काठमाडौं, भदौ १५- उपभोक्ताले वर्षभर महँगी बढेको महसुस गरे पनि राष्ट्र
बैंकले मूल्यवृद्धि घटेको तथ्यांक सार्वजनिक गरेको छ। अघिल्लो वर्ष ९.६
प्रतिशत रहेको मूल्यवृछि गत वर्ष ८.३ प्रतिशतमा झरेको तथ्यांक राष्ट्र
बैंकले सार्वजनिक गरेको छ।
खाद्यान्न तथा पेय पदार्थको मूल्य घटेका कारण समग्र मूल्यवृद्धि घटेको
राष्ट्र बैंकले जनाएको छ। खाद्यान्न र पेय पदार्थको मूल्य गत वर्ष १४.७
प्रतिशतले बढेकोमा यस वर्ष जम्मा ७.७ प्रतिशत मात्र बढेको तथ्यांकमा छ।
राष्ट्र बैंकले गत वर्षको देशको आर्थिक अवस्था सार्वजनिक गर्दै गैरखाद्य
तथा सेवा क्षेत्रको मूल्यवृद्धि ९ प्रतिशतले बढेको जनाएको छ। अघिल्लो वर्ष
यो ५.४ प्रतिशतले वढेको थियो।
तरकारीको मूल्यवृद्धि सबैभन्दा वढी २४.२ प्रतिशतले बढेको छ। फलफूल, घिउ तथा तेल र दूध तथा अन्डाको मूल्य पनि उच्च अंकले वढेको छ। फलफूलको १६.९, घिउ तथा तेलको १४.४ र दु तथा अन्डाको १३.६ प्रतिशतले मूल्य बढेको छ। होटलका खानाको मूल्य साढे १५ प्रतिशतले बढेको छ।
यातायात, लत्ताकपडालगायतको समेत मूल्य बढेको छ। फर्निसिङ तथा घरायसी उपकरण र शिक्षाको खर्च पनि वढेको छ। तर गत वर्ष सञ्चार क्षेत्रमा गरिने खर्च भने घटेको छ।
गत वर्ष सबैभन्दा बढी महँगीको मार पहाडका उपभोक्ताले खेप्नुपरेको छ। पहाडको मूल्यवृद्धि ९.७ प्रतिशतले बढेको छ। तराईको ८.१ र काठमाडौं उपत्यकाको ७.४ प्रतिशतले मूल्यवृद्धि बढेको छ। तराईबाहेक दुई क्षेत्रमा अघिल्लो वर्षको तुलनामा भने मूल्यवृद्धि अनुपात भने घटेको छ।
व्यापार क्षेत्र
मुलुकको निर्यात व्यापारमा सुधार भएको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्ष ५.८ प्रतिशतले वढेको निर्यात यस वर्ष १५.४ प्रतिशतले बढेको छ। मुलुकको निर्यात ६४ अर्ब ३४ करोडबाट बढेर ७४ अर्ब २६ करोड पुगेको छ।
वस्तु आयात पनि निकै बढेको छ। कुल वस्तु आयात १६.५ प्रतिशतले बढेर ४ सय ६१ अर्ब ६७ करोड पुगेको छ। अघिल्लो वर्ष आयात ५.८ प्रतिशतले बढेर ३ सय ९६ अर्ब १८ करोड पुगेको थियो। सुन तथा पेट्रोलियम पदार्थको आयात उच्च दरले बढेको कारण समग्र आयातको वृद्धिदर उच्च भएको राष्ट्र बैंकको स्पष्टोक्ति छ।
निर्यातको तुलनामा आयात बढेका कारण व्यापार घाटा ३ सय ८७ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ। कुल वस्तु निर्यातमध्ये भारततर्फको १४.४ प्रतिशतले बढेकोे छ। अघिल्लो वर्ष यो ८.४ प्रतिशतले बढेकोे थियो। भारतबाहेकका मुलुकतर्फको निर्यात १७.५ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष यो जम्मा ०.७ प्रतिशतले बढेको थियो। भारततर्फ मुख्य गरी लत्ताकपडा, अलैंची, पोलिस्टर धागो, तामाको तार र जिआई पाइपलगायतको निर्यात बढेको छ। अन्य मुलुकतर्फ भने ऊनी गलैंचा, पस्मिना, तयारी पोसाक, छाला र नेपाली कागज र यसबाट बनेका सामानको निर्यात बढेको राष्ट्र बैंकले जनाएको छ।
कुल वस्तु आयातमध्ये भारततर्फबाट १४.३ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष यो २०.६ प्रतिशतले बढेको थियो। अन्य मुलुकतर्फको आयात १४.६ प्रतिशतले घटेकोमा यस वर्ष २०.९ प्रतिशतले बढेकोे छ। भारतबाट पेट्रोलियम पदार्थ, कोइला, चामल, एमएस वायर (रड, क्वाइल र बारसमेत) तथा रासायनिक मल लगायतको आयात बढेको छ। अन्य मुलुकबाट सुन, भटमासको कच्चा तेल, खाने तेल, पोलिथिन ग्रानुयल र बिजुलीका सामान लगायतको आयातमा वृद्धि भएको छ।
शोधनान्तर बचत अहिलेसम्मकै उच्च
मुलुकबाट बाहिरिनेभन्दा भित्रिने रकम (शोधनान्तर) बचत अहिलेसम्म कै उच्च बिन्दुमा पुगेको छ। पोहोरसम्म २ अर्ब १८ करोड रुपैयाँ घाटामा रहेको शोधनान्तर अवस्था यस पटक १ सय २७ अर्ब ७० करोड रुपैयाँले बचतमा छ।
मुलुकको चालु खाताको बचत रकमसमेत ६ गुणाभन्दा बढीले वृद्धि भएको छ। अघिल्लो वर्ष १२ अर्ब ९४ करोड बचतमा रहेको चालु खाता यसपटक ७५ अर्ब ९८ करोड रुपैयाँले बचतमा पुगेको छ।
विदेशमा काम गर्ने नेपालीले पठाउने पैसा (विप्रेषण) वढेका कारण शोधनान्तर बचत उच्च रहन गएको हो। विप्रेषणको रकम ४१.८ प्रतिशतले वढेका कारण ३ सय ५९ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो आय जम्मा ९.४ प्रतिशतले बढेको थियो। यसपटक सेवा आय पनि १४ अर्ब ६ करोडले बचतमा छ। अघिल्लो वर्ष सेवाबाट ८ अर्ब ६७ करोड रुपैयाँ घाटा भएको थियो।

No comments:
Post a Comment
thanks for comment