काठमाडौं¬ भदौ ६
उद्यम गर्ने चाहना छ तर पैसा छैन भने धन्दा नमान्नुस् । अहिले बैंक तथा वित्तीय संस्थाले साना तथा मझौला उद्योगलाई धमाधम कर्जा दिन थालेका छन् ।
दुई वर्षअघि मात्रै कुल कर्जाको १०/१५ प्रतिशत साना तथा मझौला उद्योगमा लगानी गर्ने संस्थाले अहिले यसलाई २५ प्रतिशतभन्दा माथि पुर् याइसकेका छन् । घरजग्गा कर्जामा कडाइ बन्द हड्ताल लोडसेडिङ र श्रम समस्याले औद्योगिक वातावरण विथोलिनुजस्ता कारणले अन्य ठूला कर्जामा जोखिम बढ्न थालेकाले बैंक तथा वित्तीय संस्था साना तथा मझौला उद्योगतिर आकर्षित भएका हुन् ।
'जोखिमका हिसावले कम जोखिम भएको क्षेत्र भएकाले यतातिर लगानी बढेको हो,' बैंकस्र संघका अध्यक्ष अशोक राणाले भने, 'पछिल्लो समयमा सानो तिनो उद्यम
गरेर रोजगारी सिर्जना गर्ने क्रम बढेकाले यो क्षेत्रमा कर्जाको पनि माग
भइरहेको छ ।' उनका अनुसार कति लगानी यो क्षेत्रमा भएको छ भन्ने वास्तविक
तथ्यांक नभए पनि करिब २५ प्रतिशतको हाराहारीमा लगानी विस्तार भइसकेको छ ।
बैंकहरुले अहिले कुल ५ खर्ब २३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यसको
२५ प्रतिशतका हिसाबले साना तथा मझौला उद्योगमा १ खर्ब ३० अर्ब रुपैयाँ
लगानी भइसकेको छ ।
बैंकहरुले एक करोड रुपैयाँभन्दा कमको उद्यम कर्जालाई साना तथा मझौला उद्योग शीर्षकमा राखेका छन् । साना तथा मझौला उद्योगमा विपन्न वर्ग कर्जालाई पनि समेटिएको छ । जुन कर्जा बैंकहरुले कुल लगानीको ३ प्रतिशत वार्षिक रुपमा प्रवाह गर्नै पर्छ ।
बैंक अफ एसिया नेपालका प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवर क्षेत्रीले साना तथा मझौला उद्योग कर्जाको माग बढेको जानकारी दिए । उनले माग बढेकै कारणले बैंकहरु पनि यसतर्फ आकर्षित भएको भन्दै यो कर्जामा जोखिम एकदमै कम भएको बताए ।
'राम्रो धितो राखेर कर्जा लाने भएकाले भुक्तानीमा पनि समस्या छैन,' उनले भने, 'जोखिम व्यवस्थापनका लागि मझौला उद्योग कर्जा राम्रो विकल्प हो ।' बैंकरका अनुसार सानो सानो आकारमा यस्तो कर्जा जाने भएकाले जोखिम कम हुने हो । राम्रो धितो राखेर सानो आकारमा कर्जा जाने भएकाले कुनै एउटामा समस्या आएपनि त्यसको असर बैंकको वासलातमा पर्दैन । तर कुनै ठूलो कर्पोरेट कर्जामा समस्या आएमा बैंकको वासलात नै बिगि्रने अवस्था हुन्छ ।
'साना तथा मझौला उद्योगमा जाने कर्जा भनेको जोखिम विविधीकरण नै हो,' एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेलले भने, 'यसबाट बैंक तथा वित्तीय संस्थालाई फाइदा पनि छ ।'
थोरै जनशक्ति र सानो ठाउँमा काम हुने भएकाले साना तथा मझौला व्यवसायलाई बन्द हड्तालजस्ता राजनीतिक समस्याले त्यति पिरोल्दैन । काम गर्ने मान्छे धेरै नभएपछि मजदुर विवादजस्ता समस्या पनि हुँदैन । यसले गर्दा पनि बैंक तथा वित्तीय संस्थाका लागि साना तथा मझौला उद्योग लागनीका लागि आकर्षक भएको हो ।
गाईवस्तु तथा मौरीपालन हस्तकलाका सामान उत्पादनदेखि कृषिमा आधारित विभिन्न उद्योग तथा वस्तु व्यापारसमेत साना तथा मझौला उद्योगमा पर्छ । सीपमूलक उद्योग कुटानी पिसानी मिल पनि यसमा पर्छ ।
कानुनले पाँच करोडसम्म स्थिर पुँजी भएको कम्पनीलाई सानो तथा पाँच करोडको पुँजी भएको कम्पनीलाई मझौला सुचीमा राखेको छ । बैंकहरुले अहिले ५ लाखदेखि ५ करोडसम्मको कर्जा साना तथा मझौला उद्योगका लागि भनेर दिँदै आएका छन् ।
विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय फाइनान्स कर्पोरेसन आइएफसी ले नेपाली बैंकहरुलाई साना तथा मझौला उद्योगमा केन्द्रित गराउन कार्यक्रम सुरु गरेको छ । खासगरी ग्रामीण भेगका जनतालाई वित्तीय सुविधा उपलब्ध गराएर उद्यमशीलता बढाउने उद्देश्यले आइएफसीले तालिन दिएको हो । आइएफसीले हिमालयन बैंक र बैंक अफ काठमाण्डूलाई साना तथा मझौला उद्योगको प्रभावकारी विस्तारका लागि सरसल्लाह तथा तालिम दिएको थियो । आइएफसीले तालिमपछि वित्तीय सुविधा उपलब्ध गराएको छ । सीप भएका व्यक्तिहरुलाई बिओकेले कर्जा लगानी गर्न थालिसकेको छ ।
कसरी ऋण दिइन्छ ?
साना तथा मझौला उद्योगमा ऋण दिन बैंक तथा वित्तीय संस्थाका आ-आफ्नै प्रकि्रया छन् । यस्तो कर्जाको परिभाषा पनि फरकफरक छ । यस्तो कर्जाका लागि बैंक तथा वित्तीय संस्थाले अनिवार्य धितो माग गर्छन् । राष्ट्र बैंकले नै धितो सुरक्षण नलिई ऋण दिन वर्जित गरेकाले बैंकहरुले धितो लिने गरेका हुन् ।
केही बैंकले भने प्रस्तावका आधारमा धितो नलिई पनि कर्जा दिने गरेका छन् । प्रस्ताव ल्याउनेलाई जुन ठाउँमा उद्योग खोल्ने हो त्यहींको जमिन धितो मागिन्छ । केही संस्थाले प्रस्तावका आधारमा भाडाको पूर्वाधार र जमिनमा साचालन भएका उद्योगलाई पनि कर्जा दिन्छन् । असल कर्जाको धितो राखेर बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकसँग पुनर्कर्जा लिएको भए ती संस्थाले १० प्रतिशतमा नै कर्जा दिन्छन् । नत्र भने प्रचलित ब्याजदर अर्थात १६ प्रतिशतसम्म लाग्न सक्छ । साना तथा मझौला उद्योगको कर्जा भने फरकफरक छ ।

No comments:
Post a Comment
thanks for comment