सुदर्शन सापकोटा, काठमाडौं, मंसिर २८ - घरजग्गाको ऋण तिर्न नसकेर कर्जा
सूचना केन्द्रको कालोसूचीमा पर्न थालेपछि व्यवसायीले सहकारीबाट पैसा लिएर
बैंक तथा वित्तीय संस्थालाई तिर्न थालेका छन्। सहकारीको रकमले व्यवसायी
तत्काललाई कालोसुचीबाट जोगिए पनि बचतकर्ताको भने बिचल्ली हुन थालेको छ।
राष्ट्र बैंकले ऋण नतिर्नेलाई कालोसूचीमा सिफारिस गर्न कडाइ गरेपछि
सहकारीबाट ऋण लिएर बैंक तथा वित्तीय संस्थालाई तिर्ने क्रम बढेको छ।
केन्द्रीय बैंकको कडाइअघि बैंक तथा वित्तीय संस्थाले हत्तपत्त ऋणीलाई
कालोसूचीका लागि सिफारिस गर्दैनथे।
व्यवसायीले सहकारीबाट लिएर बैंकहरूलाई भुक्तानी गर्न थालेपछि घरजग्गामा लगानी गरेका बैंकहरूले असोज मसान्तमा ४१ प्रतिशतभन्दा बढी नाफा कमाए। यसअघिको त्रैमासमा बैंकको घरजग्गा ऋण उठ्न सकेको थिएन।
व्यवसायीले सहकारीबाट लिएर बैंकहरूलाई भुक्तानी गर्न थालेपछि घरजग्गामा लगानी गरेका बैंकहरूले असोज मसान्तमा ४१ प्रतिशतभन्दा बढी नाफा कमाए। यसअघिको त्रैमासमा बैंकको घरजग्गा ऋण उठ्न सकेको थिएन।
व्यवसायीले बैंकहरूको किस्ता र ब्याज भुक्तानी गरे पनि सहकारीबाट पैसा
लिएकाले निक्षेप संकलन गर्ने सदस्य मर्कामा परेका हुन्। घरजग्गाका लागि
बैंकबाट लिएको ऋण भुक्तानी गर्न सहकारीबाट ठूलो रकम लगेकाले कतिपय सहकारीले
सर्वसाधारणलाई मागेका बेला दिन छाडेका छन्।
देशभरका सहकारीमा सर्वसाधारणको १ सय ३० अर्ब रुपैयाँ बचत रहेको छ।
यसमध्ये ५० प्रतिशत रकम घरजग्गा व्यवसायीले चलाएका छन्।
‘सहकारी सञ्चालकले बैंकको ऋण तिर्न आफूखुसी रकम चलाउन थालेकाले
निक्षेपकर्ता जोखिममा पर्न थालेका छन्,' सहकारीका एक जानकारले भने,
‘बैंकहरूको हालत सुध्रे पनि ठूलो संख्यामा सर्वसाधारणको बिचल्ली हुन
थालेको छ।' सहकारी विभाग स्रोतका अनुसार सञ्चालकबाट ठगिएको, पैसा नपाएको
जस्ता उजुरी पछिल्लो समयमा बढ्दै गएको छ। गत महिना मात्रै आधा दर्जन सहकारी
भागेको भन्दै उजुरी परेको विभागले जनाएको छ।
सहकारीमा सर्वसाधारणको निक्षेप फिर्ता नगर्ने सञ्चालकलाई कारबाही गरिएको छैन। सहकारीहरूको प्रभावकारी अनुगमन र सुपरिवेक्षण नहुँदा सञ्चालकले सर्वसाधारणको रकम व्यक्तिगत काममा लगाउने गरेका छन्। झिकेको पैसा भुक्तानी नगर्दा पनि उनीहरूलाई कालोसूचीमा राख्ने प्रावधान छैन।
सहकारीमा सर्वसाधारणको निक्षेप फिर्ता नगर्ने सञ्चालकलाई कारबाही गरिएको छैन। सहकारीहरूको प्रभावकारी अनुगमन र सुपरिवेक्षण नहुँदा सञ्चालकले सर्वसाधारणको रकम व्यक्तिगत काममा लगाउने गरेका छन्। झिकेको पैसा भुक्तानी नगर्दा पनि उनीहरूलाई कालोसूचीमा राख्ने प्रावधान छैन।
‘अधिकांश सहकारीमा आफ्नै नातागोता र परिवारका सदस्य सञ्चालक हुन्छन्,'
स्रोतले भन्यो, ‘घरघरमा गएर पैसा उठाउने भएकाले सर्वसाधारणले यस्ता
सहकारीमा बचत गर्ने गरेका छन्।'
स्रोतका अनुसार पहिले नाम कमाएका सहकारीले मागेका बेला घरैमा गएर ऋण दिने गरेकाले सर्वसाधारण आकर्षित भएका थिए। ‘अहिले सहकारी सञ्चालक घरजग्गा कारोबारले गर्दा समस्यामा पर्न थाले। त्यहाँबाट उम्किन सर्वसाधारणको पैसा व्यक्तिगत प्रयोगमा लगाउन थाले,' स्रोतले भन्यो, ‘आफ्नो पैसा झिक्न जाँदा सर्वसाधारणले अर्को तारेखबाहेक केही पाउँदैनन्।'
घरजग्गा व्यवसायी र कतिपय साना वित्तीय संस्थाका सञ्चालक तथा प्रमुख
कार्यकारीहरू सहकारीमा आबद्ध हुने गरेका छन्। स्रोतका अनुसार दुवैतिरको
‘नेटवर्क' ले विगतमा व्यक्तिगत लगानी बढाएका उनीहरू बैंकले च्याप्न थालेपछि
सर्वसाधारणको निक्षेप आफ्नो ऋण तिर्न प्रयोग गर्न थालेका छन्।
‘घरजग्गा कारोबार नभएका बेला बैंकको ऋण मात्र कसरी भुक्तानी हुन्छ ?'
स्रोत भन्यो, ‘सहकारीको स्रोत प्रयोग गरेर उत्ताको प्वाल टाल्ने काम
भइरहेको छ।' उनका अनुसार दैनिक मजदुरी गरेर सर्वसाधारणले जम्मा गरेको
निक्षेप दुरुपयोग गरिएकाले यसबाट धेरै प्रभावित हुने देखिन्छ।
पछिल्लो समय ठूला घरजग्गा कारोबारी आबद्ध सहकारी समस्यामा पर्न थालेका
छन्। चार अर्ब निक्षेप संकलन गरेको ओरिएन्टल सहकारी, गुण सहकारी, एग्जिम,
पाटनलगायत दर्जनभन्दा बढी सहकारी समस्यामा छन्। उनीहरूले सर्वसाधारणको पैसा
फिर्ता गर्न सकेका छैनन्।
‘उपत्यकाका अधिकांश सहकारीको पैसा घरजग्गा र सेयरको ऋण तिर्न प्रयोग
भएको देखिन्छ,' ती जानकारले भने, ‘त्यो पैसा बैंकमा गएकाले सर्वसाधारणले
आफ्नो बचत फिर्ता पाउन छाडेका हुन्।'
बैंकहरूले सार्वजनिक गरेको असोजसम्मको वित्तीय विवरण अनुसार नउठेको ऋणका
लागि छुट्याउनुपर्ने नोक्सानीबापतको रकम ह्वात्तै घटेको छ। अघिल्लो
वर्षसम्म यस्तै ऋणका कारण बैंकको नाफा घट्दो क्रममा थियो।
No comments:
Post a Comment
thanks for comment