नेपाल-भारत ऊर्जा बैठक साउन २६-२७

सुदर्शन सापकोटा, फर्पिङ साउन १०-
लामो समयदेखि स्थगित हुँदै आएको नेपाल-भारत ऊर्जा बैठकको मिति तय भएको छ । 'बैठक साउन २६ र २७ गते नयाँ दिल्लीमा हुने तय भएको छ', फर्पिङ पावर हाउसको अवलोकन गर्न शनिवार त्यहाँ पुगेका ऊर्जा मन्त्री प्रकाशशरण महतले नागरिकसँग भने ।

आगामी हिउँदमा उच्च लोडसेडिङ हुन नदिन भारतसाग बेलैमा विजुली माग गर्न लागिएको उनले बताए । महतले ५० मेगावाट विजुली सस्तोमा उपलब्ध गराउन भारतले सहमति जनाएको जानकारी दिादै त्योभन्दा वढी विजुली बजार मूल्यअनुसार लिनुपर्ने प्रस्ताव भारतले राखेको बताए ।

माओवादी नेतृत्वको सरकारले लोडसेडिङ कम गर्न भारतसाग बैशाख र जेठका लागि ३० मेगावाट विद्युत् माग गरेको थियो । त्यसबेला विद्युत् उपलब्ध गराउन आनाकानी गरेको भारत अहिले भने तयार देखिएको छ ।

भारतले दिन लागेको विद्युत्को मूल्यमा नेपाल विद्युत् प्राधिकरणरले भारतसाग छलफल गर्ने मन्त्री महतले बताए । 'अहिले सहुलियमा प्रति युनिट ६ रुपैयाँ ४० पैसा र बजार मूल्यअनुसार ८ रुपैयाँमा भारतले विजुली दिन लागेको छ ', उनले भने । ५० मेगावाटसम्म विद्युत् नेपालले सस्तोमा पाउने छ ।

'दुहवी-कटैया प्रशारण लाइनको दोस्रो सर्किट निर्माण सम्पन्न भइसकेको छ', महतले भने, 'भारतसागको बैठकबाट विद्युत्का बारेमा टुङ्गो लागेमा आयात गर्न कठिनाइ हुादैन ।' उनले नेपाल-भारत उर्जा बैठकमा ट्रान्समिसन लाइन निर्माण तथा मर्मतलगागत अन्य प्रविधिक पक्षका बारेमा पनि छलफल हुने जानकारी दिए ।

सरकारले हिउँदमा लोडसेडिङ कम गर्न ५० मेगावाट विद्युत् थर्मलप्लान्टबाट उत्पादन गर्ने बताए । उनले थर्मलप्लान्टबाट उत्पादित विजुली महङो पर्ने भएकाले ५० मेगावाट मात्र उत्पादन गर्न लागिएको जानकारी दिँदै त्यसका लागि विश्व बैंकले आर्थिक सहयोग गर्ने बताए । हेटौंडा र विराटनगरमा रहेको थर्मलप्लान्टबाट २ सय मेगावाटसम्म विजुली निकाल्न सकिन्छ ।

No comments:

Post a Comment

thanks for comment