अन्तर बैंकभन्दा रिपोमा आकर्षण

सुदर्शन सापकोटा
काठमाडौं कात्तिक ११
अन्तर बैंक व्याजदर वढेपछि बैंक तथा वित्तीय संस्था राष्ट्र बैंकले टे्रजरीको धितोमा उपलब्ध गराउने ऋण रिपो मा आकर्षित हुनथालेका छन् । अहिले रिपोको व्याजदर घटेको छ । बैंकहरुसँग सापटी दिने रकम अभाव हुँदा पनि रिपोमा बैंकहरुको प्रतिस्पर्धा बढ्छ ।
बैंकले अहिले अन्तरबैंक कारोवार ७ देखि ८ प्रतिशतसम्म गरिरहेका छन् । रिपोको व्याजदर अन्तर बैंक दरभन्दा झन्डै ५० प्रतिशत सस्तो छ । राष्ट्र बैंकका अनुसार पछिल्लो रिपोदर ४ दशमलव ४८ प्रतिशत छ । नगद अवाभ भएपछि बैंकहरु एक आपसमा सापटी लिन्छन् । सापटीको व्याजदर बढेकाले उनीहरु रिपोतर्फ आकर्षित भएका हुन्-राष्ट्र बैंक राष्ट्र ऋण विभागका कार्यकारी निर्देशक लीलाप्रकास सिटौलाले भने ।
राष्ट्र बैंकले रिपोबाट भन्दा आपसी सापटीबाट नगद व्यवस्था गर्न बैंकहरुलाई उत्प्रेरित गर्छ । तर स्ट्यान्डिङ लिक्युडिटी रेसियो एसएलआर नगद मौज्दात अनुपात सीआरआर र भुक्तानीका लागि सापटी नपाएमा बैंकहरु रिपोतर्फ आकर्षित हुन्छन् । भुक्तानी र एसएलआर मेन्टेनका लागि बैंकहरु रिपोतर्फ आकर्षित भएको हामीले पाएका छौं-राष्ट्र बैंक एक अधिकारीले भने । उनका अनुसार बैंकमा पैसा अभाव भएकाले सापटीमा पनि पैसा पाउन छाडेपछि रिपोतर्फको आकर्षण बढेको हो ।
दशैं-तिहारले नोट वाहिरिएको पहिलो त्रैमासिकपछि ऋणको माग वढेको तथा सर्वसाधारणमा नगद संचित गरेर राख्ने परिपाटीको विकास भएकाले अहिले बैंकसँग नगद अभाव छ । दशैं-तिहारमा बैंकबाट बाहिरिएको नोट अझै फर्किनसकेको राष्ट्र बैंकले जनाएको छ । यो बर्ष नगद प्रवाह भएको छैन-सिटौंलाले भने -अर्थतन्त्रप्रति सर्बसाधारणले विश्वास गुमाएकाले पनि नगद होल्ड गरेर बस्ने वढेका छन् ।
नगद अभाव भएकै कारण बैंकले केही साताभित्रै बचतको व्याजदर बढाएर निक्षेप आकर्षित गर्ने भएका छन् । अहिले नेपाली बंैंकसँग ४८ करोड रुपैयाँ नगद अभाव छ । राष्ट्र बैंकका अनुसार गत सोमवार भएको टे्रजरीको वोलकवोलमा आह्वान गरिएभन्दा १ दशमलव ९६ गुणा वढी आवेदन परेको थियो । राष्ट्र बैंकले ५० करोड रुपैयाँका लागि वोलकवोल आह्वान गरेकोमा बैंकहरुले ९८ करोड रुपैयाँका लागि आवेदन दिएका थिए ।
बजारमा नगद अभाव भएपछि केही साताअघि राष्ट्र बैंकले बैदेशिक मुद्रा संचिति गरेको आशंकामा उनीहरुसँग संचितिको अवस्था माग गरेको थियो । बंकले पठाएको बैदेशिक मुद्रा संचिति बजारमा नगद अभाव हुनेगरी नदेखिएको राष्ट्र बैंकले जनाएको छ । बैंकले बैदेशिक मुद्रा संचित गरेका कारण नगद अभाव भएको होइन- सिटौलाले भने -नगद अभाव आन्तरिक कारणले भएको देखिएको छ ।
बैंकहरुसँग भएको बैदेशिक मुद्रा राष्ट्र बैंकले खरिद गरेर नेपाली नोट बजारमा पठाउने हुनाले बजारमा नगद अभाव हुँदैन । तर बैदेशिक मुद्रा नियमित खरिद गर्ने बाहेक बैंकसँग अतिरिक्त संचिति नभएको हुँदा यो कारणले बजारमा नगद अभाव नभएको राष्ट्र बैंकले जनाएको छ । वैदेशिक मुद्रा बैंकहरुले ुहोल्डिङु गर्दा बजारमा नगद अभाव हुन्छ- सिटौलाले भने ।



लगानीकर्ताको 'मूड' जाँच्दै एसियन लाइफको सेयर

सुदर्शन सापकोटा,
काठमाडौं, कात्तिक ११-
एसियन लाइफ इन्स्योरेन्सले मंगलबारबाट साधारण सेयर निष्कासन गरेको छ। निकै लामो समयपछि बिमा कम्पनीको प्रतिनिधित्व गर्दै साधारण सेयर निष्कासन गरेको कम्पनीले एक सय रुपैयाँ दरका १० लाख ८० हजार कित्ता सेयर बजारमा ल्याएको हो।

तुरुन्तै विक्रीका लागि लगानी गर्दै हुनुहुन्छ भने यो तपाइको रोजाइमा नपर्न सक्छ। सेयर बजारमा बिमा कम्पनीको कारोबारलाई दृष्टिगत गरी विश्लेषक यही बताउँछन। बजारमा बैंक तथा वित्त कम्पनीजस्तै बिमा कम्पनीहरुको कारोबार हुदैन। बिमा कम्पनीका सेयर सिमित व्यक्तिका हातमा भएकाले पनि कारोवार नभएको अवस्था छ। बजारमा प्रायः कारोबार नहुने सेयर लगानीका लागि उपयुक्त मानिदैन।

पछिल्लो ३ महिनामा ५४ दिन कारोबार भएकोमा बिमा कम्पनीको औसत ८ दिन मात्र कारोबार भएको छ। सबैभन्दा बढी कारोबार भएको लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको ३४ दिनमात्र कारोबार भएको छ। प्रुडेन्सियलको मुस्किलले २ दिन कारोबार भएको छ भने राष्ट्रिय बिमा संस्थानको कुनै कारोबार भएन। नेसनल लाइफ, हिमालयन जनरल, युनाइटेड, एभरेष्ट, नेको, एलाइन्स, सगरमाथा, एनबी, नेपाल लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेसन कारोबार एकदमै न्यून छ। प्रिमियर, शिखर, सिद्धार्थको कारोबार सातामा दुई पटकजस्तो भइरहेको छ।

नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा १७ बिमा कम्पनी सूचीकृत भएकोमा केहि समयपछि एसियन थपिनेछ। स्थापनादेखि नै नाफा कमाउन सफल यो कम्पनीले पुराना जीवन बिमा कम्पनीलाई उछिन्दै गत वर्ष सबैभन्दा बढीलाई बिमा सुविधा उपलब्ध गराएको थियो। एसियन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षमा १ लाख ३७ हाजरको जीबन बिमा गराएको थियो। कम्पनीको नाफा पनि गत वर्ष वृद्धि भएर ४७ लाख पुगेको थियो।

बैंक तथा वित्त कम्पनीसंग तुलना गर्दा बिमा कम्पनीको चुक्ता पुँजी कम हुन्छ। गैर-जीबनका लागि १५ करोड र जीवन बिमा कम्पनीका लागि २५ करोड रुपैयाँको चुक्ता पुँजी भए पुग्ने भएकाले यिनीहरुको सेयर संख्या पनि कम हुन्छ।

हाललाई बैंक तथा वित्त कम्पनीजस्तो पुँजी बढाउनका लागि बिमा कम्पनीले बोनस तथा हकप्रद सेयर जारी गर्न आवश्यक पनि हुदैन। त्यसैले बोनस तथा हकप्रद सेयरको अपेक्षा गर्ने लगानीकर्तालाइ एसियन लाइफको सेयरले नतान्न सक्छ।

यद्यपी एसियनको सेयरबाट आशा गर्न सक्ने अवस्था पनि छ। नाफा कमाएको कम्पनी, धेरैको बिमा गराउन सक्षम र अनुभवी व्यवस्थापकका कारण यसको सेयर आकर्षक मानिएको छ। तर समग्र बिमा कम्पनीको सेयर नै कारोबार नभएको अवस्थामा एसियनको मात्र कारोवार हुन्छ भन्ने आधार कम छ।

कम्पनीले धेरैको हातमा सेयर पुगोस भनेर न्युनतम १० कित्ता सेयरमा पनि आवेदन दिन पाउने व्यवस्था गरेको छ। बढी लगानीकर्ता सहभागी होउन र सेयर कारोबार बारम्बार होस भन्ने उद्देश्य कम्पनीले राखेको छ। यसअघि साधारण सेयर निष्कासन गर्ने कम्पनीले कम्तिमा ५० कित्ता सेयरका लागि मात्र आवेदन दिन पाउने व्यवस्था गरेका थिए।

बैंकहरु व्याजदर बढाउने तयारीमा


निक्षेपको १ दशमलव ५ प्रतिशतसम्म बढ्ने
कर्जामा २ दशमलव ५ प्रतिशतसम्म बृद्धि हुने


सुदर्शन सापकोटा
काठमाडौं कात्तिक ९

बाणिज्य बैंकहरुले बचत तथा कर्जाको व्याजदर बढाउने भएका छन् । आर्थिक बर्षको पहिलो त्रैमासिक सकिना साथ बैंकहरुले व्याजदर बढाउन लागेका हुन् । सबैले नवढाएपनि प्रायः बैंक व्याजदर बढाउने तयारीमा छन्-नेपाल बैंकस्र संघका अध्यक्ष शशिन जोशीले भने । बचतको व्याजदर बढ्दा निक्षेपकर्तालाई फाइदा पुग्छ ।

बैंकहरुले निक्षेपको व्याजदर शुन्य दशमलव ५ प्रतिशतदेखि १ दशमलव ५ प्रतिशतसम्म वढाउने एक बैंकका प्रमुख कार्यकारीले बताए । यस्तै कर्जातर्फको व्याज १ दशमलव ५ प्रतिशतदेखि २ दशमलव ५ प्रतिशतसम्म बढाउने तयारी गरिरहेका छन् । अधिकांस बैंकले आगामी तीन साताभित्र ब्याजदर बृद्धि गरिसक्छन्-उनले भने ।

जोशीका अनुसार निक्षेपको तुलनामा कर्जाको व्याजदर वढ्दैन । प्रतिस्पर्धाका कारण बचतकर्तालाई आकर्षित गर्नु पर्ने भएकाले निक्षेपको व्याजदर केही वढी बृद्धि भएपनि आफ्ना ग्राहक नगुमाउनका लागि कर्जाको व्याजदर निक्षेपको अनुपातमा बृद्धि गर्न नसकिने उनले बताए । कर्जाको व्याजदर निक्षेपको तुलनामा बढ्दा आफ्ना ग्राहक गुमाउनु पर्ने हुन्सक्छ-उनले भने -यसैले कर्जाको व्याजदर निक्षेपको अनुपातमा वढाउन सकिदैन । कर्जाको व्याजदर कम हुँदा उपभोक्तालाई फाइदा हुन्छ ।

निक्षेपको तुलनामा कर्जाको व्याजदर वढाउन नसकिने हुँदा बैंकहरुको नाफामा असर पर्ने उनले बताए । बैंकहरुको मूख्य आम्दानी कर्जा तथा लगानीको व्याजदर हो । निक्षेपको व्याजदर वढ्दा खर्च बृद्धि हुने र त्यही अनुपातमा कर्जाको व्याजदर वढाउन नसक्दा नाफामा कमी आउने जोशीले बताए । व्याजदरको असर नाफामा देखिहाल्छ-उनले भने -आर्थिक बर्षको दोस्रो त्रैमासमा व्याजदरका कारण बैंकको नाफा घट्छ ।

दशैं-तिहार सकिएपछि कर्जाको माग बढ्ने पैशा व्यक्तिले ुहोल्डु गरेर राख्नु तथा तरलता अभावका कारणले गर्दा व्याजदर बढाउन लागेको राष्ट्र बैंकका एक उच्च अधिकारीले बताए । उनका अनुसार अहिले बैंकहरुसँग नगद अभाव भएकाले निक्षेप आकर्षित गर्न व्याजदर बढाउन लागेका हुन् । निक्षेपको व्याजदर बढेपछि नाफाका लागि बैंकहरुले कर्जाको पनि व्याजदर बढाउने उनले बताए ।

राष्ट्रिय बाणिज्य बैंक स्टान्डर्ड चार्टर्ड नेपाल बैंक कृषि विकास बैंकलगायत केही पुराना वाहेक सबैले व्याजदर बृद्धि गर्ने तयारी गरेको उनले बताए । अहिले लगानीका लागि कर्जाको माग वढ्ने भएकाले निक्षेप आकर्षित गर्न व्याजदर वढाउनु पर्ने हुन्छ- राष्ट्र बैंक राष्ट्र ऋण विभागका कार्यकारी निर्देशक लिलाप्रकास सिटौलाले भने ।

तरलताको अवस्था असहज भएकाले बैंकहरुसँग नगदका लागि व्याजदर वढाउनु पर्ने दवावमा रहेको उनले बताए । अहिले बैंकहरुले बचत खातामा २ देखि ७ दशमलव ५ प्रतिशत तथा एक बर्षे मुद्दति निक्षेपमा २ दशमलव ५ प्रतिशतदेखि ९ प्रतिशतसम्म व्याज उपलब्ध गराइरहेका छन् । यस्तै कर्जातर्फ ८ देखि १४ प्रतिशतसम्म व्याज असुल गरिरहेका छन् ।

मुल्यबृद्धि प्रतिस्पर्धा र नगद अभावका कारण बैंकहरु व्याजदर बढाउने दवावमा परेको जोशीले बताए । अहिले बैंकिङ व्यवशाय साचालनको मूख्य समय आएकाले व्याजदर बढाउने दवावमा बैंकहरु हुन्छन्-उनले भने । अघिल्लो बर्ष पनि दशैं-तिहारपछि व्याजदर बढेको थियो ।

निक्षेप बिमा अवधारणा अन्तिम चरणमा

सुदर्शन सापकोटा
काठमाडौं कात्तिक ७
दुई लाख रुपैयाँसम्म बैंकमा राख्दा अनिवार्य गरिएको निक्षेप बिमा अवधारणपत्रको मस्यौदा लगभग तयार भइसकेको छ । केही विषयमा अन्यौल रहेकाले मस्यौदाले अन्तिम रुप लिन नसकेको एक अधिकारीले बताए । केही विषयमा अन्यौल भएकाले यसले पूर्णता पाएको छैन-अवधारणपत्र बनाउन गठित समितिका एक सदस्यले भने -अहिले दुई लाखसम्म निक्षेप हुनेको तथ्यांकको काम भइरहेको छ ।

बिमा गराउने अधिकार पाएको निक्षेप तथा कर्जा सुरक्षण निगमले एक्लैले बीमा गराउने वा बैंकहरुलाई पनि सेयर दिएर संलग्न गराउने परिवारका विभिन्न नामामा खाता हुने वा एकै व्यक्तिको विभिन्न बैंकमा खाता भएमा के गर्नेलगायतका बिषयमा छलफल भइरहेको एक अधिकारीले बताए ।

राष्ट्र बैंकका वैदेशिक विनिमय विभागका कार्यकारी निर्देशक भाश्करमणी ज्ञवालीको नेतृत्वमा गठित समितिमा अर्थमन्त्रालय निगम र राष्ट्रिय बाणिज्य बैंकका अधिकारी संमिलित छन् । राष्ट्र बैंकले अवधारणपत्र बनाएपछि अर्थमन्त्रालयमा बुझाउनु पर्छ । मन्त्रालयले त्यसमा थप अध्ययन गरी नीति बनाएर यसलाई कार्यान्वयनमा ल्याउन राष्ट्र बैंकलाई जिम्मा दिन्छ ।

अवधारणपत्र बनाउने समितिका एक सदस्यले निगमले मात्र बिमा गराउँदा ५० करोड रुपैयँ चुक्ता पुँजी पुर् याउनु पर्ने तथा बैंकहरु पनि सहभागी गराउने भए पुँजी १ अर्ब पुर् याउनु पर्ने सैद्धान्तिक सहमति भइसकेको छ । अन्यौल रहेका विषमा छलफल जारी रहेकाले यो पनि चाँडै समाधान हुनेछ- उनले भने ।

साडे सात करोड रुपैयाँ चुक्ता पुँजी रहेको निगमले पुँजी बढाउनका लागि थप २० देखि २२ करोड रुपैयाँ थप्न सक्ने निगम महाप्रबन्धक चन्द्रमान मलेकुले बताए । निगमले चुक्ता पुँजी बढाउनका लागि २२ करोड रुपैयाँसम्म थप्न सक्छ-उनले भने । निगमको पुँजी ५० करोड रुपैयाँ पुर् याउनका लागि सरकारले सहयोग गर्नसक्ने एक सहभागीले बताए ।

दुई बर्षभित्र निगमको आन्तरिक स्रोतबाट नै ५० करोड रुपैयाँ पुँजी पुग्ने मलेकुले नागरिकलाई जानकारी दिए । तर सरकार निगमको पुँजीमा मात्र निर्भर नभइ पुँजी बृद्धिका लागि बैंकहरुलाई पनि सहभागी गराउनु पर्ने पक्षमा रहेको एक अधिकारीले बताए । सबै बैंक तथा वित्तीय संस्थामा भएको निक्षेप रकम धेरै हुने भएकाले ५० करोड पुँजीमा कार्यक्रम साचालन गर्दा भविस्यमा खतरा हुनसक्ने भएकाले बैंकहरुलाई पनि यसमा सहभागी गराउनु पर्छ भन्ने सरकारी तर्क हो-उनले भने ।

समितिले निक्षेप बिमाको अवधारणा पत्रमा कति पि्रमियम तिर्ने तथा कसले तिर्ने बिषयमा पनि मतान्तर रहेको स्रोतले बतायो । स्रोतका अनुसार निक्षेपकर्ताको रकम बिमा गरिने हुँदा उनीहरुले नै पि्रमियम तिर्नु पर्ने समितिका केही सदस्यको तर्क छ । अर्को समुहले भने निक्षेप संकलन बैंकहरुको व्यवशाय भएकाले पि्रमियम बचतकर्तालाई नभइ बैंकलाई नै तिराउनु पर्ने तर्क गरेको उनले बताए ।

ुजसले सेवा लिन्छ त्यसले पि्रमियम बुझाउनु पर्छ भन्ने बिमाको सर्वमान्य सिद्धान्त भएकाले बैंकहरुले नै पि्रमियम तिर्नु पर्ने व्यवहारिक तर्क एकथरीको हो-उनले भने । निक्षेप बचतकर्ताको भएपनि यसको ग्यारेन्टी बैंकहरुले गर्नु पर्ने हुन्छ । पि्रमियम कति तिर्ने बिषय पनि टुङो लागिसकेको छैन । यद्यपी पि्रमियम एक सयमा ५ पैसासम्म बुझाउने व्यवस्था गर्नु पर्नेमा वहुमत सदस्य सहमत भएको स्रोतले बतायो ।

कार्यक्रम कार्यान्वयनमा आएपछि बिमा गर्ने संस्थाले बैंक तथा वित्तीय संस्थाको अनुगमन गर्न पाउने भएको छ । निकै लामो छलफलपछि अनुगमन गर्न पाउने विषय टुङो लागेको समितिका एक सदस्यले बताए । उनले निगम वेग्लै ढाँचामा साचालन भएकाले नयाँ जिम्मेवारी निर्वाह गर्न ठूलो चुनौति रहेको बताए । निगम महाप्रवन्धक मलेकुले अनुगमन चुनौती नभइ अवशर भएको बताए । निक्षेप बिमा कार्यक्रम साचालनका लागि वेग्लै विभाग बनाउने उनले जानकारी दिए । विभाग साचालनका लागि बैंकिङ सस्था र वाहिरका दक्ष कर्मचारी नियुक्त गरिनेछ- उनले भने -निगमका कर्मचारीले त्यहाँको जिम्मेवारी दिइने छैन ।

बजेट पास नहुँदा आन्तरिक ऋण उठाउन कठिनाइ

काठमाडौं कात्तिक ९( नागरिक)
व्यवस्थापिका संसदबाट बजेट पास नहुँदा सरकारको आन्तरिक ऋण उठाउने योजना पुरा नहुने भएको छ । सरकारले चालु आर्थिक बर्षमा आन्तरिक ऋणमार्फत ३१ अर्ब ८० करोड रुपैयाँ उठाउने योजना बनाएको थियो ।
टे्रजरी विल्स विकास ऋणपत्र नागरिक बचतपत्र मार्फत सरकारले आन्तरिक ऋण उठाउने योजना बनाएको हो । बजेट पास नहँदा आन्तरिक ऋण उठाउने तालिका बनाउन सकिएको छैन- राष्ट्र बंक राष्ट्र ऋण विभागका कार्यकारी निर्देशक लिलाप्रकास सिटौलाले भने । सरकारले आन्तरिक ऋण राष्ट्र बैंकमार्फत विभिन्न संस्था र सर्वसाधारणबाट उठाउँछ ।
बजेट पास हुन अझै ढिलाइ भएमा तोकिएको आन्तरिक ऋण उठाउन नसकिने राष्ट्र बैंकले जनाएको छ । अघिल्लो आर्थिक बर्षमा पनि सरकारले तोकिएको भन्दा ६ अर्ब रुपैयाँ कम आन्तरिक ऋण उठाएको थियो । एकैचोटी आन्तरिक ऋण उठाउन कठिनाइ हुने हँदा तरलताको अवस्था सहज बनाउन पनि गाह्रो पर्ने राष्ट्र बैंकका एक अधिकारीले बताए ।
नयाँ टे्रजरी विल्स तथा अन्य वित्तीय औजार प्रयोग गर्न नसक्दा अहिले बजारमा तरलता अभाव भएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले अहिले वित्तीय सन्तुलनका लागि पुरानो टे्रजरीलाई नविकरण गर्दै आएको छ । टे्रजरी विल्स वित्तीय स्थाइत्वका लागि प्रयोग गरिने मौदि्रक औजार हो ।

अन्तरबैंक व्याजदर बढ्यो

बैंकदर ५.१४ प्रतिशत

सुदर्शन सापकोटा
काठमाडौं कात्तिक ३
बैंकहरुले एक अपसमा लिने सापटीको अन्तरबैंक व्याजदर बढेको छ । दुई महिनाअघि १ दशमलव ४१ प्रतिशत रहेको अन्तरबैंक दर मंगलवार ५ दशमलव १४ प्रतिशत पुगेको छ । आर्थिक बर्षको अन्त्यपछि सबै कम्पनीले फरफारक गर्ने भएकाले नगद अभाव भएर बैंकदर बढेको हो, -लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन जोशीले भने -यो लामो अवधिसम्म रहँदैन । अन्तरबैंक कारोवार अवधि वढीमा ७ दिनसम्म हुन्छ ।

आर्थिक बर्षको समाप्तिसँगै दशैं-तिहार परेकाले बजारमा नगद अभाव भएको जोशीले बताए । ुमाग अनुसार नगदको आपुर्ति नभएकाले व्याजदर वढ्नु स्वभाविक हो- उनले भने -केही सातापछि बैंकदर घट्छ । दशैं-तिहारमा नगद वढी चाहिने नेपाल टेलिकमलगायत सरकारी संस्थाले सरकारलाई आम्दानी बुझाउनु पर्नेजस्ता कारणले नगद अभाव भएर बैंकदरमा असर परेको जोशीले बताए । राष्ट्र बैंकले पनि दशैंअघि बजारमा नगद अभाव भएकाले बैंकदर वढेको जनाएको छ । केही महिनादेखि बैंकहरुमा नगद अभाव छ-राष्ट्र बैंकका एक अधिकारीले नागरिकसँग भने ।

गत आर्थिक बर्षको अन्तमा यो व्याजदर १ दशमलव १९ प्रतिशत थियो । दशैं-तिहारमा बैंकलाई वढी नगद आवश्यक पर्ने भएकाले अन्तरबैंक दर बढेको हो । गत चैत ११ गते बैंक व्याजदर २ बर्ष यताकै उच्च भएको थियो । बैंकदर ११ दशमलव ०६ प्रतिशतसम्म पुगेको थियो । त्यसयता घटिरहेको बैंकदर १ दशमलव ३३ प्रतिशतसम्म झरेको थियो । गत साउनदेखि मात्र बैंकदर वढ्न थालेको हो ।

कलकत्ताबाट नयाँ नोट नआएकाले नगद अभाव हुँदा सर्बसाधारणले बैंकमा पैसा जम्मा नगर्ने तथा भएको पैसा पनि झिकेकाले बैंकदर वढेको राष्ट्र बैंक अधिकारीले बताए । उनले ग्राहकलाई भूक्तानी दिने पैसा नभएकाले नगद जगेडा धेरै भएको बैंकले बैंकदर बढाएको दावी गरे । अब नयाँ नोट पनि आइसकेको छ-उनले भने -दशैं-तिहारमा वाहिर गएको पैसा विस्तारै फर्कन थाल्ने भएकाले बैंकदर घट्छ ।

असोज तेस्रो सातासम्म ९ अर्ब वढीको अन्तरबैंक कारोवार भएको राष्ट्र बैंकले जनाएको छ । दशैंताका एकै दिनमा ९५ करोड रुपैयाँभन्दा वढीको अन्तरबैंक कारोवार भएको छ । साउनपछि टे्रजरी विल्सको धितोमा पाइने ऋण रिपो को व्याजदर वढेकाले अन्तरबैंक कारोवार पनि वढेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले जारी गर्ने टे्रजरी विल्स तरलता व्यवस्थापन गर्ने मौदि्रक औजार हो । यसको धितोमा राष्ट्र बैंकले बैंकहरुलाई नगद उपलब्ध गराउँछ ।

राष्ट्र बैंकका अनुसार मंगलवारबाट टे्रजरीको व्याजदर घटेको छ । ुटे्रजरीको व्याजदर घटेकाले बैंकदर पनि घट्छु राष्ट्र बैंक अधिकारीले भने । उनका अनुसार सस्तोमा राष्ट्रबैंकबाट पैसा पाउने भएपछि बैंकले आपसी कारोवार घटाउने भएकाले अन्तरबैंक दर घट्ने छ । दुई महिनाअघि टे्रजरी व्याजदर ५ दशमलव ५ प्रतिशतसम्म पुगेको थियो । मगंलवार २८ दिने टे्रजरीको व्याजदर १ दशमवल ५१ प्रतिशत छ । ९१ दिनको टे्रजरीको व्याजदर १ दशमलव ७७ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।



जीवन बीमा गराउने सेलिवि्रटी वढे


सुदर्शन सापकोटा, काठमाडौं, असोज २२-
'बचत र सुरक्षाका लागि बीमा गरेकी हुँ,' भर्खरै जीवन बीमा गराएकी चलचित्र अभिनेत्री रेखा थापाले भनिन्, 'आम्दानी बढाउनलाई होइन।'

तीन महिनाअघि लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) मा बीमा गराएकी उनले वार्षिक १ लाख ८५ हजार प्रिमियम तिर्छिन्। चलचित्र क्षेत्रमा कलाकारले ज्यान जोखिममा राखेर 'स्टन्ट' गर्नु परेपनि दुर्घटना परेमा बीमा नहुने भएकाले आफैले जीवन बीमा गराएको उनले बताइन्। 'दर्शकलाई मनोरञ्जन गराउन कहिले बन्जी गर्नु पर्छ, अग्लो पर्खालबाट हाम फाल्नुपर्छ,' उनले भनिन्, 'तर दुर्घटना भएमा निर्माताले क्षतिपूर्ति दिँदैनन्, आफ्नो सुरक्षा आफै गर्न बीमा राम्रो विकल्प लाग्यो।'

५० वर्ष उमेर पुगेपछि रेखाले बीमा गराएको रकम फिर्ता पाउँछिन्। उनी अहिले २६ वर्षकी भइन्। '२५ लाख रुपैयाँ बराबरको बीमा गराएकी छु,' रेखाले भनिन्, 'बीमा गरेको अवधि पुरा हुँदा वोनसलगायत अन्य सुविधा सहित ६० लाख रुपैयाँ मेरो हातमा पर्छ।' बार्षिक रुपमा प्रिमियम बापतको रकम घुमघाम र खानपीनमा नै खर्च हुने गरेको बताउँदै उनले सुरक्षाका साथै बचतका लागि त्यो पैसा प्रिमियम तिर्न खर्च गरेको जानका दिइन्। 'त्यसै खर्च हुने पैसा बचत नै हुने भएको छ,' उनले भनिन्।

रेखा मात्र होइन अन्य 'सेलिब्रिटी' कलाकारले पनि अहिले बीमा गराउन थालेका छन्। रेखाका श्रीमान् तथा चलचित्र निर्माता छवि ओझा, राजेश हमाल, अर्जुन श्रेष्ठलगायत धेरै कलाकारले अहिले जीवन बीमा गराएका छन्। सेलिव्रिटी मात्र होइन 'लो प्रोफाइल' का सर्वसाधारणमा पनि बीमाप्रति आकर्षण बढेको छ।

गत आर्थिक वर्षमा ४ लाख ६३ हजार २ सय ९४ जनाले जीवन बीमा गराएका छन्। अघिल्लो वर्ष यस्तो बीमा १ लाख ४५ हजार ३ सय ७ जनाले गराएका थिए। जीवन बीमा गराउने कम्पनीले विक्री गरेको बीमा लेखको वृद्धि अघिल्लो वर्षको तुलनामा निकै बढी भएको बीमा कम्पनीको नियमन निकाय बीमा समितिले जनाएको छ।

गत वर्ष मान्छेको आम्दानी बढेको तथा विदेशमा काम गर्ने नेपालीले पठाउने रेमिट्यान्समा वृद्धि भएकाले बीमा गराउने बढेको समितिका अध्यक्ष फत्तबहादुर केसीले बताए। गरिबीको रेखामुनि रहेको जनसंख्या ३० प्रतिशतभन्दा तल झरेको छ। यसले सर्वसाधारणको आयमा वृद्धि भएको पुष्टि गर्छ। केन्द्रीय तथ्यांक विभागका अनुसार ३० प्रतिशत नेपाली परिवारले रेमिट्यान्स पाउँदै आएका छन्।

बीमा गराउनेको संख्या कम्पनीको सक्रियताले पनि बढेको हो। प्रतिस्पर्धा बढेपछि बीमा कम्पनी गाउँ-गाउँ जान थालेकाले संख्या बढेको केसीले बताए। उनले कम्पनी संख्या बढेकाले प्रतिस्पर्धा गर्न उनीहरुले एजेन्टको संख्या वढाएर गाउँ(गाउँमा परिचालन गरेकाले बढेको जानकारी दिए। अहिले सबै कम्पनीको गरेर ४० हजारभन्दा बढी बीमा गराउने एजेन्ट कार्यरत छन्। एजेन्टको आधिकारिक तथ्यांक नभए पनि यो पहिलेको भन्दा निकै बढी भएको समितिले जनाएको छ।

जिन्दगीको भर नहुने भएकाले बीमाः रेखा थापा
मान्छेको जिन्दगीको भर हुँदैन। कहिले के हुन्छ, कहिले के हुन्छ। आफ्नो सुरक्षाका लागि बीमा राम्रो विकल्प हो। चलचित्र क्षेत्रमा कसैको पनि बीमा नहुने भएकाले आफ्नो बीमा गराएकी हुँ। बीमा गर्दा सुरक्षा मात्रै होइन बचत पनि हुन्छ। मेरो श्रीमान् छवि जीले पनि बीमा गराउनु भएकाले मैले बीमा गरेकी हुँ।

सुटिङमा 'स्टन्ट' दृश्य दिन जोखिम उठाउनु पर्ने भएकाले दुर्घटना भएपनि आर्थिक समस्या नपरोस् भनेर मैले बीमा गराएकी हुँ। आगोमा 'फाइटिङ' दृश्य दिनुपर्छ, पर्खालबाट हाम फाल्नु पर्छ। त्यस्तो जोखिम उठाउँदा दुर्घटना भएमा मलाई बीमा रकमले आर्थिक सहुलियत पुग्छ। अहिले बीमा गरेर पछि दोब्बर आम्दानी गर्छु भनेर मैले बीमा गराएकी होइन। बीमा गराएपछि केही परे समस्या हुँदैन भन्ने मनोवैज्ञानिक आत्मविश्वास पनि बढेको छ।

मैले ५० वर्षको उमेरमा बीमा रकम फिर्ता पाउने गरी बीमा गराएकी हुँ। वार्षिक रुपमा १ लाख ८५ हजार प्रिमियम तिर्नुपर्छ। मैले २५ लाख रुपैयाँ प्रिमियम तिरेपछि एकमुस्ट ६० लाख रुपैयाँ पाउने गरी बीमा गराएकी छु। तीन महिना अघि बीमा गराउँदा सुरुमा मैले दुई लाख रुपैयाँ रकम कम्पनीलाई बुझाएकी थिए। अब प्रिमियम मात्र तिरे पुग्छ।

प्रिमियम बापतको रकम खानपिन र घुमघाममा खर्च भइरहेको हुन्छ। त्यो रकम बराबरको बीमा गराएर बचत नै भएको छ। पछि केही नभएपनि मैले ६० लाख रुपैयाँ एकमुस्ट पाउँछु। यसले कुनै ठाउँमा लगानी गर्न पुग्छ।

निक्षेप बीमाको मस्यौदाले अन्तिम रुप पाएन


सुदर्शन सापकोटा
काठमाडौं असोज १९
बैंक तथा बित्त संस्थामा सर्बसाधारणले राखेको निक्षेप रकम बीमा गर्ने ऐनको मस्यौदालाई अर्थमन्त्रालयले अझै पनि अन्तिम रुप दिन सकेको छैन । निक्षेप तथा कर्जा सुरक्षण निगमले तयार पारेको ऐनको मस्यौदालाई मन्त्रालयले अन्तिम रुप दिन नसक्दा सरकारले चालु बजेटमा ल्याएको निक्षेप बीमा कार्यक्रम प्रभावित बनेको छ । बजेटमा दुई लाख रुपैयाँसम्मको निक्षेपको बीमा गर्ने कार्यक्रम छ ।

ऐनको मस्यौदामा निक्षेप रकमको बीमाका साथै कर्जा तथा पशुधन सुरक्षणको व्यवस्थालाई पनि समेटिएको छ । मस्यौदामा कति निक्षेप रकम वरावरको बीमा गर्ने भन्ने उल्लेख छैन । ुराष्ट्र बैंकबाट स्वीकृत प्राप्त बित्त कम्पनीहरुको निक्षेप रकमको निगमले बीमा गर्ने भन्ने मस्यौदामा समेटिएको छु निगमका महप्रबन्धक चन्द्रमान मलेकुले भने ुसय रुपैयाँ वरावर १० पैशा पि्रमियम लिने गरी निक्षेप बीमा गर्ने मोटामोटी छलफल भएको छ ।ु

मस्यौदामा बैंक तथा वित्तीय संस्था आर्थिक मध्यस्तताको कार्य गरेर कुनै पनि किसिमले बचत गर्ने संगठित संस्थाको बचत तथा मुद्दति क्षिेपमा बीमा गर्ने उल्लेख छ । बीमा गरिएको निक्षेप रकममा भैपरी आएमा क्षतिपुर्ति दिने मस्यौदामा उल्लेख गरिएको छ । ुनिक्षेप क्षति भएमा त्यसबापत कति रकम फिर्ता दिने भन्ने नियमावली बनाएर निर्धारण गर्ने गरी ऐनको मस्यौता तयार पारिएको छु उनले भने ।

मस्यौदामा निक्षेप बीमाका लागि निगममा दर्ता भएका कम्पनीले समयमा पि्रमियम नवुझाएमा संम्वन्धित संस्थाको दर्ता तथा दर्ता खारेजीको व्यवस्था गरिएको उनले बताए । ुबीमा निक्षेप रकम र त्यसमा निगमको दायित्व दावीको बारेमा ऐनको मस्यौदामा स्पस्टसँग किटान गरिएको छु मलेकुले भने ुदावी भूक्तानी प्रकृयाका बारेमा पनि मस्यौदामा व्यवस्था गरिएको छ ।ु

निगमले १४ बर्षअघि पहिलो पटक बनाएको मस्यौदा प्रत्येक पटकको सरकार परिवर्तनसँगै संशोधन गरेर मन्त्रालय पठाउने गरेको छ । तर प्रत्येक पटक पठाउँदा पनि मस्यौदाले अन्तिम रुप पाउन नसकेको मलेकुले बताए । अहिले विश्वका ७० मुलुकमा निक्षेप सुरक्षण गर्ने निकाय छ । कर्जाको बीमा १ सय ७७ मुलुकले गर्छन् ।

निगमले सबै बैंक तथा वित्तीय कम्पनीको निक्षेपको बीमा गर्न सरकारले सहयोग गर्नु पर्ने जनाएको छ । सात करोड रुपैयाँ चुक्ता पुँजी रहेको निगमले अर्वौ रुपैयाँ निक्षेप भएका कम्पनीको बीमा गर्न संभव नहुने भएकाले सरकारले त्यसका लागि ग्यारेन्टी गरिदिनु पर्ने मलेकुले बताए । भारतमा बैंक निक्षेपको ग्यारेन्टी सरकारले गरिदिएको छ । ुकम पुँजी भएको निगमले एक्ले ठूलो रकम बीमा गर्ने दावी गरेमा विश्वास गर्न कठिन हुन्छु उनले भने ुत्यसैले सरकारी सहयोगको माग गरेका हौं ।ु

बैंक तथा वित्तीय कम्पनी धेरै भएकाले निक्षेपको जोखिम वढेको हो । नेपाल विकास बैंक खारेज भएपछि निक्षेपको बीमा हुनु पर्ने आवाज उठेको हो । नेपाल विकास बैंक खारेज भएपछि सर्बसाधारणको करोडौं रकम डुवेपछि सरकारले निक्षेपको बीमा गर्न आर्थिक अध्यादेशमा व्यवस्था गरेको हो ।
स्थापनाकालदेखि नै कर्जा बीमा गर्दै आएको निगमले मस्यौदालाई कानुनी मान्यता नदिएसम्म सरकारले सार्वजनिक गरेको निक्षेपको बीमा गर्ने कार्यक्रमले पूर्णता नपाउने मलेकुले बताए । ुसुधार गर्नु पर्ने ठाउँमा सुधार गरेर यसलाई चाँडो मान्यता दिनु पर्छु उनले भने । मलेकुले निक्षेप तथा कर्जा सुरक्षण निगम भनेर नाम दिने अनि काम कर्जाको मात्र दिने हो भने संस्थालाई चलाइ रहनुको वेकार भएको बताए । ुअधिकार नदिने हो भने संस्था बन्द गरिदिए भइहाल्यो निु उनले भने ।

निगमले अहिले प्राथमिक क्षेत्र कर्जा साना तथा मझौला उदम लघु उद्यम तथा विपन्न वर्ग र पशुको बीमा गरिरहेको छ ।


जीवन बीमा गराउने वढे


सुदर्शन सापकोटा
काठमाडौं भदौ ३०
जीवन बीमा गराउने वढेका छन् । एक बर्षभित्र यस्तो बीमा गराउनेको संख्या दुई गुणाले वढेको छ । यो बृद्धिदर अघिल्लो बर्षको तुलनामा २ सय १८ प्रतिशत वढी हो । सर्वसाधारणको आम्दानी वृद्धि बीमा चेतना र कम्पनीको प्रतिस्पर्धाका कारण बीम गराउनेको संख्या वढेको हो ।

गत आर्थिक बर्षमा ४ लाख ६३ हजार २ सय ९४ जनाले जीवन बीमा गराएका छन् । अघिल्लो बर्ष यस्तो बीमा १ लाख ४५ हजार ३ सय ७ जनाले गराएका थिए । सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानबाहेक साचालनमा रहेका अन्य ८ बीमा कम्पनीले विक्री गरेको बीमा लेखको बृद्धि अघिल्लो बर्षको तुलनामा निकै वढी भएको बीमा कम्पनीको नियमकन निकाय बीमा समितिले जनाएको छ ।

ुपहिलेको तुलनामा जीवन बीमातर्फ सर्वसाधारणको आकर्षण वढेको छु एसियन लाइफ इन्स्योरेन्सका प्रबन्ध निर्देशक रमेशकुमार भट्टराईले भने । उनले जीवन बीमा गराउँदा बैंकमा पैशा राख्दाभन्दा वढी फाइदा हुन्छ भन्ने चेतना सर्वसाधारणमा पर्न थालेकाले संख्या वढेको जानकारी दिए ।

विदेशबाट नेपाल भित्रने पैशा रेमिट्यान्स का कारण पनि बीमा गराउनेको संख्या बढेको हो । गत बर्ष ३० प्रतिशत नेपाली घरमा रेमिट्यान्सको पहुँच पुगेको छ । ुरेमिट्यान्स वढेकाले सुरक्षा र बचतका लागि बीमा गराउनेको संख्या वढेको छु भट्टराईले भने ।

प्रतिस्पर्धा वढेपछि बीमा कम्पनी गाउँ-गाउँ जान थालेकाले संख्या वढेको बीमा समितिका अध्यक्ष फत्तवहादुर केसीले बताए । उनले कम्पनी संख्या वढेकाले प्रतिस्पर्धा गर्न उनीहरुले एजेन्टको संख्या वढाएर गाउँ-गाउँमा परिचालन गरेकाले वढेको जानकारी दिए । अहिले सबै कम्पनीको गरेर ४० हजारभन्दा वढी बीमा गराउने एजेन्ट कार्यरत छन् । एजेन्टको आधिकारिक तथ्यांक नभए पनि यो पहिलेको भन्दा निकै वढी भएको समितिले जनाएको छ ।

बीमा संस्थान बाहेक अन्य ८ बीमा कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार नयाँ आएका चार बीमा कम्पनीको बीमा अभिलेख बीमा गर्ने बृद्धिदर वढेको छ । भर्खरै कारोवार थालेका प्राइम एसियन सूर्या र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले वढी बीमा गराएका हुन् । ुबीमा गराउँदा पछिलाई फाइदा वढी हुन्छ भन्ने चेतना वढेको छु केसीले भने ुसर्वसाधारण बचत तथा लगानी सुरक्षामा वढी संवेदनशील हुन थालेकाले पनि संख्या वढेको हो ।ु

सबैभन्दा वढी बीमा एसियन लाइफ इन्स्योरेन्स कम्पनीले गराएको छ । दुई बर्षअघिबाट कारोवार थालेको एसियनले अघिल्लो बर्षको तुलनामा १ हजार प्रतिशतभन्दा वढीलाई बीमा गराएको छ । कम्पनीले यो बर्ष सबैभन्दा वढी १ लाख ३६ हजार ८ सय ५२ को बीमा गराएको छ । प्राइम लाइफ इन्स्योरेन्स नेपाल लाइफ इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कम्पनीले वढी बीमा गराउने कम्पनीमा पर्छन् ।

अमेरिकन एलीको नेशनल लाइफ गुँरास लाइफ र सूर्या लाइफ इन्स्योरेन्सको पनि बीमा वृद्धिदर उच्च छ । अघिल्लो बर्ष २२ को बीमा गराएको गुँरासले गत बर्ष ६ हजार ९ सय ५४ को बीमा गराएको छ । प्रतिशतका आधारमा प्राइम लाइफको बृद्धिदर उच्च छ । कम्पनीले गत बर्ष १ लाख १० हजार १ सय ५६ को बीमा गराएको छ । यो वृद्धिदर अघिल्लो बर्षको तुलनामा ३५ हजार ६ सय ६४ प्रतिशतले वढी हो ।

प्राइम लाइफ ३०८ ११०१५६
एसियन लाइफ १२३९९ १३६८५२
सूर्या लाइफ ३४४ ६०८३
गुँरास लाइफ २२ ६९६५
नेपाल लाइफ ३९८५९ ७४७४३
लाइफ इन्स्योरेन्स कं २७९७५ ५२८९३
नेसनल लाइफ १९३०७ ३५९६१
अमेरिकन ४५०९३ ३९६४१

जम्मा १४५३०७ ४६३२९४