काठमाडौं, पुस ९ -आफ्नो अर्थमन्त्रीकालमा बाबुराम भट्टराईले सर्पजस्तै
घस्रिरहेको आर्थिक वृद्धिदरलाई भ्यागुते-उफ्राइ गतिमा उकास्न जरुरी रहेको
बताएका थिए। तिनै बाबुराम प्रधानमन्त्री बनेपछि भने मुलुकको आर्थिक
सूचकांकको सुई उल्टो गतिमा घुम्न थालेको छ।
औद्योगिक वातावरण नहुँदा आयातको दर फराकिलो हुनुका साथै वैदेशिक सहायता
तथा अनुदान घटेका छन्। यसले देशभित्र आउनेभन्दा बाहिरिने रकम (शोधनान्तर)
घट्न थालेको छ।
सरकारले चालु आर्थिक वर्षमा साढे पाँच प्रतिशतको आर्थिक
वृद्धिदर लक्ष्य लिएको छ तर यो लक्ष्य भेटाउन कठिनमात्र होइन, असम्भव नै
देखिइसकेको छ। अन्तर्राष्ट्रिय मुद्रा कोषले हालै सार्वजनिक गरेको
प्रतिवेदनले नेपालको आर्थिक वृद्धिदर ३ दशमलब ८ प्रतिशतमा रहने
औंल्याइसकेको छ।
औद्योगिक वातावरण अभावले निर्यातमूलक उद्योग सञ्चालन हुन सकेका छैनन् भने वैदेशिक आम्दानीको प्रमुख स्रोत रेमिट्यान्सको वृद्धिदरसमेत घटेको छ। पर्यटकहरुबाट हुने आय घट्नुका साथै देशमा वैदेशिक मुद्राको सञ्चितिमा पनि ह्रास आएको छ। अर्थविद चिरन्जीवी नेपालले नीतिगत अस्पष्टता र सरकारको गलत नीतिका कारण अहिले अर्थतन्त्र सबैभन्दा निराशाजनक अवस्थामा रहेको बताए।
‘नीतिगत अस्पष्टता र सरकारको गैरजिम्मेवारपनका कारण अर्थतन्त्र निराशाजनक अवस्थामा छ,' उनले नागरिकसँग भने, ‘सरकारी ढुकुटी दलगत प्रयोगमा ल्याएकाले अर्थतन्त्र समस्यामा परेको हो।' उनका अनुसार सरकारी ढुकुटी युवा स्वरोजगार, विभिन्न मन्त्रालयबाट बाँडिएकाले अर्थतन्त्र संकुचनमा परेको छ। सरकारले लगानी वर्ष घोषणा गरे पनि नीतिगत अस्पष्टताकै कारण निजी क्षेत्रको लगानी घटेको उनले दाबी गरे।
‘लगानी वर्ष घोषणा गरिए पनि व्यक्तिगत सम्पत्तिमाथिको सुरक्षा हुन नसक्ने सन्देश विश्वभरि नै गयो। यसले लगानी वर्षमा झन् लगानी ७ अर्बमा सीमित भयो,' अर्थविद नेपालले भने, ‘अहिले लगानीकर्ता सुनलगायत अनुत्पादक क्षेत्रमा सीमित भएका छन्, सरकारलाई विश्वास नगरेकाले लगानी घटेको हो।' अर्थतन्त्रको समस्या गहिँरिदै गएको बताउँदै उनले बैकिङ क्षेत्रमा तरलता अभाव सुरु हुने अवस्था आएको जनाए।
‘अर्थतन्त्रको समस्या थप गहिँरिदै गएको देखिन्छ। बैंकिङ क्षेत्रमा समेत तरलता अभाव देखिन सुरु हुने संकेत देखिएको छ,' उनले भने, ‘मुलुक यसैगरी अघि बढे अर्थतन्त्र थप तहसनहस हुनेछ।'
राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार शोधनान्तर बचत जम्मा १४ करोडमा सीमित भएको छ। गत वर्ष यतिबेला बचत ४६ अर्ब ३१ करोड रुपैयाँ थियो। विदेशमा काम गर्न गएका नेपालीले पठाएको रकम (रेमिट्यान्स) को वृद्धिदर ३४.२ प्रतिशतबाट घटेर २३.४ मा झरेको छ। कात्तिकसम्म १ खर्ब २७ अर्ब ३५ करोड रेमिट्यान्स भित्रिएको छ। सरकारलाई वैदेशिक नगद ऋणबापत ७० करोड १३ लाख र वैदेशिक नगद अनुदानबापत ४ अर्ब ५९ करोडमात्र प्राप्त भएको छ। अघिल्लो वर्ष यतिबेला वैदेशिक नगद ऋणबापत १ अर्ब ५५ करोड र वैदेशिक नगद अनुदानबापत ११ अर्ब ५२ करोड प्राप्त भएको थियो।
कात्तिकसम्म कूल वस्तु व्यापार घाटा ३६.३ प्रतिशतले बढेर १ खर्ब ५२ अर्ब ३८ करोड पुगेको छ। कूल वस्तु व्यापार घाटामध्ये भारतसँंगको घाटा ३९.३ प्रतिशतको उच्च दरले वृद्धि भएको छ। मुलुकको सबै सूचकांक निराशाजनक अवस्थामा छ।
अर्थविद भोला चालिसेले पनि राजनीतिक संक्रमण लम्बिँदै गएकाले अर्थतन्त्र थप समस्यामा पर्दै गएको बताए। ‘संक्रमणकाल लम्बिँदै गएकाले लगानीकर्ताको आत्मविश्वास घट्दै गएको छ। यसले अर्थतन्त्रलाई थप समस्यामा पार्दै लगेको छ,' उनले भने, ‘लगानीकर्ताहरु अहिले सुनलगायत क्षेत्रमा लगानी गरेर बसिरहेका छन्।' सरकारको नेतृत्व गर्नेले समेत भनाइ र गराइमा अस्पष्टता रहेकाले अर्थतन्त्र निराशाजनक बनिरहेको उनले दाबी गरे।
‘सरकार चलाउनेले भन्ने एउटा, गर्ने अर्को प्रवृत्तिले अर्थतन्त्रमा समस्या परेको हो,' चालिसेले भने, ‘नयाँ आयोजना अघि बढाउने भनेर भ्रष्टाचारको गन्ध आएको छ। स्थानीय निकायमा चरम भ्रष्टाचार भएको अवस्थामा अर्थतन्त्र चलायमान हुन सक्दैन।'

No comments:
Post a Comment
thanks for comment