काठमाडौं, असार ३०
विदेशमा काम गर्नेले पठाएको पैसा (रेमिट्यान्स) मा वृद्धि र मौसमी प्रभावले कृषि उत्पादन वढेपछि नेपालीको आम्दानी वढेको छ। चालु वर्ष प्रति व्यक्ति आम्दानी ५८ हजार २ सय ७४ रुपैयाँ पुगेको छ।
यो आम्दानी गत वर्षको भन्दा पाँच हजार ५ सय २७ रुपैयाँले वढि हो। अघिल्लो वर्ष यो आम्दानी ५१ हजार ७ सय २७ रुपैयाँ थियो। १० वर्षअघिको तुलनामा यो आम्दानी १० गुणाले वढी हो। १० वर्षअघि प्रति व्यत्ति आम्दनी १९ हजार १ सय ४४ रुपैयाँ थियो।
विदेशमा काम गर्नेले पठाएको पैसा (रेमिट्यान्स) मा वृद्धि र मौसमी प्रभावले कृषि उत्पादन वढेपछि नेपालीको आम्दानी वढेको छ। चालु वर्ष प्रति व्यक्ति आम्दानी ५८ हजार २ सय ७४ रुपैयाँ पुगेको छ।
यो आम्दानी गत वर्षको भन्दा पाँच हजार ५ सय २७ रुपैयाँले वढि हो। अघिल्लो वर्ष यो आम्दानी ५१ हजार ७ सय २७ रुपैयाँ थियो। १० वर्षअघिको तुलनामा यो आम्दानी १० गुणाले वढी हो। १० वर्षअघि प्रति व्यत्ति आम्दनी १९ हजार १ सय ४४ रुपैयाँ थियो।
चालु वर्ष बैंकिङ, पर्यटनजस्ता क्षेत्रको विकासले समग्र सेवा क्षेत्रको वृद्धि भएकाले पनि प्रति व्यक्ति आम्दानी वढेको हो। आम्दानीको वृद्धिसँगै गरिवको संख्यासमेत घट्न थालेको छ।
सरकारी शनिबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार, गरिवीको रेखामुनी रहेको जनसंख्या ३०.८५ प्रतिशतबाट २५.१६ मा झरिसकेको छ। यसअघि गरिवीको रेखामुनी ४१.७६ प्रतिशत जनसंख्या थियो। सरकारले गरिवीको रेखामुनी रहेकाको संख्या १९ प्रतिशतमा झार्ने लक्ष्य लिएको छ।
समग्र गरिवीको जनसंख्यामा कमी आएपनि शहरी गरिवको संख्या भने वढेको सर्वेक्षणले जनाएको छ। सर्वेक्षणका अनुसार, शहरी क्षेत्रमा कुल जनसंख्याको १९ प्रतिशत वसोवास गर्छन्। यसमध्ये गरिवीको रेखामुनीको जनसंख्या ९.५५ प्रतिशतबाट वढेर १५.४५ प्रतिशत पुगेको हो।
विश्व बैंकले दैनिक १.२५ अमेरिकी डलरभन्दा कम कमाउनेलाई गरिवीको रेखामूनि राखेको छ। सरकारले यसैलाई आधार मानेर गरिवीको गणना गर्छ।
रेमिट्यान्सको पहँुच गाउँगाउँसम्म पुगेका कारण ग्रामिण गरिवी भने घटेका छन्। ग्रामिण गरिवी ३४.६२ प्रतिशतबाट घटेर २७.४३ प्रतिशतमा आएको हो। सर्वेक्षणका अनुसार, गाउँमा कुल जनसंख्यामध्ये ८१ प्रतिशतको वसोवास छ।
सरकारले गरिवी घट्नुमा साक्षरता वृद्धि, कृषि तथा गैरकृषि क्षेत्रको ज्यालादरमा वृद्धि, व्यवसायिक तरकारी खेतिको विकास, वढ्दो शहरीकरण, सक्रिय जनशक्तिको हिस्सामा भएको वृद्धि र रेमिट्यान्सको प्रमुख भूमिका भएको उल्लेख गरेको छ।
सरकारका अनुसार, सवैभन्दा गरिव सुदूरपश्चिमाञ्चल र मध्यपश्चिमाञ्चलमा छन्। सुदूरको जनसंख्याको ४५.६१ प्रतिशत गरिवीको रेखामूनि छन्। मध्यपश्चिममा भने ३१.६८ गरिवीको रेखामूनि छन्। सुदूरमा कुल जनसंख्याको ८.८ प्रतिशत नेपालीहरु वसोवास गर्छन् भने मध्यपश्चिममा १३ प्रतिशतको वसोवास छ।
सवैभन्दा कम गरिव पूर्वाञ्चलमा छन्। पूर्वमा २१.४४ प्रतिशत मात्र गरिवीको रेखामूनि छन्। पूर्वमा कुल जनसंख्याको २३.३ प्रतिशतको वसोवास छ। मध्यमाञ्चलमा २१.६९ प्रतिशत गरिवीको रेखामूनि छन्। २२.२५ प्रतिशत गरिव पश्चिमाञ्चलमा वस्छन्।
काठमाडौं उपत्यकाको शहरी क्षेत्रमा पनि गरिवीको रेखामूनि ठूलो जनसंख्या रहेको सरकारले सार्वजनिक गरेको छ। यस क्षेत्रमा नेपालको जनसंख्यामध्ये ५.७ प्रतिशत वस्छन्। यसमध्ये ११.४७ प्रतिशत गरिवीको रेखामूनि छन्।
No comments:
Post a Comment
thanks for comment