बैंकहरु व्याजदर बढाउने तयारीमा


निक्षेपको १ दशमलव ५ प्रतिशतसम्म बढ्ने
कर्जामा २ दशमलव ५ प्रतिशतसम्म बृद्धि हुने


सुदर्शन सापकोटा
काठमाडौं कात्तिक ९

बाणिज्य बैंकहरुले बचत तथा कर्जाको व्याजदर बढाउने भएका छन् । आर्थिक बर्षको पहिलो त्रैमासिक सकिना साथ बैंकहरुले व्याजदर बढाउन लागेका हुन् । सबैले नवढाएपनि प्रायः बैंक व्याजदर बढाउने तयारीमा छन्-नेपाल बैंकस्र संघका अध्यक्ष शशिन जोशीले भने । बचतको व्याजदर बढ्दा निक्षेपकर्तालाई फाइदा पुग्छ ।

बैंकहरुले निक्षेपको व्याजदर शुन्य दशमलव ५ प्रतिशतदेखि १ दशमलव ५ प्रतिशतसम्म वढाउने एक बैंकका प्रमुख कार्यकारीले बताए । यस्तै कर्जातर्फको व्याज १ दशमलव ५ प्रतिशतदेखि २ दशमलव ५ प्रतिशतसम्म बढाउने तयारी गरिरहेका छन् । अधिकांस बैंकले आगामी तीन साताभित्र ब्याजदर बृद्धि गरिसक्छन्-उनले भने ।

जोशीका अनुसार निक्षेपको तुलनामा कर्जाको व्याजदर वढ्दैन । प्रतिस्पर्धाका कारण बचतकर्तालाई आकर्षित गर्नु पर्ने भएकाले निक्षेपको व्याजदर केही वढी बृद्धि भएपनि आफ्ना ग्राहक नगुमाउनका लागि कर्जाको व्याजदर निक्षेपको अनुपातमा बृद्धि गर्न नसकिने उनले बताए । कर्जाको व्याजदर निक्षेपको तुलनामा बढ्दा आफ्ना ग्राहक गुमाउनु पर्ने हुन्सक्छ-उनले भने -यसैले कर्जाको व्याजदर निक्षेपको अनुपातमा वढाउन सकिदैन । कर्जाको व्याजदर कम हुँदा उपभोक्तालाई फाइदा हुन्छ ।

निक्षेपको तुलनामा कर्जाको व्याजदर वढाउन नसकिने हुँदा बैंकहरुको नाफामा असर पर्ने उनले बताए । बैंकहरुको मूख्य आम्दानी कर्जा तथा लगानीको व्याजदर हो । निक्षेपको व्याजदर वढ्दा खर्च बृद्धि हुने र त्यही अनुपातमा कर्जाको व्याजदर वढाउन नसक्दा नाफामा कमी आउने जोशीले बताए । व्याजदरको असर नाफामा देखिहाल्छ-उनले भने -आर्थिक बर्षको दोस्रो त्रैमासमा व्याजदरका कारण बैंकको नाफा घट्छ ।

दशैं-तिहार सकिएपछि कर्जाको माग बढ्ने पैशा व्यक्तिले ुहोल्डु गरेर राख्नु तथा तरलता अभावका कारणले गर्दा व्याजदर बढाउन लागेको राष्ट्र बैंकका एक उच्च अधिकारीले बताए । उनका अनुसार अहिले बैंकहरुसँग नगद अभाव भएकाले निक्षेप आकर्षित गर्न व्याजदर बढाउन लागेका हुन् । निक्षेपको व्याजदर बढेपछि नाफाका लागि बैंकहरुले कर्जाको पनि व्याजदर बढाउने उनले बताए ।

राष्ट्रिय बाणिज्य बैंक स्टान्डर्ड चार्टर्ड नेपाल बैंक कृषि विकास बैंकलगायत केही पुराना वाहेक सबैले व्याजदर बृद्धि गर्ने तयारी गरेको उनले बताए । अहिले लगानीका लागि कर्जाको माग वढ्ने भएकाले निक्षेप आकर्षित गर्न व्याजदर वढाउनु पर्ने हुन्छ- राष्ट्र बैंक राष्ट्र ऋण विभागका कार्यकारी निर्देशक लिलाप्रकास सिटौलाले भने ।

तरलताको अवस्था असहज भएकाले बैंकहरुसँग नगदका लागि व्याजदर वढाउनु पर्ने दवावमा रहेको उनले बताए । अहिले बैंकहरुले बचत खातामा २ देखि ७ दशमलव ५ प्रतिशत तथा एक बर्षे मुद्दति निक्षेपमा २ दशमलव ५ प्रतिशतदेखि ९ प्रतिशतसम्म व्याज उपलब्ध गराइरहेका छन् । यस्तै कर्जातर्फ ८ देखि १४ प्रतिशतसम्म व्याज असुल गरिरहेका छन् ।

मुल्यबृद्धि प्रतिस्पर्धा र नगद अभावका कारण बैंकहरु व्याजदर बढाउने दवावमा परेको जोशीले बताए । अहिले बैंकिङ व्यवशाय साचालनको मूख्य समय आएकाले व्याजदर बढाउने दवावमा बैंकहरु हुन्छन्-उनले भने । अघिल्लो बर्ष पनि दशैं-तिहारपछि व्याजदर बढेको थियो ।

No comments:

Post a Comment

thanks for comment