काठमाडौ, मंसिर ६
– घरजग्गाको कारोबार उकालो लागेको बेलामा इन्टरनेसनल हाउजिङले घट्टेकुलोमा नौ तल्लाको अत्याधुनिक ३७ अपार्टमेन्ट बनाउन थाल्यो। अपार्टमेन्ट निर्माण नसक्दै घरजग्गाको कारोबारमा मन्दी आयो। घरजग्गाको कारोबारमा आएको मन्दीले अपार्टमेन्ट बिक्री नभएपछि कम्पनीले यसलाई हस्पिटलमा परिवर्तन गर्ने भएको छ।
अब यो अपार्टमेन्ट काठमाडौ नेसनल मेडिकल कलेजमा परिवर्तन भएको छ। कम्पनीले अपार्टमेन्टलाई परिवर्तन गर्न उपत्यका विकास प्राधिकरणमा आवेदन समेत दिइसकेको छ।
– उपत्यकाको कुपण्डोल, ताहचल र कपनमा बनेका तीन वटा अपार्टमेन्ट विक्री नभएपछि त्यहाँ भाडाँमा कार्यालय तथा स्टोरहरु सञ्चालन गर्न दिइएको छ।
मूल्य अकासिएसँगै बैंक व्याज दरसमेत वढेर धान्न नसक्ने भएपछि पछिल्लो दिनमा उपत्यकामा बनेका अधिकांस हाउजिङ तथा अपार्टमेन्ट बिक्री भएका छैनन्। मन्दीले निर्माण भइसकेका अपार्टमेन्ट बिक्री नभएपछि धेरै हाउजिङ कम्पनीले अन्य प्रयोजनमा प्रयोग गर्न थालेका हुन्। कतिपय हाउजिङ कम्पनीले अपार्टमेन्ट निर्माणलाई नै रोकेका छन्।
'दुई/तीन वर्षसम्म अपार्टमेन्ट बिक्री नभएपछि पर्खेर बस्ने अवस्था हुँदैन। त्यसैले आयआर्जन आउनेतिर सोच्नु स्वभाविक हो,' नेपाल आवास तथा जग्गा विकास संघका तृतिय उपाध्यक्ष एंव कर्म्फट हाउजिङका अध्यक्ष ओम राजभण्डारीले बुधवार नागरिकसँग भने, 'अपार्टमेन्ट बिक्री नभएपछि भाडा लगाउने वा वैकल्पिक रुपमा सोच्नै पर्छ।'
घरजग्गा कारोबार मौलाउँदा प्लटिङ गर्ने, अपार्टमेन्ट तथा हाउजिङ निर्माण गर्नेहरु अहिले कारोबार नभएपछि बनेको पूर्वाधारलाई अन्य प्रयोजनमा लगाउन वाध्य भएका हुन्।
कारोबार नभएका कारण उपत्यका विकास प्राधिकरणमा नयाँ अपार्टमेन्ट हाउजिङ दर्ता गर्नेहरु घटेका छन्। २०६८ सम्म प्लटिङ, अपार्टमेन्ट तथा हाउजिङ निर्माणका लागि १ सय २६ संस्थाले स्वीकृति मागेका थिए। तर २०६९ साल लागेपछि एउटा पनि संस्था स्वीकृतिका लागि गएका छैनन्।
नेपाल आवास तथा जग्गा विकास संघका उपाध्यक्ष ईच्छाबहादुर वाग्लेले बिक्री नभएपछि अपार्टमेन्टलाई अन्य क्षेत्रमा 'डाइभर्ट' गर्न थालेको जानकारी दिए।
'बनिसकेका अपार्टमेन्ट केही हस्पिटलमा परिवर्तन भएका छन्। केही अपार्टमेन्ट होटेलमा परिवर्तन भएका छन्,' उनले भने, 'केहीलाई विभिन्न दातृ निकायहरुले भाडामा समेत लिएका छन्।'
यस्ता घरहरु संयुक्त राष्ट्र संघ मिसन, अन्य विदेशी निकायहरु र लामो समयसम्म नेपालमा बस्नेहरुले भाँडामा लिएका छन्। उनीहरुको सुविधाका लागि अपार्टमेन्ट तथा हाउजिङ निर्माताहरुले आवश्यकता अनुसार, भान्सा र अन्य सुविधाहरुसमेत थप गरिदिएका छन्।
सरकारले घरजग्गा व्यवसायलाई उकास्न बनिसकेका घर तथा अपार्टमेन्टहरु आफ्ना कर्मचारीहरुलाई ऋण दिएर किनाउने घोषणासमेत गर्यो। यसका लागि सरकारले एक वर्षअघि अध्ययन टोलीसमेत बनायो। तर आजसम्म टोलीले प्रतिवेदन दिन सकेको छैन।
नेपाल राष्ट्र बैंकले २०६६ पुस २ गते घरजग्गा ऋणमा कडाइ उचाइमा पुगेको कारोबार एकाएक घट्न थालेको हो। त्यही बेला बैंक तथा वित्तीय संस्थामा तरलता (लगानीयोग्य पुँजी) अभाव भएका कारण ऋणको व्याज दरसमेत महँगो भयो। ऋणको भार थपिँदो र थप लगानी गर्न पैसा अभाव हुन थालेपछि लगानीकर्ताले नयाँ उपाय खोज्दै भाँडामा लाउने वा तत्काल विक्री हुने गरी हस्पिटल, कलेज, होटलमा परिवर्तन गर्न थालेका हुन्।
नेपालमा रहेका उच्च निकायमा काम गर्ने कर्मचारीलाई लक्षित गर्दै भाडामा दिन समेत अपार्टमेन्टको उपयोग हुने थालेको छ। त्यस्ता निकायहरुलाई भाडामा दिँदा राम्रो रकमसमेत पाइने भएकोले कतिपयले अपार्टमेन्ट त्यही प्रयोजनका लागि किनेका छन्। अपार्टमेन्टमा सबै सुविधा र सुरक्षा राम्रो हुने भएकोले विदेशी नियोगका उच्च अधिकारीहरु भाडामा बस्न रुचाउँछन्।
राजभण्डारीका अनुसार, अपार्टमेन्टलाई तीन तरिकाले आम्दानीको आयस्रोतको रुपमा लिइन्छ। 'भाडामा लगाएर आम्दानी गर्न अपार्टमेन्टबाट सकिन्छ,' उनले भने, 'वाहिरको घरमा भन्दा अपार्टमेन्टमा भाडा महँगोमा लाग्छ भने सम्पत्तिको मूल्य पनि बढी हुन्छ।'
व्यवसायीका अनुसार, ८/९ प्रतिशतको व्याज दर १६ प्रतिशत पुग्यो। कारोबार नभइरहेका बेला दुई वर्ष किस्ता तिर्न पुग्ने रकम एकै वर्षको व्याज तिर्न मात्र ठिक्क हुन थाल्यो। उद्योगको रुप लिइसकेको घरजग्गा उकास्न राज्य पक्षबाट कुनै सहयोग नभएपछि व्यवसायीहरु आफैले नै विकल्प खोजेका हुन्।
वाग्लेका अनुसार, विगतमा अपार्टमेन्ट किन्नेले बस्न भन्दा भाडा लगाउनै किनेको हो। 'विगतमा अपार्टमेन्ट किन्नेले आफु वस्न किनेका थिएनन्। भाडामा बस्न वा राम्रो मूल्यमा बिक्रीका लागि किनेका थिए,' वाग्लेले भने, 'त्यसैले अपार्टमेन्ट भाडामा लगाउने प्रवृति बढ्दो छ।'
घरजग्गा कारोबार नभएर व्यवसायीले ऋण भुक्तान गर्न नसक्दा बैंक तथा वित्तीय संस्थाको हरहिसावसमेत विग्रिरहेको छ। घरजग्गामा वाणिज्य बैंकहरुको ७० अर्ब रुपैयाँ लगानी छ। वित्तीय संस्थाहरुको समेत गर्दा यो १ सय अर्ब पुग्छ। सहकारी संस्थाहरुले समेत घरजग्गामा ठूलो ऋण लगानी गरेका छन्।
'बनिसकेको अपार्टमेन्टलाई अन्य रुपमा प्रयोग गरेर पैसा तिर्न हामीले दवाव दिइरहेका छौं,' एक बैंकका प्रमुख कार्यकारीले भने, 'केहीले अन्य प्रयोजनमा लगाउनसमेत थालेका छन्।' घरजग्गाको ऋण तिर्न नसकेका कारण पछिल्लो समयम बैंकहरुको सिफारिसमा अपार्टमेन्ट तथा हाउजिङ निर्माताहरु कालोसुचीमा परिरहेका छन्।
असार मसान्तयता मात्रै बैंक तथा वित्तीय संस्थाहरुले दुई दर्जन हाउजिङ कम्पनीका सञ्चालकहरु कालोसुचीमा सिफारिस गरिसकेका छन्। गत वर्ष १ सय ६३ जना घरजग्गा व्यवसायी तथा हाउजिङ सञ्चालकहरु कालोसुचीमा परेको कर्जा सुचना केन्द्रले जनाएको छ।

No comments:
Post a Comment
thanks for comment