सन्जिव सुब्बा भन्छन-सुशासन नियामकले भनेर हुदैन

सन्जिव सुब्बा
प्रमुख कार्यकारी अधिकृत
नेसनल बैंकिङ ट्रेनिङ इिन्स्टच्युट
मानव संशाधन एचआर सम्मेलन कुन पृष्ठभूमिका गर्न खोज्नु भएको ?
नेपालमा मानव संशाधन एचआर को व्यवस्थित प्रयोग भर्खरै सुरु भएको छ । यो प्रत्यक्ष रुपमा उत्पादकत्व र वासलातको नाफासँग जोडिएको हुन्छ । एचआरलाई मानव पुँजी पनि भन्ने गरिन्छ । यो पुँजीलाई कसरी उत्पादकत्व र कार्यसम्पादनसँग जोडेर लैजाने भन्ने सम्मेलनको उद्देश्य हो । एचआरको असल प्रयोग भएमा संस्था बलियो र स्वस्थ हुन्छ । नाफामा वृद्धिका साथै सेयरधनीलाई पनि राम्रो आम्दानी गराउँछ । यही सन्दर्भमा सम्मेलन आयोजना गर्न लागिएको हो । सन १९९० देखि केही संस्थाले एचआरकॊ धारणामा काम पनि गरेका हुन । तर त्यो संगठित र क्षमता वृद्धि गर्न सघाउन पुर् याउने खालको भएन । अहिले पनि धेरै ठाउँमा प्रशासनले नै एचआर हेरिरहेका छन । एचआरको धारणा अवलम्बन उत्पादकत्व वृद्धि हुन्छ भन्ने बुझाउनलाई सम्मेलन गर्न लागिएको हो । सम्मेलनमा हामी एचआरसँग प्रत्यक्ष रुपमा सम्बन्धित विषयका बारेमा छलफल गछौं ।

यसबाट के फाइदा हुन्छ ?
यसपालीको नारा 'अन्वेषण' दिएका छौं । अन्वेषण प्रविधिमा मात्रै होइन प्रकि्रया र जनशक्तीमा पनि हुन्छ । एचआरमा हामीले एक दशक लामो अभ्यास गरिसकेका छौं । अब नयाँ उचाइमा लैजानलाई अन्वेषण महत्वपूर्ण हुन्छ । सम्मेलनमा सहभागीले एचआरमा नयाँनयाँ के भइरहेको छ त्यो सिकेर मैले आफ्नो संस्थामा कसरी प्रयोग गर्न सक्छु मेरो अहिलेको एचआरलाई अर्को उचाइमा कसरी लैजान सक्छु भन्ने कुरा सिक्न पाइने छ ।
यसपाली मुख्य गरी अन्तर्राष्ट्रिय वक्ताहरु छन । युनिलिभर आइबिएम टाटाजस्ता विश्वका ठूला कम्पनीका एचआर प्रमुखहरु वक्ताका रुपमा आउने छन । उनीहरुले आफ्नो करियरको २५ देखि ३० वर्ष तीन कम्पनीहरुको एचआरमा बिताएका छन । उनीहरुले आफ्नो अनुभव बाँडने छन । प्रस्तुतीहरु हुने छन । एचाआर सम्बन्धि उपकरणहरु दिइन्छ । समूह छलफल गर्छौं ।

बैंकिङ क्षेत्रको गुणात्मक वृद्धि गर्नका लागि एनबिटिआइ स्थापना भएको हो । यसले कस्तो खाले काम गरिरहेको छ ?
एनबिटिआइले बैंकिङ क्षेत्रको क्षमता अभिवृद्धिका लागि काम गर्दै आइरहेको छ । राष्ट्र बैक बैंकस्र संघ एसियाली विकास बैंकको नेतृत्वमा स्थापना भएको संस्था हो । हाम्रो मुख्य उद्देश्य भनेको बैंकिङ क्षेत्रको क्षमता बढाएर नयाँ चरणमा लैजाने हो । नयाँनयाँ तालिमहरु गरिरहेका छौं । यसले 'ब्रेक थ्रु आइडिया' हरु दिइरहेको छ । १८ महिनाको छोटो अवधिमा एक सय वटा कार्यक्रमहरु आयोजना गरिसकेका छौं । २७ सय जनालाई तालिम दिइसकेका छौं ।
बैंकिङ जनशक्तिलाई दक्ष बनाउने आगामी योजना के छन
हामीले दीर्घकालिन क्षमता अभिवृद्धिका लागि वित्तीय क्षेत्रमा प्रवेश गर्नेलाई लक्ष्य गरी तीन महिने बैंकिङ डिप्लोमा कोर्ष सुरु गर्दैछौं । भारतको बैंकिङ एन्ड इन्स्योरेन्स टे्रनिङ इ_िन्स्टच्युटसँगको सहकार्यमा गर्न लागिएको हो । पहिलो त्रैमासबाट कार्यक्रम सुरु गर्ने छौं ।
स्वीस बैंकिङ स्वीजरल्यान्डबाट त्यहाँका बैंकरहरुले पढने पाठयक्रम लिएर नेपालको आवश्यकता मिलाएर आफ्नै पाठयक्रम निकाल्दै छांै । तयार भएपछि बैंक तथा वित्तीय संस्थालाई वितरण गर्छौ । बैंकरका लागि इन्डियन बैंकर एसोसिएसनको सहकार्यमा प्रमाणपत्र कार्यक्रम ल्याउँदैछौं । यसले बैंकरहरुलाई क्रेडिट टे्रजरी जोखिम सम्बन्धि नयाँ ज्ञान दिने छ । नेपालमै राम्रो प्रशिक्षक तयार पार्नका लागि ठूलो लगानी गरिरहेका छौं । नेपालमा तालिम गर्ने व्यवसायिक प्रशिक्षकको कमी छ । त्यो कमी पुरा गर्न 'टे्रन द टे्रनर' कार्यक्रमका लागि भारतमा जाँदैछौं ।
नेपाली बैंकिङ क्षेत्रमा पछिल्लो समयमा संस्थागत सुशासनको ठूलो कमी देखियो । यसमा मूख्य कस्ता खालका समस्या रहेछन ?








संस्थागत सुशासनलाई हामीले आफ्नै परिवेशमा राखेर हेर्नु पर्छ । हाम्रो कर्पोरेट क्षेत्रको विकास कसरी भयो कसरी कर्पोरेट संस्कारमा जाँदैछौ भन्नॆ हेर्न आवश्यक छ । संस्थागत सुशासन बाहिर पनि नौलो सुरुवात हो । यो नेपालका लागि अझ नयाँ छ । विश्वका ठुल्ठूला कम्पनीहरु सुशासनका अभावाले बन्द भएपछि सुशासनका कुरा बाहिर आएका हुन ।
नेपालमा बेग्लै खाले समस्या छ । नेपाल जति पनि साचालक छन उनीहरुलाई संस्थागत सुशासनका बारेमा औपचारिक ज्ञान नै छैन । ९० प्रतिशत साचालक पहिलो पुस्ताका छन । उनीहरुसँग साचालक भएको पहिलेको अनुभव छैन । उनीहरु त्यो भन्दा अगाडि कर्मचारी व्यापारी इन्जिनियर डाक्टर थिए । साचालकमा हुनु पर्ने योग्यता उनीहरुसँग थिएन । यसैले हाम्रोमा अरु देशको भन्दा फरक खालको समस्या छ ।
मेरो श्रीमतिको राम्रो एनजिओले राम्रो काम गरेकाले सहयोग किन नगर्ने अफिसको तेल प्रयोग गरेर किन गाडी नचढने आफ्नो साथी भाइको पसलबाट कागज मसी किन नकिन्ने भन्ने ज्ञानको अभाव छ । यो भनेको स्वार्थगत द्वन्द्व नबुझेर हो । नियामक निकायहरुले सुशासनका बारेमा प्रश्न उठाउन थालेपछि यसमा सुधार आउन थालेको छ । सरोकारवालाले के बुझ्नु पर्छ भने संस्थागत सुशासनको पालना नियामक निकायले गर भनेर गर्ने कुरा होइन । यो 'स्वअनुसाशन' हो । अहिले यसमा केही सुधारहरु आइरहेको छ ।
नाफाका लागि जस्तो निर्णय पनि लिन तयार हुँदा सुशासनको पालना नभएको होइन र ?
बैंक मेरो भन्ने साचालकमा परेको छ । तर बैंक कसको भन्ने कुरा विगतको छ महिनाले देखाइ दिइहाल्यो । निक्षेपकर्ताले पैसा झिकिदिँदा बैंक के हुने रहेछ भन्ने थाहा भइहाल्यो । बैंक निक्षेपकर्ताको हो मेरो लगानी सामान्य हो भन्ने साचालकले बुझेनन् । वित्तीय क्षेत्रको मुख्य पाटो भनेको जोखिम व्यवस्थापन हो । त्यसमा साचालकहरु कमजोर देखिएकाले सुशासन अवहेलना भएका घटना बाहिर आएको हो ।
सुशासन पालनामा बैंकरको कमजोरी छैन र ?
नेपालमा साचालकको संरचना एक खालको छ । त्यो वर्गले प्रतिफलका लागि दबाब दिइरहेको हुन्छ । यसको प्रभावमा बैंकरहरु परेको देखिन्छ । बैंकरले साचालकलाई बुझाउन सकिरहेका छैनन् । प्रतिफल बढी दिन बैंकरले खर्च कटौति गर्नु परेको छ । यसले गर्दा अनुसन्धान प्रविधिमा लगानी गर्न समेत समस्या भएको छ । बैंकरले व्यवस्थापनलाई बुझाउन आवश्यक छ ।
नेपालको बैंकिङ क्षेत्रमा एकपछि अर्को समस्या आइरहेको छ । कसरी हेर्नु हुन्छ ?
नेपालमा बैंकिङ भर्खरै सुरु भएको हो । छोटो अवधिमा पनि नेपाली बैंकिङले ठूलो फड्को मारिसकेको छ । यो भनेको पारदर्शीताले गर्दा हो । समस्या सानो पुँजीका कारणले । सानो पुँजले ठूलो बैंकिङ आट्न सकिन्न । दुई अर्ब सानो हो । यो पुँजी बोकेर ठूलो योजनामा पनि आँट्न सकेका छैनन् । सानोमा जोखिम बढी भएकाले त्यता पनि जान सकेका छैनन् । अहिलेको समस्या यही हो । पुँजी बढाउन आवश्यक छ ।
नेपालको बैंकिङ विकास एक ठाउँमा गएर रोकिएजस्तो लाग्दैन ?
नेपालको बैंकिङमा 'अन्वेषण' भन्ने छैन । एउटाले ल्याएको 'उत्पादन' अर्कोले नाम फेरेर बजारमा ल्याइरहेका छन् । एकै खालको बैकिङ सबैले गरेका छन् । नयाँ गति दिने खालको केही छैन । यसले बैंकिङ क्षेत्रको विकासमा बाधा पुर् याउँछ । साना तथा मझौला ऋणका लागि नेपाल उर्वर भूमि हो । त्यसमा कसरी जाने भन्ने नयाँ सोच कसैको आएको छैन । एकै खाले बैंकिङमा सबै रमाइरहेका छन् ।



No comments:

Post a Comment

thanks for comment