काठमाडौं, असोज ८ - सरकारी बजेट खर्च नभएको र रेमिटेन्स आउन पनि कम भएपछि
बैंकहरुमा फेरि तरलता अभावको संकेत देखिएको छ। तरलता बढी भएपछि बैंकहरुले
सर्वसाधारणलाई लिने र दिने दुवै ब्याज घटाउन थालेका थिए। पूर्ण बजेट नआउँदा
खर्च नभएर सरकार बचतमा रहेको, विदेशमा काम गर्ने नेपालीले पठाउने पैसा
(रेमिटेन्स) को वृद्धि दर कम भइरहेका बेला नयाँ आर्थिक वर्ष लागेसँगै
बैंकहरुको निक्षेप बढ्न कम भएको छ।
नयाँ आर्थिक वर्ष लागेसँगै बैंकहरुले ऋण लगानी ११ अर्ब रुपैयाँ
गरेका छन्। तर, बचत संकलन २ अर्बले मात्र बढेको छ। अघिल्लो वर्ष बचतको
वृद्धि दर ६.१३ प्रतिशत थियो। यसपटक वृद्धि दर जम्मा ०.२१ प्रतिशत छ।
बैंकहरुको तरलताको प्रमुख स्रोत सरकारी खर्च र रेमिटेन्स हो। बजेट नआएको र रेमिटेन्स वृद्धि दर कम हुनुले तरलता अभाव फेरि बल्भि्कने देखिएको हो। अर्थ मन्त्रालयका अनुसार राजस्व मात्र उठेको तर खर्च नभएका कारण सरकार अहिले २५ अर्ब रुपैयाँ बचतमा छ। राष्ट्र बैंक स्रोतका अनुसार रेमिटेन्सको वृद्धि कम भएको अहिलेको अवस्थामा आयात बढेकाले देशको शोधनान्तर बचत केही घटेको छ। गत वर्ष शोधनान्तर बचत १ सय २७ अर्ब ७० करोड रुपैयाँ थियो। त्यस पछाडिको तथ्यांक भने राष्ट्र बैंकले सार्वजनिक गरिसकेको छैन।
'बैंकहरुको निक्षेप नबढ्नुले अवस्था अनुकुल छैन भन्ने देखाउँछ,' राष्ट्र बैंकका डेपुटी गभर्नर महाप्रसाद अधिकारीले आइतबार नागरिकसँग भने, 'चालु वर्षको पूर्ण बजेट समयमा आउन सकेन भने हिउँदमा तरलता अभाव हुनेछ।'
राष्ट्र बैंकका अनुसार ३२ वाणिज्य बैंकको कुल निक्षेप ८ सय ६४ अर्ब रुपैयाँ छ। ऋण लगानी ६ सय २९ अर्ब रुपैयाँ छ। अढाइ वर्षअघि पनि वित्तीय क्षेत्रले ठूलो तरलता अभावको सामना गर्नुपरेको थियो। आठ महिनाअघिबाट मात्र तरलता सहज भएको हो। तरलता सहज भएकै कारण बैंकहरुले निक्षेप र ऋणको ब्याज घटाउन प्रतिस्पर्धा गरिरहेका छन्।
'निक्षेपमा बढ्न नसके पनि अझै पनि बैंकहरुसँग पर्याप्त तरलता छ,' एनआइसी बैंकका प्रमुख कार्यकारी अधिकृत शशीन जोशीले नागरिकसँग भने, 'तर, बजेट आउन सकेन भने अवस्था अहिलेको जस्तो सहज हुँदैन। तरलता अभाव हुन्छ।' उनले अहिले ऋणको माग नभएकाले निक्षेप नबढे पनि तरलता सहज भएको जानकारी दिए।
अढाइ वर्षअघि तरलता अभाव सुरु हुँदा बैंकहरुको निक्षेप वृद्धि दर ३.७४ प्रतिशतबाट घटेर ०.८७ प्रतिशतमा झरेको थियो। त्यस बेला दसैंमा नोट अभावबाट सुरु भएको अभावलाई समयमा बजेट नआएपछि निरन्तरता दियो।
घरजग्गा ऋणमा सीमा कारण आर्थिक गतिविधि रोकिएपछि बैंकहरु तरलता अभावमा परे। अहिले पनि बजेटसँगै घरजग्गाको कारोबार सुधार आउन सकेको छैन। अर्थतन्त्रमा अन्य गतिविधिहरु पनि भइरहेका छैनन्।
तरलता अभाव हुन थालेपछि बैंकहरुले बजारबाट निक्षेप उठाउन महँगो ब्याज तिर्नुपर्छ। यसले बैंकको लागत बढ्छ र उनीहरु ग्राहकलाई दिने ऋणको ब्याज पनि बढाउँछन्। ऋणको ब्याज बढी भएपछि बैंकबाट पैसा लिएर लगानी गर्ने कम हुन्छन्। जसले आर्थिक गतिविधि अझ सुस्त गराउँछ।
अढाइ वर्षअघि तरलता अभाव सुरु हुँदा बैंकको ब्याज माथि पुगेको थियो। अहिले सुधार हुँदा पनि ब्याज स्वभाविक अंकमा झरिसकेको छैन। बैंकहरुले निक्षेपमा १२ प्रतिशतसम्म र ऋणमा १७ प्रतिशतसम्म ब्याज तोकेका थिए। अहिले सुधार भएर निक्षेपको ब्याज सात प्रतिशतभन्दा कम र ऋणको १३ प्रतिशतको हाराहारीमा आएको छ।

No comments:
Post a Comment
thanks for comment