अब वढ्छ सेयर बजार


काठमाडौं, वैशाख १
नयाँ आर्थिक वर्षको सुरुवातसँगै सेयर बजारले पनि स्वभाविक वृद्धिको गति पकड्ने संकेतहरु देखिएको छ। राजनीतिक अन्यौंलका बाहानामा खासै उक्लिन नसकेको  बजार सुचिकृत कम्पनीहरुले वाँड्ने संभावित प्रतिफल, बढ्दो बैंक लगानी र सुधारका प्रयासका कारण बढ्ने छ।
न्युनतम अंक २९३ लाई छोएर नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक राजनीतिक अन्यौंललाई वेवास्ता गर्दै वर्षको अन्त्यमा ५२३ अंकमा पुगिसकेको छ। ढिलै भएपनि राजनीतिक उल्झनलाई पन्छाएर लयमा आएको बजारलाई नेप्सेमा वाहुल्यता रहेको बैंक तथा वित्तीय संस्थाहरुले दिने संभावित लाभांसका कारण उकालो लगाउने विश्लेषकहरु बताउँछन्।
'अब बजार घट्नु पर्ने कारणहरु सकिएको छ। बैंक तथा वित्तीय संस्थाहरुको राम्रो नतिजा आइरहेकाले बजारलाई वढ्ने अवस्था छ,' सेयर दलाल कम्पनी दक्षिणकाली सेक्युरिटिज एन्ड इन्भेष्टमेन्टका सञ्चालक दिनेश सापकोटाले नागरिकसँग भने। 
आर्थिक सुचकहरु विग्रिएको अवस्थामा पनि बैंक तथा वित्तीय संस्थाहरुले गत आर्थिक वर्षको नाफाबाट यसपाली राम्रो प्रतिफल दिएका थिए। चालु आर्थिक वर्ष पनि यि कम्पनीहरुले राम्रो हरहिसाव देखाइ रहेका छन्। टेलिकम, बिमा, जलविद्युत कम्पनीहरुले पनि राम्रो गरिरहेका छन्।
'पोहोरको नाफाबाट आकर्षक प्रतिफल दिएका कम्पनीहरुको पछिल्लो आर्थिक अवस्था अझ सवल देखिएको छ,' उनले भने,'यसले लगानीकर्ताको आशा वढाएकाले सेयर कारोबार मूल्य वढेर किनबेच हुने छ।' 
गत वर्ष रियलस्टेट, क्रसर र औद्योगिक Ôेत्रमा आएको मन्दीका कारण बैंक लगानी असुरÔित थियो। यो Ôेत्रमा भएको लगानीका कारण बैंकहरु घाटामा जाने र भएको लगानी डुब्ने शंका लगानीकर्ताले गरेका थिए। यी सबै शंकाहरुलाई चिर्दै अधिकांस बैंक तथा वित्तीय संस्थाले राम्रो नाफा आर्जन गर्दै लगानीकर्तालाई अकर्Èक प्रतिफल घोÈणा गरे। 

'गत वर्षको नतिजाले अहिले लगानीकर्ताको विश्वास अझ वढेको छ,' सेयर ब्रोकर कम्पनी कोहिनुर इन्भेष्टमेन्ट एन्ड सेक्युरिटिजका प्रबन्ध निर्देशक भरत रानाभाटले भने, …त्यही भएर बैंक तथा वित्तीय संस्थाले आगामी वर्È पनि राम्रो प्रतिफल दिनेमा लगानीकर्ता विश्वस्त छन्।' 
नेप्सेमा २८ वटा वाणिज्य बैंक, ६३ वटा फाइनान्स कम्पनी, ८० वटा विकास बैंक, २० वटा बिमा कम्पनी, चार वटा जलविद्युत कम्पनी छन्। यसवाहेक आकर्षक प्रतिफल लिने नेपाल टेलिकम र युनिलिभर नेपाल पनि सुचकिृत छन् । 
लगानी खुम्चिएका कारणले बैंक तथा वित्तीय संस्थाहरुले सेयर ऋण वृद्धि गरेकाले पनि बजारमा सुधार देखिन थालेको छ। बैंक तथा वित्तीय संस्थाहरुले विगतको भन्दा सेयर धितो कर्जाको व्याज दर पनि घटाएकालेे बजारमा लगानी भित्रिन  थालेको छ। यससँगै दुई वटा म्युचुअल फन्ड कम्पनीहरु सञ्चालनमा आएर युनिट जारि गरिसकेकाले पनि बजारमा कारोबार वृद्धि हुने छ। 
'सामूहिक लगानी कोषमार्फत बजार अझ चलायमान हुने देखिन्छ,' सापकोटाले भने,'सिडिएस एन्ड क्लियरिङ (विद्युतीय प्रणालीमार्फत सेयर राफसाफ गर्ने कम्पनी) सञ्चालनमा आएकाले बजारलाई यसले गति दिने छ।' सिद्धार्थ म्युचुअल फन्डको ५० करोड र नबिल इन्भेष्टमेन्टको ७५ करोडको युनिटहरु आएको छ। 
सेयर बजार विस्तारै गतिशिल हुन थालेपछि लगानीकर्ताको आकर्षण यतातिर वढ्न थालेको छ। सेयर बजार ओरालो लागेपछि एकाएक मौलाएका कमोडिटिज बजार सुस्त बनेकाले त्यताको लगानी पनि यता भित्रिन थालेको छ। 

No comments:

Post a Comment

thanks for comment