सुदर्शन सापकोटा
काठमाडौं, चैत ९-
स्थापनादेखि नै निरन्तर नाफामा चलेको
नेकोन एयर पछिल्लो डेढ वर्ष घाटामा गयो। घाटा लगत्तै कम्पनीले सम्पूर्ण
कारोबार बन्द गर्यो। आकाशमा विमान उड्न छाडे। प्रजातन्त्र स्थापनापछि २०४८
मा स्थापना भएको कम्पनीले बोइङ वा एयर बस चलाउने महत्वकांक्षी योजना
सार्वजनिक गरेको थियो।
कर्मचारीलाई स्थापनादेखि नै नाफाबाट वार्षिक ४ महिनाको लाभांश
दिइरहेको थियो। यसको एउटा जहाजबाट सुरु सेवा विस्तार भएर १३ विमान पुगे।
हवाई उडानमा बजार हिस्सा बढेर ७५ प्रतिशतसम्म पुगेको थियो।
विगत २० वर्षको अवधिमा नेपालमा ५७ वटा एयरलाइन्स कम्पनीहरु आए। अहिले १२ मात्र सञ्चालनमा छन्। प्रतिस्पर्धा र लगानी जुटाउन नसक्दा अधिकांश कम्पनीहरु बजारमा टिक्न सकेनन्। तर, नेकोन टिक्न नसक्नुको कथा भने अर्कै छ।
निजी क्षेत्रको पहिलो विमान कम्पनी नेकोन घाटामा जाने अवस्थामा थिएन। तर, राम्ररी चलेको कम्पनी एक्कासी कसरी बन्द भयो? कम्पनी घाटामा जानु र बन्द हुनुको कारण थियो- सञ्चालकले हरेक काममा कमिसन खानु।
सञ्चालकहरुले सर्वसाधारणलाई सेयर बिक्री गरेर आफ्नो लगानी उठाइसकेका थिए। विमानको पार्टपुर्जा खरीद बिक्रीबाट उनीहरु ५० प्रतिशतभन्दा बढी व्यक्तिगत रुपमा कमिसन खान्थे।
निजी क्षेत्रको पहिलो बिमान कम्पनी नेकोनले सर्वसाधारणमा १७ करोड ९२ लाख रुपैयाँ बराबरको सेयर निस्कासन गरेको थियो। राम्रो चलेको कम्पनीको सेयर भएकाले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा पनि राम्रो कारोबार हुने गरेको थियो।
सेयर निस्कासनको केही महिनापछि कम्पनी घाटामा गयो। २०६१ मा सम्पूर्ण कारोबार बन्द गरेर सञ्चालक हराए। कम्पनी हराएपछि नेप्सेले नेकोनको सेयर २०६३ फागुन २२ गतेबाट सुचीकरण खारेज गरिदियो।
हवाइ क्षेत्रका जानकारहरु भन्छन्- नेकोन एयर डुब्नेवाला थिएन। सञ्चालकले नियतवश डुवाए। उनीहरुका अनुसार, स्थापनाकालका सञ्चालक अनुपशम्शेर राणा हुन्जेल कम्पनी राम्ररी चलेको हो। सेयर हिस्सा कम भएका राणालाई हटाउँदे दिव्यमणी राजभन्डारी, दीपमणी राजभन्डारी र उनको समुहले नेतृत्व लिएपछि कम्पनीको दूर्दिन शुरु भयो।
नेकोनले आफ्नो महत्वकांक्षी योजना एयर वस वा वोइङ किन्नका लागि दुई वटा हवाइ कम्पनीसँग गाभिएको थियो। सन् २००१ मा नेकोन एयरमा स्थानीय दुई एयरलाइन्स कर्णली एयर र साङग्रिला एयरसँग मर्ज भएको थियो। मर्जरपछि नेकोनले दुई वटा मध्यम आकारको एयर वस उठाउने घोषणा गरेको थियो। घोषणासँगै चीन र दक्षिण एसियाका गन्तब्यमा कम्पनीले ठाउँसमेत विस्तार गरेको थियो।
मर्ज भएपछि नेकोनमा कर्णाली एयरका क्याप्टेन नारायणसिंह पुन कार्यकारी अध्यक्ष बनेका थिए। नेकोन एयरका सञ्चालकहरुले कमिसन खाने र व्यक्तिगत नाफा मात्रै हेर्न थालेपछि मर्ज भएका कम्पनी एक महिनामा नै अलग्गिएका थिए।
'बिमानका लागि लाग्ने आवश्यक स्पेयर्स पार्ट किन्ने र त्यसको कमिसन सञ्चालक आफैले खाने गरेका थिए,' नेकोन एयर निकट एक विज्ञले भने, 'सञ्चालकले ५० प्रतिशतसम्म कमिसन खान्थे। नेकोन डुब्नुको कारण यही हो।' विमानको स्पेयर्स पार्ट एकदमै महँगो हुन्छ।
कम्पनी बन्द गरेर सञ्चालक फरार भएपछि साधारण सेयरधनी मात्र डुवेका छैनन्। ऋण दिने बैंक, इन्धन दिने नेपाल आयल निगम, विमानस्थल प्रयोग गर्न दिने नेपाल नागरिक उड्यान प्राधिकरण, टिकट विक्री गर्ने ट्राभल एजेन्सीलगायत पनि डुबेका छन्। नेपाल आयल निगम र प्राधिकरणको मात्रै नेकोनले २ करोड रुपैयाँ तिर्न वाँकी छ।
नेकोनलाई नेपाल नागरिक लगानी कोष, एनआइडिसी क्यापिटल मार्केट्स, तत्कालिन नेपाल अरब बैंक (नबिल), एनआइसी बैंक, राष्ट्रिय वाणिज्य बैंक, तत्कालिन बैंक अफ सिलोन, एभरेस्ट बैंक, हिमालयन बैंक, लुम्बिनी बैंक, नेपाल फाइनान्स एन्ड सेभिङ कम्पनी, युनिभर्सल फाइनान्स, नेपाल सेयर मार्केट्सले ऋण दिएका थिए।
नेकोनले बैंकको ऋण नतिरेपछि सञ्चालकहरुलाई कालोसुचीमा राखिएको छ। कर्जा सुचना केन्द्रले बैंकहरुको अनुरोधमा २०६२ वैशाख १८ मा विनोदबहादुर श्रेष्ठ, दिपकराज कोइराला, दिपमणी राजभन्डारी, मृगेन्द्र जोशी, मुकुन्दभक्त श्रेष्ठ, रविन्द्रलाल श्रेष्ठलाई कालोसुचीमा राखेको छ।
सानो आकारको बिमान हकर सिड्ले एचएस-७४८ एभ्रो प्लेनबाट सेवा सुरु गरेको कम्पनीसँग पछिल्लो समय ७ वटा एभ्रो, २ वटा एटिआर र २ वटा सेस्ना काराभान र २ वटा रेथन कम्पनीका जहाज थिए। नेकोनको जहाजले नेपालमा पोखरा, विराटनगर, भद्रपुर, जनकपुर, भैरहवा र नेपालगन्जमा उडान भर्थियो। यस बाहेक भारतको पटना र बनारसमा समेत उडान गर्थ्यो।
कम्पनीका सञ्चालकले बिमान दुर्घटना भएपछि बिमा कम्पनीबाट आउने रकम पनि आफैले लिएका थिए। सञ्चालकले सेस्ना र एभ्रो जहाज दुर्घटना भएपछि बिमा कम्पनीले दिएको ५० करोड रुपैयाँ खाएका हुन्। सन् १९९७ नोभेम्बर ६ मा नेकोनको एभ्रो, सन् १९९९ जनवरी १८ र सेप्टेम्वर ५ मा सेस्ना जहाज दुर्घटना परेको थियो।
नेकोनले कम्पनी बन्द गरेपछि कर्मचारीलाई दिनु पर्ने तलव, भक्ता र सञ्यच कोष वापतको रकमसमेत भुक्तानी गरेको छैन। श्रम कार्यालय वाग्मतीका अनुसार, नेकोनबाट कर्मचारीले ५ करोड ९४ लाख रुपैयाँ पाउन बाँकी छ। कम्पनीमा २ सय ५६ कर्मचारी छन्। ३५ जनाले औपचारिक राजिनामासमेत गरिसकेका छन्।

No comments:
Post a Comment
thanks for comment