फगुनमा शोधनान्तर घाटा ११ अर्ब ३० करोड

काठमाडौं बैशाख १४ 
एक महिनाअघि १२ अर्ब ५७ करोड रुपैयाँ घाटामा रहेको शोधनान्तर चालु वर्षको आठ महिनामा ११ अर्ब ३० करोडमा झरेको छ । चालु आर्थिक वर्षमा ९ अर्ब रुपैयाँ बचतमा राख्ने लक्ष्य अनुसार ४ अर्ब ४३ करोड रुपैयाँमा झरिसकेको घाटा दुई महिनायता वढेको हो ।
'वजेट खर्च भएर विदेशी सहायता परिचालन हुन थालेपछि शोधनान्तर घाटा कम भएर जान्छ,' राष्ट्र बैंकको ५६औं वार्षिकउत्सव कार्यक्रममा गभर्नर युवराज खतिवडाले भने, 'यो वर्ष ९९ अर्ब रुपैयाँ विदेशी सहायता परिचालन गर्नु पर्नेमा जम्मा १९ अर्ब रुपैयाँ मात्र भएको छ ।'
उनले वित्तीय खातामा असन्तुलन देखिएका कारण घाटा अनपेक्षित रुपमा वढेको भन्दै विद्यमान विदेशी विनिमय सिाचतिले आठ महिनाको आयात भने धान्न सक्ने बताए । फागुनसम्म व्यापार घाटामा कमी सेवा व्यापार र ट्रान्सफर आयमा वृद्धि भएको उनले जानकारी दिए । असरको तुलनामा फागुनसम्म विदेशी विनिमय सिाचति ४.४ प्रतिशतले घटेको छ । विदेशी सिाचति २५७ अर्ब ४ करोड रहेको उनले जानकारी दिए ।

राष्ट्र बैंकले खराब बैंक चलाउने जिम्मा लिने छैन : गभर्नर

काठमाडौं, वैशाख १५
गभर्नर युवराज खतिवडाले खराब अवस्थामा पुगेको बैंक तथा वित्तीय संस्था चलाउने जिम्मा केन्द्रीय बैंकले नलिने बताएका छन्। ‘नाफा लिने समूहले नै खराब अवस्थाको जिम्मेवारी लिनुपर्छ,' उनले भने।
गभर्नर युवराज खतिवडा
 गोरखा विकास बैंक जिम्मा लिएर चलाउनुको सट्टा समस्याग्रत घोषणा गरेको गुनासो आइरहेका बेला गभर्नर खतिवडाको भनाइले राष्ट्र बैंकले यही नीतिलाई निरन्तरता दिने देखिएको छ। ‘संस्था बिगारेपछि राष्ट्र बैंकले लिएर सुधार गरिदिन्छ भन्ने भ्रममा नपर्नुस्' खतिवडाले भने, ‘हालैका केही निर्णय त्यहीबाटो तर्फ अग्रसर छन्।' 
 सर्वसाधारणको निक्षेप सुरक्षित राख्न आवश्यक अनुगमन र सुपरीवेक्षणमा राष्ट्र बैंक लाग्ने उनले बताए। समस्याग्रस्त घोषणा गरेका संस्था सुधि्रने आशा खतिवडाले गरे। अझै पनि अरु केही संस्था समस्यामा रहेको जानकारी दिँदै उनले भने, ‘नसुधारिने हो भने खारेजीमा जानुपर्ने अलोकप्रिय कामतर्फ अगाडि बढनुपर्ने छ।'
धमाधम विकास बैंक र वित्त कम्पनी समस्याग्रस्त हुन थालेका छन्। यो अवस्थाले निक्षेपकर्तामा निक्षेप सुरक्षित नहुने सन्देश गएको छ। वाणिज्य बैंक बाहेकका संस्थामा दुई लाख रुपैयाँसम्मको निक्षेप बिमा सुरु भएकाले सानो निक्षेप डुब्ने अवस्था छैन। वाणिज्य बैंकमा समेत सानो निक्षेपको बिमा अनिवार्य भएपछि थोरै रकम बैंकमा राख्दा डुब्ने डर समाप्त हुनेछ। ठूला निक्षेपकर्ताका लागि खतिवडाले बैंक तथा वित्तीय संस्था हेर्दै जोखिम मूल्यांकन गरेर पैसा राख्न आग्रह गरेका छन्।

बचत जोगाइ रहन निक्षेपकर्तालाई थप सुविधा

सुदर्शन सापकोटा
काठमाडौं, वैशाख १४ - 
संस्थागत र ठूला बचतकर्ताले अवधि पुगेको निक्षेप नवीकरण गराउन छाडेपछि वाणिज्य बैंक र ठूला विकास बैंकले सुविधा वृद्धि गरेका छन्। नयाँ नथपिने तर, भएकै निक्षेप बाहिरिने अवस्था आएपछि बैंक तथा वित्तिय संस्थाले ब्याज बढी दिन थालेका हुन्।

१२ प्रतिशतभन्दा बढी व्याज दिन नसकिने भन्दै एक वर्षअघि भद्र सहमति गरेका उनीहरुले अप्रत्यक्ष रुपमा व्याज बढी दिने गरी सम्झौता गरेको स्रोतले बतायो।
संस्थागत र ठूला बचतकर्ताले मुद्धती खातामा राखेको निक्षेपको ब्याज बैंकहरुले मासिक रुपमा नै भुक्तानी दिन थालेका छन्। पहिले निक्षेपको अवधि पुगेपछि मात्र व्याज भुक्तानी हुन्थ्यो। अहिले तीन महिना हुँदै एक महिनामा झारिएको छ, मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले भने।

राष्ट्र बैंककै ब्याज महँगो

सुदर्शन सापकोटा
काठमाडौं, वैशाख १२
उत्पादनमूलक क्षेत्रमा कम ब्याज लिएर कर्जा लगानी गर्नुपर्ने बताउँदै आएको राष्ट्र बैंकले भने बैंक तथा वित्तीय संस्थालाई करिब १५ प्रतिशतसम्म ब्याजमा लगानी गर्ने गरेको छ।
राष्ट्र बैंकले पछिल्लो समय सबैभन्दा थोरै ब्याजमा माछापुच्छ्रे बैंकलाई ११ दशमलव ३२ प्रतिशतमा निक्षेप दिएको छ।
'बोलकबोलमार्फत निक्षेपको ब्याजदर तय भएको हो,' राष्ट्र बैंकका एक अधिकारीले भने, 'राष्ट्र बैंकको निक्षेप पाइने मोहमा उनीहरुले नै महँगो दर राखेर दरखास्त दिएकाले ब्याज माथि देखिएको हो।' उनका अनुसार राष्ट्र बैंकले महँगोलाई छाडेर सस्तो दरमा प्रस्ताव गर्नेलाई निक्षेप दिँदा व्यावसायिक नदेखिने हुँदा महँगोमा आउनेलाई दिनुपरेको जानकरी दिए। 'सस्तोमा दिँदा अख्तियार आकर्षित हुन्छ,' ती अधिकारीले भने, 'त्यही भएर महँगोलाई दिनु बाध्यता पनि हो।'

६ प्रतिशतभन्दा वढी वोनस वाँड्न नपाउने

नागरिक संवाददाता
काठमाडौं बैशाख ८
वढीमा ६ प्रतिशतभन्दा वढी वोनस वाँड्न नपाउने बिमा समितिले दिएको निर्देशन कार्यान्वयन गर्दा बिमा गर्ने सर्वसाधारणलाई सवैभन्दा वढी मर्का पर्ने भन्दै कम्पनीहरुले यसलाई पुनरावलोकन गर्न माग गरेका छन् । अहिले कतिपय कम्पनीले सात प्रतिशतभन्दा माथि वोनस वाड्दै आएका छन् ।
एक साताअघि समितिले बिमाङकीय मूल्यांकन गर्दा जुन वर्ष कम दरमा प्रतिफल कायम हुन्छ त्यो वा ६ प्रतिशतमध्ये जुन कम हुन्छ त्यो भन्दा वढी वोनस वाड्न नपाउने निर्देशन दिएको थियो । कम्पनीहरुले बिमाङकीय मूल्यांकन प्रत्येक तीन वर्षमा गराउँछन् ।

राष्ट्र बैंक हडताल तोड्न कर्मचारीलाई थप सुविधा

सुदर्शन सापकोटा
काठमाडौं, वैशाख ८
राष्ट्र बैंकले निजामती तथा सार्वजनिक संस्थानका कर्मचारीले भन्दा बढी तलबसुविधा पाउँदै आएका आफ्ना कर्मचारीलाई एक प्रतिशत ब्याजमा एकमुष्ठ १२ लाख रुपैयाँ अतिरिक्त कर्जा सुविधा थप्न लागेको छ।
चल्तीको ब्याजभन्दा निकै कममा अतिरिक्त कर्जा सुविधा दिनेबारे बैंक व्यवस्थापनले करिब एक साताअघि कर्मचारी युनियनहरूसँग सम्झौता गरेको थियो। बजारमा कर्जाको ब्याजदर १५ प्रतिशतभन्दा बढी छ। सम्झौतामा कर्जा सापटीअन्तर्गत सुविधा दिने भनिए पनि प्रयोजन खुलाइएको छैन। कर्मचारी सुविधा वृद्धिलाई लिएर राष्ट्र बैंकका तीन कर्मचारी युनियन चार महिनादेखि हड्ताल गरिरहेका थिए।
‘चार महिनादेखि काम गर्ने अवस्था थिएन,' डेपुटी गभर्नर महाप्रसाद अधिकारीले बुधबार नागरिकसँग भने, ‘त्यसैलाई सुल्झाउन ऋण दिने सम्झौता गरिएको हो।' राष्ट्र बैंक सञ्चालक समितिले पारित गरेपछि मात्र यो कार्यान्वयनमा आउने उनले जानकारी दिए। 

चिनिया मुद्रा वलियो हुँदा नेपाली बजारमा असर

सुदर्शन सापकोटा
काठमाडौं वैशाख ६
चिनिया मुद्रा युआन नेपाली रुपैयाँभन्दा निरन्तर वलियो हुँदै गएपछि व्यापार घाटा वढ्ने भएको छ । प्रत्येक वर्ष निर्यात घट्ने र आयात वढ्ने गरेकाले युआन वलियो भएर घाटा वढ्ने भएको हो ।
'चीनतर्फको आयात वढिरहेका बेला युआन वलियो भएर जाँदा यसको असर व्यापार घाटामा पर्छ,' अर्थशास्त्री चिरन्जिवी नेपालले मंगलबार नागरिकसँग भने, 'चीनिया वस्तुमा निर्भरता वढिरहेका बेला यसले मूल्य पनि वृद्धि हुन्छ ।'
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार चिनतर्फको आयात १९ प्रतिशतले वढेको छ । तर निर्यात भने साढे ४५ प्रतिशतले घटेको छ । माघसम्मको तथ्यांक अनुसार चीनबाट ३९ अर्ब २१ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको छ । यसअघि यो ३२ अर्ब ८५ करोड रुपैयाँ थियो । निर्यात १ अर्ब ८४ करोड रुपैयाँबाट घटेर १ अर्ब ८ करोड रुपैयाँमा सिमित भएको छ ।
पछिल्लो तीन महिनामा एक रुपैयाँ बराबार युआन १० रुपैयाँ ४ पैसाबाट वढेर ११ रुपैयाँ ९८ पैसासम्म पुगेकॊ छ । केही दिनयता सामान्य घटेर १० रुपैयाँ ९२ पैसा पुगेको छ । चार वर्षअघि यो जम्मा ६ रुपैयाँ थियो । युआनमा भएको वृद्धिसँगै चीनिया वस्तुको मूल्य नेपाली बजारमा वढेको छ । 

सामसुङ दक्षिण पश्चिम एसियामा नंबर एक


तीन उत्पादन बजारमा
सुदर्शन सापकोटा
नयाँ दिल्ली वैशाख ४
कोरियाली कम्पनी सामसुङले मोबाइ स्मार्ट फोन र ल्यापटप ल्याएको छ । दक्षिण पश्चिम एसियाली बजारका लागि कम्पनीले भारतको नयाँ दिल्लीमा एक भव्य समारोहका बिच विद्युतीय उपकरण सार्वजनिक गरेको हो ।
कम्पनीले सामसुङ ग्यालेक्सी एस टु सामसुङ ग्यालेक्सी स्मार्टफोन १०.१ र सामसुङ नोटवुक सेरिज ९ सार्वजनिक गरेको हो । 'हामी दक्षिण पश्चिम एसियाका उपभोक्ता माझा एक नम्बर विद्युतीय उपकरण सामग्री उत्पादक भइसकेका छौं,' मोवाइल फोन सार्वजनिक गर्दै सामसुङ इन्डियाका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत जेएस सिनले भने, 'नम्बर एक भए पनि हामी भविस्यमा नयाँ नयाँ उत्पादन ल्याउने क्रमलाई निरन्तरता नै दिइरहन्छौं ।'
सामसुङ इन्डियाका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत जेएस सिन
नयाँ मोवायल फोनलाई विशेष गरी फोटो खिच्नका लागि उत्कृष्ट भएको रुपमा प्रस्तुत गरिएको छ । यो फोनमा ८ मेगापिक्सेल क्यामेरा छ । जसमा एलइडी फ्ल्यास जडान गरिएको छ । यसबाट एक्सन व्युटी पानोरमा स्माइल सिङगल कार्टुनलगायतका सर्ट खिच्न सकिन्छ । फास्ट अपरेटिङ सिस्टम भएको फोनमा वाइफाइ ब्लुटुथ पनि छ । एमपी थि्र रहेको फोनमा ३।५ एमएमको इरा ज्याक स्पिकर स्टेरियो एफएम रेडियो र भ्वाइस रेकर्ड छ । अतिरिक्त १०।१ फ्ल्यास सपोर्ट टचस्क्रिृन १६ जिबी क्षमता भएको सेट नेपाली बजारमा भने करिव डेढ महिनाभित्र आउने सिनले जानकारी दिए ।

पाँच प्रतिशतमा माओवादीभित्रै विवाद


सुदर्शन सापकोटा
काठमाडौं चैत २६
व्यवसायीले बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयरमा पाँच प्रतिशतभन्दा वढी लगानी गर्न नपाउने माओवादी सभासद्ले प्रस्तावका बारेमा उनीहरुको आफ्नै दलभित्र विवाद देखिएको छ ।

व्यापारीको हातमा रहेको सेयर स्वामित्व आमजनतामा ल्याउनु पर्ने तर्क गर्दै हरि रोकासहितका माओवादी ८ सभासद्ले संसदको विधायन समितिमा छलफलका क्रममा रहेको बैंक तथा वित्तीय संस्थासम्वन्धि ऐनमा शंशोधन प्रस्ताव गरेका हुन् । सभासद्को प्रस्तावले सेयर बजार लगायत बैंकिङ क्षेत्रलाई नै दीर्घकालिन असर पर्ने तर्क गर्दै बैंकका अध्यक्ष तथा प्रमुख कार्यकारीले माओवादी अध्यक्ष पुस्पकमल दाहाललाई भेटेका छन् । बैंकस्रसँगको भेटमा दाहालले पार्टीको नीति पाँच प्रतिशतमा झार्ने नरहेको भन्दै ढुक्क भएर फर्कन आश्वासन दिएका थिए ।
'हाम्रो नीति बैंकहरुलाई समस्यामा पर्नु भन्ने छैन,' दाहालको भनाइ उदृत गर्दै एक बैंकका साचालकले भने, 'हरिजीले पनि राम्रै ठानेर प्रस्ताव गर्नु भएको हुनसक्छ । म उहाँलाई प्रस्ताव फिर्ता लिन सम्झाउँछु ।' रोकाले एक करोडभन्दा वढीको कारोवार गर्ने जोकोहीलाई व्यापारिको सुचीमा राख्नु प्रस्ताव सहित शंशोधन दर्ता गराएका हुन् ।

पाँच प्रतिशतको सीमाले सर्वसाधारणको बैंकमा पहुँच पुग्दैन : गभर्नर

काठमाडौं, चैत २४
राष्ट्र बैंकका गभर्नर युवराज खतिवडाले संस्थापक सेयरधनीले बैंक तथा वित्तीय संस्थामा पाँच प्रतिशतभन्दा बढी लगानी गर्न नपाउने व्यवस्था हुँदैमा सर्वसाधारणको बैंकिङ सेवामा पहुँच नबढ्ने बताएका छन्।
  उनले पुँजीमा आम सर्वसाधारणको सहभागिताका लागि पाँच प्रतिशतले केही सहयोग गरे पनि सेवामा पहुँच नपुग्ने बताए।

‘पाँच प्रतिशतले पुँजीमा सहभागिता बढाउला तर, कर्जा लिन र निक्षेप जम्मा गर्न पहुँच पुर्‍याउँदैन,' उनले विधायन उपसमितिमा छलफलमा रहेको बैंक तथा वित्तीय संस्था सम्वन्धि ऐनमा माओवादी सभासद्ले गरेको प्रस्तावमाथि टिप्पणी गर्दै भने, ‘नियामक निकाय र सरकारको चासो कति सर्वसाधारणले सेवा पाए भन्नेमा हुनुपर्छ।'

पाँच प्रतिशतको सीमा अव्यवहारिक

बाफियामा बैंक तथा वित्तीय संस्थाका संगठनहरुको सुझाव

सिइओको तलव तोक्ने जिम्मा राष्ट्र बैंक वा वोर्डलाई देउ
परियोजना धितोमा मात्र कर्जा दिदा जोखिम बढ्ने
छुट्टिएका दाजुभाइ साचालक हुन पाउनु पर्छ
स्वतन्त्र साचालकले निर्वाचनमा भाग लिन पाउनु नैसर्गिक अधिकार

सुदर्शन सापकोटा
काठमाडौं चैत २३

बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयरमा व्यापारीले पाँच प्रतिशतभन्दा बढी सेयर स्वामित्व लिन नपाउने विधायकहरुको शंसोधन प्रस्ताव अव्यवहारिक हुने सुझाव बैंकिङ क्षेत्रका संगठनहरुले दिएका छन् ।
संसदको विधायन उपसमितिमा छलफलमा रहेको बैंक तथा वित्तीय संस्था सम्वन्धि विधेयक वाफिया मा हरि रोका सहित माओवादी ८ सभासद्ले पाँच प्रतिशतको शंशोधन प्रस्ताव राखेपछि संगठनहरुले तर्कसहित यसो नगर्न सुझाव पठाएका हुन् । विद्यमान ऐनमा १५ प्रतिशतसम्म सेयर स्वामित्व लिन पाउने व्यवस्था छ ।

कर्जा-निक्षेप अनुपात सीमाले बैंकको लगानी बढ्न सकेन


चार महिनामा कर्जा ६ अर्बमात्र बढ्यो
सुदर्शन सापकोटा
काठमाडौं चैत २४

निक्षेपमा सुस्त सुधार भए पनि कर्जा-निक्षेप अनुपात सीमामा राख्नुपर्ने वाध्यताका कारण बैंकहरुले चार महिनादेखि लगानी रोकेका छन् ।
उनीहरुले गत वर्षजस्तो वर्षको अन्त्यमा ह्वात्तै निक्षेप बढ्ने अनुमानका आधारमा लगानी बढाउँदा कर्जा-निक्षेप अनुपात सीमाभन्दा माथि पुगेका कारण त्यसलाई सन्तुलनमा राख्न लगानी रोकेका हुन् ।
'कर्जा-निक्षेप अनुपात बढेकाले यसलाई सीमाभित्र ल्याउनुपर्ने वाध्यता छ,' डिसिबिएल बैंकका प्रमुख कार्यकारी अधिकृत सुधीर खत्रीले बिहीबार नागरिकसँग भने, 'लगानी वृद्धिको अनुपातमा निक्षेप नबढेकाले तरलता अभाव भएको छ । यसका कारण थप लगानी गर्नसक्ने अवस्था छैन ।' 
राष्ट्र बैंकका अनुसार यो सातासम्म वाणिज्य बैंकहरुले ६ खर्ब ४३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । कर्जा प्रवाह पनि ५ खर्ब १२ अर्ब रुपैयाँ भएको छ । गत असार मसान्तमा निक्षेप ६ खर्ब ३१ अर्ब रुपैयाँ थियो । असोज मसान्तमा घटेर ६ खर्ब १९ अर्ब पुगेको निक्षेप पुस मसान्तमा केही सुधार भएर ६ खर्ब २३ अर्ब हुँदै ६ खर्ब ४३ अर्ब पुगेको हो । दुई साताअघि पनि निक्षेप ६ खर्ब ३३ अर्बमा सीमित थियो ।

-बैंक गाभिने नीति तयार-

स्वेच्छिक मर्जरमा जान पाउने
सानो अर्थतन्त्र भएको 
मुलुकमा धेरै बैंक हुँदा 
समस्या हुन्छ- राष्ट्र बैंक अधिकारी
सुदर्शन सापकोटा
काठमाडौं चैत २२
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था एक आपसमा गाभिने मर्ज नीतिको मस्यौदा तयार पारेको छ । बलजफ्ती मर्जरको कुरा उठिरहेका बेला राष्ट्र बैंकले स्वेच्छिक मर्जरमा जान सक्ने नीति तयार पारेको हो ।
'बलजफ्ती मर्जरको पक्षमा नीति छैन,' राष्ट्र बैंकका एक अधिकारीले भने, 'स्वेच्छिक मर्जरबाटै प्रेरित गरिनेछ । बलजफ्ती नीति लिँदा यसबाट अर्थतन्त्रमा अस्थिरता आउने देखियो ।'

राष्ट्र बैंकले चालु वर्षको मौदि्रक नीतिमार्फत वित्तीय स्थायित्वका लागि बैंक तथा वित्तीय संस्थाको मर्जर आवश्यक भन्दै यसलाई प्रोत्साहन गर्ने भनेको थियो । नीतिमा संख्यात्मक वृद्धिभन्दा गुणात्मक क्षमता अभिवृि¢ गरी वित्तीय स्थायित्व र कुशल वित्तीय सेवा सुनिश्चित गर्न वित्तीय संस्था एकआपसमा गाभ्ने वा गाभिने कार्यलाई प्रोत्साहित गरिने उल्लेख छ ।
'हदैसम्म लचकता अपनाएर नीति तयार पारिएको छ,' केन्द्रीय बैंकका एक अधिकारीले भने, 'एकल ग्राहक कर्जा सीमा विपन्न वर्गमा प्रवाह गर्नुपर्ने कर्जा खराब ऋणको लागि व्यवस्था न्यूनतम पुँजी कोषको स्तरलगायतमा सुविधा दिइएको छ ।' चालु वर्षको बजेटले पनि मर्जरमा जाने कम्पनीलाई पुँजीगत लाभकर हटाउने व्यवस्था गरेको छ ।
केन्द्रीय बैंकका एक अधिकारीले कम्पनी ऐनका कारण 'एक्विजिसन' मा जान नसकिएकाले मर्जरमा धेरै सुविधा दिन खोजिएको बताए । उनले अनिवार्य नगद अनुपात सिआरआर बाहेक राष्ट्र बैंकले अधिकांश विषयमा छुट दिएको छ ।

७ करोड फिर्ता गराउन राष्ट्र बैंकले मुद्दा दायर गर्ने

काठमाडौं चैत १७
राष्ट्र बैंकले आफ्नो खाताबाट अमेरिकाको चेज बैंकले एकतर्फी कट्टा गरेको १० लाख डलर फिर्ता लिन त्यहाँको अदालतमा मुद्दा हाल्ने भएको छ ।
बैंकले यसका लागि बिहीबार अमेरिकास्थित क्षेत्री एन्ड एसोसिएट ल फर्मलाई वकिल नियुक्ती गरेको स्रोतले बतायो ।
चेज बैंकमार्फत् नेपाल भित्रिएको उक्त परिमाणको रकमलाई अवैध भन्दै राजस्व अनुसन्धान विभागले रोक्का गरेकामा अमेरिकी बैंकले करिब तीन साताअघि राष्ट्र बैंकको खाताबाट पैसा काटेको थियो ।
राष्ट्र बैंकको खाताबाट थुतेको पैसा विरुद्ध यो मुद्दा खारेज गर्न कानुनी लडाइ लड्न कदम चालिएको राष्ट्र बैंक स्रोतले जानकारी दियो । डिस्ट्रिक कोर्ट फर साउथर्न डिस्ट्रिक अफ न्युयोर्कले पैसा फिर्ता नगर्न फैसला गरेको थियो ।

विभागीय प्रमुखमार्फत अर्थमन्त्रीको खन्डन


काठमाडौं चैत १७
भरतमोहन अधिकारी

नक्कली भ्याट विल सरुवा क्यासिनो र युनिटिमा आफूले अनावश्यक दवाव दिएर सचिव रामेश्वर खनालले राजिनामा दिएको भन्ने आरोपको उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीले सम्बन्धित विभागका प्रमुखमार्फत खन्डन गराएका छन् ।

उनले मन्त्रालयमा आकस्मिक पत्रकार सम्मेलन डाकी खनाललाई काममा दवाव दिएर राजिनामा गर्न वाध्य नपारेको भन्दै यसबारेमा विभाग प्रमुखलाई बोल्न समय दिएका थिए । सम्मेलनमा विभाग प्रमुखहरुले अर्थमन्त्रीबाट कुनै किसिमको दवाव नपरेको स्पष्टीकरण दिएका थिए ।
'रामेश्वरजीले नै पत्रिकामार्फत भनिसक्नु भयो मन्त्रीज्युबाट कुनै दवाव आएको छैन भनेर,' अर्थमन्त्री अधिकारीले भने, 'म सुरुदेखि नै नक्कली भ्याट विलको कारवाहीलाई निरन्तरता दिनुपर्छ भन्ने पक्षमा छु । अन्य कुरामा पनि मेरो सहयोग हुन्छ भनेको थिए । अब मैले कसरी दवाव दिएको हुन्छ ।'
उनले पत्रकार सम्मेलन सुरु भएको दुई मिनेट आफ्नो कुरा राखेपछि वास्तविकता के हो भनेर विभागिय प्रमुखहरुलाई बोल्न लगाए ।
रामेश्वर खनाल

'मन्त्रीज्यु आएपछिको पहिलो निर्देशन नै नक्कली भ्याट विलको कारवाहीलाई अगाडि बढाउनु भन्ने थियो,'  राजश्व अनुसन्धान विभागका महानिर्देशक सान्तबहादुर श्रेष्ठले भने, 'उहाँको निर्देशनपछि कारवाहीले निरन्तरता पाएको छ । मैले उहाँबाट कुनै दवाव पाएको छैन ।' उनले अधिकारी आएपछि थानकोटमा नै चेक जाँचको कारवाही गर्न उपसचिवको नेतृत्वमा काम भइरहेको जानकारी दिए । 'सुरुमा वरुण वेभरेजबाट भएको कारवाही अहिले एटिएम मेसिन मगाएर जडान गर्नेहरुसम्म पुगेको छ,' उनले भने, 'यो काम मंगलबारै भएको हो ।'
आन्तरिक राजश्व विभागका महानिर्देशक राजन खनालले अहिले अगाडि बढेको कारवाहीलाई कुनै हालतमा पनि रोक्न हुँदैन भनेर मन्त्रीज्युबाट प्रस्ट निर्देशन आएको भन्दै कुनै दवाव झेल्नु नपरेको बताए । 'नक्कली भ्याट विलमाथिको कारवाही मेरो नेतृत्वको निकायले गरेकाले सबैभन्दा बढी दवाव मलाई पर्नुपर्ने हो,' उनले भने, 'तर मैले त अहिलेसम्म त्यस्तो महशुस गरेको छैन ।' उनले मंगलबार मात्रै पनि भ्याट विल दुरुपयोग गर्नेहरुलाई बोलाएर बयान लिएको जानकारी दिए ।

युनाइटेडका अध्यक्ष र साचालक वर्खास्त

काठमाडौं चैत १६
राष्ट्र बैंकले युनाइटेड विकास बैंकका कार्यकारी अध्यक्ष र साचालकलाई पदबाट वर्खास्त गरेको छ । गन फागुनमा नै बैंकिङ कसुर ऐन अनुसार कारवाही गर्न प्रहरीलाई अनुरोध गरेपनि उनीहरु कार्यालय आएर काम कारवाहीमा प्रत्यक्ष सम्लग्न भएपछि बुधबार वर्खास्त गरेको हो ।
'प्रहरीलाई पक्राउन गर्न पुनः पत्र पठाएका छौं,' केन्द्रिय बैंकका एक अधिकारीले वुधबार नागरिकसँग भने, 'उनीहरुले बैंकको काम कारवाहीमा दखल दिएर स्रोत दुरुपयोग गर्ने भएकाले वर्खास्त गरेका हौं ।' राष्ट्र बैंकले कार्यकारी अध्यक्ष रविन्द्रवहादुर िसंह र साचालक राधाकृष्ण अमात्यलाई वर्खास्त गरेको हो ।
केन्द्रिय बैंकले गत फागुनमा नै उनीहरुलाई कारवाहीका लागि सिफारिस गरिसकेको थियो । तर राष्ट्र बैंकको निर्देशन आलटाल गर्दै कार्यालयमा उपस्थित हुन थालेपछि उनीहरुलाई वर्खास्ति गरिएको हो । प्रहरीले पनि उनीहरुलाई पक्राउ गर्न सकेको छैन । राष्ट्र बैंकले युनाइटेडलाई समस्याग्रस्त घोषणा गर्दै कर्जा प्रवाह र निक्षेप संकलनमा रोक लगाइसकेको छ ।
गोर्खाले ऋण उठाउन थाल्यो

रुग्ण उद्योग पुनस्र्थापनाका लागि निर्देशन दिइने

काठमाडौं चैत १५
संसदको अर्थ समितिले रुग्ण उद्योगलाई पुनस्र्थापना गर्नका लागि उद्योग मन्त्रालयमा भएको रुग्ण उद्योग इकालाई तत्काल पुनसर्ंगठन गरी सरकारी स्तरमा उच्च स्तरीय समिति गठन गर्न निर्देशन दिने भएको छ । मंगलबार उपसमितिमा रुग्ण उद्योग सम्वन्धि छलफलको निस्कर्ष पूर्ण समितिमा लगेर निर्देशन दिन लागिएको हो ।
राष्ट्र बैंकले प्रस्ताव गरेअनुसार समितिलाई रुग्ण उद्योग घोषणा गर्ने त्यस्तो उद्योगको पुनस्र्थापना गराउनका लागि सरकारलगायत नियमनकारी निकायमा सुझाव पेस गर्ने कार्यदेश दिइने छ । अहिलेको औद्योगिक नीतिमा पनि रुग्ण उद्योगलाई सुविधा दिन समिति गठनको व्यवस्था गरिएको छ ।
राष्ट्र बैंकले दिएको सुझावमा पुनसर्ंगठित समितिमा उद्योग मन्त्रालय अर्थ मन्त्रालय राष्ट्र बैंक राष्ट्रिय योजना आयोग नेपाल उद्योग वाणिज्य महासंघ नेपाल बैंकस्र संघका प्रतिनिधि सम्मिलित गराउनु पर्ने उल्लेख छ ।

समस्यामा परेका संस्थालाई डिल गर्न कार्यादल

काठमाडौं चैत १४ 
राष्ट्र बैंकले समस्यामा परेका बैंक तथा वित्तीय संस्थालाई 'डिल' गर्न वेग्लै निकाय गठन गरेको छ । उसले वित्तीय संस्था रिजुलुसन कार्यादल स्थापना गर्दै समस्यामा परेका र भविस्यमा पर्न सक्ने संस्थाका सम्पूर्ण मुद्दा हेर्ने निकाय गठन गरेको हो ।
'समस्यामा परेका संस्थाका बारेमा अब कार्यादलबाटै शंवोधन हुन्छ,' राष्ट्र बैंकका डेपुटी गभर्नर महाप्रसाद अधिकारीले नागरिकसँग भने, 'यही निकायले पत्रकारलगायतसँग पनि ती संस्थाका बारेमा जानकारी गराउने काम गर्छ ।' पाँच जना सदस्य रहेको कार्यादलमा बैंकिङ वित्त कानुनलगायतका विभागका निर्देशकमध्ये वरिष्ठ एक प्रमुख हुनेछन् ।

सम्झनाका अध्यक्ष र कार्यकारीलाई पक्रन प्रहरीलाई अनुरोध


काठमाडौं चैत १४
राष्ट्र बैंकले सम्झना फाइनान्सका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतलाई पक्रनका लागि धुलिखेल प्रहरीलाई अनुरोध गरेको छ । ६ महिनाअघि नै बैंकिङ कसुर ऐन अनुसार कारवाहीका लागि सिफारिस गरेको राष्ट्र बैंकले फाइनान्सको नयाँ साचालक समितिले केही दिनअघि मात्र श्यामवहादुर श्रेष्ठलाई अध्यक्षमा र हिमवहादुर गुरुङलाई प्रमुख कार्यकारीमा पुनस्र्थापित गरेपछि अर्थमन्त्रालयलाई वोधार्थ दिँदै प्रहरीलाई पक्रन अनुरोध गरेको हो ।

राष्ट्र बैं्रकले निक्षेपकर्तालाई भुक्तानी गर्नु पर्ने रकम नगदमा नगरी फाइनान्समा रहेको धितो सिधै निक्षेपकर्ताको नाममा पास गरिदिएको आरोप लगाउँदै मोदप्रसाद त्रिपाठीलाई पनि कारवाही अनुरोध गरेको छ । बैंकले सोमबार उनलाई बैंकिङ कसुर ऐन अनुसार कारवाही चलाउन प्रहरीलाई अनुरोध गरेको हो ।
राष्ट्र बैंकले श्रेष्ठ गुरुङसहित वरिष्ठ प्रबन्धकद्वय सरोज बज्राचार्य र विजयमणी आचार्य तथा प्रविणकुमार खनाल र पवनकुमार खनाललाई यसअघि नै कारवाहीका लागि सिफारिस गरिसकेको छ ।