विश्वको आर्थिक महाशक्ति अमेरिका अहिले मन्दीको चपेटामा छ । मन्दीका कारण दिनहुँजसो हजारौं अमेरिकी बेरोजगार हुँदै गएका छन् । बेरोजगार हुँदै गएपछि उनीहरूको आय घटेको छ । न्यून आय भएपछि अमेरिकी उपभोक्ताले खर्च नियन्त्रण गर्न थालेका छन् भने अत्यावश्यक वस्तुबाहेक अन्य वस्तु खरिदमा उच्च गिरावट आइरहेको छ । यसको असर ठूलादेखि साना सबै व्यवसायीलाई परेको छ । घरेलु कामदारदेखि विश्वकै प्रतिष्ठित एवं ठूलो कार कम्पनी जनरल मोटर्ससमेत मन्दीको मारमा परेको छ । खर्चमा निकै उदार मानिएका अमेरिकी अहिले थोरै खर्चमा जीवनयापन गरिरहेका छन् ।
मन्दीकै कारण जागिर गुमाएका बार्बरा लोय र केभिन लोयको जीवन अहिले निकै नियन्त्रित भएको छ । उनीहरूले खर्चमा अकल्पनीय कटौती गर्नुपरेको छ । मन लागेको चिज खान पाएका छैनन् । बार्बरा भन्छिन्, 'हामीले मोबाइल फोन क्यान्सिल गरिसकेका छौं । स्थानीय सामाजिक संस्था तथा पत्रिकाहरूको सदस्यता पनि खारेज गर्यौं । स्थानीय अखबार पनि लिने कि नलिने भन्ने द्विविधामा थियौं, तर, जागिरका अवसर हेर्नकै लागि भए पनि अहिलेसम्म लिइरहेका छौं । बाहिर घुम्न जान बिल्कुलै बन्द छ । ६ महिना भयो बाहिर नखाएको र घुम्न नगएको । हामी दुवैलाई स्किङ मन पर्छ, गर्मीमा गल्फ पनि खुब खेल्थ्यौं । अहिले यी कुरा अतीत मात्रै भएका छन् ।'
जागिर गुमेपछि सरकारले दिएको बरोजगार भत्ताका भरमा जीवन चलाइरहेकी बार्बरा आफ्नो कथा सुनाउँदै जान्छिन्, 'खानेकुरा पनि पुर्याई-पुर्याई खाने गरेका छौं । रक्सी त बिल्कुलै खाँदैनौं । पहिले आधी खाइएको पास्ता फाल्ने गरेका थियौं । अहिले आधी खाएका पास्ता पुनः पकाउने एक सय एक तरिका जानेकी छु मैले । खानेकुराको निकै जतन गरेका छौं ।'
घरको किस्ता नतिरेको पनि महिनौं भयो । सपिङ गर्न खासै गइँदैन । पहिले एउटा सामान घट्यो कि सपिङ गर्न गइन्थ्यो । अहिले एउट लिस्ट तयार भएपछि मात्रै निस्कन्छौं, अनि सकेसक्म बार्गेनिङ गरेर खरिद गर्छां । लामो सूची तयार पारी खरिद गर्न जाँदा भाडा पनि केही जोगिएको छ । पहिले सुपर मार्केटमा खरिद गरिन्थ्यो भने अहिले सुपथ मूल्यका किराना पसल जान्छौं ।'
आम्दानी घटेपछि स्वास्थतर्फको खर्चसमेत घटाउनुपरेको उनले बताइन् । 'स्वास्थ्यतर्फको खर्च पनि आधा घटाएका छौं । पहिले निजी चिकित्सक राखेका थियौं, अहिले हामी निःशुल्क अस्पतालमा जान्छौं । तपाइंलाई अचम्म लाग्ला, हामीले कन्डमसमेत सस्तो प्रयोग गरिरहेका छौं । वर्षमा एकपटक तिर्नुपर्ने खानेपानीको बिल, ग्यास खर्च, बिजुली आदिको पैसा २००९ लागेदेखि तिर्न सकेका छैनौं ।'
कष्टका दिन वर्णन गर्दा उनको अनुहार मलीन हुँदै गयो । बीचबीचमा अड्किंदै बार्बरा बोलिन्, 'थोरै भए पनि पैसा कमाउनुपर्यो भनेर मैले शिशुदेखि विद्यालय अध्ययन गर्ने भर्खरका ठिटाठिटी हेर्ने कामका लागि छिमेकभरि विज्ञापन बाँडेकी थिएँ । तर, कतैबाट प्रस्ताव आएन । आफन्त तथा मित्रलाई डिनरमा बोलाउन नसक्ने भएकाले हामी अरुले बोलाएको ठाउँमा समेत गएका छैनौं । कहिलेकाहीं छुटमा उपलब्ध भएका टिकट लिएर कला प्रदर्शनी हेर्न जान्छौं । त्यहाँ साथी भेटिन्छन्, खाजा खान जाउ भन्छन, घरबाटै ल्याएका छौं भन्दै टारिदिन्छौं ।' जोन भन्छन्, 'सस्तो रेष्टुँरामा पनि जान्नौं । उनीहरूलाई के थाहा हाम्रो पीडा । मैले पनि परेपछि मात्रै महसुस गरेको हुँ ।'
अहिले कष्टपूर्ण जीवन बिताइरहेकी बार्बराको मनमा आशा भने मरेको छैन । निकट भविष्यमै आर्थिक अवस्था सुधि्रने अपेक्षा गर्दै उनी भन्छिन्, 'जस्तोसुकै भए पनि छिट्टै राम्रो हुन्छ भन्ने विश्वास हामी दम्पतीमा छ । थोरै पैसामा पनि कसरी बाँच्ने भन्ने राम्ररी सिकेका छौं । स्वास्थ्य बिमाको समय सकिन केही समय मात्रै बाँकी भएकाले त्यताको अलि चिन्ता लागेको छ । त्यो अवधि सकिनुअघि कुनै न कुनै उपाय खोज्नैपर्छ ।'
सिकागो निवासी ५२ वर्षीय सुजी क्रोफ्टोन रेष्टुराँ मालिक हुन् । मन्दीले उनको व्यवसाय पनि चौपट पारेको छ । 'मेरो विचारमा यो पहिलो मन्दी हो, जसमा मानिस के आशा गर्ने भन्ने अन्योलमा छन् । मानिसको अर्डरमा निकै फरक आएको हामीले पाएका छौं । रेष्टुँरामा आएकाहरू पहिले एपिटाइजर (भोक जगाउन खाइने हल्का खाना) मगाउँछन्, त्यसपछि थोरै पैसा पर्ने तर टन्न खान पाइने खानेकुरा अर्डर गर्छन् । पहिले उनीहरू हल्का तर धेरैथरिका खाना खान्थे । रक्सी खानेहरूको खर्च त नाटकीय पाराले घटेको छ । पहिले सय डलर पर्ने रक्सी खाने अहिले ५० डलरको खान्छन्, रेडलेबल त खानै छाडे भन्दा पनि हुन्छ । खान खाइसकेपछि खाइने डिजर्ट अधिकांशले खाँदैनन् ।'
कर्मचारीले पाउने टिप्समा पनि कमी आएको बताउँदै सुजी भन्छन्, 'टिप्सको कुरै नगरौं । पहिलेभन्दा १८ देखि २० प्रतिशत मात्रै टिप्सबापत आप्दानी हुन्छ । पहिले वेटर टिप्स कति भयो भनेर हिसाब गर्थे, अहिले कति कमाइएन भनेर हिसाब गर्दै दिक्क मान्छन् ।'
ग्राहक संख्या घटेपछि उनले कर्मचारीसमेत घटाएका छन् । 'निजी डाइनिङ रुम बुक हुन्नन् आजकाल । 'मैले कर्मचारी संख्या १८ बाट १४ पुर्याएको छु । डाइनिङ रुम बुकिङ नै हुन छाडेपछि रेष्टुराँको दोस्रो पद डाइनिङ रुम म्यानेजरलाई बिदा गरिसकेका छौं । कर्मचारी राख्दा खर्च धान्नै गाह्रो भए पनि अहिले पेस्ट्री पकाउने काम पनि मैले नै गर्न थालेको छु,' उनी भन्छन् ।
ओहियो राज्यको लर्डस्टाउन बस्ने ३३ वर्षीय माइक पोल्डर गाडी कम्पनीमा काम गर्छन । विगत सम्झँदै उनी भन्छन, 'मैले १४ वर्ष जनरल मोर्टसमा काम गरें । अहिले म ले-अफमा छु । म जिएमको प्रेस विभागमा काम गर्थें । त्यहाँ मेरो काम ढोका तथा सिटमा स्ट्याम्प लगाउनु थियो । नौ महिनाअघिसम्म ग्यास, तेल सबैको भाउ बढ्दा हुँदा जिएमको जागिर संसारकै उत्तममध्येको एक थियो । तर, २००८ को डिसेम्बरदेखि सबै कुरा बिग्रन थाल्यो । कार बिक्री घट्न थाल्यो । कम्पनीको आय घट्न थालेपछि जनवरीमा मलाई ले-अफमा राखियो । अहिले तत्कालै नभए पनि २०१० को जनवरीदेखि पुनः काममा र्फकन पाइएला भन्ने आशा राखेको छु । मलाई मेरो काममा खुबै आनन्द आउँछ । थोरै पैसा पाए पनि म काम गर्न चाहन्छु । जागिर नहुँदा मलाई निकै समस्या परेको छ । मेरा बच्चाले पढ्न पाएका छैनन् । घरखर्च चलाउन आफन्तसँग ऋण लिएको छु । यसले कहिलेसम्म धान्ने हो थाहा छैन ।'
मन्दीले धेरैलाई संकटपूर्ण जीवन बाँच्न बाध्य बनाए पनि कसैलाई भने फाइदासमेत भइरहको छ । अमेरिकाको सियाटलमा बस्ने ५० वर्षीय स्टिभ मुलेन एक किरान पसले हुन् । अर्थिक मन्दी सुरु भएयता उनको व्यापार निकै फस्टाएको छ । उनी भन्छन्, 'मैले व्यवसाय थालेको २४ वर्ष भयो, अहिलेजस्तो कहिल्यै भएन । मानिस आजकाल खर्च गर्न निक्कै कञ्जुस्याइँ गरिरहेका छन् । उनीहरू खरिद गर्न चाहँदैनन् । तर, पनि मेरो पसलमा मानिसको भीड लाग्छ । यसअघि कहिल्यै यस्तो भीड हुँदैनथ्यो ।'
उच्च बिक्रीबाट उत्साही मुलेन भन्छन्, 'धेरै बिक्री हुने भएपछि मैले पनि निकै सस्तोमा सामान दिइरहेको छु । नाफा पनि मनग्ये भइरहेको छ । उनीहरू पसलमा आउँछन् र टन्न सामान लिएर जान्छन् । हामी रक्सी पनि उल्लेख्य मात्रामा बेचिरहेका छौं । आजकाल मानिस खानेकुरा बढी किनिरहेका छन् । ताजा खाद्यवस्तुको माग ह्वात्तै बढेको छ । मेरो विचारमा मानिसले रेष्टुराँमा खान छाडेका छन् । नत्र किराना सामानको बिक्री यसरी बढने थिएन ।'
क्यालिफोर्निया बस्ने ज्याकी ब्रान्डरको आफ्नै बुटिक छ । आजकाल उनलाई मानिसले लुगा नै लाउन छाडेजस्तो लागेको छ । 'लगाउने भए मान्छे आउँथे होलान नि !' उनी भन्छिन्, '२४ वर्षयता मैले यस्तो देखेकी थिइनँ । मानिस बुटिक वरपर नै देखिन चाहन्नन् । जुन कपडा पहिले निकै लोकप्रिय थिए, तिनै कपडाको अघिल्तिरसमेत उभिन चाहँदैनन् ।' यस्तो अवस्था केही समयसम्म रहे पसल बन्द गर्नुपर्ने अवस्था आइपर्ने उनले बताइन् । उनले भनिन्, 'मेरो पनि परिवार छ, यसैको भरमा पालेकी छु । बुटिक नै चलेन भने बन्द गरेर केही उपाय खोज्ने विचारमा छु ।'
क्यालिफोर्नियाकै भेनिस सहरमा निःशुल्क क्लिनिक सञ्चालन गरिरहेका ५२ वषर्ीय एलिजावेथ बेन्सनलाई मन्दी लागेपछि भ्याई-नभ्याई छ । टन्न पैसा कमाउँदा निजी चिकित्सक राख्ने अमेरिकी अहिले निःशुल्क क्लिनिकमा ओइरो लागेपछि उनको व्यस्तता बढेको छ । 'अहिले ३० प्रतिशत नयाँ बिरामी थपिएका छन् । गत वर्ष ९ प्रतिशत बिरामी थपिएका थिए । यो वर्ष जनवरीयता नै ३० प्रतिशत थपिइसके,' उनी भन्छन्, 'यहाँ मात्र होइन अमेरिकाभर नै यस्तै छ । अन्य सहरका साथी पनि यस्तै भन्छन् ।'
बिरामी संख्या बढेपछि व्यस्तता बढेको उनको अनुभव छ । लसएन्जल्स सहरमा स्वास्थ्य बिमा नगरेका मानिस धेरै भए पनि अहिले थपिने बिरामी बिमाका कारण नबढेको बेन्सन बताउँछन् । बेरोजगारी, बसाइँसराइलगायत समस्याका कारण सेवामा चाप बढेको उनको भनाइ छ । १२ वर्षदेखि क्लिनिक सञ्चालन गरिरहेका बेन्सनले यो वर्ष पहिलोपटक आफ्नो सेवाक्षेत्र तोक्नुपरेको छ । 'मानिसको भीड निकै बढेपछि सीमाक्षेत्र तोक्न बाध्य भयौं । हामी सीमित क्षेत्रका मात्रै बिरामी हेर्न सक्छौं,' उनले भने, 'कहिल्यै सम्पर्क नगर्ने मानिससमेत सम्पर्कमा आइरहेका छन् ।' सरकारले दिने साप्ताहिक ४ सय ५० डलरको बेरोजगारी भत्तामा बाँच्न बाध्य मानिस निःशुल्क क्लिनिकमा आउने गरेको उनको भनाइ छ । वाषिर्क एक लाख डलरभन्दा माथि कमाउने पनि निःशुल्क क्लिनिकमा आउनुको पछाडि वित्तीय कारण नै प्रमुख भएको उनको अनुमान छ ।

No comments:
Post a Comment
thanks for comment