सुदर्शन सापकोटा
काठमाडौं, चैत ९-
स्थापनादेखि नै निरन्तर नाफामा चलेको
नेकोन एयर पछिल्लो डेढ वर्ष घाटामा गयो। घाटा लगत्तै कम्पनीले सम्पूर्ण
कारोबार बन्द गर्यो। आकाशमा विमान उड्न छाडे। प्रजातन्त्र स्थापनापछि २०४८
मा स्थापना भएको कम्पनीले बोइङ वा एयर बस चलाउने महत्वकांक्षी योजना
सार्वजनिक गरेको थियो।
कर्मचारीलाई स्थापनादेखि नै नाफाबाट वार्षिक ४ महिनाको लाभांश
दिइरहेको थियो। यसको एउटा जहाजबाट सुरु सेवा विस्तार भएर १३ विमान पुगे।
हवाई उडानमा बजार हिस्सा बढेर ७५ प्रतिशतसम्म पुगेको थियो।
विगत २० वर्षको अवधिमा नेपालमा ५७ वटा एयरलाइन्स कम्पनीहरु आए। अहिले १२ मात्र सञ्चालनमा छन्। प्रतिस्पर्धा र लगानी जुटाउन नसक्दा अधिकांश कम्पनीहरु बजारमा टिक्न सकेनन्। तर, नेकोन टिक्न नसक्नुको कथा भने अर्कै छ।