- खाद्यान्न र विलाशिताका सामग्रीहरुको आयातमा उल्लेख्य वृद्धि
- सुनचाँदी, इन्भर्टर, जेनेरेटरलगायतका वस्तुको आयात वढ्यो
काठमाडौं, वैशाख २०
पेट्रोलियम पदार्थ वाहेकका बस्तु तथा सेवाहरु खरिद गर्न वैदेशिक रोजगारीमा गएका नेपालीहरुले पठाएको सबै पैसा (रेमिट्यान्स) खर्च गरे पनि पुग्न छाडेको छ । रेमिट्यान्सको रकम खाद्यान्न, निर्माण सामग्री, गाडी, विलाशिताको सामानहरु खरिद गर्न रेमिट्यान्सको रकम वाहिरिने गरेको छ।
रेमिट्यान्सको रकमले मात्र यि सामान खरिद गर्न नपुगेर निर्यातबाट आर्जन भएकोमध्ये मासिक औषत २० अर्ब रुपैयाँ खाद्यान्न तथा विलाशिताको सामान किन्न देश वाहिर जाने गरेको छ। कुल आयातमा पेट्रोलियम पदार्थको हिस्सा करिव १८ प्रतिशत छ। पेट्रोलियम पदार्थ खरीद गर्न निर्यात वापत भित्रिएको वाँकी रकम खर्च हुन्छ।
रेमिट्यान्सको रकमले मात्र यि सामान खरिद गर्न नपुगेर निर्यातबाट आर्जन भएकोमध्ये मासिक औषत २० अर्ब रुपैयाँ खाद्यान्न तथा विलाशिताको सामान किन्न देश वाहिर जाने गरेको छ। कुल आयातमा पेट्रोलियम पदार्थको हिस्सा करिव १८ प्रतिशत छ। पेट्रोलियम पदार्थ खरीद गर्न निर्यात वापत भित्रिएको वाँकी रकम खर्च हुन्छ।
औद्योगिक वातावरण नभएर स्थानीय उत्पादन घटेको, रेमिट्यान्सले आम्दानी वढेर विलाशिताका सामग्रीको मागमा वेपत्ता वृद्धि भएको र लोडसेडिङका कारण ऊर्जा व्यवस्था मिलाउन पेट्रोलियमको माग वढेको छ। पछिल्लो समय लगानीका लागि सुन, चाँदीमा पनि सर्वसाधारणको पैसा खर्च हुन थालेको छ। यसले गर्दा समग्र आयात वढेको हो।
'धान्न सक्नेभन्दा वढी आयातका कारण अवस्था झन्झन् खराव हुँदै गएको छ, तुरुन्तै केही योजना र कार्यक्रमहरु ल्याएन भने ऋण लिएर सामान किन्नु पर्ने अवस्था आइसकेको छ,' अर्थ मन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार चिरिन्जवी नेपालले शनिबार नागरिकसँग भने, 'आयात प्रतिस्थापन गर्न तत्कालै केही क्षेत्रहरुलाई आक्रमक रुपमा अगाडि नवढाइ हुँदैन।'
चालु आर्थिक वर्षको पछिल्लो तथ्यांक अनुसार, फागुनमा कुल ३ सय ६० अर्ब ५६ करोड रुपैयाँको कुल बस्तु तथा सेवा आयात भएको छ। यसमध्ये १८.८७ प्रतिशत अर्थात ६८ अर्ब ७ करोड रुपैयाँ पेट्रोलियम पदार्थ किन्नका लागि खर्च भएको छ।
नेपालका अनुसार, ठूला र महत्वकांक्षी योजना नल्याइ तत्काललाई आफूँलाई पुग्नेसम्म विद्युत र कृषि उत्पादनमा वृद्धि गर्नु पर्छ।'आफूलाई पुग्ने विद्युत मात्र उत्पादन भए मात्र पनि पेट्रोलियम पदार्थमा खर्च हुने रकम घट्थ्यो,' उनले भने,'ऊर्जासँग सम्वन्धित सामग्रीहरु पनि आयात हुन छाट्थ्यो।' पछिल्लो तथ्यांक अनुसार, लोडसेडिङका कारण मात्र करिव २० अर्ब रुपैयाँको इन्भर्टर, जेनेरेटरहरु आयात भएका छन्।
जबकी रेमिट्यान्स भने जम्मा २ सय ६६ अर्ब ९० करोड रुपैयाँ मात्र भित्रिएको छ। पेट्रोलियमलाई हटाउने हो भने फागुनमा वस्तु तथा सेव २ सय ९२ अर्ब ४९ करोड रुपैयाँको आयात भएको छ। राष्ट्र बैंकका अनुसार, गत वर्षदेखि हरेक महिना पेट्रोलियमको आयातमा उल्लेख्य वृद्धि भइरहेको छ।
राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको तथ्यांक हेर्ने हो भने पेट्रोलियम पदार्थ वाहेकका सामग्री किन्न ३ सय १९ अर्ब ८३ करोड रुपैयाँ वाहिरिएको छ। जबकी रेमिट्यान्स भने जम्मा ३ सय ५९ अर्ब ५५ करोड रुपैयाँ भित्रिएको छ। त्यो वर्ष देशमा ९२ अर्ब २५ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको थियो। यो कुल आयातको १९.९८ प्रतिशत हो।
पछिल्लो समय चामलको आयात पनि वढेको छ। यो वर्ष मात्र ६ अर्ब रुपैयाँको चामल आयात भइसकेको छ। दैनिक उपभोग्य सामग्री चामल, माछामासु, फलफूल, तरकारीको आयातमा पनि उल्लेख्य वृद्धि भएको छ।
'आयात प्रतिस्थापन गर्न व्यवसायिक कृषिमा तत्कालै लगानी वढाउनु पर्ने अवस्था छ,' उनले भने,'तर, वातावरण नभएकाले निजी क्षेत्रले लगानी गर्न सकेको छैन।' उनले निजी क्षेत्रलाई लगानीको वातावरण दिएर कृषि उत्पादन वृद्धि गर्नु बताए। 'तत्कालै ठूला आयोजना र उद्योग सञ्चालन गर्न सकिने अवस्था छैन,' उनले भने, 'तर, कृषि क्षेत्रलाई सहुलियत दिएर कार्यक्रमहरु ल्याइए एक–डेढ वर्षमा उत्पादन वृद्धि भएर आयात प्रतिस्थापन गर्न सकिन्छ।'
No comments:
Post a Comment
thanks for comment