मुराहरि पराजुली, काठमाडौं, भदौ २३ - 'सुनको भाउ कतिसम्म पुग्ने हो, घट्ने
हो कि होइन, किन बढिरहेको छ, कहिलेसम्म बढिरहने हो?' पहेँलो धातुको मूल्यले
प्रतितोला ६० हजार रुपैयाँ नाघेपछि धेरैले यस्तै जिज्ञासा राख्छन्। सुन
तोलाको ३०, ४० वा ५० हजार रुपैयाँ पुग्दा र त्यसभन्दा अघि पनि यस्तै चर्चा
हुन्थ्यो। सुनको मूल्य कतिसम्म पुग्छ वा कहिलेसम्म बढ्छ, सजिलै भन्न
सकिदैन।
सुन संसारभर सबैले चिन्ने र स्वीकार गर्ने बहुमूल्य धातु हो।
यसैले सबैजना आर्थिक सुरक्षाका लागि सुन राख्न चाहन्छन्। गरगहनाका लागि
प्रयोग हुने सुनको परिमाणले यसको समग्र मागमा सानो हिस्सामात्रै ओगट्छ।
व्यक्तिमात्र नभएर, कम्पनी र सरकार पनि आर्थिक सुरक्षाका लागि सक्दो सुनको
मौज्दात राख्छन्। सुनको यही सर्वस्वीकार्य गुणले यसको मूल्य निर्धारण गर्छ।
अन्तर्राष्ट्रिय सुनबजारमा स्थापित मूल्यको आधारमा हामीकहाँ यसको किनबेच हुन्छ। हामीले माग गर्ने सुनको परिमाण र आपूर्तिले यसको मूल्यमा कुनै असर गर्दैन। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य कसरी निर्धारण हुन्छ भन्ने जान्नुुु आवश्यक हुन्छ।
आर्थिक, राजनीतिक तथा सामाजिक संकटका बेला सबै जना सुनको पछि लाग्छन्। सुनको माग बढ्छ र मूल्य पनि। सामान्य अवस्थामा तुलनात्मक रूपमा सुनको माग कम हुन्छ र मूल्यमा स्थीरता आउँछ। वर्ल्ड गोल्ड काउन्सिलका अनुसार अन्टार्टिकाबाहेक सबै महादेशमा सुनको खानी छ। पछिल्लो पाँच वर्षमा भौतिक सुनको मागभन्दा आपूर्ति बढी छ। सुनको वार्षिक माग औसतमा ३ हजार ५ सय ९९ टन र आपूर्ति ३ हजार ६ सय ७२ टन रहेको काउन्सिलको तथ्यांक छ। उसका अनुसार झन्डै १ लाख १५ हजार टन सुन उत्खनन् भइसकेको छ। हरेक वर्ष २ हजार ५ सय टन खानीबाट निकालिन्छ। बाँकी सुन प्रशोधन गरेर पुनः प्रयोगमा ल्याइन्छ।
भौतिक सुनको आपूर्ति बढी हुँदाहुँदै मूल्य बढिरहेको अमिल्दो लाग्न सक्छ। पछिल्लो समय भौतिक सुनभन्दा कागजी कारोबारले यसको मूल्यमा बढी उतारचढाव ल्याएको हो। सुन र सुनमा आधारित वित्तीय उपकरण (सेयर, डेरिभेटिभ्स) मा सट्टेबाजी हाबी हुँदा सुनको मूल्य अनुमान गर्न नसकिने हुँदै गएको हो। चार वर्षअघि युरोप र अमेरिकाबाट सुरु वित्तीय संकटले हाल सारा विश्व प्रभावित छ। चीन र भारतजस्ता उदीयमान अर्थतन्त्र पनि सुस्ताउन थालेका छन्। यस्तो अवस्थामा ठूला लगानीकर्ता अन्य क्षेत्रबाट पुँजी झिकेर सुनलाई पछ्याउन थाल्छन् र यसको सिको साना लगानीकर्ता पनि गर्छन्।
ससानो रकमले सुन किन्ने वा किन्न बैना गर्न सकिने सुविधा डेरिभेटिभ बजारमा हुन्छ। डेरिभेटिभ्स मोटो अर्थमा बैना हो। खास सम्पत्तिकोे किनबेच नभएर त्यसलाई किनबेच गर्ने अधिकार सुनिश्चित गर्न सकिन्छ, डेरिभेटिभ बजारमा। यो सुविधाको अधिक उपयोग हुँदा बजार नियन्त्रणबाहिर जान्छ। समाचार, सूचनाप्रति डेरिभेटिभ बजार अत्यन्तै संवेदनशील हुन्छ। हरेक नकारात्मक/सकारात्मक समाचारले यो बजार प्रभावित गर्छ। अमेरिका-इरान सम्बन्ध, चीनको निर्यातमा कमी, भारतको आर्थिक वृद्धिमा गिरावट, युरोपेली केन्द्रीय बैंकका प्रमुखले बोलेका कुरा, नाइजेरियाको पाइपलाइन लुटिएको खबर, गृहयुद्धमा फसेको सिरियामा नाकाबन्दी लगाउने प्रसंगमा रसिया र चीनले जनाएको विरोध, सानाठूला प्राकृतिक विपत्ति, ग्रिस र स्पेनमा भइरहेका सडक प्रदर्शनीलगायत असंख्य कारणले बजार उचालिने र पछारिने गर्छ।
तेल, विदेशी मुद्रा, सेयर बजारको अवस्थाले पनि डेरिभेटिभ बजारको दिशा निर्धारण गर्छ। बजारको यो स्वभाव बुझेका ठूला र नियमित लगानीकर्ताले फाइदा उठाउन कुनै जायज कारण नहुँदा पनि उल्लेख्य परिमाणमा किनबेच गरिरहन्छन्। चलाख लगानीकर्ताले सिकारु लगानीकर्ताको मानसिकता आँकलन गरी लाभ उठाउने यो बजारको सामान्य नियम जस्तै हो।
शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औन्स १७०० अमेरिकी डलरभन्दा माथि पुगेको छ। यसैका आधारमा नेपाली बजारमा सुनको मूल्य तोलाको साढे ६० हजार रुपैयाँ तय भएको हो। सुनलगायत वित्तीय बजारको सूचना अनुगमन गर्दै आएको थम्सन रोयटर्स जिएफएमएसले वर्षको अन्त्यसम्ममा यो प्रतिऔन्स २ हजार डलरसम्म पुग्ने प्रक्षेपण गरेको छ। 'छोटो समयमा सुनको मूल्य प्रतिऔन्स २ हजार डलरसम्म पुग्न सक्छ,' बहुमूल्य धातु हेर्ने थम्सन रोयटर्सका प्रमुख पल वाकरले भनेका छन्, 'दीर्घकालमा यो मूल्य गर्ल्यामगुर्लुम भएर लामो समय स्थिर रहन सक्छ।' गत वर्ष सेप्टेम्बरमै २१ दिनको अन्तरालमा सुनकोे मूल्य प्रति औन्स १९ सय डलरबाट १६ सयमा झरेको थियो।
मूल्य अकासिएपछि मौज्दातमा रहेको धेरै सुन बिक्रीमा आउने अनुमान उनले गरेका छन्। बजारले थेग्नै नसक्ने परिमाणमा सुनको आपूर्ति हुने उनले बताएका छन्। अरू विश्लेषक भने यो तर्क मान्न तयार छैनन्। तीन वर्षअघि अन्तर्राष्ट्रिय मुद्रा कोषले ४ सय टन सुन बिक्रीमा ल्याउँदा पनि मूल्य झरेको थिएन। कोषले बिक्री गरेको सुनको उक्त परिमाण त्यस वर्ष खानीबाट निकालिएको जम्मा सुनको १६ प्रतिशत थियो। यति धेरै परिमाणमा सुन बजारमा आउँदा पनि बजार नघटेको दृष्टान्त अघि सारेर उनीहरू मूल्य नघट्ने दाबी गर्छन्।
लगानी गर्ने अर्को विकल्प देखा नपरेसम्म सुनको भाउ बढी नै रहने उनीहरू बताउँछन्। खासगरी केन्द्रीय बैंकहरूले पछिल्लो समय भौतिक सुनको खरिद बढाउँदै लगेका छन्। सन २००९ यता यस्तो प्रवृत्ति देखा परेको हो। १९८८ देखि २००९ सम्म केन्द्रीय बैंकले सुन बेच्दै आएका थिए। नियमित कारोबारीमध्ये ठूलो समूह (केन्द्रीय बैंकहरू) नै सुन खरिदमा लागेपछि मूल्य चाँडै नघट्ने दाबी उनीहरू गर्छन्।

No comments:
Post a Comment
thanks for comment