काठमाडौं, भदौ १७-
सुधिर बस्नेत वित्तीय क्षेत्रको चर्चित नाम हो। उनको अग्नी एयर प्रालिसँगै हाउजिङ व्यवसायमा ठूलो लगानी छ। बैंकमा भुक्तानी दिएको चेक वाउन्स भएपछि उनी कर्जा सुचना केन्द्रको कालोसुचीमा दुई पटक परिसकेका छन्।
सुधिर बस्नेत वित्तीय क्षेत्रको चर्चित नाम हो। उनको अग्नी एयर प्रालिसँगै हाउजिङ व्यवसायमा ठूलो लगानी छ। बैंकमा भुक्तानी दिएको चेक वाउन्स भएपछि उनी कर्जा सुचना केन्द्रको कालोसुचीमा दुई पटक परिसकेका छन्।
सुधिर बस्नेत |
बस्नेत वित्तीय रुपमा टाँट पल्टिए नेपालका केही बैंक तथा वित्तीय संस्थाहरु सोझै डुब्छन् भनेर पनि शहरमा चर्चा हुन्छ। पछिल्लो समयमा उनलाई बैंक तथा वित्तीय संस्थाहरुले ऋण तिर्न नियमित दवाव दिइरहेका छन्। खासगरी कालोसुचीमा परेपछि बैंकको दवाव उनीप्रति वढी भएको हो। तर उनी बैंक तथा वित्तय संस्थालाई आफ्नो ऋणको कारण नआत्तिन आग्रह गर्छन्। भन्छन् 'वित्तीय संस्थाले सञ्चालनमा रहेका परियोजनालाई जोखिमबाट निकाल्नुपर्छ। यो क्षेत्रमा तयार भइसकेका कुनै पनि घर बिक्री नभएका छैनन्, त्यही भएर बैंक तथा वित्तीय संस्था आत्तिनु पर्दैन।'
ओरेन्टल बिल्डर्सले हाल भोगिरहेका चुनौती के–के हुन्?
हामीले सुरुदेखि नै अपार्टमेन्ट र हाउजिङमा राम्रै गरिरहेका थियौं। त्यही अनुसार घरजग्गाको कारोबार पनि उल्लेख्य दरमा बढिरहेको थियो। सकेसम्म धेरै काम गर्नुपर्छ भन्ने हाम्रो मान्यता थियो र त्यसै गरी लगानी गर्दै गयौं। तर, दुई–तीन वर्षयता यो क्षेत्रमा मन्दी छाउन थाल्यो। त्यसको मार हामीमाथि पनि पर्नु स्वाभाविक हो। मन्दीका कारण हाम्रो कम्पनीमा घर बुकिङ गरेका ग्राहकले धमाधम पैसा फिर्ता माग्न थाले। अधिकांशले व्यक्तिगत र पारिवारिक कारण देखाउँदै पैसा फिर्ता मागे र हामीले मानवीयताका आधारमा पैसा फिर्ता गर्दै गयौं। तर, यही कदमले हामीलाई वित्तीय रूपमा धेरै पछाडि पार्यो। यसको असर घर र अपार्टमेन्ट निर्माणमा ढिलाइ हुन गयो। फिर्ता नगरेको भए अहिलेसम्म सबै परियोजना पूरा भइसक्थ्यो।
ओरेन्टल बिल्डर्सले हाल भोगिरहेका चुनौती के–के हुन्?
हामीले सुरुदेखि नै अपार्टमेन्ट र हाउजिङमा राम्रै गरिरहेका थियौं। त्यही अनुसार घरजग्गाको कारोबार पनि उल्लेख्य दरमा बढिरहेको थियो। सकेसम्म धेरै काम गर्नुपर्छ भन्ने हाम्रो मान्यता थियो र त्यसै गरी लगानी गर्दै गयौं। तर, दुई–तीन वर्षयता यो क्षेत्रमा मन्दी छाउन थाल्यो। त्यसको मार हामीमाथि पनि पर्नु स्वाभाविक हो। मन्दीका कारण हाम्रो कम्पनीमा घर बुकिङ गरेका ग्राहकले धमाधम पैसा फिर्ता माग्न थाले। अधिकांशले व्यक्तिगत र पारिवारिक कारण देखाउँदै पैसा फिर्ता मागे र हामीले मानवीयताका आधारमा पैसा फिर्ता गर्दै गयौं। तर, यही कदमले हामीलाई वित्तीय रूपमा धेरै पछाडि पार्यो। यसको असर घर र अपार्टमेन्ट निर्माणमा ढिलाइ हुन गयो। फिर्ता नगरेको भए अहिलेसम्म सबै परियोजना पूरा भइसक्थ्यो।
त्यसो भए आफ्ना ग्राहकबाट के आशा गर्नुभएको छ?
हामीले सुरु गरेका हाउजिङ र अपार्टमेन्टका सबै परियोजना सम्पन्न हुन्छन्। सबै ग्राहकले आफ्ना घर र अपार्टमेन्ट पाउँछन्। नआत्तिनुस्, केही अवधि धैर्य गरे घर पाइन्छ र ग्राहकले पनि हामीलाई काम गर्ने वातावरण बनाइदिनुपर्छ। र, अर्को कुरो घर बुकिङ गरेका ग्राहकले समयमा किस्ता तिरिदिए निर्माण चाँडै सकिन्छ। हामीले ग्राहकबाट गरेको एकमात्र आशा यत्ति हो।
ग्राहकका कारण निर्माणमा समस्या परेको भन्न खोज्नुभएको हो?
मेरो भनाइको अर्थ ठ्याक्कै यही त होइन तर, समयमा किस्ता नतिर्दा र पैसा फिर्ता लाँदा समस्या उब्जिएको छ। बुकिङ गरेका केही ग्राहकले पैसा फिर्ता लाने र धेरैले किस्ता नतिरेका कारण पूरै पैसा तिरेर घर लान तयार भएका पनि पैसा फिर्ता माग्न थालेका कारण समस्या आएको हो। हाम्रो भनाइ हामीलाई घर बनाउन दिनुपर्यो भन्ने हो। बुकिङ गरेको घर ग्राहकले लिनुपर्छ। ग्राहकको लगानी हामीसँग सुरक्षित छ। त्यसैले फिर्ता होइन, हामी घर दिन्छौं। फेरि बुकिङको पैसा निर्माणमा लगानी भइसकेको हुन्छ, त्यो ग्राहकले बुझ्नुपर्यो।
के भएर समस्या आयो त? यता ग्राहकहरू ओरेन्टलले घर दिन ढिला गर्यो पनि भनिरहेका छन् नि!
हाम्रो कूल निर्माणमा २० देखि ३० प्रतिशत बुकिङ भएको छ। तर, त्यसमा पूरै चुक्ता भएको हुँदैन। त्यसमाथि पैसासमेत फिर्ता गर्न परेपछि गाह्रो हुनु स्वाभाविक हो। ग्राहकले नियमित किस्ता तिरिदिएको भए समस्या आउँथेन। पैसा फिर्ता हुँदा अरू ग्राहकले निर्माण रोकियो भन्नु नौलो होइन। थोरैले तिरेर निर्माण पूरा गर्न सकिन्नँ, सबैले नियमित तिरिदिनुपर्यो। म आफैं ग्राकह भएर बोल्दा समयमै घर दिन नसकेको पक्कै हो। ग्राहकको भनाइ स्वाभाविक हो। अर्को कुरा, घर दिन नखोजेको होइन र जिम्मेवारीबाट पन्छिन खोजेको पनि होइन। ग्राहकले नियमित तिर्दै गए हामी चाँडै काम पूरा गर्न सक्छौं।
बैंक तथा वित्तीय संस्थाको ऋण कति छ? यसको ब्याजले के प्रभाव पारेको छ?
ओरेन्टल बिल्डर्सको बैंक ऋण २ अर्ब २५ करोडदेखि साढे २ अर्ब रुपैयाँसम्म रहेको छ। बजारबाट १ अर्ब ५० करोडदेखि पौने २ अर्ब रुपैयाँसम्म हामीले उठाउन बाँकी छ। हामीले सुरुमा ९ देखि साढे ९ प्रतिशत ब्याजमा लिएको ऋणको ब्याज १६ प्रतिशतसम्म पुगिसक्यो। यसबाट थप समस्या पर्न गएको छ। बैंकहरूले अन्य क्षेत्रलाई सहयोग गरिरहेका छन् भने हाउजिङ र अपार्टमेन्ट क्षेत्रलाई पनि सहयोग गर्न आग्रह गर्छौं। बैंकले केही लचकता देखाए ग्राहकलाई चाँडो घर हस्तान्तरण गर्न सक्छौं। हामी चाँडै घर दिएर बैंक ऋण चुक्ता गर्छौं। केही महिनाभित्र हाम्रो ऋण ५० करोडले घट्ने छ।
बैंक तथा वित्तीय संस्थाबाट कस्तो सहयोगको अपेक्षा गर्नुभएको छ?
यो क्षेत्रमा गइसकेको लगानीलाई पार लगाउनु बैंक तथा वित्तीय संस्थाहरूको पनि कर्तव्य हो। हाउजिङ र अपार्टमेन्टमा समस्या रहेको थाहा हुँदाहुँदै बैंकहरूले केही समय ब्याज नतिरेका आधारमा लिलामको सूचना निकाले, तर यसले समस्या समाधान हुँदैन। बैंकहरूले लचकता देखाएर सहज वातावरण बनाइदिनुपर्यो। वित्तीय संस्थाले सञ्चालनमा रहेका परियोजनालाई जोखिमबाट निकाल्नुपर्छ। यो क्षेत्रमा तयार भइसकेका कुनै पनि घर बिक्री नभएका छैनन्, त्यही भएर बैंक तथा वित्तीय संस्था आत्तिनु पर्दैन। अर्को कुरा, लिलामीको सूचनाले घर फिर्ता गर्नेक्रम बढ्न पुग्यो। वर्षौंदेखि ऋण तिर्दा खराब ऋणि नहुने तर, अहिले केही समय तिर्न नसक्दा खराब हुने होइन। हामी पनि चाँडै ऋणबाट मुक्त हुन चाहन्छौं। धेरै परियोजना सानो रकमले रोकिएका छन्, बैंकले पैसा जुटाइदिएर सहयोग गरोस् भन्ने हाम्रो आग्रह हो।
त्यसोभए ओरेन्टलका परियोजनाका अवस्था कस्तो छ र ग्राहकले कहिलेसम्म घर पाउँछन् त?
हाम्रा अधिकांश परियोजना निर्माण अन्तिम अवस्थामा पुगेका छन्। हाम्रो बलबुताले भ्याएसम्म सबै परियोजनामा फेरि चाँडै काम सुरु गर्छौं। कुनै परियोजना ६ महिना, कुनै एक वर्ष, कुनै डेढ वर्ष र कुनै साढे दुई वर्षभित्र पूरा हुन्छन्। भेगास सिटीलाई एक वर्षभित्र पूरा गर्छौं। यसमा ५ सय ७० फ्ल्याट छन र तुरुन्त ३ सय ८० बजारमा ल्याउँछौं। यसभित्र ५० करोडजति उठाउन बाँकी छ। नक्सालको इम्पेरियल, सानेपाको सानेपा हाइट शंखमूलको बागमती अपार्टमेन्ट ६ महिनाभित्र तयार गरी ग्राहकलाई हस्तान्तरण गर्छौं। इन्डिभिजुअल हाउजिङतर्फ कलंकीको २६ मध्ये १४ वटा तयार भई ग्राहकलाई नामसारी पनि भइसक्यो, बाँकी पनि हुँदै छ। झम्सीखेल र कुलेश्वरमा पनि काम सकिन लागेको छ। धुम्बाराहीको इस्टर्न अपार्टमेन्ट १५ महिनाभित्र तयार भई ग्राहकको हातमा पुग्छ। हाम्रा अहिलेका परियोजनामा करिब ७ सय ५० ग्राहकले घर बुकिङ गरेका छन्। यसअघिका परियोजनाबाट साढ ४ सयजनालाई घर दिइसक्यौं।
ओरेन्टलको सम्पत्तिको अवस्था के हो?
कम्पनीको नेटवर्थ बलियो छ। कूल लगानीमा ग्राहकको बुकिङ १० देखि १५ प्रतिशत, ३० देखि ३५ प्रतिशत बैंक तथा वित्तीय संस्थाको र बाँकी हाम्रो निजी लगानी हो। ग्राहकलाई हामीले घर बनाउँदैन कि भन्ने लागेको छ, तर यो विल्कुल गलत हो। हामी चुप लागेर बसेका छैनौं। ग्राहक निर्धक्क हुनुस्, घर पाइन्छ।
तपाईंको फोन उठेन, व्यस्त भयो भन्ने ग्राहकको गुनासोप्रति के भन्नुहुन्छ?
गएको ६ महिनादेखि मेरो मोबाइल बिहान ७ बजेबाट सुरु भएर राति ८ बजेसम्म एक मिनेट खालि भएको छैन। यसबाट पनि मैले काम गर्न सकेको छैन। म पनि मान्छे हुँ, मेसिन होइन। धेरै ग्राहकले सिधै फोन गर्छन्। यो स्वाभाविक हो, आफ्नो लगानी डुब्छ कि भन्ने डर सबैलाई हुन्छ। तर, म धैर्य गर्न अनुरोध गर्छु। अब म बिहान ७ देखि ११ र दिउँसो ४ देखि राति ७ बजेसम्म मात्र फोन उठाउँछु। बीचको समयमा काम गर्छु। ग्राहकले यसलाई अन्यथा लिनुभएन। अर्को कुरा, ग्राहकले आफ्ना इमेल ठेगाना उपलब्ध गराइदिए, परियोजनाका प्रगतिबारे दुई साता वा एक महिनामा जानकारी दिने व्यवस्था गर्छौं। यसबाट हामीलाई काम गर्न असाध्यै सहज हुन्छ।
हाउजिङ र अपार्टमेन्टमा समस्या परेका कारण नाफामै चलिरहेको अग्नि एयर बेच्न लागेको साँचो हो?
अग्नि एयर बेच्ने कुरा हल्लामात्र हो। वित्तीय समस्या परेकाले बेच्नुस् भनेर बैंकहरूले सुझाव दिएका हुन्, तर बेच्ने मनसाय वा योजना छैन। चाँडै नै खानीडाँडा उडान सुरु गर्दै छौं। जहाज मर्मत सकिना साथ विराटनगर पनि उडाउँछौं। हाउजिङ र अपार्टमेन्टको ऋण कम हुनासाथ नयाँ जहाज थप्छौं।
No comments:
Post a Comment
thanks for comment