धितो सम्पति धमाधम लिलाममा

सुदर्शन सापकोटा
काठमाडौं माघ १९
बैंक तथा वित्तीय संस्थाहरुले असारयता व्याज तिर्न छाडेका र सम्पर्कमा नरहेका ग्राहकको सम्पति लिलामी गर्न थालेका छन् । चालु वर्षको दुई त्रैमास असोज र पुस मसान्त मा ब्याज तिर्न नआएका ग्राहको सम्पति लिलाम गर्न थालेका हुन् ।
पुसयता वाणिज्य बैंकहरुले मात्रै डेढ सयको घरजग्गा लिलामीमा चढाएको सुचना प्रकाशित गरिसकेका छन् । विकास बैंक र फाइनान्स कम्पनीले करिव ७ सयको घरजग्गा लिलाममा राखिसकेका छन् ।
बैंकको पैसा तिर्न नसकेका कतिपय व्यवसायीहरु कर्जा सुचना केन्द्रको कालोसुचीमा नै परिसकेका छन् । केन्द्रका अनुसार पुसयता २२ वटा फर्म कम्पनी र व्यक्ति कालोसुचीमा परिसकेका छन् ।
'पैसा नउठेपछि लिलामीमा राख्नु वाहेक उपाय नै छैन,' वित्त कम्पनी संघका अध्यक्ष राजेन्द्रमान शाक्यले बिहीबार नागरिकसँग भने, 'लिलामीमा राख्दैमा पैसा उठ्ने होइन तर कानुनी प्रकृयामा जानु पर्ने भएकाले सुचना निकालिएको हो ।'
घरजग्गा कारोबारबाट दिनहुँ नाफा भएका बेला जोखिम मोलेर हैसियतभन्दा बढी कर्जा लिएका व्यवसायी तथा सर्वसाधारणले कारोबार नभएपछि ब्याज तिर्न सकेका छैनन् । उनीहरुले कागजी रुपमा मूल्य वढाएर बैंक तथा वित्तीय संस्थासँग ऋण लिएकाले कारोबार नभएर 'नगद प्रवाह' हुन छाडेकाले बैंक ऋण तिर्न नसकेका हुन् ।
राष्ट्रबैंकले २०६६ पुस २ गते बैंक तथा वित्तीय संस्थालाई घरजग्गा तथा हाउजिङको लगानीमा सीमा तोकिदिएपछि यसको कारोबार घट्न सुरु भएको थियो । राष्ट्र बैंकले नै गरेको सर्वेक्षण अनुसार कारोबार ५० प्रतिशत र मूल्य ३० प्रतिशत घटिसकेको छ ।
सरकारीवाहेक निजी क्षेत्रका ठूला र पुराना बैंकहरुले समेत लिलामीको सुचना निकाली रहेका छन् । नबिल स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल हिमालयन एनआइसी बैंक अफ एसिया नेपाल एभरेष्ट माछापुच्छे्र सिद्धार्थलगायत अधिकांस बैंकले लिलामीको सार्वजनिक सुचना गरिरहेका छन् ।
समस्याग्रस्त घोषणा भएका र वित्तीय रुपमा कमजोर भएका गोर्खा विकास बैंक नेपाल सेयर मार्केट्स एन्ड फाइना_िन्सय इ_िन्स्टच्युसन क्यापिटल मर्चेन्ट एन्ड फाइना_िन्सय इ_िन्स्टच्युसनवाहेकका राम्रा विकास बैंक र फाइनान्स कम्पनीले पनि धमाधम सम्पति लिलाममा राख्न थालेका छन् ।
'तत्काल लिलामीको संख्या थामिएला जस्तो छैन,' शाक्यले भने, 'रियलस्टेट कारोबार चलायमान भए मात्र नगद प्रवाह भएर लिलामीमा जाने संख्या घट्छ ।'
'घरजग्गा क्षेत्रमा गएको ऋणवाहेक अन्य क्षेत्रमा गएको ऋण पनि समस्यामा छन्,'  डिसिबिएल बैंकका प्रमुख कार्यकारी अधिकृत सुधिर खत्रीले भने, 'यस्तो ऋण उठाउनलाई लिलामी अझ वढ्छ ।' उनले रिङरोड वाहिर वा राजधानी वाहिर रहेको घरजग्गामा भन्दा मूख्य स्थानमा रहेको घरजग्गामा समस्या भएको जानकारी दिए ।
एक बैंकरका अनुसार ऋण नउठेपछि हरेक तीन महिनामा आम्दानीबाट संभावित नोक्सानी व्यवस्थामा पैसा राख्नु पर्ने भएकाले पैसा उठाउनलाई लिलामीमा जानु परेको हो । राष्ट्र बैंकले तीन महिनासम्म पैसा नउठे दिएको ऋणको २५ प्रतिशत ६ महिना नउठे ५० प्रतिशत र एक वर्ष नउठे सवै ऋणको नोक्सानी व्यवस्था गर्नु पर्छ । ती बैंकरले लिलामीको सुचना प्रकाशित भएपछि कतिपय ऋणीले जसै गरी पैसा खोजेर पनि चुक्ता गर्ने गरेको जानकारी दिए ।
'सार्वजनिक सुचनापछि ऋणी गम्भिर बन्ने गरेको छ । यसबाट धेरैजसो ऋण मिल्ने गरेको छ,' ती बैंकरले भने, 'खराव नियतले बैंककॊ पैसा चलाएकाहरुको मात्र अन्तत लिलाम हुन्छ ।' उनका अनुसार तेस्रो व्यक्तिको सम्पति धितो राखेर पैसा चलाएकाहरुको धितो सम्पति लिलामी हुने गरेको छ ।
बैंक तथा वित्तीय संस्थाले धितो सम्पति विक्रीमा राखे पनि विक्री हुन सकेको छैन । उनीहरुका अनुसार लिलाम सम्पति खाली गराउन कठिन हुने ऋणीले मुद्दा हाले वर्षौसम्म पनि सुनुवाइ नहुने गरेका कारणले विक्री हुने गरेको छैन । लिलामी सम्पति खरीद गर्दा सम्पूर्ण व्यक्तिगत सुचना उपलब्ध गराउनु पर्ने तथा स्रोत खोल्नु पर्ने कारणले समेत विक्री नहुने गरेको एक बैंकरले जानकारी दिए ।


No comments:

Post a Comment

thanks for comment