सुदर्शन सापकोटा
काठमाडौं, मंसिर २ -
ऋणीले कर्जा तिर्न नसकेपछि बैंक तथा
वित्तीय संस्थाले बिक्रीका लागि लिलाम गर्न राखिएका सम्पत्ती बिक्री हुन
सकेका छैनन्। ऋण लिने अधिकांश ग्राहकले धितोमा राखेको घरजग्गा तथा अन्य अचल
सम्पत्ती राख्ने गर्छन्।
बैंक ब्याज महँगो भएर ऋण तिर्न नसकेपछि बैंक तथा वित्तीय संस्थाले धितोमा राखेको सम्पत्ती लिलाम गर्न खोजेका हुन्।
'कारोबारै
नहुने भएपछि लिलामको सम्पत्ती खरिद नभएको हो,' वित्तीय संस्था संघका
अध्यक्ष राजेन्द्रमान शाक्यले नागरिकसँग भने, 'सम्पत्ती खरिदका लागि कि
आफैंसँग पैसा हुनुपर्यो कि बैंकले लगाइदिनुपर्यो। अहिले यस्तो अवस्था
छैन।'
बिग्रँदो आर्थिक अवस्था, सम्पत्ती खरिद गर्दा स्रोत देखाउनुपर्ने व्यवस्था र घरजग्गा कारोबार हुन छाडेकाले लिलाममा राखिएको सम्पत्ती बिक्री हुन छाडेको बैंकरहरु बताउँछन्। सेयर तथा गाडीको लिलामी भने भइरहेको छ।
खासगरी घर तथा जग्गा धितो राखेर कर्जा प्रवाह भएको सम्पत्ती बिक्री नभएको हो। पछिल्लो समयमा घरजग्गाको कारोबार घटेकाले लिलामको सम्पत्ती बिक्री हुन छाडेको बैंकर बताउँछन्। 'आर्थिक क्रियाकलाप नभएका बेला लिलाममा राखिएका सम्पत्ती बिक्री नहुनु स्वभाविक हो,' बैंकर्स संघका उपाध्यक्ष तथा सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भन्डारीले भने।
लिलाममा बिक्री नभएको सम्पत्ती सम्बन्धित बैंक तथा वित्तीय संस्था आफैंले सकार्नु पर्छ। सकारेको सम्पत्ती कम्पनीको वासलातमा गैरबैंकिङ सम्पत्तीका रुपमा देखिन्छ। बैंक तथा वित्तीय संस्थाले सम्पत्ती आफ्नो नाममा आएपछि आवश्यक ठानेमा बिक्री गर्दछ। यस्तो सम्पत्ती आफैले सकारेर वा पुनः बिक्रीमा राखेर गैरबैंकिङ सम्पत्तीबाट हटाउनु पर्छ।
घरजग्गा धितो राखेर कर्जा दिएका बैंक तथा वित्तीय संस्थाले अहिले धमाधम लिलामीको सूचना निकाली रहेका छन्। यस्तो सम्पत्ती दुई पटकसम्म लिलामीमा राख्दा पनि उचित मूल्य नपाएको र माग पनि घटेकाले बिक्री हुन नसकेको बैंकरहरुको अनुभव छ। बैंकले कर्जा भुक्तानी गर्न दबाब दिइरहेको अवस्थामा घरजग्गाको मूल्य घट्न सक्ने अपेक्षाले पनि सम्पति बिक्री हुन नसकेको हो।
'बिग्रँदो आर्थिक अवस्थाले बिक्री हुन छाडेको हो,' सिद्धार्थ डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र कार्कीले नागरिकसँग भने, 'अहिले व्यक्तिको आम्दानी स्रोत घटेर खरिद गर्ने क्षमतामा पनि ह्रास आएको छ।'
सम्पत्ती धितो राखेर कर्जा लिएकाले पैसा तिर्न छाडेपछि बैंक तथा वित्तीय संस्थाले कर्जा तिर्ने ३५ दिने सूचना जारी गर्छ। त्यो अवधिमा पनि कर्जा तिर्न नआएको अवस्थामा लिलामीमा पठाइने गरिन्छ।
'जग्गाको कारोबार लगभग ठप्प छ,' नेपाल जग्गा तथा आवास विकास संघका महासचिव मीनमान श्रेष्ठले भने, 'अर्थतन्त्रमा पनि मन्दी आएकाले उत्साह घटेको हुनसक्छ।'
बैंकरका अनुसार केही समयअघि लिलामको सम्पत्ती खरिदका लागि पनि बैंकहरुले कर्जा उपलब्ध गराउँथे। अहिले बैंकले पैसा दिन छाडेको तथा सम्पत्ती खरिदको स्रोत देखाउनुपर्ने भएपछि किन्न कमै चासो दिन छाडिएको हो। 'कर्जा उपलब्ध हुन छाडेको तथा आम्दानीको स्रोत घटेको छ,' कार्कीले भने, 'राजनीतिक र आर्थिक कारणले लगानीकर्तालाई निरुत्साहित बनाएको छ।'
एक बैंकरका अनुसार अनपेक्षित रुपमा सम्पत्ती खरिद गर्दा पैसा कहाँ र कसरी आयो भनेर देखाउनुपर्ने हुन्छ। 'अहिलेको अवस्थामा पैसा हुनेहरुले जोखिम नलिएको हो,' ती बैंकरले भने, 'सबैतिर सुस्तता छाएका बेला लिलामीको सम्पत्तीमा पनि छाएको हो।'
अन्य मुलुकमा भने लिलामीमा सम्पत्ती बिक्री नभएको अवस्थामा सम्पत्ती व्यवस्थापन कम्पनी (एसेट म्यानेजमेन्ट कम्पनी) ले त्यसको भर्पाइ गरिदिन्छ। नेपालमा भने यस्तो कम्पनी स्थापनाको छलफल मात्र सुरु भएको छ। बिक्री नभएको सम्पत्तीलाई व्यवस्थापन गरिदिन यस्तो कम्पनी आवश्यक छ।
घरजग्गाको कारोबार ठप्प भएका बेला भविष्यमा यस्ता सम्पत्ती बिक्री नहुने सम्भावना थप बढेर गएकाले कम्पनी चाहिने बैंकर बताउँछन्। व्यवस्थापन कम्पनीले आवश्यक पर्ने पैसा तत्काल उपलब्ध गराएर बैंक तथा वित्तीय संस्थाको जोखिम न्यूनीकरण गर्ने काम गर्दछ। उसले यस्ता सम्पत्तीलाई थप मूल्य सिर्जना गरिदिएर प्रयोगमा ल्याउँछ।
बैंक तथा वित्तीय संस्थाले पैसा फिर्ता नहुने पक्का भएपछि कतिपय कर्जाको जोखिम न्यूनीकरणका लागि शत्प्रतिशत सम्भावित नोक्सानी व्यवस्था गरिसकेका हुन्छन्। त्यसलाई उनीहरुले खराब कर्जाका रुपमा वासलातमा देखाएका हुन्छन्। लिलाममा सम्पत्ती बिक्री भएर आएका पैसा कर्जाको सावाँ तथा ब्याजभन्दा धेरै भएमा बढी भएजति ऋणीले फिर्ता पाउँछ।
कम्पनीले सम्पत्ती सकारिसकेपछि भने त्यो बिक्री भएर आउने सम्पूर्ण रकम भने बैंकको मात्रै हुन्छ। लिलामीमा बिक्री भए वा सकारेर बिक्री भएपछि बैंक तथा वित्तीय संस्थाले सम्भावित नोक्सानीमा छुट्याएको सम्पूर्ण रकमलाई नाफाका रुपमा देखाउन पाउँछन्। सकारेर बढी भएको पैसा नगद मौज्दातका रुपमा देखाइन्छ।

No comments:
Post a Comment
thanks for comment