३९ प्रतिशत जनसंख्याको बैंक बचत खाता
सुदर्शन सापकोटा
काठमाडौं, माघ १७
बैंक तथा वित्तीय संस्थाले शाखा सञ्जाल विस्तार गरेपछि ३९ प्रतिशत जनसंख्याले निक्षेप खाता खोलेका छन्। एक वर्ष अघिसम्म ३१ प्रतिशतसँग मात्र निक्षेप खाता रहेकोमा चालु वर्षको पुस मसान्तसम्म १ करोड ३ लाख ७३ हजार ८२० जनाको निक्षेप खाता छ।
निक्षेप खाता वढेपनि बैंक तथा वित्तीय संख्थाबाट ऋण लिनेको संख्या भने धेरै नै कम छ। ३२ वाणिज्य बैंक, ९० विकास बैंक, ६७ वटा फाइनान्स कम्पनी र २७ वटा लघुवित्त विकास बैंकहरुबाट जम्मा ७ लाख ६९ हजार १७३ जनाले मात्र ऋण लगेका छन्।
…अहिले बैंक तथा वित्तीय संस्थाहरुको एउटा शाखाले औषतमा १० हजार ८ सय जनालाई सेवा दिइरहेका छन्,' राष्ट्र बैंकका प्रवक्ता भास्करमणि ज्ञवालीले भने, …वित्तीय साक्षरता वढ्न थालेसँगै वित्तीय सेवा लिनहरुको संख्या वृद्धि भएको छ।'
पुससम्म वाणिज्य बैंकहरुले १ हजार १ सय ६०, विकास बैंकहरुले ७ सय १२, फाइनान्स कम्पनीहरुले २ सय ९७ र लघुवित्त विकास बैंकहरुले ५ सय ६७ वटा शाखा विस्तार गरेका छन्।
राष्ट्र बैंकका अनुसार, निक्षेप खाता भएकामध्ये २० प्रतिशतले मात्र एटिम तथा डेविट कार्ड सेवा लिएका छन्। अहिले देशभर २२ लाख ३९ हजार ८ सय ४० जना डेविट कार्ड सुविधा लिनेहरु रहेको राष्ट्र बैंकले जनाएको छ। क्रेडिट कार्ड लिनेको संख्या अझ कम छ। पुस मसान्तसम्म ३९ हजार १ सय ३० जनाले क्रेडिट कार्ड सुविधा लिएका छन्। अहिले देशभर १ हजार १ सय ८७ वटा एटिम काउन्टर छन्।
केही समयअघि विश्व बैंकले गरेको अध्ययनले, विगत आठ वर्षमा एटिएम प्रयोगकर्ता ह्वात्तै वढेको देखाएको छ। तर, एक लाख जनसंख्याको एउटा एटिएममा पहुँच छ। अध्ययनका अनुसार नेपालमा बैंकिङ पहुँच दक्षिण एसियाकै कमजोर अवस्थामा रहेको देखाएको थियो।
विश्व बैंकको अध्ययनमा नेपालका व्यावसायिक संस्थाहरुले एकदमै थोरैमात्र वित्तीय सेवा लिने गरेको उल्लेख छ। लघु, साना, मझौला र ठूलासमेत सबै गरेर ४४.९ प्रतिशत व्यावसायिक संस्थासँग बैंक बचत खाता छ। यसमध्ये ३२.५ प्रतिशत लघु संस्था, ७१.७ साना, ९०.३ मझौला र सवै ठूला संस्थासँग बचत खाता छ। १०.२ प्रतिशत व्यावसायिक संस्थाले ओभरड्राफ्ट सुविधा प्रयोग गर्छन्। यसमध्ये ४.४ लघु, २१.२ साना, ४५.९ मझौला र ७८.५ ठूलाले ओभरड्राफ्ट प्रयोग गर्ने गरेका छन्।
पछिल्लो दुई वर्षलाई आधार मान्दा २३ प्रतिशतले बैंक ऋण माग गरेका छन्। ५७ प्रतिशतले बैंक ऋण आवश्यक नभएको जनाएका छन्। नेपालमा ऋण लिनका लागि ७०.४ प्रतिशत धितो राख्नुपर्छ। यो धितो व्यक्तिगत सम्पत्तिका लागि हो। सबैभन्दा कम मेसिनरी र उपकरण खरिदमा राखे पुग्छ। १०.६ प्रतिशत धितो राख्दा ऋण पाइन्छ।
अध्ययनले नेपालमा वित्तीय क्षेत्रको पहुँच बढाउन राष्ट्र बैंकले काम गरिरहेको भए पनि अपर्याप्त भएको जनाएको छ। वित्तीय पहुँच बढाउन राष्ट्र बैंकले सुपरिवेक्षकीय र नियमनकारी भूमिका बढाउन आवश्यक भएको अध्ययनमा उल्लेख छ।

No comments:
Post a Comment
thanks for comment