काठमाडौं, असार १ -
आर्थिक वर्षको अन्त्यमा बैंकहरुले सेयर कर्जा असुलीमा
कडाई गरेपछि सेयर बजार परिसूचक (नेप्से) लगातार घटेर मंगलबार २ सय ९७
अंकमा झरेको छ। सेयर धितो कर्जा लिनेसँग मूल्यघटेजति रकम बुझाउन बैंकहरुले
ताकेता गरेपछि बजार झन घटेको हो। बजार ६ वर्ष अगाडीको अवस्थामा पुगेको छ।
'बैंकहरुले सेयर धितोमा दिएको कर्जा ५० प्रतिशतमा सिमित गर्न ताकेता
गरेपछि लगानीकर्ता आतंकित भै बजार घटेको हो' लगानीकर्ता सिताराम थपलियाले
मंगलबार नागरिकसँग भने।
राष्ट्र बैंकले सेयर धितो कर्जा बजार मूल्यको ६० प्रतिशत सम्म दिन पाउने
व्यवस्था गरेको छ। तर राष्ट्र बैंकको निर्देशनमा द्धिविधामा पर्दै
बैंकहरुले ५० प्रतिशतमा झार्न ताकेता गरेका हुन्।
बैंक तथा वित्तीय संस्थाले असार सम्मको वित्तीय स्थिति राम्रो देखाउनका
लागि समेत कर्जा उठाउनका लागि जोड दिएका हुन्। 'अहिले कर्जा उठाउने र नयाँ
ऋण पनि नपाउने अवस्थाले बजारलाई ओरालो लगाएको हो' लगानीकर्ता निर्मल
प्रधानले भने।
सेयर दलालले समेत बैंकको कर्जा बुझाउन सेयर बिक्री चाप बढेको बताए।
'अहिले सावाँ र व्याज बुझाउनुपर्ने दवावमा लगानीकर्ता छन्'स्टक ब्रोकर
एशोसियशनका अध्यक्ष अन्जनराज पौड्यालले भने। उनले सेयर बिक्रीको चाप
बढिरहेको बताए।
बैंकहरुले धितो राखिएको सेयर बिक्री पनि थालेका छन्। ठुला लगानीकर्ताको
सेयर बैंकहरुले बिक्री गर्ने प्रक्रिया सुरु गरेका छन्। बैंकहरुले लिलाम
गर्ने योगेन्द्र श्रेष्ठ र राकेश अडुकियाको सेयर किन्नका लागि मूल्य घटाउने
प्रयास बजारमा भएको छ। 'मूल्य घटाएर बैंकले लिलाम गरेको सेयर हात पार्ने
समूह सक्रिय भएकोले पनि बजार अस्वभाविक रुपमा घटेको हो' विश्लेषक रविन्द्र
भट्टराईले भने। अस्वभाविक रुपमा मूल्य ओरालो लाग्यै गर्दा सवै लगानीकर्तामा
त्रास बढेको उनले बताए।
बैंकहरुले भने सेयर कर्जा उठाउन कडाई भएकोले बजार नघटेको जनाएका छन्।'बैंकहरुले सेयरमा कडाई गरेर बजार तल गएको होइन' बैंकर्स संघका अध्यक्ष अशोक राणाले भने-'सेयरको भाउ तल गएपछि कसैले नकिन्ने भएकोले मूल्य घटेको हो।'

बैंकिङ क्षेत्र केन्द्रीत सेयर बजारमा वित्तीय संस्था समस्यामा परेपछि
झन नकारात्मक प्रभाव परेको हो। 'वित्तीय संस्था एकपछि अर्को डुबेको हल्लाले
बजारमा लगानीकर्ता हतोत्साहि भएका छन्' पौड्यालले भने।
पछिल्लो समयमा वित्तीय संस्थाबाट निक्षेप फिर्ता हुन थालेपछि संस्था
डुब्न थालेका हुन्। यसको नकारात्मक असर सेयर बजारमा परेको हो। केही समयअघि
नेपाल विकास बैंक खारेजीमा गयो। त्यसपछि सम्झना फाइनान्स लिक्विडेशनमा
लग्ने निर्णय भयो। गोरखा विकास बैंक समस्याग्रस्त घोषणा भयो। नेपाल सेयर
मार्केट्स सिघ्र सुधारात्मक कारवाहीमा परेको छ। पिपुल्स फाइनान्सले तरलता
व्यवस्थापन गर्न नसकेपछि कार्यालय बन्द गरेपनि पछि चलायो। भिवोर बैंक
राष्ट्र बैंकबाट ५० करोड कर्जा लिएर अवस्था सुधार गर्दैछ।
२०६५ भदौ मा १ हजार १ सय ७५ पुगेको सेयर नेप्से लगातार घट्दै आएको
नेप्से न्युन विन्दुमा झरेको हो। बजार पुँजीकरण २ खर्ब ६४ अर्बमा झरेको छ।
बढ्दा बजार पुँजीकरण ६ खर्ब १२ पुगेको थियो। यो अवधिमा बजार पुँजीकरण ३
खर्ब ४८ अर्बले घटेको छ। बजार पुँजीकरण बजारमा सूचिकृत कम्पनीको सेयर मूल्य
हो।
'बजार जति घटेपनि सरकारी निकायले सम्वोधन नगरेकोले लगानीकर्ताले ठुलो पुँजी गुमाएका छन्' थपलियाले भने-'घटेको रकमको २५ प्रतिशत सरकारी संस्थाले बजारमा लगानी गर्नुपर्छ।'
लगानीकर्ताले बजार जति घटेपनि सरकारी निकायले सुधारका लागि कुनै प्रयास नगरेको गुनासो गरेका छन्।

कारवाहीमा परेकाको सेयर बिक्री गर्न पाईने
बैंकिङ कसुरको कारवाहीमा परेका व्यक्तिले धितो राखेको सेयर बिक्री गरि
कर्जा उठाउने अनुमति राष्ट्र बैंकले दिन थालेको छ। बैंकको कर्जा उठाउने गरि
रोक्का रहेका सेयर बिक्री गर्न पाउने स्वीकृति राष्ट्र बैंकले दिएको हो।
नेपाल विकास बैंक, सम्झना फाइनान्स, युनाईटेड विकास बैंक, गोरखा विकास बैंक, नेपाल सेयर मार्केट्सका करिव ३० सञ्चालक, कार्यकारी प्रमुख लगायत बैंकिङ कसुरको कारवाहीमा परेका छन्। कारवाहीमा नपरेका धेरैको पनि सम्पक्ति रोक्का छ। यो कसुरमा परेका धेरैको सेयर बैंकहरुले बिक्री गर्ने प्रक्रिया सुरु गरेका छन्।

No comments:
Post a Comment
thanks for comment