पुसको वासलातले फाइनान्स कम्पनीहरुको अवस्था राम्रो देखाएन । कुन अवस्थाम छ बैंकिङ ?
बैंकिङ अहिले सुस्त अवस्थामा छ । पैसा भए पनि लगानीका लागि 'पर्ख र हेर' को अवस्था छ । मूख्य कारण राजनीतिक अस्थिरता हो । त्यसपछि पूर्वाधार हो । राजनीतिको कारणले कुनै पनि आयोजना समयमा सकिन संभव भएको छैन । नयाँका लागि आकर्षण हराएको छ । यसले लगानीकर्ता निरास भएका छन् । विगतमा तरलता अभावले गर्दा साना उद्यमी व्यापारीले सजिलै ऋण पाउन सकेनन् । पाए पनि महँगो व्याज तिर्नु पर् यो । पुरानो 'इम्प्रेसन' अझै बजारमा छ । यसले गर्दा अहिले हाम्रो लागि समय वाँच्नका लागि संघर्ष गर्नु पर्ने खालको छ । हामी त्यही गरिरहेका छौं ।
अशोक शेरचन
प्रमुख कार्यकारी अधिकृत प्रभु फाइनान्स कम्पनी |
बैंकिङ अहिले सुस्त अवस्थामा छ । पैसा भए पनि लगानीका लागि 'पर्ख र हेर' को अवस्था छ । मूख्य कारण राजनीतिक अस्थिरता हो । त्यसपछि पूर्वाधार हो । राजनीतिको कारणले कुनै पनि आयोजना समयमा सकिन संभव भएको छैन । नयाँका लागि आकर्षण हराएको छ । यसले लगानीकर्ता निरास भएका छन् । विगतमा तरलता अभावले गर्दा साना उद्यमी व्यापारीले सजिलै ऋण पाउन सकेनन् । पाए पनि महँगो व्याज तिर्नु पर् यो । पुरानो 'इम्प्रेसन' अझै बजारमा छ । यसले गर्दा अहिले हाम्रो लागि समय वाँच्नका लागि संघर्ष गर्नु पर्ने खालको छ । हामी त्यही गरिरहेका छौं ।
कसरी यो अवस्थाबाट अगाडि वढ्ने ?
नियामक निकाय राष्ट्र बैंकले यसबाट पार लगाउन मर्जको नीति लिएर आएको छ । त्यो आफ्नो गतिमा जाला । बैंकिङ क्षेत्रले पनि हिजोजस्तो आक्रमक भएर अगाडि वढ्ने वारेमा सोच्नु हुन्न । देशभित्रै उपलब्ध स्रोतलाई अधिकतम प्रयोग गरी घरेलु उद्योगतिर लगानी वढाउनु पर्छ । यो क्षेत्र सुरक्षित र अर्थतन्त्रका लागि पनि महत्वपूर्ण छ । जलविद्युतमा पनि थोरै थोरै भए पनि जानु पर्छ । यसका लागि सरकारी र राष्ट्र बैंकको नीति परिपक्क हिसावले आउनु पर्छ । अहिले वढेको तरलता पनि त्यसमा प्रयोग गरेर उत्पादकत्व वढाउन सकिन्छ । समस्या पनि हराएर जान्छ ।
तर अहिले पनि लगानी त भएको छैन त ?
विगतका कमीकमजोरीले गर्दा अहिले लगानी नभएको हो । अहिले अधिक तरलता छ । तर यसको स्थायित्वका बारेमा अझै पनि शंकाहरु छन् । त्यही भएर लगानी हुन सकेको छैन । बढेको तरलतालाई लाग्ने खर्च व्यहोर्ने । नाफा बरु घटाउने । तर विगतमा पाएको दुख पुन आउन नदिन सवै सचेत भएको अवस्था छ । अर्कोतर्फ लगानीका लागि राम्रो परियोजनासमेत आएका छैनन् । परियोजना उद्योग व्यापारमा ऋणको माग आएको छैन ।
तरलता वढिरहेको छ । फेरी यसमा किन शंका ?
हामीसँग तथ्यांकको अभाव छ । तरलता किन अभाव भयो र अहिले किन वढी भयो भनेर कसैले भन्न सकेको छैन । यसले भोली के हुने भन्ने अनिस्चित छ । अहिलेसम्म सरकारले जुन हिसावले विकास खर्च गर्नु पर्ने हो त्यो हुन सकेको छैन । जम्मा तीन चार महिना ठूलो रुपमा विकास खर्च होला भन्ने अवस्था छैन । त्यही भएर बैंकिङ क्षेत्रले ठूलो आशा गर्न सकेको छैन । साथै सरकारको स्थायित्वको कुरा पनि छ । जेठमा संविधान आइदिएन भने के हुन्छ कसैलाई थाहा छैन । भोलीको दिन अनिस्चित भएकाले बैंकिङ प्रणलीलाई अगाडि वढ्न गाह्रो भएको हो । वरु तीन चार महिना थेगौं । जेठ पनि अवस्था कस्तो हुन्छ त्यही अनुसार अगाडि वढौंला भनेर वसेका छौं ।
बैंकहरुको व्याज घट्न थालिसकेको छ । फाइनान्स कम्पनीहरुले कन्जुस्याँइ गरिरहेका छन् नि ?
फाइनान्स कम्पनीको पनि व्याज दर घट्न थालिसकेको छ । बैंकहरुको पुँजी लागत कम हुने भएकाले उनीहरुले घटेको तुरुन्त देखिन्छ । फाइनान्सहरुको देखिन्न । फाइनान्स कम्पनीहरुको व्याज अहिले १५ प्रतिशतको हाराहारीमा आइसकेको छ ।
चैत र असारको अवस्था कस्तो छ बैंकिङ क्षेत्रका लागि ?
बैंकिङका लागि चैत र असार खराव छ । तत्काल सुधार हुने अवस्था छैन । मूख्य कुरा रियलस्टेट र सेयरका कारण समस्या आएको हो । सुधार हुन अर्को एक आर्थिक वर्ष लाग्ने अवस्था छ । बैंक व्याज दरका कारण पनि लगानीको अवशर त्यति थिएन । अब व्याज घट्न थालेपछि पहिले जतिको प्रतिफल पाउन व्यवसायीहरुले आफै लगानी गर्नु पर्ने अवस्था आउँछ । यसले गर्दा बजारमा सकारात्मक साचार भएर लगानी वातावरण वन्छ । सथौ निक्षेपकर्ताले उच्च व्याजभन्दा सुरक्षामा ध्यान दिन थालेका छन् । यसले निक्षेपको व्याज घट्न सघाउ पुर् याउँछ । जसले गर्दा ऋणको पनि घट्छ ।
सेयरधनीका लागि प्रतिफलका हिसावले आगामी दिन कस्तो छ ?
सेयरधनीले विगतको जस्तो प्रतिफल पाउने अवस्था छैन । प्रतिफल नपाए पनि सन्तोष मान्ने अवस्था के छ भने अहिलेको नाजुक परिस्थितिमा समेत कम्पनीलाई जोगाएर थोरै पनि प्रतिफल प्राप्त भयो भन्ने हिसावले सोच्नु पर् यो । अबका केही वर्ष सेयरधनीले विगतको भन्दा कमै प्रतिफल पाउँछन् ।
प्रभुको अवस्था कस्तो छ आगामी योजना के छन् ?
प्रभुको अवस्था एकदमै राम्रो छ । फाइनान्स कम्पनीमध्ये साजालको हिसावले हामी अगाडि छौं । निक्षेप ६ अर्बभन्दा वढी छ । लगानी चार अर्वको हाराहारीमा छ । ग्राहक १ लागख ३२ हजार छन् । यसपाली दैलेख जोमसोम र म्याग्दीको दरवाङमा शाखा खोल्दैछौं । एटिएम थप विस्तार गर्दैछौं । पुरोनो बैंकिङबाट केही हटेर नयाँ रुपमा जान खोजिरहेका छौं । नेपाल टेलिकमसँग सहकार्य गरेर रिचार्ज कार्ड विक्री गर्दैछौं । बिमा संस्थानको जीवन र गैरजीवन बीमा सेवा विक्री गर्ने तयारीमा छों । नेपा दुग्ध विकास संस्थानसँगको सहकार्यमा दुर्गम क्षेत्रमा गाइमाइ कार्यक्रमका लागि लगानी गर्दैछौं । पन्जाव नेसनल बैंकसँग मिलेर एटिएम साजाल विस्तार गर्दैछौं । रेमिट्यान्स सेवालाई वढाउने तयारीमा छौं । जापान र अस्टे्रलियामा सेवा सुरु गर्दैछौं ।
मर्जरमा जान कस्तो तयारी भइरहेको छ ?
मर्जरमा हामी सवै हिसावले खुला छौं । यसमा हामी तीन वटा विकल्पमा समानान्तर हिसावले अगाडि वढिरहेका छौं । पहिलो बैंक तथा वित्तीय संस्थासँग गाभिने । दोस्रो खरीद गर्ने । अन्तिम अन्तर्राष्ट्रिय बैंक वित्तीय संस्थासँग सहकार्यमा जाने । तीन वटै विकल्पमा धेरै कम्पनीसँग कुराकानी भइरहेको छ । चाँडै नतिजा आउँछ ।

No comments:
Post a Comment
thanks for comment