सुदर्शन सापकोटा
काठमाडौं, फागुन १०
राजस्व अनुसन्धान विभागले नक्कली
प्रज्ञापनपत्रमार्फत भारतीय रुपैयाँ अपचलन प्रकरणमा आफ्ना कर्मचारीलाई
जबरजस्ती कारबाही गर्न खोजेको भन्दै वाणिज्य बैंकहरुले भारतीय मुद्रामा
हुने कारोबार (ड्राफ्ट) बन्द गर्ने तयारी गरेका छन्।
विभागले आफ्नो काम देखाउन बैंक कर्मचारीलाई जबरजस्ती कारबाही गर्न
खोजेको आरोप लगाउँदै बैंकरहरुले भारतसँग हुने बैंकिङ कारोबार बन्द गर्न
छलफल सुरु गरेका छन्। बैंकहरुले भारुको कारोबार बन्द गरे डाफ्ट जारी गर्न
अर्को विकल्प खोज्नुपर्छ।
'नक्कली र सक्कली प्रज्ञापनपत्र छुट्याउन नसकेर भारु दिएको विषयलाई लिएर बैंकले मुद्रा अपचलन गर्यो भन्दै विभागले कारबाही गर्न खोजेको छ,' एक बैंकका प्रमुख कार्यकारी अधिकृतले नागरिकसँग भने, 'बैंकको दोषबिना कारबाही गर्न खोजिएकाले भारु कारोबार बन्द गर्ने तयारी गरेका हौं।' डाफ्ट कारोबार बन्द गरे भारुको अवैध कारोबार बढ्ने छ।
'नक्कली र सक्कली प्रज्ञापनपत्र छुट्याउन नसकेर भारु दिएको विषयलाई लिएर बैंकले मुद्रा अपचलन गर्यो भन्दै विभागले कारबाही गर्न खोजेको छ,' एक बैंकका प्रमुख कार्यकारी अधिकृतले नागरिकसँग भने, 'बैंकको दोषबिना कारबाही गर्न खोजिएकाले भारु कारोबार बन्द गर्ने तयारी गरेका हौं।' डाफ्ट कारोबार बन्द गरे भारुको अवैध कारोबार बढ्ने छ।
ती बैंकरका अनुसार यस विषयमा वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको कार्य समितिमा छलफल भइसकेको छ। समितिका पदाधिकारीहरु कारोबार बन्द गर्न सहमत भए पनि ३२ वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुसँग छलफल गरेरमात्र निर्णय गर्ने सहमति बनेको छ। छलफल केही दिनभित्रै हुँदैछ।
विभागले गरेको अनुसन्धानबाट मुुलुकका एक दर्जनभन्दा बढी व्यापारिक फर्मले नक्कली प्रज्ञापन पत्र बनाएर एक अर्ब २५ करोड रुपैयाँभन्दा बढी भारु अपचलन गरेको फेला परेको छ। विभागका महानिर्देशक शान्तबहादुर श्रेष्ठले यसमा शाखामा रहेका बैंक कर्मचारीहरुको पनि संलग्नता देखिएको बताएका थिए।
विभागका अनुसार लक्ष्मी , रेडान्ड, महालक्ष्मी टे्रडर्स, म्याक्स वेल कम्प्युटर, श्याम गल्ला भन्डार, जयमातादी इन्टरप्राइजेज, डिजिटल बल र जिएस टे्रर्डस्लगायत संलग्न छन्। यी फर्मका कहीँ कतै गोदाम वा पसल भेटिएका छैनन्। उनीहरूले प्रज्ञापनपत्र देखाए पनि सामान आयात गरेका छैनन्।
विभागले यसमा संलग्न पाँच भारतीय व्यापारीलाई पनि पक्राउ गरेको छ। पक्राउ परेका सबैले 'भारतीय व्यापारीका लागि काम गरेको' बयान दिएका छन्। यसले अपचलनमा ठूलो गिरोह सक्रिय देखिएको आशंका छ।
बैंकरहरु भने नक्कली भनिएको प्रज्ञापनपत्रमा भन्सार अधिकृत तथा सरकारी अधिकारीहरुको दस्तखत मिलेको पाइएको दाबी गर्छन्। 'उनीहरुकै छाप, कर्मचारीको हस्ताक्षर सबै मिलेको छ, तर उनीहरुमाथि कारबाही गर्न अनुसन्धान भएको छैन,' ती बैंकरले भने, 'सरकारी छाप र हस्ताक्षरसहितको प्रज्ञापनपत्रमा भुक्तानी दिँदा बैंकलाई कारबाही गर्ने भन्ने कुरा मिल्दैन।'
नक्कली प्रज्ञापनपत्रबाट भारु अपचलन भएको भन्दै विभागले नौं वटा वाणिज्य बैंकका कर्मचारीलाई कारबाही गर्ने तयारी गरिरहेको छ। विभागले सिटिजन्स् बैंक इन्टरनेसनल, नेपाल बैंक, सिद्धार्थ, लक्ष्मी, नेपाल इन्भेस्टमेन्ट, राष्ट्रिय वाणिज्य बैंक, एनआइसी, एसबिआइ, एभरेस्ट र नेपाल बंगलादेश बैंकलाई दोषी देखाएको छ।
विभागले भारु अपचलनमा मुछिएका बैंकहरुका शाखा प्रबन्धकहरुलाई केही दिनअघि बोलाएर सोधपुछसमेत गरेको थियो। विभागले मंगलबार पनि बैंकहरुलाई यसबारे 'तिमीहरुको जवाफ के छ?' भनेर पत्रमार्फत सोधेको छ।
'असल नियतले काम गर्दासमेत जबरजस्ती कारबाही गर्न खोजिन्छ भने काम गरिँदैन,' ती बैंकरले भने। उनका अनुसार राष्ट्र बैंकले गरेको अनुसन्धानमा समेत बैंकहरुले गल्ती गरेको पाइएको छैन। 'तर, शाखा प्रबन्धकहरुलाई बोलाएर सोधपुछ गर्नुको साटो जबरजस्ती गल्ती स्वीकार्न दबाब दिइएको छ,' उनले भने, 'यसले बैंकका कर्मचारीहरुको मनोवलसमेत घटेको छ।'
बैंकरहरु विभागले अनावश्यक रुपमा थर्काइरहेको भन्दै प्रधानमन्त्री र अर्थमन्त्रीलाई भेट्ने तयारीमा छन्। बैंकहरुलाई गल्तीबिना फसाएको भन्दै गुनासो सुनाउन भेट्ने तयारी गरिएको उनले जानकारी दिए।
बैंकरका अनुसार प्रज्ञापनपत्र सक्कली र नक्कली छुट्याउन नसक्दा बैंकहरुले ड्रफ्टमार्फत भारतीय मुद्रा उपलब्ध गराएका हुन्। 'सक्कली र नक्कलीबीचको फरक थाहा पाउँदा पाउँदै भारु उपलब्ध गराएको भए कारबाही गर्न मिल्छ,' ती बैंकरले भने, 'बैंकलाई काम गर्न लगाउने अनि काम गर्यो भने कारबाही पनि गर्ने। यसरी काम गर्न सकिन्न।'
ती बैंकरका अनुसार नक्कली प्रज्ञापनपत्रको विषय उठेको पाँच महिना बितिसक्दासमेत राजस्व विभाग, अर्थमन्त्रालय र राष्ट्र बैंक कसैले पनि सक्कली कस्तो हुन्छ भनेर छलफल गरेका छैनन्। 'नयाँ नोट प्रचलनमा ल्याउँदा राष्ट्र बैंकले नक्कली र सक्कलीबीच कसरी फरक छुट्याउने भनेर बुझाउँछ,' ती बैंकरले भने, 'मुलुकै सम्पति बाहिरिने कुरामा भने बैंकलाई बुझाइएको छैन।
बंैकहरुले भारतबाट सामान आएपछि भुक्तानी दिन भारु दिन्छन्। यसबाहेक स्कुल फिस, औषधोपचार, घुमफिरलगायतका लागि भारु साट्दिने गर्छन्। अहिले बैंकहरुले व्यक्तिगत रुपमा २० हजारसम्म भारु उपलब्ध गराउँदै आएका छन्। नेपालमा औपचारिक माध्यममार्फत करिब ६ अर्ब रुपैयाँ बराबरको भारु नोट सटही हुन्छ। बैंकहरुले १ सय रुपैयाँ भारु साट्दा १५ पैसा लिन्छन्।
No comments:
Post a Comment
thanks for comment