दर घटेर २१.८ प्रतिशतमा झरेको छ।
No comments:
Post a Comment
thanks for comment