अन्तर बैंकभन्दा रिपोमा आकर्षण

सुदर्शन सापकोटा
काठमाडौं कात्तिक ११
अन्तर बैंक व्याजदर वढेपछि बैंक तथा वित्तीय संस्था राष्ट्र बैंकले टे्रजरीको धितोमा उपलब्ध गराउने ऋण रिपो मा आकर्षित हुनथालेका छन् । अहिले रिपोको व्याजदर घटेको छ । बैंकहरुसँग सापटी दिने रकम अभाव हुँदा पनि रिपोमा बैंकहरुको प्रतिस्पर्धा बढ्छ ।
बैंकले अहिले अन्तरबैंक कारोवार ७ देखि ८ प्रतिशतसम्म गरिरहेका छन् । रिपोको व्याजदर अन्तर बैंक दरभन्दा झन्डै ५० प्रतिशत सस्तो छ । राष्ट्र बैंकका अनुसार पछिल्लो रिपोदर ४ दशमलव ४८ प्रतिशत छ । नगद अवाभ भएपछि बैंकहरु एक आपसमा सापटी लिन्छन् । सापटीको व्याजदर बढेकाले उनीहरु रिपोतर्फ आकर्षित भएका हुन्-राष्ट्र बैंक राष्ट्र ऋण विभागका कार्यकारी निर्देशक लीलाप्रकास सिटौलाले भने ।
राष्ट्र बैंकले रिपोबाट भन्दा आपसी सापटीबाट नगद व्यवस्था गर्न बैंकहरुलाई उत्प्रेरित गर्छ । तर स्ट्यान्डिङ लिक्युडिटी रेसियो एसएलआर नगद मौज्दात अनुपात सीआरआर र भुक्तानीका लागि सापटी नपाएमा बैंकहरु रिपोतर्फ आकर्षित हुन्छन् । भुक्तानी र एसएलआर मेन्टेनका लागि बैंकहरु रिपोतर्फ आकर्षित भएको हामीले पाएका छौं-राष्ट्र बैंक एक अधिकारीले भने । उनका अनुसार बैंकमा पैसा अभाव भएकाले सापटीमा पनि पैसा पाउन छाडेपछि रिपोतर्फको आकर्षण बढेको हो ।
दशैं-तिहारले नोट वाहिरिएको पहिलो त्रैमासिकपछि ऋणको माग वढेको तथा सर्वसाधारणमा नगद संचित गरेर राख्ने परिपाटीको विकास भएकाले अहिले बैंकसँग नगद अभाव छ । दशैं-तिहारमा बैंकबाट बाहिरिएको नोट अझै फर्किनसकेको राष्ट्र बैंकले जनाएको छ । यो बर्ष नगद प्रवाह भएको छैन-सिटौंलाले भने -अर्थतन्त्रप्रति सर्बसाधारणले विश्वास गुमाएकाले पनि नगद होल्ड गरेर बस्ने वढेका छन् ।
नगद अभाव भएकै कारण बैंकले केही साताभित्रै बचतको व्याजदर बढाएर निक्षेप आकर्षित गर्ने भएका छन् । अहिले नेपाली बंैंकसँग ४८ करोड रुपैयाँ नगद अभाव छ । राष्ट्र बैंकका अनुसार गत सोमवार भएको टे्रजरीको वोलकवोलमा आह्वान गरिएभन्दा १ दशमलव ९६ गुणा वढी आवेदन परेको थियो । राष्ट्र बैंकले ५० करोड रुपैयाँका लागि वोलकवोल आह्वान गरेकोमा बैंकहरुले ९८ करोड रुपैयाँका लागि आवेदन दिएका थिए ।
बजारमा नगद अभाव भएपछि केही साताअघि राष्ट्र बैंकले बैदेशिक मुद्रा संचिति गरेको आशंकामा उनीहरुसँग संचितिको अवस्था माग गरेको थियो । बंकले पठाएको बैदेशिक मुद्रा संचिति बजारमा नगद अभाव हुनेगरी नदेखिएको राष्ट्र बैंकले जनाएको छ । बैंकले बैदेशिक मुद्रा संचित गरेका कारण नगद अभाव भएको होइन- सिटौलाले भने -नगद अभाव आन्तरिक कारणले भएको देखिएको छ ।
बैंकहरुसँग भएको बैदेशिक मुद्रा राष्ट्र बैंकले खरिद गरेर नेपाली नोट बजारमा पठाउने हुनाले बजारमा नगद अभाव हुँदैन । तर बैदेशिक मुद्रा नियमित खरिद गर्ने बाहेक बैंकसँग अतिरिक्त संचिति नभएको हुँदा यो कारणले बजारमा नगद अभाव नभएको राष्ट्र बैंकले जनाएको छ । वैदेशिक मुद्रा बैंकहरुले ुहोल्डिङु गर्दा बजारमा नगद अभाव हुन्छ- सिटौलाले भने ।



No comments:

Post a Comment

thanks for comment