सुदर्शन सापकोटा, काठमाडौं, पुस ५ - आर्थिक पृष्ठभूमि नै नभएका घरेलु
कामदार र ७० वर्षमाथिका वृद्धवृद्धाका नाममा बैंकमा करोडौं बचत, कारोबार र
लगानी फेला परेको छ। छोटो अवधिमै अस्वाभाविक रुपमा सम्पत्ति कमाएका ४ सय ५०
जना नवधनाढ्यमाथि अनुसन्धानका क्रममा सरकारले आश्चर्यलाग्दो तथ्य फेला
पारेको हो।
बैंकमा करोडौं रुपैयाँ राख्दै/निकाल्दै आएका र स्रोत नखुल्ने गरी लगानी
गरिरहेकाहरूबारे बैंकिङ क्षेत्रबाट सूचना पाएपछि राष्ट्र बैंकअन्तर्गत
सम्पत्ति शुद्धीकरण ऐनअनुसार काम गर्ने सरकारी स्वायत्त निकाय 'वित्तीय
जानकारी इकाइ' ले ती व्यक्तिमाथि अनुसन्धान थालेको हो।
इकाइले केही वर्षअघिसम्म कुनै आर्थिक हैसियत नरहेकाहरु नै अहिले
करोडौंका मालिक रहेको फेला परेको जनाएको छ। इकाइले यस्ता व्यक्तिले गरेका
लगानीबारे सेयर र घरजग्गा क्षेत्रमा अनुसन्धान गरिसकेको छ। 'सेयर र
घरजग्गामा उनीहरुको लगानी देखिएन,' इकाइका संयोजक धर्मराज सापकोटाले बुधबार
नागरिकसँग भने, 'थप विवरण संकलनका लागि पैसा झिकेका व्यक्तिहरुको आफन्तको
सम्पत्तिसमेत अनुसन्धान गरिरहेका छौं।'
शंकास्पद व्यक्तिहरुले पारिवारिक सदस्य, नातेदार र कामदारका नाममा सम्पत्ति खरिदबिक्री गर्ने गरेको इकाइको अनुसन्धानबाट खुलेको छ। यस्ता व्यक्तिले बढीजसो ७० वर्षमाथि उमेरका पारिवारिक सदस्य र कामदारको नामबाट आर्थिक कारोबार गरिरहेका छन्।
'७० वर्ष नाघेकालाई मानवअधिकार अपहेलनाबाहेक मुद्दा लाग्दैन, जेल जानु पर्दैन,' सापकोटाले भने, 'यही कानुनी व्यवस्थाका कारण वृद्ध आफन्त र कामदारका नामबाट आर्थिक कारोबार भइरहेको देखियो।'
पछिल्लो समय ठूला सम्पत्तिहरु सम्बन्धित 'मालिक' का नाममा नभई अन्यको नाममा हुने गरेको उनले जानकारी दिए।
इकाइको अनुसन्धानमा पारिवारिक पृष्ठभूीम कमजोर रहेका 'कुचीकार' ले ५३ करोड रुपैयाँको घर किनेको मात्र होइन, अति सामान्य व्यक्तिले दैनिक ३०/४० करोड रुपैयाँबराबरको कारोबार गर्ने सामान्य व्यक्तिहरु फेला परेको जनाइएको छ।
'सामान्य पृष्ठभूमिकालाई ठूलाबडाले प्रयोग गरेर कारोबार गरिरहेको देखिन्छ,' सापकोटाले भने, 'हामी मिहीन रुपमा अध्ययन गरिरहेका छौं।' सापकोटाका अनुसार राजनीतिक नेतासँग नजिक रहेका कार्यकर्ता, आयात-निर्यातमा संलग्न व्यवसायी, घरजग्गा तथा सेयरका कारोबारी र केही माथिल्ला तहका सरकारी कर्मचारी अस्वाभाविक आर्थिक क्रियाकलापमा संलग्न छन्। उनीहरु आफ्ना नातेदार र कामदारहरुका नामबाट समेत कारोबार गरिरहेका छन्।
'जनशक्ति अभावले एक करोड रुपैयाँभन्दा कमको मुद्दामा हामी लागेकै छैनौं,' उनले भने, 'ठूलो रकमको अनुसन्धान गर्दा ४ सय ५० जना फेला परेका हुन्।' इकाइले यसअघि आवश्यक अनुसन्धान गरेर ५ सय ४० जनाको मुद्दा सम्पत्ति शुद्धीकरण विभागलाई सुम्पिसकेको छ।
इकाइले सुम्पिएको ५ सय ४० जनाको मुद्दामध्ये विभागले जम्मा १८ वटाको मात्र मुद्दा दायर गरेको छ। ५ सय ४० मध्ये १ सय ३३ जना युनिटी इन्टरनेसनलसँग सम्बन्धित छन्। सहसचिवको नेतृत्वमा रहने विभागले राजनीतिक दबाबले अनुसन्धान सकिएका माथि पनि मुद्दा चलाउन नसकेको स्रोतले जानकारी दियो।
'विभागले कडाइ गर्नेबित्तिकै अधिकांश राजनीतिक प्रभाववाला धनाढ्यहरु समातिने अवस्था छ,' विभाग स्रोतले भन्यो, 'राजनीतिक प्रभावका कारण विभागले आफ्नो काम गर्न सकेको छैन।'
राजनीतिक आडमा रहेका 'गुण्डा' हरुबारे सबै प्रमाण फेला पर्दासमेत कारबाही गर्न नसकिएको स्रोतले जानकारी दियो।
स्रोतका अनुसार पछिल्लो समय स्रोत नखुलाई सुनमा लगानी गर्नेहरु बढेका छन्। इकाइले कर्मचारी अभाव र बलियो सूचना संयन्त्र अभावमा यस क्षेत्रमा अनुसन्धान भने गर्न सकेको छैन।
'आर्थिक कारोबार गर्नेहरुको सूचना सहज ढंगले अध्ययन र विश्लेषण गर्न सकियोस् भनेर नै हामीले अहिले बैंकखातामा नातेदारहरुको नागरिकता नम्बरसहित अन्य विवरण अनिवार्य गरेका छौं,' सापकोटाले भने, 'यसले पनि अस्वाभाविक रुपमा स्रोत नखुलाई अनौपचारिक आर्थिक कारोबारमा नियन्त्रण आउनेछ।'
नेपालले सम्पत्ति शुद्धीकरण क्षेत्रमा काम गर्दै आएको अन्तर्राष्ट्रिय वित्तीय कार्यदलको सदस्यता लिएसँगै स्रोत नखुलाई आर्थिक कारोबार गर्नेमाथि निगरानी थालेको हो। पछिल्लो समय सम्पत्ति शुद्धीकरण निवारण ऐन कार्यान्वयनमा आएपछि सरकारी निगरानी र अनुसन्धानमा तीव्रता आएको छ।

No comments:
Post a Comment
thanks for comment