काठमाडौं, मंसिर ७
अमेरिकी डलर मगंलबार अहिलेसम्मकै महँगो भएको छ। भारतीय
रुपैयाँ (भारु) डलरसँग कमजोर भएकाले र नेपाली रुपैयाँको विनिमय दर भारुसँग
स्थिर भएकाले अमेरिकी डलर नेपाली मुद्राको तुलनामा महँगो भएको हो। विदेशी
मुद्रा खरिदबिक्री गर्ने बैंकहरूले भारतीय बजार हेरेर मंगलबार एक डलर ८४
रुपैयाँभन्दा बढीमा बिक्री गरे।
दिनको अन्त्यसम्म प्रतिडलर ९० पैसा बढेर बिक्री दर ८४ रुपैयाँ २०
पैसा कायम भयो। २०६५ फागुन २१ मा ८३ रुपैयाँ ४० पैसासम्म पुगेको थियो।
डलर महँगिएकाले विदेशीबाट भित्रिने वस्तु, पढ्न, घुम्न र स्वास्थ्य
उपचारका लागि बाहिर जान महँगो पर्ने भएको छ। पर्यटन व्यवसायी, विदेशमा
बस्ने व्यक्तिबाट रेमिट्यान्स पाउने परिवारलाई भने यसबाट फाइदा पुग्छ।
विदेशी मुद्राको विनिमय दर निर्धारण गर्ने राष्ट्र बैंकले डलरको मूल्यवृद्धिबारे अहिलेसम्म कुनै प्रतिक्रिया सार्वजनिक गरेको छैन। सर्वसाधारणले एक डलर बेच्दा ८३ रुपैयाँ ६० पैसा पाउने गरी बुधबारका लागि मूल्य तोकिएको छ। ग्राहकले किन्दा योभन्दा ६० पैसा बढी तिर्नुपर्छ। डलर मूल्य ६ महिनायता झन्डै १७ प्रतिशत माथि गएको छ।

भारतमा डलरको माग अत्यधिक बढेकाले भारू कमजोर भएको हो। त्यहाँ पेट्रोलियम पदार्थलगायत विदेशी सामानका आयातकर्ताले ठूलो मात्रामा डलर किनेका छन्। डलर सञ्चिति पनि तल झरेको छ। भारतीय अर्थतन्त्रमा उच्च मूल्य वृद्धि, निकासी वृद्धिमा सुस्तता, फराकिँदै गरेको व्यापार घाटालगायत समस्या देखिएका छन्। आर्थिक वृद्धि दर पनि घटेको छ। डलर महँगो हँुदै गएकाले डलर बेच्ने घटेका छन्।
भारतमा मंगलबार भारू डलरसँग अहिलेसम्मकै सर्वाधिक अंकले खस्किएको छ। त्यहाँ एक डलर किन्न ५२ रुपैयाँ ७३ पैसा तिर्नुपर्ने भएको छ। युरोपको अर्थतन्त्र कमजोर भएकाले पनि विश्वव्यापी रूपमा डलरको माग बढेको छ। यसले पनि डलर मजबुत हँुदै गएको हो।
भारू र नेपाली रुपैयाँबीच स्थिर (बजारअनुसार तलमाथि नभई १०० भारू बराबर १ सय ६० नेरू) विनियम दर छ। नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार भएकाले भारू र नेरूको भाउमा ठूलो अन्तर राख्न सकिँदैन। अन्तर आए अर्थतन्त्र असन्तुलित भई थप जटिलता ल्याउँछ। यही कारण भारूका आधारमा नेरूको विनिमय दर निर्धारण हुन्छ।
अब के हुन्छ?
भारतका मुद्रा विश्लेषकको भनाइ मान्ने हो भने डलर अझ महँगो हुने छ। सबैभन्दा ठूलो व्यापारिक सहर मुम्बईमा प्रतिडलर ५५ भारू पुग्ने अनुमान गरिएको छ। यो अनुमान ठिक भए केही दिनमै डलरले अझ नयाँ उचाइ छुने छ।
भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डियाले भारतीय रुपैयाँ अहिलेसम्मकै कमजोर भए पनि बजार हस्तक्षेप गर्ने संकेत दिएको छैन। रुपैयाँमा आएको गिरावटमा माग र आपूर्ति गर्नेहरू जिम्मेवार भएको र यो विश्वव्यापी प्रवृत्ति भएको रिजर्भ बैंक अधिकारीले प्रतिक्रिया दिएका छन्। त्यहाँका अर्थसचिव आरएस गुजरालले भने बजार निगरानी गरिरहेको बताएका छन्।
भारतले बजार हस्तक्षेप गरेर डलर बिक्री गर्यो भने भारूको मूल्य केही बढ्छ। भारतको अर्थतन्त्रमा तत्काल सुधारको संकेत नदेखिएकाले भारू कमजोर भइरहने बजार विश्लेषकहरूको दाबी छ। नेपाल राष्ट्र बैंकका वरिष्ठ अधिकारीले भने झन्डै दुई महिनाअघि प्रतिडलर ८० रुपैयाँभन्दा सामान्य तल रहन उचित हुने बताएका थिए।
बेफाइदा
विदेश जाने खर्च बढ्यो
डलर वृद्धिले विदेशी कलेजमा पढ्न जाने विद्यार्थीको खर्च बढ्ने छ। हजारौंको संख्यामा नेपाली विद्यार्थी विदेश पढ्न जान्छन्। जहाजको टिकटलगायत यातायात खर्च, कलेजमा तिर्नुपर्ने शुल्कका लागि पनि यो वृद्धिले बढी पैसा खर्च हुने छ।
औषधि उपचार, पर्यटक भएर विदेश भ्रमणमा जानेहरूलाई पनि डलर वृद्धिले बेफाइदा गर्नेछ। एक डलर किन्न पहिलेभन्दा बढी रुपैयाँ तिर्नुपर्छ। यही कारण यी सेवा लिने सर्वसाधारणलाई डलरको मूल्यवृद्धिले असर पर्छ।
आयातीय वस्तु महँगो
डलर तिरेर विदेशबाट आउने सामानको मूल्य बढी पर्ने छ। भारतबाहेकका देशबाट आउने मोटर, मोबाइल फोन, इलेक्ट्रोनिक्सका सामान, लत्ताकपडा लगायत सामान महँगो पर्ने छन्। चीनबाट आउने सस्ता सामानको भाउमा समेत असर पर्नेछ। डलर मूल्यमा हुने थपघटका आधारमा युआनको भाउ निर्धारण हुन्छ। केही दिनयता चिनियाँ सामानको मूल्य २५ प्रतिशतसम्म बढिसकेको छ।
मूल्य समायोजन नगर्ने हो भने पेट्रोलियम पदार्थ किन्ने नेपाल आयल निगमको नोक्सानी अझ बढ्ने छ। निगमले वर्षको करिब ७६ अर्ब रुपैयाँ बराबर पेट्रोलियम पदार्थ किन्छ। यसपटक तेल आयात सय अर्ब पुग्ने निगमको अनुमान छ।
विदेशबाट कच्चापदार्थ ल्याई यहाँ उत्पादन गर्ने उद्योगको लागत पनि बढ्ने छ। यसको असर केही दिनमै उपभोक्तासम्म पर्ने व्यवसायीको भनाइ छ। कतिपय आयातीत सामानको भाउमा डलर वृद्धिको असर पर्न थालिसकेको छ। भारतबाहेकका देशबाट आउने मोटरको आयातमा ठूलो गिरावट आइसकेको छ।

सरकारी हरहिसाबमा समस्या
महँगो डलरले सरकारको आयव्यय विवरण बजेटमा पनि असर गर्छ। विदेशी ऋण र साँवा भुक्तानीका लागि तोकिएभन्दा बढी रुपैयाँ खर्च गर्नुपर्नेछ।
डलर वृद्धिले बजेट घाटा बढ्ने र अर्थतन्त्रमा सुस्तता आउने जोखिम बढ्छ। रेमिट्यान्सका कारण पैसा प्रवाह बढ्ने भएकाले मूल्यवृद्धिमा अझ दबाब पर्छ।
विदेशबाट आउने वस्तुको भाउ बढ्दा सरकारी खर्च पनि बढ्ने छ। वस्तु भाउ वृद्धिले सरकारी नीतिप्रति जनताको आक्रोश बढ्छ। आयल निगमको नोक्सान कम गर्न सरकारले अनुदान दिनुपर्ने भएकाले थप बजेट आवश्यक पर्छ।
डलर भाउमा उच्च वृद्धिले नेपाल विद्युत प्राधिकरणको घाटा अझ बढ्ने छ। विदेशी लगानीका दुई आयोजनाबाट किन्ने बिजुलीलाई प्राधिकरणले डलरमा भुक्तानी गर्छ। प्राधिकरणको नोक्सान बढ्दै जानुको एउटा कारण यी आयोजनाबाट महँगोमा विद्युत किन्नु पनि हो। गत आर्थिक वर्षको हरहिसाबअनुसार प्राधिकरणको कुल नोक्सान २७ अर्ब छ।

फाइदा
रेमिट्यान्स पाउने परिवार
परिवारको कोही सदस्य विदेशमा काम गर्न गएका छन् भने उनीहरू डलरको मूल्य वृद्धिबाट फाइदामा रहनेछन्। डलरसँगै अन्य विदेशी मुद्राको मूल्य पनि बढेका छन्। कतारी रियाल, मलेसियन रिंगिटलगायत पनि बढेका छन्। यी देशमा ठूलो संख्यामा नेपाली कामदार छन्। डलरको मूल्य वृद्धिले उनीहरूको आम्दानी बढ्नेछ।
यो आर्थिक वर्ष करिब ४ सय अर्ब रेमिट्यान्स आउने अनुमान गरिएको छ। वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार विदेशमा झन्डै २० लाख नेपाली कामदार छन्।

डलर पाउने व्यवसायी
नेपालबाट वस्तु तथा पर्यटनलगायत सेवा बिक्री गरेर डलर प्राप्त गर्ने व्यवसायीलाई पनि यो वृद्धिले फाइदा पुग्नेछ। पर्यटक आगमन बढेर फाइदामा रहेका पर्यटन व्यवसायीको आम्दानी डलर वृद्धिले अझ बढ्ने छ। सन् २०११ मा नेपालमा ८ लाख पर्यटक आउने अनुमान गरिएको छ। गत वर्ष साढे ५ लाख आएका थिए।
विदेशमा सामान पठाएर डलर पाउनेलाई पनि यसबाट फाइदा हुन्छ। हस्तकलालगायत नेपाली समानका निकासीकर्ताको आम्दानी बढ्छ।

स्वदेशी उद्योगलाई नाफा
विदेशी सामान महँगो भएकाले यहीँ उत्पादन हुने सामानको प्रतिस्पर्धात्मक क्षमता बढ्छ। कतिपय नेपाली उत्पादनले विदेशी वस्तुसँग प्रतिस्पर्धा गरिरहेका छन्। डलर महँगो हँुदा यस्ता विदेशी सामानको भाउ बढ्ने छ। स्वदेशी सामानले यो मौकाको फाइदा उठाउन सक्छन्।

No comments:
Post a Comment
thanks for comment