सुदर्शन सापकोटा
काठमाडौं, मंसिर १९
नेपाल राष्ट्र बैंकले समस्याग्रस्त गोर्खा विकास बैंकको व्यवस्थापन आफैले लिने भएको छ। बैंकको वित्तीय स्वास्थ्य सुधार गर्ने बारे सञ्चालकहरुलाई सोधिएको १५ दिने स्पष्टीकरणको चित्त वुझ्दो जवाफ नआएपछि राष्ट्र बैंकले व्यवस्थापन आफैले लिन लागेको हो।
'बैंकले पठाएको जवाफ चित्त वुझ्दो नभएको र लामो समयदेखि बैंकको अवस्था एकै खालको रकहेकाले व्यवस्थापन जिम्मा लिएर सुधार गर्न लागिएको हो,' राष्ट्र बैंक स्रोतले भन्यो, 'सञ्चालक समितिबाट प्रस्ताव पारित गराएर व्यवस्थापन जिम्मा लिन्छौं। १० दिनभित्र हाम्रो समुहले बैंक सम्हाल्ने छ।'
वित्तीय अवस्था सुधार्न निर्देशन दिदै राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको गोर्खा विकास बैंकको अवस्था झनै विग्रिएको छ। राष्ट्र बैंकले वढेको खराव ऋण र घटेको पुँजी पर्याप्तता अनुपातलाई सुधार गर्न निर्देशन दिँदै २०६७ चैत ११ मा समस्याग्रस्त घोषण गरेको थियो।
गोर्खा बैंकमा रहेका तीन वटा संस्थापक लगानीकर्ताको खिचातानीका कारण सुधार गर्न कठिन भएको भन्दै भूतपूर्व बेलायती सेनासँग आवद्ध समूहले उनीहरु निस्किए थप पैसा लगाएर बैंक चलाउने जनाएका छन्। उनीहरुले तीन वटा समुहलाई हटाएर तत्काललाई व्यवस्थापन जिम्मा लिइदिए पैसा हाल्ने प्रतिवद्धता जनाएका कारण पनि राष्ट्र बैंक अगाडि वढेको हो।
'बंैक जोगाउन हामी तयार छौं। तर राष्ट्र बैंकले व्यवस्थापन लिनुपर्यो,' संस्थापक लगानीकर्ता पुरनञ्जन राईले भने, 'यो बैंकमा थप लगानी गर्न कुनै समस्या छैन।'
स्रोतका अनुसार, व्यवस्थापन जिम्मा लिएपछि राष्ट्र बैंकले गोर्खालाई विक्री गर्ने वा नयाँ लगानीकर्ता खोजेर सञ्चालन गर्न पहल गर्ने छ। उसले स्वदेशी तथा विदेशी समुहलाई सेयर विक्री गर्ने योजना बनाएको छ। स्रोतका अनुसार, राष्ट्र बैंकले उपनिर्देशकको नेतृत्वमा तीन जनाको समुह गोर्खा बैंकमा खटाउने छ।
'वित्तीय अपराध भोगेका तीनजना ठूला लगानीकर्तालाई नहटाउने हो भने लगानी भित्रिँदैन,' राईले भने, 'पहिला उनीहरुलाई तत्काल हटाउनुपर्छ। त्यसपछि लगानी गर्न कुनै समस्या छैन।' संस्थापक सेयरधनीहरु निर्मल गुरुङ, डिवी बम्जन र राकेस अडुकियालाई हटाउनु पर्ने उनले बताए।
'तीनजनाका लागि हजारौंको सानो लगानी डुबाउन हुँदैन। हामीले आज गरेको निर्णयमा राष्ट्र बैंकले सहयोगी भूमिका निभाउनेमा विश्वस्त छौं,' राईले भने।
समस्याग्रस्त घोषणा गर्दा बैंकको पुँजी पर्याप्तता अनुपात २ प्रतिशतले धनात्मक थियो। अहिले यो ऋणात्मक भएको छ। विकास बैंकहरुले यस्तो अनुपात ११ प्रतिशत कायम गर्नु पर्ने हुन्छ। खराव ऋणको अनुपात १७ दशमलव ५ प्रतिशतबाट बढेर २५ प्रतिशत नाघिसकेको छ। यो ५ प्रतिशतभन्दा कम हुनु पर्छ।
वित्तीय अवस्था दिनदिनै विग्रिरहेका बेला बैंकमा कर्मचारी समस्यासमेत थपिएको छ। वित्तीय स्वास्थ र कर्मचारी समस्या वढेपछि राष्ट्र बैंक गोर्खाका बारेमा चाँडो निर्णय गर्ने अवस्थामा पुगेको हो। बैंकमा उच्च कर्मचारीहरुले आफूले लिएको ऋणको तथ्यांक मेटाउनेसम्मको कार्य गर्न थालेपछि राष्ट्र बैंक निर्णय गर्न हतारिएको हो।
बैंकले अहिलेसम्म असल ऋण (नियमित व्याज किस्ता तिर्ने) मात्र उठाएको छ। नियमित आम्दानी हुने ऋण उठिसकेकाले बैंकको आम्दानीको स्रोत घटेको छ। खराव ऋण नउठेकाले बैंकको पुँजी पर्याप्ता अनुपातमा सुधार हुनुको साटो झन् खस्एिको स्रोतले जानकारी दियो।
'खराव ऋण उठाउँदा नोक्सानी व्यवस्थाको रकम फिर्ता भएर पुँजीमा सकारात्मक असर पर्थियो,' स्रोतले भन्यो, 'सवै असल ऋण मात्रै उठेकाले आम्दानीको स्रोत घटेर बैंकको अवस्था विग्रिरहेको छ।' उनले राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेपछि स्थलगत अनुसन्धान गर्दा अझ वढी ऋण दूरुपयोग भएको पाइएकाले पनि पुँजी पर्याप्तता ऋणात्मक हुने क्र वढेको जानकारी दिए।

No comments:
Post a Comment
thanks for comment