सन्जिव सुब्बा भन्छन-सुशासन नियामकले भनेर हुदैन

सन्जिव सुब्बा
प्रमुख कार्यकारी अधिकृत
नेसनल बैंकिङ ट्रेनिङ इिन्स्टच्युट
मानव संशाधन एचआर सम्मेलन कुन पृष्ठभूमिका गर्न खोज्नु भएको ?
नेपालमा मानव संशाधन एचआर को व्यवस्थित प्रयोग भर्खरै सुरु भएको छ । यो प्रत्यक्ष रुपमा उत्पादकत्व र वासलातको नाफासँग जोडिएको हुन्छ । एचआरलाई मानव पुँजी पनि भन्ने गरिन्छ । यो पुँजीलाई कसरी उत्पादकत्व र कार्यसम्पादनसँग जोडेर लैजाने भन्ने सम्मेलनको उद्देश्य हो । एचआरको असल प्रयोग भएमा संस्था बलियो र स्वस्थ हुन्छ । नाफामा वृद्धिका साथै सेयरधनीलाई पनि राम्रो आम्दानी गराउँछ । यही सन्दर्भमा सम्मेलन आयोजना गर्न लागिएको हो । सन १९९० देखि केही संस्थाले एचआरकॊ धारणामा काम पनि गरेका हुन । तर त्यो संगठित र क्षमता वृद्धि गर्न सघाउन पुर् याउने खालको भएन । अहिले पनि धेरै ठाउँमा प्रशासनले नै एचआर हेरिरहेका छन । एचआरको धारणा अवलम्बन उत्पादकत्व वृद्धि हुन्छ भन्ने बुझाउनलाई सम्मेलन गर्न लागिएको हो । सम्मेलनमा हामी एचआरसँग प्रत्यक्ष रुपमा सम्बन्धित विषयका बारेमा छलफल गछौं ।

१ खर्ब ९४ अर्ब निक्षेपको सुरक्षण

काठमाडौं माघ १४
निक्षेप तथा कर्जा सुरक्षण निगममा बिहीबार राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकले निक्षेपको सुरक्षण गराएका छन् । यससँगै निक्षेपको सुरक्षण ३१ वटै वाणिज्य बैंकको भएको छ । निगमका अनुसार ८५ विकास बैंक ७३ वटा फाइनान्स कम्पनी र २ लघुवित्त विकास बैंकले निक्षेप सुरक्षण गराएका छन् ।
निगमका महाप्रबन्धक भोलाप्रसाद शर्मा अधिकारीका अनुसार ७९ लाख निक्षेपकर्ताको बचतको सुरक्षण भएको छ । 'कुल १९१ बैंक तथा वित्तीय संस्थाको १ खर्ब ९४ अर्ब रुपैयाँ बराबरको निक्षेप सुरक्षण भएको छ,' उनले  नागरिकसँग भने । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई २ लाख रुपैयाँसम्मको निक्षेप सुरक्षण गराउन निर्देशन दिएको थियो ।
शर्माका अनुसार ३१ वाणिज्य बैंकको ५२ लाख निक्षेपकर्ताको बचत सुरक्षण भएको छ । वाणिज्य बैंकको १ सय ३४ अर्ब रुपैयाँ बराबरको निक्षेप सुरक्षण भएको हो । ८५ विकास बैंकको १० लाख निक्षेपकर्ताको २७ अर्ब ९७ करोडको निक्षेप सुरक्षण भएको उनले जानकारी दिए ।
निगममा ७३ फाइनान्स कम्पनीका ५ लाख ५२ हजार निक्षेपकर्ताको ३१ अर्ब रुपैयाँ बचतसमेत सुरक्षण भएको छ । २ लघुवित्त विकास बैंकका १ लाख ४२ हजार निक्षेपकर्ताको ४७ करोड २१ लाख रुपैयाँ बराबरको बचत सुरक्षण भएको शर्माले जानकारी दिए ।

प्रधानमन्त्री भन्छन् माओवादीले केही गर्दैन निर्धक्क भएर लगानी गर्नुस

काठमाडौं माघ १४
प्रधानमन्त्री वावुराम भट्टराईले सरकारले लिएको आर्थिक नीति नै माओवादीको नीति भएको भन्दै निर्धक्क भएर लगानी गर्न आग्रह गरेका छन् । उनले आर्थिक वृद्धि हासिल गर्न विदेशी तथा आन्तरिक पुँजी आवश्यक हुने भएकाले लगानीको सुरक्षा सरकारले गर्ने बताए ।
'माओवादीले स्वदेशी तथा विदेशी लगानीलाई जहिले प्रोत्साहन गर्ने छ,' वालुवाटार निवासमा आर्थिक पत्रकारहरुसँग उनले भने, 'विदेशी लगानी विना आर्थिक वृद्धि संभव पनि छैन ।' प्रधानमन्त्रीले माओवादी विदेशी लगानीको विरोधी छैन भन्ने सन्देश दिनसमेत भारतसँग विप्पा भएको दावी गरे ।
'सरकारमा मलाई पाटीले पठाएको हो । सरकारले अगाडि सारेको नीति नै पार्टीको नीति हो,' उनले भने । प्रधानमन्त्रीले पार्टीका सदस्यले दिएको भनाइ व्यक्तिगत भएको दावी गरे ।
'भारतसँग विप्पा हुनुमा विदेशी लगानी ल्याउन सुरक्षा महत्वपूर्ण भएकोले गरिएको हो,' उनले भने, 'चीन लगायत अरु मुलुकसँग पनि विप्पाको तयारी भइरहेको छ ।' प्रधानमन्त्री भट्टराईले विदेशी लगानीको लागि सुरक्षित गन्तब्यको रुपमा नेपाल विकसित हुँदै गएको बताउँदै विदेशी लगानीलाई पूर्ण सुरक्षाको ग्यारेन्टी दिइने प्रतिवद्धता समेत गरे ।

भिवोरमा राष्ट्र बैंकको निरिक्षण- पहिलेको अवस्थामा फर्किन पुँजी थप्नु पर्ने


सुदर्शन सापकोटा
काठमाडौं माघ १२
राष्ट्र बैंकले गरेको स्थलगत निरिक्षणले भिबोर विकास बैंकले अतिरिक्त पुँजी थपे मात्र पहिलेको अवस्थामा फर्किन सक्ने देखाएको छ । पुँजी वृद्धिपछि पनि सेयरधनीलाई प्रतिफल दिन केही वर्ष लाग्ने छ ।
'बलियो संस्थासँग मर्जर वा साझेदारीमा गएर वा आफैले पुँजी हालेमा मात्र बैंक पहिलेको अवस्थामा फर्किन सक्छ,' राष्ट्र बैंकका एक अधिकारीले निरीक्षणपछि आएको निष्कर्ष सुनाए, 'ऋणात्मक जगेडा कोष र घाटामा बैंक भएकाले लाभांश बाँड्ने अवस्थामा पुग्न केही वर्ष कुर्नै पर्छ ।'
मर्जर प्रकि्रयामा रहेकाले भिबोरको सेयर कारोबार नेपाल स्टक एक्सचेन्जमा रोक्का छ । कारोबार रोक्का हुनअघि भिबोरको प्रति सेयर मूल्य १ सय १२ रुपैयाँ थियो । भिबोरको ३९ प्रतिशत सेयर सर्वसाधारणमा छ ।

नेपाली व्यवसायी इन्टरपोलद्वारा पक्राउ

काठमाडौं, माघ १२-
 नेपाल र भारतमा ठगी गरेको अभियोगमा इन्टरपोलद्धारा रेडकर्नर नोटिस भएकी एक नेपाली व्यवसायीलाई थाइल्यान्ड प्रहरीले पक्राउ गरी नेपाल पठाइदिएको छ। एभ्को इन्टरनेसनलकी सञ्चालक विनिता प्रधानलाई थाई विमानबाट बुधबार मध्यान्ह काठमाडौं आउनसाथ नेपाल प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ। 
 प्रधान भारतको हुन्डाई कम्पनीको नेपालका लागि आधिकारिक डिलर एम्भोकी सञ्चालक हुन्। आफ्नो नाममा भारतमा रहेको सुहरित प्रालिमार्फत उनले हुन्डाईसँग कारोबार गर्दै आएकी थिइन्।
थाइल्यान्डमा लुकेर बसेको सूचनाको आधारमा भारतको इन्टरपोल डेस्कले बैंककको समकक्षी डेस्कलाई सूचना दिएको थियो। थाई इन्टरपोलले उनलाई पक्राउ गरी नेपाल पठाइन लागेको सूचना नेपालस्थित इन्टरपोल शाखालाई दिएको थियो।
इन्टरपोलले प्रधानविरुद्ध पुस २१ गते रेडकर्नर नोटिस जारी गरेको थियो। उनीविरुद्ध भारतमा आपराधिक विश्वासघात, ठगी, धोकाधडी र जालसाजी लगायतका पाँच वटा अभियोग छ।

लिलामी चढाइएका सेयरमा आकर्षण कम

सुदर्शन सापकोटा
काठमाडौं माघ १०
बैंक तथा वित्तीय संस्थाको सेयर नेपाल स्टक एक्सचेन्जमा कारोबार रोक्का भएर तत्काल नामसारी नहुने भएपछि यसमा व्यवहारिक कठिनाइ आएको छ । मर्जरका लागि राष्ट्र बैंकबाट सैद्धान्तिक स्वीकृति लिन बैंक तथा वित्तीय संस्थाले आफ्नो सेयर कारोबार रोक्का गर्नु पर्छ ।
'कारोबार रोक्का राखिएका कम्पनीको नामसारी हुदैन,' प्राइम बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरले भने, 'नामसारी नहुने भएपछि लगानीकर्ताको आकर्षण स्वत कम हुन्छ । लिलामीमा राखेको सेयर नामसारी गर्न सकिएको छैन ।'
प्राइमले माछापुच्छे्र बैंकको जगमोहन गौचनको १ लाख ७० हजार ८ सय ९३ किक्ता संस्थापक सेयर नामसारी गर्न सकेको छैन । माछापुच्छे्र स्टेन्डर्ड फाइनान्ससँग मर्जरमा जान तयार भएर बसेको छ ।
लिलामीमा राखेको सेयर राफसाफ नभएसम्म सेयर स्वामित्व कायम हुँदैन । सेयर स्वामित्व कायम नभइ मर्जरमा जान सकिन्न । नामसारी नहुँदा बैंकहरुलाई ऋण उठाउनसमेत अप्ठेरो भएको छ ।
मर्जर प्रकि्रयामा रहेको बिजिनेस डेभलपमेन्ट बैंकको सेयर नेपाल डेभलपमेन्ट एन्ड इम्प्लोइमेन्ट प्रमोसन बैंक एन्डेप ले बिक्री गर्न खोज्दा यस्तै समस्या आएको छ ।

बैंक ब्याज घट्न थाल्यो

सुदर्शन सापकोटा
काठमाडौं, माघ १०-
पैसा धेरै जम्मा हुँदा पनि लगानी गर्ने ठाउँ नपाएपछि बैंकहरुले ऋणको ब्याज घटाउन थालेका छन्। सबैभन्दा बढी अल्पकालीन ऋणको ब्याज घटाएका छन्। उनीहरुले उपभोक्तासँग प्रत्यक्ष जोडिने कार तथा घरको ब्याजसमेत घटाएका छन्।
'बैंकले नयाँ ऋणीलाई दिने ब्याजदर पुरानो अवस्थामा आइसकेको छ,' एनआइसी बैंकका प्रमुख कार्यकारी अधिकृत शशीन जोशीले सोमबार नागरिकसँग भने, 'पुराना ऋणीको पनि चाँडै पहिलोको अवस्थामा आउँछ।'
पुराना ऋणको प्रकृतिअनुसार पुनर्मूल्यांकन समयमा ब्याज घटाइने उनले बताए। बैंकहरुले प्रकृति अनुसार त्रैमासिक, अर्धवार्षिक र वार्षिक रुपमा ऋणको पुनर्मूल्यांकन गरी ब्याज थपघट गर्छन्। बैंकहरुले ब्याज घटाउन थाले पनि २ वर्षअघिको अवस्थामा भने आइपुगेको छैन।
पुसमा अग्रिम कर भुक्तानी गर्न ठूलो रकम बाहिरिएर पहिलेजस्तो तरलता अभाव हुने आशंकामा बैंकहरुले ऋण लगानी गरेका थिएनन्। निक्षेप बाहिरिने र कर्जा-निक्षेप अनुपात ८० प्रतिशतमा झार्नुपर्ने कारणले बैंकहरुले ब्याज घटाइरहेका थिएनन्।

घरजग्गा ब्याज असुलीमा सुधार

- सरकारले सुधारको प्याकेज ल्याउने अनुमान
- बैंकरहरुबाट ब्याज र किस्ता तिर्न थप कर्जा 
- लिलामीमा नाम निस्कने डर

काठमाडौं माघ २
बैंक तथा वित्तीय संस्थाहरुले कर्जा नतिर्ने ऋणीको घरजग्गा लिलामी गर्न सूचना निकालेपछि ऋण असुलीमा सकारात्मक प्रभाव परेको छ ।
बैंकरहरुले घरजग्गामा दिएको ऋणमध्ये पुसमा धेरैले किस्ता र ब्याज तिरेको बताएका छन् । 'कर्जाको ब्याज र किस्ता नतिर्नेहरुको नाम सार्वजनिक हुन थालेपछि धेरै सर्वसाधारण र व्यवसायीले ब्याज र किस्ता तिरेका छन्,' एक बैंकरले मंगलबार नागरिकसँग भने, 'कतिपय व्यवसायी र सर्वसाधारणले सरकारले केही राहत दिन्छ भन्ने आशामा पैसा भएर पनि नतिरी बसेका थिए ।'
ती बैंकरका अनुसार सरकारले घरजग्गा व्यवसायका लागि केही रुपमा नीतिगत सुविधा मात्र दिएको छ । धेरैजसो बैंक तथा वित्तीय संस्थाले कर्जा नतिर्नेका तस्बिरसहित नाम सार्वजनिक गर्न थालेपछि पैसा हुने र जोहो गर्न सक्नेहरुले तिरेको उनी बताउँछन् । जोहो गर्न नसक्नेलाई बैंकहरुले ब्याज र किस्ता तिर्न थप कर्जा दिएका थिए ।
अर्कोतिर सरकारले घरजग्गा व्यवसाय उकास्न प्याकेज ल्याउने घोषणा गरेपछि कारोबार सुधार हुने अपेक्षाले पनि ऋणको ब्याज भुक्तानी गरिएको हो ।

ब्याज घटाउने तीन उपाय

 सुदर्शन सापकोटा 
mail@sudarshansapkota.com.np
 महँगो भएको कारण देखाएर सरकार र राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई ऋणको ब्याज दर घटाउन दबाब दिइरहेका छन्। सोझै निर्देशन दिन नमिल्ने भएकाले अर्थमन्त्री वर्षमान पुन र राष्ट्र बैंकका गभर्नर युवराज खतिवडाले बेग्लाबेग्लै बोलाएर घटाउन अप्रत्यक्ष दबाब दिए। ब्याज महँगो भएर नयाँ ऋण नगएको, पुरानोलाई पनि तिर्न समस्या भएको भन्दै व्यवसायीले गुनासो गर्न थालेपछि बैंकहरूमाथि दबाब परेको हो। 
 बैंकहरू भने महँगोमा पैसा लिइएकाले अहिले घटाउन नसक्ने तर्क दिइरहेका हुन्छन्। कम्तीमा एक वर्षका लागि महँगो ब्याज तिरेर निक्षेप उठाएकाले तत्काल घटाउँदा बैंकहरू समस्यामा पर्ने उनीहरूको तर्क छ। विस्तारै सस्तो दरमा पैसा पाइन थालेपछि पुँजीको लागत कम भएपछि ऋणको ब्याज घटाउन सकिने अडानमा बैंकरहरू छन्।
राज्य पक्ष ब्याज घटाउन दबाब दिने र बैंकहरू वाध्यता देखाएर घटाउन नमान्ने! यसरी त समाधान निस्कँदैन। राष्ट्र बैंक र बैंकरले चाहे अहिलेकै अवस्थामा पनि ब्याज घटाउन नसकिने भने होइन। ब्याज दर घटाउने तीन उपाय छन्।
पहिलो, अहिले बैंकहरूले चालु खाताजस्तै माग्ने बित्तिकै पैसा फिर्ता गर्नुपर्ने कल डिपोजिट खाता सञ्चालन गरिरहेका छन्। चालु खातामा हुने सबै विशेषता भएको कल डिपोजिट खातामा ब्याज दिनुपर्छ। बैंक तथा वित्तीय संस्थाहरूमा ठूला निक्षेपकर्ताबाट पैसा ल्याउन प्रतिस्पर्धा हुन थालेपछि चार वर्ष पहिलेदेखि ब्याज दिने गरी कल डिपोजिट खाता सञ्चालनमा आएको हो। यस्तो खातामा खासगरी तलब भत्ता बाँड्ने, दैनिक कार्यालय तथा प्रशासन सञ्चालनका लागि लाग्ने खर्च गर्ने पैसा राखिन्छ। यस्तो खातामा बैंक तथा वित्तीय संस्थाहरूले १० प्रतिशतसम्म ब्याज दिँदै आएका छन्। राष्ट्र बैंकले नै यस्तो खातामा पैसा राखेर ब्याज आम्दानी गरिरहेको छ।

वृहत्त लगानी क्षेत्र राष्ट्र बैंकले दिन्छ : गभर्नर

  • खाद्यान्न मूल्य घट्छ 
  •  सेयर बजार सुधार हुने
काठमाडौं माघ २
राष्ट्र बैंकका गभर्नर युवराज खतिवडाले बैंकिङ क्षेत्रमा कर्जा संकट भएको तथ्यांक प्रस्तुत गर्दै यसको समाधानका लागि वृहत्त क्षेत्र पहिचान गरी बैंकहरुलाई दिइने तयारी भइरहेको बताएका छन् । उनले असारयता वाणिज्य बैंकहरुमा निक्षेप ६३ अर्ब वढे पनि लगानी जम्मा २५ अर्ब मात्र हुन सकेको बताए ।
युवराज खतिवडा
गभर्नर
राष्ट्र बैंक
गभर्नरले कर्जा लगानी नभएका बेला क्रेडिट क्रन्च पहिचान भएको वृहत्त क्षेत्रमा लगानी विस्तार गरेर जाँदा आर्थिक वृद्धि हासिल गर्नसमेत सघाउ पुग्ने बताए । 'वृहत्त क्षेत्र पहिचान गरेर दिने तयारीमा छौं,' आर्थिक पत्रकार समाज सेजन सँगको अन्तक्रृया कार्यक्रममा सोमबार गभर्नरले भने, 'बैंकहरुले राष्ट्र बैंकले दिएको क्षेत्रमा लगानी विस्तार गरे आर्थिक वृद्धि हासिल गर्न सहज हुने छ ।'
खतिवडाले बैंकहरुसँग तीन वर्षमा उत्पादनमूलक क्षेत्रमा लगानी दोब्बर बनाउने रणनीति तयार पार्न निर्देशन दिएको भन्दै योजना सफल भए उत्पादनमूलक क्षेत्रमा २० प्रतिशत लगानी पुग्ने जानकारी दिए । उनले कृषि साना तथा मझौला उद्योग पर्यटनलगायतका क्षेत्रमा लगानी विस्तारको योजना माग गरिएको बताए ।

राजनिसंह भन्डारी भन्छन् राम्रो योजना आए व्याज घटाएर लगानी गर्न सकिन्छ

अहिले घरजग्गा क्षेत्रमा गएको ऋण उठ्न छाडेको हो ?
राजनिसंह भन्डारी
प्रमुख कार्यकारी अधिकृत
सिटिजन्स बैंक इन्टरनेसनल
उद्योगी व्यवसायीले असहज महशुस गरेका छन् । बैंकहरुलाई पनि ब्याज र किस्ता उठाउन समस्या भएको छ । पैसा सजिलै उठिरहेको छैन । यसले गर्दा विगतको भन्दा बैंकहरुको खराव कर्जा र सम्भावित नोक्सानी व्यवस्थामा राख्नु पर्ने रकम वढेको छ ।
समाधान कसरी गर्न सकिन्छ ?
समस्याको समाधान नेपाल राष्ट्र बैंक र नेपाल बैंकस्र संघले संयुक्त रुपमा मिलेर गर्न सक्छन् । संघले राखेको मागहरु पनि विस्तारै पुरा भइरहेको छ । गत असोजमा व्याज भुक्तानी गर्ने समय एक महिना थप गरिएको थियो । अहिले पनि रियलस्टेट कर्जाको सीमा २५ प्रतिशतमा झार्नु पर्ने व्यवस्थालाई एक वर्ष वढाएर २०७० पुर् याइयो । अन्य माग पनि विस्तारै पुरा हुन्छन् ।

राष्ट्रि वाणिज्य बैंकका सिइओ भन्छन्-ऋण नतिरे पासपोर्ट खोस्न थाल्छौं

वित्तीय क्षेत्र सुधार कार्यक्रमपछि बैंकले नयाँ गति लिएको छ । तर सम्पूर्ण रुपमा सुधार भइसकेको छैन । थप सुधारका लागि तपाईका योजना के छन् ?
कृष्णप्रसाद शर्मा 
प्रमुख कार्यकारी अधिकृत 
राष्ट्रिय वाणिज्य बैंक
 सुधार कार्यक्रमबाट बैंकलाई धेरै नै उपलब्धि भएको छ । यसलाई निरन्तरता दिएर जान्छौं । जनताको अपेक्षाअनुसार चल्नुपर्ने देखिएको छ । जनविश्वास धेरै भएको बैंक भए पनि त्यही अनुसारको सेवा र सुविधा छैन भन्ने गुनासो छ । ग्राहक सुविधा बढाउने छौं ।

व्यवसाय पनि विस्तार गर्न आवश्यक छ । व्यवसाय विस्तार नगर्ने हो भने बैंकको खर्च धान्न गाह्रो छ । अन्य प्रतिस्पर्धी बैंकको तुलनामा राष्ट्रिय वाणिज्य बैंकको प्रशासनिक खर्च चार गुणाभन्दा बढी छ । यसलाई घटाउनु पर्ने हुन्छ ।
 

राष्ट्रिय वाणिज्य बैंकले पेन्सन र भत्ता रेमिटेन्सजस्तै गाउँमै बाँड्ने

सुदर्शन सापकोटा
काठमाडौं, पुस २६
सबैभन्दा बढी शाखा सञ्जाल रहेको राष्ट्रिय वाणिज्य बैंकले निजामती कर्मचारीको पेन्सन र सामाजिक सुरक्षा भत्ता गाउँगाउँमा पुर्‍याउने भएको छ। बैंकले स्थानीय एजेन्ट नियुक्त गरी गाउँगाउँ गएर पैसा भुक्तानी गर्ने तयारी गरेको हो।
'ग्राहकलाई समय सुहाउँदो र आधुनिक बैंकिङ सेवा उपलब्ध गराउन गाउँगाउँ गएर सरकारी पेन्सन तथा अन्य भत्ता भुक्तानी गर्ने तयारीमा लागेका छौं,' बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण शर्माले नागरिकसँग भने 'भत्ता वितरणको जिम्मेवारी पाएको स्थानीय विकास मन्त्रालयले राष्ट्रिय वाणिज्य र नेपाल बैंकलाई यसको जिम्मा दिइसकेको छ।' अहिले यी दुवै बैंकमार्फत पेन्सन र जेष्ठ नागरिक, अपांग-असक्त, एकल महिला, लोपोन्मुखलगायतको भत्ता वितरण भइरहेको छ।
सरकारले उपलब्ध गराउने पेन्सन बैंकले १ सय ३३ शाखा कार्यालयमार्फत भुक्तानी दिँदै आएको छ। काठमाडौं उपत्यकालगायत अधिकांश जिल्ला सदरमुकाममा बैंकले सबै किसिमका भत्ता आफ्ना शाखामार्फत वितरण गरिरहेको छ। गाउँमा भने भत्ता पाउनेहरुले त्यो रकम गाविसमा गएर लिनुपर्छ।

ब्याज तिर्न बैंकले थप ऋण दिन थाले

सुदर्शन सापकोटा
काठमाडौं, पुस २५
सरकारले घरजग्गा कारोबार सुधार गर्न 'राहत प्याकेज' ल्याउने घोषणा गरेपछि बैंकहरुले ओभर ड्राफ्टमार्फत थप ऋण दिन थालेका छन्। बैंकहरुले व्यवसायीलाई ब्याज तिर्न सजिलो बनाउन ओभर ड्राफ्टमार्फत ऋण दिन थालेका हुन्। व्यवसायीले ब्याज तिरे बैंकहरुले पुसको हरहिसाब (वासलात) राम्रो देखाउन पाउने छन्। बैंकरहरुका अनुसार हिसाब राम्रो देखाउने उद्देश्यले थप ऋण दिइएको हो।
 प्रयोजन नखुलाई उपलब्ध हुने यस्तो ओभर ड्राफ्ट छोटो अवधिका लागि दिइन्छ।
सरकारले बिक्री नभएका अपार्टमेन्ट सेवा क्षेत्रमा लगाउने, उच्च कर्मचारीलाई अपार्टमेन्ट सुविधा दिने, १ करोडको घरजग्गा ऋणलाई रियलस्टेटको सीमाबाट हटाउने र रियलस्टेट कर्जा २५ प्रतिशतमा झार्नुपर्ने सीमा एक वर्ष बढाएर २०७० साल पुर्‍याउने निर्णय गरेको छ। यसको नीतिगत व्यवस्था राष्ट्र बैंकले गर्दैछ। सरकारी निर्णयपछि घरजग्गा कारोबारमा सुधार आएर सबै ऋण भुक्तानी हुने व्यवसायी र बैंकरको बुझाइ छ।

राष्ट्र बैंकले एकै समुहका वित्तीय संस्था जवरजस्ती मर्ज गराउने

निरन्तर एउटै परिवार र समुहले संस्था चलाइ रहन्छ भने त्यसलाई जवरजस्ती मर्ज गराउनु पर्ने हुन्छ । स्वेच्छिक मर्जरले काम नगरे मात्र जवरजस्ती गर्ने पक्षमा राष्ट्र बैंक छ ।
सुदर्शन सापकोटा
काठमाडौं पुस २३
एकाघर परिवार र समुहले चलाएको दुईभन्दा वढी संस्था स्वेच्छिक रुपमा नगाभिए राष्ट्र बैंकले जवरजस्ती मर्ज गराउने भएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष आइएमएफ ले बैंक तथा वित्तीय संस्थाको संख्या धेरै भएको बताइ रहेका बेला राष्ट्र बैंकले एकाघर परिवार र समुहले चलाएको संस्था मर्ज गराउने भएको हो ।
'कयौं बैंक तथा वित्तीय संस्थामा एउटै परिवार समुहको लगानी छ,' राष्ट्र बैंकका डेपुटी गभर्नर महाप्रसाद अधिकरीले नागरिकसँग भने, 'निरन्तर एउटै परिवार र समुहले संस्था चलाइ रहन्छ भने त्यसलाई जवरजस्ती मर्ज गराउनु पर्ने हुन्छ ।' उनले स्वेच्छिक मर्जरले काम नगरे मात्र जवरजस्ती गराउने जानकारी दिए ।
एनएमबी बैंक र क्लियन इनर्जी डेभलपमेन्ट बैंक एनआइसी बेंक र बैंक अफ एसिया नेपाल नेपाल बंगलादेश र नेपाल क्रेडिट एन्ड कमस्र ग्लोबल बैंक आइएमइ फाइना_िन्सयल इ_िन्स्ममटच्युसन र प्रभु फाइनान्स हिमालयन र लक्ष्मी बैंक सिटिजन्स् बैंक सिद्धार्थ विकास बैंक रिलायवल फाइनान्स र फेवा फाइनान्सलगायत अधिकांस बैंक तथा वित्तीय संस्थामा एकाघर परिवार र समुहको लगानी छ ।

प्लास्टिक नोट अनियमितता : पाण्डे दाजुभाइको बैंक खातामाथि निगरानी

काठमाडौं, पुस २३ 
नेपालका लागि प्लास्टिक नोट छाप्ने ठेक्का लिएको नोट प्रिन्टिङ अस्ट्रेलिया रिजर्भ बैंक अफ अस्ट्रेलियाका स्थानीय एजेन्ट हिमालयबहादुर पाँडे र उनका भाइ पृथ्वीबहादुर पाँडेको बैंक खाता बारे राष्ट्र बैंकले अनुसन्धान थालेको छ।
राष्ट्र बैंकका एक उच्च अधिकारीले अख्तियार दूरुपयोग अनुसन्धान आयोगको आग्रहमा राष्ट्र बैंकले उनीहरुको बैंक खाताको अवस्थाबारे सबै बैकसँग जानकारी माग गरेको हो।
हिमालयबहादुर पाँडे
गत साउनमा नेपालका लागि प्लास्टिक नोट छाप्ने ठेक्का लिन नोट प्रिन्टिङ अस्ट्रेलियाले आफ्ना स्थानीय एजेन्ट हिमालयबहादुर पाँडेका माध्यमबाट 'आर्थिक लेनदेन गरेको' सिड्नी मर्निङ हेराल्डले खुलासा गरेको थियो। त्यसपछि अख्तियारले प्लास्टिक नोट छपाइमा भएको लेनदेनबारे अनुसन्धान सुरु गरेको छ।
सन् २००२ सेप्टेम्बर ३० देखि स्थानीय बजारमा चलेका प्लास्टिकको नोटमा अनियमितता भएको भनिएको छ। अख्तियारको आदेशमा राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थालाई यसै साता औपचारिक पत्र लेखि दुई पाण्डेको खाताको रकम बारेमा यथाशिघ्र जानकारी गराउन निर्देशन दिएको हो।
राष्ट्र बैंकले करिब दस वर्षअघि ५० करोड रुपैयाँ बराबरका दसका नोट छाप्न अस्ट्रेलियाको सरकारी मुद्रण विभाग (नोट प्रिन्टिङ अस्ट्रेलिया) लाई ठेक्का दिएको थियो।
उक्त छपाइमा अनियमितता भएको र त्यसमा राष्ट्र बैंकका तत्कालीन अधिकारी तथा मन्त्रिपरिषद् सदस्यसमेत संलग्न रहेको भन्ने अस्ट्रेलियाली केन्द्रीय बैंकको अनुसन्धान प्रतिवेदनले देखाएको छ।
पृथ्वीबहादुर पाँडे
'दी सिड्नी मर्निङ हेराल्ड'ले रिजर्भ बैंक अफ अस्ट्रेलिया (केन्द्रीय बैंक) सम्बद्ध स्रोत र अनुसन्धान प्रतिवेदनलाई उद्धृत गर्दै छापेको समाचारका आधारमा अख्तियारले अनुसन्धान गरिरहेकाले सहयोग गरिएको राष्ट्र बैंक स्रोतले जानकारी दियो। प्लास्टिक नोट छपाइमा भएको यो अनियमिततालाई पत्रिकाले 'अस्ट्रेलियाको इतिहासतमै सबभन्दा ठूलो घुसकाण्ड' भनेर चित्रण गरेको थियो।
पत्रिकाले मुद्रण कम्पनीले एजेन्टलाई दिएको कमिसनकै केही हिस्सा सम्बन्धित नेपाली अधिकारीहरूलाई घुस खुवाउन प्रयोग गरिएको आरोप छ लगाएको छ।

राष्ट्र बैंक र बैंकरको सम्बन्ध कसरी विगि्रँदैछ ?

- गभर्नर युवराज खतिवडाबाट केही महिनाअघिको एक छलफलमा समस्यासहितको प्रश्न राख्दा सवैका सामू एक बैंकर झपारिए
- खतिवडाले गभर्नर नियुक्त भएपछिको पहिलो मौदि्रक नीतिका बारेमा आफ्ना कुरा राख्न गएका बैंकरलाई 'मलाई सुझाव नदिनुस्' भनेर फर्काए
सुदर्शन सापकोटा
काठमाडौं पुस १७
उत्पादनमूलक क्षेत्रमा लगानी वढाउन र व्याज घटाउने बारेमा छलफलका लागि राष्ट्र बैंकले वोलाउँदा मुस्किलले ६ जना बैंकरले आफ्ना कुरा राखे ।
यही विषयमा अर्थमन्त्री वर्षमान पुनले छलफलमा वोलाउँदा भने डेढ दर्जन बैंकरले आफ्ना कुरा खुलेर राखेका थिए ।
 राष्ट्र बैंकमा भएको छलफलमा धेरै कम बैंकरले मात्र कुरा राखेपछि गभर्नर युवराज खतिवडाले भने पनि, 'तपाईहरु सकि्रय रुपमा छलफलमा सहभागी हुनुस् । आफ्ना समस्या राख्नुस् । यहाँ भएको छलफल हामी पनि प्रेसमा लैजाँदैनौं र तपाईहरु पनि नलानुस् ।'
गभर्नरले वोल्नका लागि उक्साइ रहँदा ३१ वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत तथा महाप्रवन्धक सहभागी कार्यक्रममा जम्मा ६ जनाले कुरा राखेका थिए ।
बैंकरहरु छलफलमा सकि्रय सहभागी नभएको करिव एक वर्षयताको पछिल्लो घटना हो । यसले बैंकर र राष्ट्र बैंकबीचको दूरी वढ्दै गएको देखिन्छ ।
सबै जना सहभागी भएको छलफलमा कुनै कुरा रिाख्ने वित्तीकै 'टार्गेट' मा पर्न थालिएकाले राष्ट्र बैंकसँग वोल्न छाडेको बैंकरहरु बताउँछन् । 'वोलेको राष्ट्र बैंक नेतृत्वले नसुन्ने र पछि टार्गेट गर्ने गरिएको छ,' एक बैंकरले नागरिकसँग भने, 'वेकारमा वोलेर समस्यामा पर्नुभन्दा नवोल्दा नै ठिक हो ।' 

हिमालयनमा अध्यक्ष र प्रमुख कार्यकारी नयाँ आउने

सुदर्शन सापकोटा
काठमाडौं, पुस १९
हिमालयन बैंकको सञ्चालक समितिको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत फेरिने भएका छन्। अध्यक्षमा प्रेमप्रकाश खेतान आउने निश्चित भए पनि प्रमुख कार्यकारी अधिकृतको भने टुंगो लागेको छैन। आगामी वैंशाखबाट अहिलेका अध्यक्ष मनोजबहादुर श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत अशोक राणाको समयावधि सकिँदैछ।
वैशाखदेखि बैंकमा 
नयाँ कार्यकारी 
..........................
मनोजबहादुर श्रेष्ठ
अध्यक्ष
दुवैले दुई कार्यकाल बैंकको सञ्चालक समिति र व्यवस्थापनमा बिताइसकेका छन्। अध्यक्ष श्रेष्ठ र संस्थापक सेयरधनीसमेत रहेका प्रमुख कार्यकारी राणाको आपसी विवादका कारण नयाँ नेतृत्व आउन लागेको हो।
'आगामी वैशाखबाट अध्यक्ष, प्रमुख कार्यकारी नयाँ आउने पक्का भइसकेको छ,' श्रेष्ठले सोमबार नागरिकसँग भने, 'प्रमुख कार्यकारी अधिकृत छान्न शुक्रबार समिति गठन भइसकेको छ।'
बैंकमा राणा समूहको १२.७५ प्रतिशत सेयर छ। श्रेष्ठ समूहको २० प्रतिशत सेयर हिस्सा छ। श्रेष्ठ समूहले राणा समूहलाई 'बैंकको नाफाबाट लाभांश पनि लाने र जागिर पनि खाने' भन्दै अवधि सकिएपछि पुन प्रमुख कार्यकारी अधिकृतमा अशोक राणालाई राख्न नचाहेको हो। राणा समूहले दुई कार्यकालपछि श्रेष्ठले अध्यक्ष छाड्छु भनेर लिखित प्रतिवद्धता जनाएकाले प्रमुख कार्यकारीको पदमा अड्को थाप्न नहुने बताउँदै आएको छ।
श्रेष्ठले दुई कार्यकालपछि 
छाड्छु भन्नु भएकाले 
वैशाखपछि नयाँ अध्यक्ष 
.........................
अशोक राणा
प्रमुख कार्यकारी अधिकृत

'श्रेष्ठले दुई कार्यकालपछि छाड्छु भन्नु भएकाले उहाँ आगामी वैशाखपछि अध्यक्ष बस्नु हुन्न,' राणाले भने, 'प्रमुख कार्यकारीको पदबारे भने सञ्चालक समितिले निर्णय गर्ने छ।' स्रोतका अनुसार राणाले बैंकर्स संघको कार्यकालसम्मका लागि आफूलाई प्रमुख कार्यकारीका रुपमा छाडिदिन सञ्चालक समिति सदस्यसँग माग गरिरहेका छन्। उनी संघमा एक वर्षअघि अध्यक्ष अध्यक्ष निर्वाचित भएका थिए। उनको एक वर्ष कार्यकाल बाँकी छ।
बैंकको गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठको नेतृत्वमा संस्थापक सेयरधनी हबिब बैंक अफ पाकिस्तानका तर्फबाट अश्रफ एम वाथ्रा र खेतान सम्मिलित प्रमुख कार्यकारी छान्ने समिति बनाएको हो। 'समितिले प्रमुख कार्यकारी छान्ने मापदण्ड तयार पारिसकेको छैन,' श्रेष्ठले भने, 'मापदण्ड तयार पारेपछि छान्न सुरु गछार्ंै। वैशाखदेखि हिमालयन बैंकमा नयाँ प्रमुख कार्यकारी हुने छन्।' वैशाखपछि पाकिस्तानी सेयर सदस्य अश्रफ एम वाथ्राका ठाउँमा नयाँ सदस्य सञ्चालक समितिमा आउने उनले जानकारी दिए।
स्रोतका अनुसार राणाले आफूलाई प्रमुख कार्यकारी अधिकृतमा समय नथपे श्रेष्ठ पक्षबाट व्यवस्थापन सम्हाल्ने व्यक्ति ल्याउन नदिने बताएका छन्। राणाले आफ्नो मान्छे ल्याउन नहुने भन्दै स्वतन्त्र प्रमुख कार्यकारी ल्याउन दबाब दिएका थिए।

महाप्रसाद अधिकारी भन्छन् घरजग्गा समाधान व्यापारीले नै गर्न सक्छन्

रियलस्टेटमा गएको ऋणले पुसमा बैंकिङ क्षेत्रलाई ठूलो असर पर्छ भनेर बैंकरले भन्दै छन् । के छ अवस्था ?
रियलस्टेटले बैंकिङ क्षेत्रलाई केही न केही असर पर्ने अवस्था छ । अहिले बैंकिङ क्षेत्रको कुल कर्जाको १५/१६ प्रतिशत रियलस्टेटमा छ । यसको २५ प्रतिशत मात्रै नोक्सानी व्यवस्था गर्दा पनि १७/१८ अर्ब रुपैयाँ हुन्छ । जुन समग्र बैंकिङ प्रणालीको वार्षिक नाफाभन्दा वढी हो । सबै रियलस्टेट कर्जा समस्यामा जाँदा नाफा नहुने अवस्था आउन सक्छ । यसले गलत संन्देश जान सक्छ ।
महाप्रसाद अधिकारी
डेपुटी गभर्नर
नेपाल राष्ट्र बैंक
रियलस्टेट व्यापारीका कारण अहिलेको अवस्था आएको हो । रियलस्टेट स्थिर सम्पति हो तर यसलाई उनीहरुले चालु सम्पतिका रुपमा प्रयोग गरे । जुन सैद्धान्तिक रुपमा सन्सारभरी नै गलत हो । यसलाई वित्तीय प्रणालीले पनि वेलैमा शंवोधन गर्न सक्नु पर्थियो । बैंक तथा वित्तीय संस्थाले यसबाट हुने जोखिमलाई बेलैमा मूल्यांकन गर्न सकेनन् । मूल्य वढेर भइरहेको कारोबारले निरन्तरता पाइरहन्छ भन्ने हिसावले बैंकरले लिए । जसले गर्दा चाहिनेभन्दा वढी लगानी भयो । आकासिएको मूल्य एक ठाउँमा गएर रोकियो । व्यापारीले आफ्नो लक्षित ग्राहक पहिचान गर्न सकेनन् । मूल्य औषत ग्राहकले धान्नेभन्दा धेरै महँगो भयो । कारोबार हुन छाड्यो । जसले गर्दा नगद प्रवाह भएन । यसको असर ऋणको व्याज र किस्ता भुक्तानीमा देखियो ।
व्यापारीहरु त राष्ट्र बैंककॊ निर्देशनका कारणले समस्या आएको भन्छन् नि ?
रियलस्टेटमा गएको ऋण राष्ट्रिय समस्याका रुपमा आइसकेको छ । समस्या निराकरण गर्न राष्ट्र बैंकको २०६६ पुस २ गतेको निर्देशनले धेरै काम गरेको छ । निर्देशन नआएको भए ठूलो दुर्घटना भोग्नु पर्ने थियो । निर्देशनले गर्दा बैंक ऋण र मूल्यांकनमा एउटा सीमा कायम भयो । यसले बैंकहरु सचेत भए । वास्तवमा निर्देशनको सकारात्मक असर छ । यसले दुर्घटनाबाट जोगाएको छ । आरोप चाहे व्यापारीले लाउन् या बैंकरले घरजग्गा लगानी असिमित भएकै हो । यसले समस्या आएको हो ।

राष्ट्र बैंकले घरजग्गा ऋणको अध्ययन थाल्यो

सुदर्शन सापकोटा
काठमाडौं, पुस १७ -
नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूबाट घरजग्गामा गएको ऋणको वास्तविक अवस्था पत्ता लगाउन विस्तृत अध्ययन सुरु गरेको छ । घरजग्गा ऋणले पुसमा ठूलो समस्या निम्त्याउने चर्चा चलिरहेका बेला राष्ट्र बैंकले त्यसको 'स्टे्रस टेस्टिङ' सुरु गरेको हो।
दिएको ऋण उठेन, जोखिम बढ्यो, नोक्सानी व्यवस्थामा ठूलो रकम छुट्ट्याउनु पर्‍यो भने बैंकको 'समस्या' बढ्छ। कुन बैंकको समस्या कति छ भनेर जाँच्ने काम (स्टे्रस टेस्टिङ) राष्ट्र बैंकले पहिलो पटक प्रयोग गरेको हो। चालू वर्षको मौद्रिक नीतिमा स्टे्रस टेस्टिङ गरिने व्यवस्था छ।
'प्रत्येक बैंकले दिएको घरजग्गा ऋणको विशेष अध्ययन गरिरहेका छौं,' राष्ट्र बैंकका डेपुटी गभर्नर महाप्रसाद अधिकारीले नागरिकसँग भने, 'कुन बैंकले कुन वर्गमा कति लगानी गरेको छ भनेर विस्तृत हेरिरहेका छौं।' राष्ट्र बैंकले अध्ययनबाट आएको नतिजाअनुसार बैंकहरूसँग घरजग्गा कर्जाबारेमा निर्णय लिनेछ।