सुदर्शन सापकोटा,
काठमाडौं, भदौ ७-
बैंकहरुसँग तरलता (लगानी योग्यपुँजी) बढी भएको फाइदा उठाउँदै ठूला व्यापारी तथा व्यवसायीले ब्याजमा मोलतोल गर्न सुरु गरेका छन्। उनीहरुले अहिले सस्तो ब्याज दर भएका बैंकबाट ऋण लिएर महँगो ब्याज तिरिरहेको बैंकलाई पैसा तिर्न थालेका हुन्।
'अहिले व्यापारी व्यवसायीको मोलमोलाइ धेरै भएर बैंक–बैंकबीच प्रतिस्पर्धा बढ्न थालेको छ,' बैंकर्स संघका अध्यक्ष तथा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले बिहीबार नागरिकसँग भने, 'व्यवसायीले एउटा बैंकबाट ऋण लिएर अर्को बैंकको भुक्तानी गर्न थालेका छन्।'
सर्वसाधारणले ग्राहकले भने अहिले पनि दुई वर्षअघिभन्दा महँगै ब्याज तिर्नुपरिरहेको छ। नयाँ आर्थिक वर्ष लागेपछि बैंकिङ क्षेत्रको जम्मा २ अर्ब रुपैयाँमात्र ऋण बढेको छ। तर ऋणको कारोबार भने योभन्दा ८–९ गुणाले बढी भएको छ। एक बैंकबाट उठाएको ऋण अर्को बैंकमा भुक्तानी गरिएकाले ऋणको कारोबार धेरै भए पनि कुल ऋण बढ्न नसकेको हो।
२०६६ कात्तिकबाट तरलता अभाव सुरु हुनुअघि ट्रस्ट रिसिट (टिआर) ऋणको ब्याज ५.७५, ओभर ड्राफ्टको ७ र अल्पकालीन प्रकृतिका ऋणको ब्याज साढे ६ प्रतिशत थियो। तरलता अभाव हुन थालेपछि ब्याज बढेर १४/१५ प्रतिशतको हाराहारीमा पुगेको थियो।
६ महिनाअघिसम्म पनि १४/१५ प्रतिशतसम्म रहेको यस्तो ब्याज अहिले घटेर १० प्रतिशतको हाराहारीमा आइसकेको छ। 'छोटो अवधिमा ठूलो अन्तरले ब्याज दर घटबढ हुँदा यसले बैंकिङ क्षेत्रमा दुर्घटना निम्त्याउँछ,' किस्ट बैंकका नायब महाप्रबन्धक बिएन घर्तीले भने,'ब्याजको कारणले दुर्घटना भइसकेको छ। पछिल्लो 'ब्याज युद्ध' ले फेरि दुर्घटना हुने सम्भावना वढेको छ।'
बैंकरका अनुसार अरु क्षेत्रबाट ऋणको माग नभइरहेका बेला व्यवसायीले अर्को बैंकले यतिमा ऋण दिन्छु भनेको छ। तपाईं कति ब्याजमा दिनु हुन्छ भनेर मोलमोलाइ गर्न थालेका छन्। यसले गर्दा बैंकहरु पनि 'ब्याज युद्ध' मा लाग्न बाध्य भएको राणाले जानकारी दिए।
'अरु क्षेत्रबाट ऋणको माग नहुँदा पैसा त्यतिकै थुप्रिएर बसेको छ,' घर्तीले भने, 'ब्याज तिरेर लिएको पैसा त्यतिकै राख्दा लागत बढ्ने भएकाले बैंकहरु सस्तोमा दिन बाध्य भएका छन्।' राष्ट्र बैंकका अनुसार असार मसान्तयता (पाँच सातामा) ऋण जम्मा दुई अर्बले बढेर ६ सय २० अर्ब रुपैयाँ पुगेको छ। निक्षेप भने ५ अर्बले बढेर ८ सय ६६ अर्ब पुगेको छ।
'अधिकांश बैंकको प्रवर्द्धक, सञ्चालक उद्योगी व्यापारी भएकाले बैंकसँग पैसा छ भन्ने उनीहरुलाई थाहा छ,' एक बैंकरले भने,'यसको फाइदा उनीहरुले राम्रोसँग उठाइरहेका छन्।'
व्यवसायीले अल्पकालीन (बढीमा ६ महिना) अवधिको ऋण एक बैंकबाट अर्कोमा सारेका हुन्। व्यापारिक प्रयोजनका ऋण, ओभर ड्राफ्टलगायत एक बैंकबाट अर्कोमा सरेको हो। यसले गर्दा महँगोमा पैसा उठाएका नयाँ र साना बैंकको कर्पोरेट ऋण घटेको छ भने ठूला र पुराना बैंकको बढेको छ। नयाँको तुलनामा पुरानोको पुँजी लागत कम हुने भएकाले ऋणको ब्याज पनि सस्तो हुन्छ।
सस्तोमा ब्याजमा ऋण पाइन थालेपछि बैंकबाट ऋण लिँदै घरजग्गामा लगानी बढ्ने प्रवृत्ति बढेको थियो। घरजग्गा कारोबार सुस्ताएपछि बैंकहरुमा तरलता अभाव सुरु भएको थियो। तरलता अभावका कारण बैंकहरुले महँगोमा निक्षेप उठाउनुपरेको थियो। निक्षेपको ब्याज बढेसँग ऋणको पनि महँगिएपछि बैंकबाट पैसा लैजाने घटेका थिए। यसको असर अहिले पनि बैंकिङ क्षेत्रमा परिरहेको छ।

No comments:
Post a Comment
thanks for comment