बैंकले कर्जाको ब्याज बढाए

- कर्जा २ देखि ५ प्रतिशत विन्दुमा बढ्यो
-घरजग्गामा १७ प्रतिशत
-सवारी कर्जामा १३ प्रतिशत-
सुदर्शन सापकोटा
काठमाडौं पुस ३ - राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई दिने कर्जाको ब्याज बढाएपछि बैंकहरुले पनि उपभोक्तालाई दिने ऋणमा ब्याज बढाएका छन्।

यो वर्षको सुरुसँगै नगद अभाव झेलेका बैंकहरुले राष्ट्र बैंकको सोमबारको ब्याज बढाउने निर्णयपछि आफुले दिने ऋणमा पनि ब्याज बढाएका हुन्। यसले ऋण लिने उपभोक्ता सिधै मारमा परेका छन्। नगद अभावमा बैंकहरुले बचतको व्याज पनि बढाएका छन्। यसबाट भने सर्वसाधारणलाई केही राहत मिल्नेछ।


अनुत्पादक क्षेत्र घरजग्गामा बैंकहरुको लगानी बढेको र सस्तो कर्जाले उपभोग बढाएका कारण राष्ट्र बैंकले कर्जा प्रवाहमा नियन्त्रण गर्न यो कदम चालेको हो। राष्ट्र बैंकको कदमपछि अधिकांस वाणिज्य बैंकहरुले बिहीबारदेखि कर्जामा ब्याजदर बढाएका छन्, एक बैक अधिकारीले बताए। उनले ब्याजदर २ देखि ५ प्रतिशत बिन्दुसम्म बढाइएको जानकारी दिए। यसमध्ये सबैभन्दा बढी घरजग्गा कर्जाको व्याजदर बढेको छ। १० देखि १३ प्रतिशतसम्म रहेको घरजग्गा कर्जा अहिले १६ देखि १७ प्रतिशतसम्म पुगेको छ, उनले भने। यस्तै सवारी कर्जा १३ प्रतिशतसम्म पुगेको छ। यो करिव १० प्रतिशतको हाराहारीमा थियो। अन्य कर्जामा पनि ब्याजदर बढाइएको छ। सँगै बचतको ब्याज पनि बढेको छ।


'२०१० भित्र कर्जा तथा बचतको व्याजदर २३ बर्षअघिकै अवस्थामा पुग्नेछ,' सिटिजन्स बैंक इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले नागरिकसँग भने।

२३ बर्षअघि अर्थात् १९८७ मा कर्जाको अधिकतम व्याजदर २१ प्रतिशत र बचतको १३ प्रतिशत थियो। न्युन व्याजदर रहेको २००६ मा कर्जामा अधिकतम ९ प्रतिशत र बचतमा २ प्रतिशत मात्र थियो।

कर्जामा व्याज बढेपछि घरजग्गा, उपभोग्य सामाग्रीलगायत अनुत्पादक क्षेत्रमा लगानी घट्नेछ। यसले मूल्य वृद्धि नियन्त्रणमा सहयोग गर्नेछ।

सरकारले उठाएको राजस्व अनुपातमा खर्च हुन नसक्दा बैंकलाई नगद अभाव भएको हो। संकलन भएको राजस्व अनुपातमा ४ अर्व ५५ करोड रुपैयाँ सरकारी खातामा जम्मा छ। गत मंसिर २६ सम्म सरकारले ५६ अर्ब ५५ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। सरकारी खर्च भने ५२ अर्ब रुपैयाँ मात्र भएको छ। सरकारी खातामा साढे चार अर्ब रुपैयाँ रहँदा बैंंकसँग नगद अभाव भएको हो।

दशैं-तिहारमा बाहिरिएको रकम अनुमान विपरित बैंकमा फिर्ता नआएपछि यसबीचमा सापटीको व्याजदर पनि बढेको छ। दशैंताका भएको नोट अभावले बचतकर्तामा 'बैंकको भरोसा हुन्न' भन्ने सन्देश गएपछि दशैंमा वाहिरिएको रकम बैंकिङ क्षेत्रमा नफर्किएको एक बैंकर्सले बताए।


बैंकसँग नगद अभाव हुँदा राष्ट्र बैंकले १२ अर्ब रुपैयाँ ऋणपत्रको धितोमा कर्जा उपलब्ध गराए पनि आपसी सापटीको व्याज घट्न सकेको छैन। विहीवार यस्तो व्याज १२ दशमलव ३० प्रतिशत पुगेको छ। यो संभवत हालसम्मको उच्च हो।
वाणिज्य बैंकहरूसँग नगद कम भएपछि अन्तरबैंक व्याजदर बढेको हो,बैंकर्स एसोसियसनका पूर्वअध्यक्ष तथा कुमारी बैंकका प्रमुख कार्यकारी राधेश पन्तले भने।


लगातार पैसा दिँदा पनि बजारमा रकम अभाव भएकामा राष्ट्र बैंकका अधिकारी पनि अन्यौलमा छन्। 'किन बजारमा नगद अभाव कायम रह्यो? हामी अध्ययन गरिरहेका छौं,' राष्ट्र बैंकका एक अधिकारीले भने।

अहिले केही ठूला र पुराना वाणिज्य बैंकबाहेक अधिकांशमा नगद अभाव छ। विहीवार तीन बैंकले मात्र अन्य बैंकलाई सापटी दिन सकेका थिए। राष्ट्रिय वाणिज्य, नेपाल इन्डिष्ट्रियल एण्ड कमर्सियल र लक्ष्मी बैंकले अरु बैंकलाई सापटी रकम उपलब्ध गराएका हुन्।

विहीबार सापटी दिएका दुई बैंकसँग पनि नगद अभाव भइसकेकाले आउँदो साताबाट राष्ट्रिय वाणिज्य बैंकले मात्र सापटी रकम उपलब्ध गराउन सक्ने छ। यसअघि सापटी रकम उपलब्ध गराउँदै आएका हिमालयन र नविल बैंकले पनि विहीवार सापटी माग गरेका छन्। सापटी उपलब्ध गराउँदै आएको स्टान्डर्ड चार्टर्ड बैंक नेपालले अहिले बन्द गरेको छ।

'राष्ट्र बैंक सधैं पैसा दिइरहन सक्दैन,' राष्ट्र बैंकका एक अधिकारीले भने, 'बैंकहरू आफैं तरलता व्यवस्थापन गर्न सक्षम हुनुपर्छ।' यसका लागि बैंकले निक्षेपको व्याजदर बढाएर उपभोक्तालाई बचततर्फ आकर्षित गर्नुपर्ने उनले बताए। निक्षेपको व्याजदर बढ्दा धेरै व्याज पाइने लोभमा बैंकमा पैसा जम्मा हुन्छ।


तरलता अभाव हुनुमा राष्ट्र बैंकले व्यवस्था गरेको अनिवार्य नगद अनुपात (सिआरआर) पनि प्रमुख कारण हो। सिआरआरअन्तर्गत बैंकहरुले कुल निक्षेपको ५ दशमलव ५ प्रतिशत रकम केन्द्रिय बैंकमा जम्मा गर्नुपर्छ। यो वापत तीन महिनामा राष्ट्र बैंकमा ३१ अर्व ७२ करोड रुपैयाँभन्दा बढी रकम जम्मा भएको छ। यसले पनि तरलता अभाव हुनुमा मूख्य भूमिका खेलेको छ।

घरजग्गा कर्जामा नियन्त्रण

मूल्यांकनको ६० प्रतिशतमात्र कर्जा दिन पाइने
• निक्षेपको ८० प्रतिशतमात्र कर्जा दिन पाइने
काठमाडौं, पुस ३- राष्ट्र बैंकले घरजग्गा खरिदबिक्रीमा प्रवाह हुने कर्जा नियन्त्रण गर्न सीमा तोकेको छ। केन्द्रीय बैंकले बिहीबार जारी गरेको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले 'रियल स्टेट' र 'आवासीय' क्षेत्र दुवैमा कुल कर्जाको ४० प्रतिशतभन्दा बढी ऋण दिन पाउने छैनन्।
रियल स्टेटमा भने यो सीमा २५ प्रतिशत तोकिएको छ। यसअघि यस्तो सीमा थिएन।

'बैंकबाट सजिलै ऋण पाइने हुँदा धेरैले घरजग्गाजस्तो अनुत्पादक क्षेत्रमा लगानी गर्न थालेपछि यसलाई निरुत्साहित गर्न नयाँ नियम ल्याइएको हो,' गभर्नर विजयनाथ भट्टराईले बिहीबार नागरिकसँग भने। घरजग्गाको अस्वाभाविक कर्जा वृद्धिबाट अर्थतन्त्रमा समस्या आउन नदिन यस्तो कदम चाल्नुपरेको उनले बताए।

निर्देशनमा तोकिएभन्दा बढी ऋण दिइरहेका बैंक तथा वित्तीय संस्थालाई सीमाभित्र ल्याउन दुई वर्षको समय दिइएको छ। कुनै पनि बैंक सीमाभित्र छैनन्। कतिपय बैंकको आधाभन्दा बढी कर्जा घरजग्गामै छ।

यसले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर व्यापारिक उद्धेश्यले घरजग्गा किन्न अब सजिलो हुनेछैन। बैंकबाट कर्जा लिई जग्गा किनेर प्लटिङ गर्ने र बैनामात्र गरी कारोबार गर्नेहरू यो नीतिबाट प्रभावित हुनेछन्। जग्गाको मूल्य घटाउन पनि यसबाट ठूलो दबाब पर्नेछ।

हाउजिङ र अपार्टमेन्टमा भएको लगानीमा भने यसले ठूलो असर पार्दैन। किस्ताबन्दीमा कर्जा लिने सर्वसाधारणलाई खासै छेकबार नभए पनि ब्याज चर्को पर्नेछ।

राष्ट्र बैंकको तथ्यांकअनुसार घरजग्गामा बैंक तथा वित्तीय संस्थाको १ खर्ब १४ अर्ब रुपैयाँ लगानी छ। यो कुल अर्थतन्त्रको झन्डै १२ प्रतिशत हुन्छ।

घरजग्गामा प्रवाह हुने कर्जालाई जोखिमयुक्त मान्दै राष्ट्र बैंकले यस्तो नीति लिएको हो। आयस्रोतको पत्र बुझाएर किस्ता बुझाउनेगरी लिइएको कर्जा भने जोखिमबाहिर हुने राष्ट्र बैंकको भनाइ छ। घरजग्गा कर्जालाई रियल स्टेट र आवासीयमा वर्गीकरण गरिनुको कारण यही हो।

सीमामा कडाइ
केन्द्रीय बैंकले अहिलेलाई घरजग्गा कर्जामा ४० प्रतिशतको सीमा तोके पनि यसलाई क्रमिक रूपमा कडा पार्दै लगेको छ। २०६८ असारसम्म रियल स्टेट कर्जा १५ प्रतिशतमा झार्नुपर्नेछ। आवासीय घरकर्जासमेत जोड्दा ३० प्रतिशतभन्दा बढी हुनु हुँदैन।
२०६९ को अन्तसम्म यो सीमा अझ घटेर रियल स्टेटतर्फ कुल कर्जाको १० प्रतिशत कायम गरिएको छ। आवासीय घरकर्जा समेत जोडेर यसलाई २५ प्रतिशतमा बढाउन नपाइने केन्द्रीय बैंकले भनेको छ।

'एकैचोटी कर्जा अनुपात घटाउँदा बैंकहरूलाई नकारात्मक असर पर्ला भनेर समय दिइएको हो,' गभर्नर भट्टराईले भने।

उल्लंघन गरे जोखिम व्यवस्था
तोकिएको अवधिभित्र घरजग्गा कर्जालाई सीमामा नल्याए निर्देशन उल्लंघन गरेको मानिने राष्ट्र बैंकद्वारा जारी निर्देशनमा छ। सीमामा नआएका कर्जाका लागि बैंक तथा वित्तीय संस्थाले १ सय ५० प्रतिशतको जोखिम व्यवस्था गर्नुपर्नेछ। अहिले सय प्रतिशतमात्र गरे पुग्छ।

मूल्यांकनको ६० प्रतिशत कर्जा
बैंकहरूले घरजग्गा धितोमा कर्जा दिँदा त्यसको 'स्वच्छ बजार मूल्य'को ६० प्रतिशतमात्र रकम उपलब्ध गराउन पाउने व्यवस्था गरिएको छ। घरजग्गाको सरकारी र बजार मूल्यको औसतका आधारमा यो दर तय हुन्छ। पहिले यस्तो सीमा थिएन। कतिपय बैंकले मूल्यांकनको ७० प्रतिशतसम्म कर्जा दिने गरेका थिए।

कर्जा नवीकरण गर्न नपाइने
कर्जा दिँदा तोकिएको समय नाघ्ने गरी नवीकरण र पुनर्संरचना गर्न नपाइने व्यवस्था पनि केन्द्रीय बैंकको निर्देशनमा छ। तर, बैंकहरूलाई यो सीमाभित्र रहन म्याद गुज्रनुअघि नै ऋण उठाउन बाध्य पारिएको छैन।

उनीहरूले १५ वर्षका लागि कर्जा दिएका भए त्यो समयभित्रै ऋण उठाउन सक्छन्। समय थप्न भने पाउँदैनन्। निर्देशन जारी हुनुअघि स्वीकृत भइसकेका र प्रतिबद्धता जनाइसकेका कर्जा प्रवाहमा यो निर्देशनले बाधा नपार्ने पनि राष्ट्र बैंकले जनाएको छ।

अपार्टमेन्ट खरिदमा पनि बैंकमै पैसा
नयाँ व्यवस्थाले अपार्टमेन्ट खरिद गर्दा खरिदकर्ताले बुकिङ खुला हुँदा बुझाउनुपर्ने रकमसमेत कर्जा दिने बैंकमै जम्मा गर्नुपर्नेछ।

निक्षेपको ८० प्रतिशत
बैंक तथा वित्तीय संस्थाले आफूसँग जम्मा भएजति सबै पैसा कर्जा दिन पाउने छैनन्। कुल निक्षेपको ८० प्रतिशतमात्र कर्जा प्रवाह गर्न पाउने केन्द्रीय बैंकको निर्देशनमा छ। बैंकमा अहिलेजस्तो नगद अभाव नहोस् भनेर २० प्रतिशत रकम राख्ने व्यवस्था गरिएको हो।

'सञ्चालनमा रहेका नयाँ र पुराना वाणिज्य बैंकले निक्षेप संकलनभन्दा बढी कर्जा प्रवाह गरेको भेटिएपछि सीमा तोकेका हौं,' गभर्नरले भने, 'अन्तर्राष्ट्रिय बैंकिङ क्षेत्रमा त निक्षेपको ७० प्रतिशतभन्दा बढी कर्जा प्रवाह गर्न पाइँदैन।'

अहिले कर्जा र निक्षेपबीच धेरै फरक भएका बैंक तथा वित्तीय संस्थालाई सीमाभित्र आउन थप समय दिइएको छ। तिनले २०६७ असारभित्र ९५ प्रतिशतमा झार्नुपर्नेछ। यसअनुसार कुल निक्षेपको ९५ प्रतिशतमात्र कर्जा प्रवाह गरेको हुनुपर्छ। २०६८ असारमा यो ८५ र पुसमा ८० प्रतिशत कायम गरिसक्नुपर्छ।

यो व्यवस्थाबाट बैंकमै रहनुपर्ने पुँजीसमेत चलाएर कर्जा प्रवाह गर्ने क्रम बन्द हुने गभर्नरले बताए। 'समस्या पर्दामात्र राष्ट्र बैंकसँग ऋण लिनुपर्नेमा जथाभावी लिएर सस्तो कर्जा बाँड्ने गरिएको थियो,' उनले भने, 'नयाँ नीतिले यसलाई पनि रोक्नेछ। अब साढे ९ प्रतिशतभन्दा घटीमा राष्ट्र बैंकबाट कर्जा लिन पाइनेछैन।' बजारमा कर्जाको ब्याजदर माथि लैजान पनि केन्द्रीय बैंकले यस्तो व्यवस्था गरेको उनले बताए।

दुई वाणिज्य बैंकबाहेक अरूको कर्जा-निक्षेप अनुपात उच्च छ। यो औसत ९० दसमलव ६ प्रतिशत रहेको देखिन्छ। स्ट्यान्डर्ड चार्टर्ड बैंकको ६२ र एभरेस्ट बैंकको ७८ प्रतिशत छ।

कतिपय बैंकमा यस्तो अनुपात १ सय ६ प्रतिशतसम्म छ। नेपाल बंगलादेश बैंकको १ सय २, कुमारी बैंक १ सय ४, लक्ष्मी बैंक १ सय २, लुम्बिनी बैंक १ सय, सिद्धार्थ बैंक १ सय ३, बैंक अफ एसियाको १ सय ६ र नबिल बैंकको ८७ प्रतिशत कर्जा-निक्षेप अनुपात छ। अन्य बैंकको पनि ८० प्रतिशतभन्दा बढी नै छ।

अर्थसचिव रामेश्वर खनालले आर्थिक वृद्वि र मूल्यवृद्विको हिसाबले कर्जाको वृद्विदर उच्च भएकाले यसलाई नियन्त्रण गर्नुपरेको बताए।

'दुई वर्षअघि मूल्यवृद्धिदर पाँच प्रतिशत हुँदा कर्जाको वृद्धिदर १४ प्रतिशत थियो,' उनले भने, 'अहिले मूल्यवृद्धि १० प्रतिशत हुँदा कर्जा धेरै माथि चढेको छ।'

चालु आर्थिक वर्षको पहिलो तीन महिनाको तथ्यांकअनुसार कर्जाको वृद्धिदर २८ दशमलव १ प्रतिशत छ। केही दिनअघि अन्तर्राष्ट्रिय मुद्राकोषले आर्थिक वृद्विदर साढे चार प्रतिशत रहेको अवस्थामा कर्जाको विस्तार १५ प्रतिशत भए पुग्ने सुझाव दिएको थियो।

कर्जा दिन नयाँ क्षेत्रको खोजी

काठमाडौं, पुस ४- घरजग्गा कर्जा नियन्त्रण गर्ने राष्ट्र बैंकको निर्देशनपछि बैंक तथा वित्तीय क्षेत्र सुरक्षित कर्जा प्रवाहको खोजीमा छन्। राष्ट्र बैंकले बिहीबार बैकिङ क्षेत्रबाट घरजग्गामा प्रवाह हुने कर्जा नियन्त्रण गर्न कुल कर्जाको २५ प्रतिशतमात्र रियलस्टेटमा प्रवाह गर्न निर्देशन दिएको थियो। रियलस्टेट र आवासीय घर दुवैमा यो सीमा ४० प्रतिशत छ।
अब कर्जा जानेसक्ने क्षेत्र

- साना तथा मझौला उद्योग
- लघुकर्जा
- सेयर बजार
- बैंक निक्षेप
- नयाँ क्षेत्रको खोजी


'नगद अभाव मेटिएपछि बैंक तथा वित्तीय संस्था सुरक्षित नयाँ क्षेत्रको खोजीमा लाग्नुपर्छ,' नेपाल विकास बैंक संघका अध्यक्ष झपड बोहराले शुक्रबार 'नागरिक'सँग भने।

राष्ट्र बैंकले बिहीबार बैकिङ क्षेत्रबाट घरजग्गामा प्रवाह हुने कर्जा नियन्त्रण गर्न कुल कर्जाको २५ प्रतिशतमात्र रियलस्टेटमा प्रवाह गर्न निर्देशन दिएको थियो। रियलस्टेट र आवासीय घर दुवैमा यो सीमा ४० प्रतिशत छ।

यसले बैंकहरू अब घरजग्गामा थप कर्जा दिनसक्ने अवस्थामा छैनन्। सीमाभन्दा बढी कर्जा प्रवाह गरेका बैंकलाई अधिकतम दुई वर्षभित्रै कर्जा असुल गर्नुपर्ने चुनौती छ। 'नयाँ आउने बैंकबाहेक अरूले घरजग्गामा कर्जा दिनसक्ने अवस्था छैन,' बैंक अफ एसियाका प्रमुख कार्यकारी परशुराम क्षेत्रीले भने- 'नगद अभाव हटेपछि कर्जा दिन नयाँ क्षेत्र खोज्नुपर्छ।'

आइएमई फाइनान्सका प्रमुख कार्यकारी योगेश्वर ढकाल साना उद्योग र सेयर धितो कर्जातर्फ बढी ऋण प्रवाह हुनसक्ने बताउँछन्।

'जोखिमयुक्त क्षेत्र छोडेर अब नयाँ ठाउँ खोज्नुपर्छ,' उनले भने। सहरभित्र र बाहिरका साना उद्योगसहित कृषि क्षेत्रमा बैंकको कर्जा प्रवाह गर्न बैंकिङ क्षेत्र बाध्य हुने उनीहरूको धारणा छ। 'गाउँ-गाउँमा बैंकिङ सेवा पुर्‍याउन लघुकर्जातर्फ समेत लाग्नुपर्ने हुन्छ,' ढकालले भने।

विगतमा सेयर बजार ओरालो लागेपछि लगानीकर्ता छिटो नाफा हुने घरजग्गामा आकर्षित भएका थिए। 'अब जग्गाको भाउ घट्ने भएकाले कर्जा कडाइ भैसकेको सेयरमा विस्तारै केही लगानी हुनसक्छ,' बोहराले भने। धेरै लगानीकर्ताले सेयरको पैसा झिकेर जग्गामा लगाएका थिए।

क्षेत्रीका अनुसार अब रोजगार सिर्जना हुने उपादनमूलक क्षेत्रमा भन्दा व्यापारिक क्षेत्रमा लगानी बढ्नसक्छ। 'रोजगार सिर्जना हुने उद्योग खोल्न यहाँ कोही पनि चाहँदैन,' उनले भने- 'राजनीतिक दल र मजदुर नेताले वातावरण नबनाएसम्म रोजगार सिर्जना हुने उद्योग खुल्दैन र कर्जासमेत जाँदैन।'

औद्योगिक क्षेत्रमा अशान्ति भएकाले कर्जा प्रवाह हुन नसक्ने क्षेत्रीले बताए। 'उत्पादनमूलक क्षेत्रमा कर्जा जाने वातावरण बनेको छैन,' उनले भने।

उत्पादनमूलक क्षेत्रमा पैसा पठाउन सस्तो ब्याजमा कर्जा दिन नहुने अर्थसचिव रामेश्वर खनालले बताए। कर्जा महँगो भए उत्पादनमूलक क्षेत्रमा जाने उनको अनुमान छ। नयाँ नीतिले रियलस्टेटमा कर्जा नियन्त्रण भई उत्पादनमूलक क्षेत्रको विकासमा बैंकहरूको ध्यान जाने गभर्नर विजयनाथ भट्टराईको विश्लेषण छ।

राजनीतिक वातावरण नहुँदा पछिल्लो समय औद्योगिक क्षेत्र संकुचित हुँदै गएको छ। अहिल्यै कर्जाको विस्तार उच्च भएकाले रकम बैकिङ क्षेत्रमा नथपिई कर्जा बढाउन सकिने अवस्था नभएको क्षेत्रीले बताए। बन्द, हड्ताल, राजनीतिक अस्थिरताले औद्योगिक क्षेत्रको लगानीसमेत जोखिममै रहेको उद्योगी बताउँछन्। वातावरण झन् बिग्रँदै गएकाले यो क्षेत्रमा लगानी बढ्ने अवस्था नभएको उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीले बताए। 'स्वदेशी उद्योग सञ्चालन हुनसक्ने अवस्था छैन,' जोशीले भने, 'औद्योगिक क्षेत्रलाई हेर्न सरकारी र राजनीतिक दृष्टिकोणसमेत सकारात्मक पाइँदैन।'

पछिल्लो समय ठूला लगानीका उद्योगसमेत आउन सकेका छैनन्। 'अहिलेको असहज परिस्थितिमा कर्जा लिएर कोही उद्योग विस्तार गर्न चाहँदैन,' ढकालले भने, 'त्यसैले धेरैले उद्योगको नाममा लिएका ऋणसमेत घरजग्गा कर्जामा लगाएका हुनसक्छन्।'

र्थशास्त्री विश्वम्भर प्याकुर्‍याल अहिलेको अवस्थामा उत्पादनमूलक क्षेत्रमा लगानीको संभावना नरहेको बताउँछन्।

कर्जाको विस्तार उच्च भएकाले थप प्रवाह गर्न सक्ने अवस्थामा बैंक तथा वित्तीय संस्था नभएको उनीहरूले बताए। कर्जा पूरै ठप्प नभए पनि धेरै न्यून हुने बैंकर्सको विश्लेषण छ। कर्जा नियन्त्रण भएपछि जग्गाको भाउ घट्ने भएकाले बैंकहरू असजिलोमा पर्न सक्ने प्याकुरेलले बताए।

वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले घरजग्गामा १ खर्ब १४ अर्ब रुपैयाँ कर्जा दिएका छन। योसँगै कर्जाको विस्तार २८ प्रतिशत पुगेको छ। अहिलेको अर्थतन्त्रको अवस्थामा कर्जाको विस्तार १५ प्रतिशतमा सीमित भए पुग्ने सरकारी अनुमान छ।


बैँकसँग ऋण लिँदा बढी ब्याज तिर्नुपर्ने

सुदर्शन सापकोटा, काठमाडौं, पुस १- आउँदा दिनमा बैंकसँग कर्जा लिँदा उपभोक्ताले बढी व्याज तिर्नुपर्ने देखिएको छ। वाणिज्य बैंकहरूले एकअर्कासँग लिने अन्तरबैंक सापटी रकमको व्याजदरमा आएको लगातार वृद्धिले यस्तो स्थिति आएको हो। यसले निक्षेपको व्याज बढ्न गई बचतकर्तालाई भने फाइदा हुनेछ।
वाणिज्य बैंकहरूसँग नगद कम भएपछि अन्तरबैंक व्याजदर बढेको बैंकर्स एसोसियसनका पूर्वअध्यक्ष तथा कुमारी बैंकका प्रमुख कार्यका राधेश पन्तले जानकारी दिए।

उनका अनुसार भदौ अन्तिम साता १ दशमलव ४१ प्रतिशत रहेको अन्तरबैंक व्याजदर मंगलबार साढे १२ प्रतिशत पुगेको छ। शुक्रबार ९ प्रतिशत थियो।

राष्ट्र बैंकले बैंकिङ क्षेत्रको तरलता बढाउन पछिल्लो एक महिनायता १२ अर्ब रुपैयाँ दिइसकेको छ। मंगलबारै ऋणपत्रको धितो (रिपो) मा ४ अर्ब दिएको थियो।

लगातार पैसा दिँदा पनि अन्तरबैंक व्याजदर घट्न नसकेकोमा राष्ट्र बैंकका अधिकारी चकित छन्। 'किन बजारमा नगद अभाव कायम रह्यो भनेर हामी अध्ययन गरिरहेका छौं,' राष्ट्र बैंकका एक अधिकारीले भने।

केही ठूला र पुराना वाणिज्य बैंकबाहेक अधिकांशमा नगद अभाव छ। बैंकहरूको शाखा र एटिएम बढेकाले बजारमा तरलता कम भएको उनको विश्लेषण छ।

बैंकले आफ्नो प्रत्येक शाखामा एक/डेढ करोड रुपैयाँ राखेको हुन्छ। एटिएम काउन्टर पनि प्रत्येकमा २५ लाख रुपैयाँसम्म मौज्दात रहन्छ।

'राष्ट्र बैंक सधैं यसैगरी पैसा दिइरहन सक्दैन,' उनले भने, 'बैंकहरू आफैं तरलता व्यवस्थापन गर्न सक्षम हुनुपर्छ।' यसका लागि बैंकले निक्षेपको व्याजदर बढाएर उपभोक्तालाई बचततर्फ आकर्षित गर्नुपर्ने उनले बताए। निक्षेपको व्याजदर बढाउँदा धेरै व्याज पाइने लोभमा बैंकमा पैसा जम्मा हुन्छ।

अहिले बैंक व्याजदरको तुलनामा जग्गा र सुनमा लगानी गर्दा बढी फाइदा हुने देखेर उपभोक्ता यी क्षेत्रमा झुम्मिएका छन्। जग्गा र सुनमा लगानी गर्न धेरैले नगद आफैंसँग राखेको राष्ट्र बैंकको अनुमान छ।

'निक्षेपको व्याज बढ्नेबित्तिकै घरमा थन्किएर बसेको रकम बैंकमा आउँछ,' ती अधिकाले भने।

तर, बैंकहरू यो बाटो अपनाउनुको साटो तरलता व्यवस्थापनका लागि केन्द्रीय बैंकको मुख ताक्ने गरेको उनले बताए। निक्षेपको व्याजदर बढाउँदा बैंकको सञ्चालन खर्चसमेत बढ्न जान्छ।

बैंकहरू भने अन्तरबैंकिङ सापटीबाट पनि पैसा नपुग भएपछि स्थायी तरलता सुविधातिर लागेका छन्। रिपोको औसत व्याजदरमा थप तीन प्रतिशत जोडेर स्थायी तरलताको व्याजदर निर्धारण गरिन्छ।

बैंकहरूले आफैंले पहल गरेर राष्ट्र बैंकसँग बढीमा पाँच दिनका लागि यस्तो सुविधा लिन पाउँछन्। मंगलबारै आफूसँग भएको ऋणपत्र धितो राखेर चार अर्ब ऋण लिएका हुन्। स्थायी तरलताको माग बढेकाले बुधबार अन्तरबैंक सापटी दर १३ प्रतिशतसम्म पुग्ने एक वाणिज्य बैंकका अधिकारीले दाबी गरे ।

http://www.nagariknews.com/economy/banking-money/8212-2009-12-16-03-33-27.html




सुदर्शन सापकोटा, काठमाडौं, पुस १- बैंकिङ क्षेत्रमा तीव्र प्रतिस्पर्धाका कारण प्रमुख कार्यकारी अधिकृत (सीईओ) को तलब बढेको छ।
विभिन्न वाणिज्य बैंकको वार्षिक प्रतिवेदनअनुसार सीईओको तलब सुविधा गत वर्षको तुलनामा यो वर्ष १५ देखि ३५ प्रतिशतसम्म बढेको देखिन्छ। राष्ट्र बैंकले वित्तीय क्षेत्रका प्रमुख कार्यकारीको तलब सुविधाबारे प्रश्न उठाइरहेका बेला वाणिज्य बैंकहरूले सुविधा बढाएका हुन्।
केन्द्रीय बैंकले तलब सुविधाबारे अध्ययन गरी मापदण्ड तोक्न चार महिनाअघि सुपरीवेक्षण विभागलाई निर्देशन दिएको थियो।

'जोखिम व्यवस्थापन गर्दै लगानीको उच्च प्रतिफल दिनुपर्ने, बैंकको सम्पूर्ण जिम्मेवा निर्वाह गर्नुपर्ने र अस्थायी प्रकृतिको पद भएकाले प्रमुख कार्यकारीको तलब बढेको हो,' सञ्चालनमा आउने तयामा रहेको मेगा बैंकका प्रमुख कार्यकारी अनिल शाहले भने।

पछिल्लो वृद्धिपछि पनि स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालका प्रमुख कार्यकारी सुजित मुन्डुल सबभन्दा बढी तलब खानेमा परेका छन्। अहिले उनी वर्षको २ करोड १३ लाख ९१ हजार रुपैयाँ बुझ्छन्। यसअघि उनको तलब सुविधा १ करोड ७७ लाख रुपैयाँ थियो।

बैंकिङ क्षेत्रको बढदो प्रतिस्पर्धाले प्रमुख कार्यकारीको तलब सुविधा बढेको बैंकर्स बताउँछन्।
प्रतिस्पर्धाकै कारण सीईओहरू एउटाबाट अर्कोमा जाने क्रम पनि बढेको छ। हालै मेगा बैंकमा आबद्ध शाह केही अघि नबिल बैंकमा थिए। सनराइज बैंकका प्रमुख कार्यकारी किशोर महर्जन सञ्चालन अनुमति पर्खिरहेको सिभिल बैंक गएका छन् भने ग्लोबल बैंकका सुमन न्यौपाने सनराइज पुगेका छन्। यस्तै विजय पन्त सञ्चालन तयामा रहेको जनता बैंक गएका छन्। सीईओहरू यताबाट उता जाने क्रमले पनि तलबसुविधा बढाउन मुख्य भूमिका खेलेको हो।

नबिल बैंकले गत वर्ष तत्कालीन प्रमुख कार्यकारी शाहलाई वार्षिक ९१ लाख ५० हजार रुपैयाँ तलबसुविधा दिएको थियो। अघिल्लो वर्ष उनले ८० लाख रुपैयाँ तलब बुझेका थिए। नबिलभन्दा आकर्षक तलब सुविधाका कारण नयाँ बैंक गएको उनी बताउँछन्।

त्यस्तै, इन्भेष्टमेन्ट बैंकले प्रमुख कार्यकारीलाई १ करोड ५३ लाख रुपैयाँ तलब सुविधा दिएको छ। अघिल्लो बर्ष बैंकले १ करोड २८ लाख रुपैयाँ तलव सुविधा दिएको थियो। सिटिजन्स बैंकले गत वर्ष ७० लाख ११ हजार रुपैयाँ दिएको थियो। अघिल्लो बर्ष बैंकले ५२ लाख १५ हजार रुपैयाँ तलव सीईओलाई दिएको थियो।

'कर्मचारीका लागि जागिरको आकर्षक पक्ष नै तलब हो,' एक वाणिज्य बैंकका अध्यक्षले भने, 'तलब यति देऊ/उति देऊ भनेर राष्ट्र बैंकले रोक्न खोज्यो भने बैंकिङ क्षेत्रमा प्रमुख कार्यकारीको अभाव हुनसक्छ।'
मूल्यवृद्धिका आधारमा अन्य कर्मचारीको तलब बढेजस्तै सीईओको पनि बढेको उनले बताए। 'एउटै तलबमा चार/पाँच वर्ष कसैले काम गर्न सक्दैन। बैंकले हासिल गरेको उपलब्धि, प्रतिस्पर्धा र बजार मूल्य वृद्धिका आधारमा वर्षेनी तबल समायोजन हुन्छ,' उनले भने।
सीईओको तलब बढी भयो भनेर नियन्त्रण गर्न खोज्नु प्रतिस्पर्धी बजारको मान्यताविपत हुने बैंकर्स बताउँछन्।
अस्थायी प्रकृतिको काम भएकाले सीईओले पाउने तलबसुविधा जागिर खाउन्जेलमात्र हुने उनीहरूको तर्क छ। अन्य कर्मचारीजस्तो प्रोभिडेन्ट फन्ड, बिमा, औषधि उपचारजस्तो सुविधा बैंकका प्रमुखलाई हुँदैन।
'जागिर खोसिएको भोलिपल्ट अरू कर्मचारीको हातमा धेरथोर पैसा हुन्छ, तर सीईओ खाली हात निस्कनुपर्छ,' बैंकका ती अध्यक्षले भने।
शाह भने बैंकको प्रतिफलका आधारमा सीईओले पाउने तलबसुविधा मूल्यांकन गर्नुपर्ने बताउँछन्।
बैंक सञ्चालक समितिले दिएको वार्षिक लक्ष्य हासिल गर्दै लगानीकर्तालाई उचित प्रतिफल दिनुपर्ने दबाब सीईओमाथि हुने भएकाले बढी तलब पाउनु स्वाभाविक भएको उनको भनाइ छ। 'सीईओले आकर्षक तलबका लागि नै चुनौतीपूर्ण जिम्मेवारी लिएका हुन्छन्,' उनले भने, 'तलब राम्रो नभए किन ठूलो जिम्मेवारी बोकेर जागिर खाने?'

http://www.nagariknews.com/news-highlights/139-highlights/8210-2009-12-16-03-15-53.html


धितोपत्र सम्वन्धि तथ्यांक बैंक

नागरिक संवाददाता
धितोपत्र वोर्डले पुँजी बजार सम्वन्धि सम्पूर्ण तथ्यांक सर्वसाधारणसम्म पुर् याउन धितोपत्र तथ्यांक व्यवस्थापन प्रणाली एसडिएमएस को विकास गरेको छ । यो वेभ प्रणालीमा पुँजी बजार सम्वन्धि तथ्यांकका साथै साधारण वोनस निष्कासन हकप्रद सेयरलगायत सम्वन्धित कम्पनीको बारेमा जानकारी हुने छ । वोर्डले यसलाई केन्द्रिय धितोपत्र तथ्यांक बैंकका रुपमा विकास गरेको हो ।
प्रणालीको उद्घाटन गर्दै अर्थमन्त्री सुरेन्द्र पाण्डेले प्रणाली विकास गर्नु मात्र ठूलो कुरा नभइ यसलाई अद्यवधिक गर्नु प्रमुख कुरा भएको बताए । उनले धितोपत्र बजारमा लगानी गर्न चाहनेका लागि यो प्रणालीले मद्दत गर्ने बताए ।
व्यवस्थित सुचना प्रणालीको अभावबाट समस्या भोगिरहेका लगानीकर्ताका लागि यसले लाभ पुर् याउने छ- उनले भने ।
उनले वहुचर्चित केन्द्रिय निक्षेप प्रणाली सिडिएस का लागि बम्वइ स्टक एक्सचेन्जसँग कुराभइरहकेको जानकारी दिए ।
उनीहरुसँग हामी नियमित सम्पर्कमा छौं- अर्थमन्त्रीले भने -यसको विकास गरेर कार्यान्वयनमा चाँडै ल्याउन प्रतिवद्ध छौं ।
सिडिएस कार्यान्वयनमा आएपछि लगानीकर्ताले घरमै बसेर सेयर खरिद विक्री गर्न सक्ने उनले बताए ।
यसो हुँदा सर्वसाधारणलाई सजिलो भइ बजार विस्तार हुने छ-उनले भने ।
सरकारले चालु आर्थिक बर्षको बजेटमा यो प्रणाली गएको असोज मसान्तभित्र कार्यान्वयनमा ल्याउने प्रतिवद्धता जनाएको थियो । तर अहिलेसम्म कार्यान्वयनमा आउन सकेको छैन । यद्यपी अध्ययन भने भइरहेको छ ।
कार्यक्रममा वोल्दै राष्ट्र बैंकका डेपुटी गभर्नर कृष्णवहादुर मानन्धरले वोर्डको यो तथ्यांक प्रणालीबाट लगानीकर्ताले धेरै लाभ उठाउन सक्ने बताए । उनले वोर्ड र राष्ट्र बैंक मिलेर साधारण निष्कासनमा लगानी गर्नेलाई एउटा प्रणालीमा समेटेर पुँजी बजारमा हुने विकृति घटाउन सकिने बताए । यसका लागि राष्ट्र बैंक अन्तर्गतका बैंक वित्तीय संस्थाको साजाललाई प्रयोग गरी यो प्रणालीलाई विकास गर्न सकिने जानकारी दिए ।
वोर्डले विकास गरेको यो प्रणाली विश्व बैंकको आर्थिक सहयोगमा तयार गरिएको हो । यसका लागि विश्व बैंकले १ करोड ११ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको थियो । यसमध्ये यो प्रणाली विकास गर्दा ९ लाख रुपैयाँ बचत भएको छ । वोर्डका नवराज अधिकारीको नेतृत्वमा यो प्रणाली विकास गरिएको हो ।

नियमन नहुँदा कमोडिटिज लगानीकर्ता असुरक्षित

काठमाडौं मंसिर २८
सेयर जस्तै वस्तु तथा सेवाको कारोवार हुने कमोडिटिज बजारको नियमन गर्ने निकाय नहुँदा सर्वसाधाणको लगानी असुरक्षित भएको छ । सेयरका लगानीकर्ताको सुरक्षाका लागि धितोपत्र वोर्डले नियमन गर्छ । तर तीन बर्षदेखि सुरु भएको कमोडिटिज बजारलाई नियमन गर्ने कुनै पनि निकाय छैन । नियमन नहुँदा सर्वसाधारणको लगानी असुरक्षित हुने सम्भावना वढेको हो ।

अन्तर्राष्ट्रिय बजार मूल्य अनुसार कारोवार हुने वस्तु तथा सेवामा नेपाली लगानीकर्ताको आकर्षण वढिरहेको छ । सेयर मूल्य घटिरहेकाले पनि त्यतातिर लगानीकर्ताको आकर्षण बढॆको हो । लगानीकर्ताको आकर्षण बढेपनि सरकारले अहिलेसम्म पनि कुनै निकाय गठन गरेर नियमनको जिम्मा दिएको छैन । अहिले कमोडिटी एण्ड मेटल एक्सचेन्ज र मर्कन्टाइल एक्सचेन्ज नेपालबाट सर्वसाधारणले अन्तर्राष्ट्रिय बस्तु तथा सेवाको कारोवार गरिरहेका छन् । नेपाल डेरिभेटिभ एण्ड एक्सचेन्जले पनि कारोवार सुरु गर्ने तयारी गरिरहेको छ ।

कमोडिटिजको कारोवार गर्ने कम्पनी स्वयंमले नियमन निकाय गठन र यस सम्वन्धि ऐनको माग गरिरहेका छन् ।
बढिरहेको कमोडिटिज बजारको नियमनका लागि निकाय गठन गर्नका लागि हामीले सरकारसँग पटक-पटक माग गरिसकेका छौं- मर्कन्टायलका प्रमुख कार्यकारी दिपेन्द्र खतिवडाले भने -सरकारीतर्फबाट चाँडै यो बजार नियमनका लागि काम थाल्ने भन्ने आश्वासन पाएका छौं ।

कोमेनका प्रमुख कार्यकारी विजय सत्यालले कमोडिटिजलाई करको दायरामा समेटिसकेको सरकारले अझैसम्म पनि ऐन र नियमन निकायको गठन नगर्दा बजार वढेपनि यसले अपेक्षा गरेअनुसारको उपलब्धि हासिल गर्न नसकेको बताए । ऐन र नियामक निकाय गठन भएपछि सर्वसाधारणको लगानी सुरक्षित भइ बजार पनि व्यवस्थित हुने उनले बताए । चालु बर्षभित्र मात्र दुई कम्पनीले सरकारलाई ६ करोड रुपैयाँभन्दा वढी कर वुभाइसकेका छन् ।

नेपाली लगानीकर्ताले अहिले सुन चाँदी तामा पित्तल कच्चा तेल कफिलगायतका बस्तुको अन्तर्राष्ट्रिय बजार मूल्य अनुसार कारोवार गरिरहेका छन् । सेयरको मूल्यमा निरन्तर गिरावट आएपछि लगानीकर्ता कमोडिटिज बजारमार्फत सुनको कारोवारतर्फ आकर्षित भएको एक्सचेन्ज कम्पनीहरुले जनाएको छ । अहिले सुनपछि कच्चा तेल र चाँदीको कारोवार वढी हुने गरेको छ ।

नियमन निकाय हुँदा एक्सचेन्ज कम्पनीहरुले गर्नसक्ने मूल्य मेनुपुलेसनबाट लगानीकर्ता जोगिन सक्छन् । कम्पनीहरुले अन्तर्राष्ट्रिय बजारभन्दा केही तलमाथि गरेर सर्वसाधारणको लगानी प्रभावित गर्न सक्ने सम्भावना पनि कम हुने एक कमोडिटिज दलालले बताए । उनका अनुसार एक्सचेन्ज कम्पनीहरुले प्रयोग गरेको सफ्टवेयरमा समस्या आउँदा लगानीकर्तालाई पर्नसक्ने अप्ठ्याराबाट पनि लगानीकर्ता जोगिने छन् ।

नियमन नहुँदा अहिले कमोडिटिज कारोवार गर्ने कम्पनीको संख्या वढिरहेको बताउँदै उनले कुनै कम्पनी सर्वसाधारणबाट रकम उठाएर भाग्न सक्ने सम्भावना पनि कम हुने जानकारी दिए ।
नियमन निकाय हुँदा कम्पनीहरु प्ारदर्शी र व्यवस्थित हुन्छन्-उनले भने -लगानीकर्ताको विश्वास बढेर बजार अझ फराकिलो हुन्छ ।

कमोडिटिज ऐन बर्षको अन्त्यसम्म
काठमाडौं मंसिर २८ नागरिक
सरकारले कमोडिटिज बजारलाई नियमन गर्ने निकाय र ऐन असार अन्त्यसम्म आउने भएको छ । अर्थमन्त्रालय स्रोतका अनुसार कमोडिटिज बजारका अधिकारीसँगको छलफलपछि सरकार ऐन ल्याउन तयार भएको हो । उनका अनुसार कमोडिटिज बजार नियमन गर्न तत्कालका लागि सेयर बजरको नियमन गरिरहेको धितोपत्र वोर्डलाई जिम्मा दिइने मन्त्रालय स्रोतले बतायो । तर वोर्डले भने कमोडिटिज बजारको नियमन गर्न नसक्ने जनाएको छ ।
ऐन निर्माणका लागि तयारी सुरु भइसकेको मन्त्रालय स्रोतले बतायो । स्रोतका अनुसार कमोडिटिज बजारका अधिकारीसँग ऐन निर्माणका लागि छलफल र तयारी भइरहेको छ । बजार नियमनका लागि ऐन र नियमन निकायको माग भएपछि मन्त्रालयले तयारी सुरु गरेको हो । नेपालमा तीन बर्षदेखि कमोडिटिज बजार साचालन हुँदै आएको छ ।


एनडेक्सको कारोवार पुस दोस्रो साताबाट
काठमाडौं मंसिर २८ नागरिक
नेपाल डेरिभेटिभ एक्सचेन्ज एनडेक्स ले पुस दोस्रो साताबाट कारोवार सुरु गर्ने भएको छ । कम्पनीले ११ वटा बस्तुबाट कारोवार सुरु गर्न लागेको हो । योसँगै नेपालमा कमोडिटिजको कारोवार गर्ने कम्पनी तीन पुगेको छ ।
सुन चाँदी कच्चा तेल तामा जिङलगायतका ११ वटा वस्तुबाट कारोवार सुरु गर्ने तयारी गरिरहेको कम्पनीका प्रमुख कार्यकारी सूर्य पोखरेलले बताए । उनका अनुसार यसका लागि कम्पनीले काष्ठमण्डप क्लियरिङ कम्पनीलाई क्लियरिङ हाउस बनाएको छ । क्लियरिङ हाउसले बस्तु खरिद तथा विक्रीकर्ता र कारोवर गर्ने कम्पनीबीच मध्यस्थताको काम गर्छ । कम्पनीले अहिले २० दलाल कम्पनीबाट कारोवार सुरु गर्ने तयारी गरिरहेको छ ।

कारोवार सुरु भएपछि अरु दलाल थप्ने छौं- उनले भने -र क्लियरिङ हाउस पनि थपिने छ ।
पोखरेलले एक किलोग्राम सुनका लागि ७५ हजार रुपैयाँ लगानीकर्ताबाट धरौटी लिएर सुन खरिद गरिदिने बताए । साचालनमा रहेका अन्य कम्पनीको तुलनामा यो रकम सस्तो हो । उनले ऐन तथा नियमन निकाय गठनपछि देश भित्रका कृषि बस्तुको पनि कारोवार थालिने बताए ।

हिमालयन स्टक एक्सचेन्ज दर्ता


नागरिक संम्वाददाता
काठमाडौं मंसिर १५
धितोपत्र वोर्डमा सोमवार नयाँ स्टक एक्सचेन्ज दर्ता भएको छ । हिमालयन स्टक एक्सचेन्जको नाफामा दर्ता भएको कम्पनीमा १८ कम्पनी संस्थापक सदस्य छन् । यसअघि तीन कम्पनी वोर्डमा दर्ता भइसकेका छन् ।
विकास बैंक वित्तीय कम्पनी इन्स्योरेन्स र सेयर दलाल कम्पनीसहित १८ जना संस्थापक रहेको कम्पनीको चुक्ता पुँजी १० करोड रुपैयाँ रहेको छ । अधिकृत पुँजी २० करोड रुपैयाँ छ । कम्पनीको पाँच सदस्यीय साचालक समितिको अध्यक्ष रमेशकुमार भट्टराई छन् । उनी एसियन लाइफ इन्स्योरेन्सका प्रबन्ध साचालक पनि हुन् । अन्य साचालकमा सगरमाथा इन्स्योरेन्सका प्रबन्ध साचालक कृष्णवहादुर बस्नेत वुटवल फाइनान्सका कार्यकारी अध्यक्ष देवेन्द्र ध्वजु कमोडिटिज एण्ड मेटल एक्सचेन्ज कोमेन का प्रमुख कार्यकारी बिजय सत्याल र त्रिवेणी विकास बैंकका प्रमुख कार्यकारी सागरकुमार घिमिरे छन् ।
एक्सचेन्जले अनुमति पाएपछि सबै सुविधा सहित साचालन गर्ने अध्यक्ष भट्टराईले बताए । उनले सबैभन्दा आधुनिक सफ्टवेयरको प्रयोग गरी स्थापनादेखि नै केन्द्रिय निक्षेप प्रणालीबाट कारोवार थाल्ने जानकारी दिए । डेड महिनाको कसरतपछि एक्सचेन्ज दर्ता गरेको बताउँदै उनले अब अन्य तयारी सुरु गर्ने बताए ।
एक्सचेन्जलाई पूर्ण रुपमा साचालनमा ल्याउन अहिलेको पुँजी अपुग हुने बताउँदै अरु २० करोड रुपैयाँ थप्न सकिने अवस्थामा रहेको उनले जानकारी दिए ।
अनुमति पाएपछि थप पुँजी बढाउनलाई समस्या छैन-उनले भने -अहिलेको पुँजीमा २० करोड रुपैयाँ थप्न सक्ने अवस्थामा हामी छौं ।
यस सम्वन्धि ऐनमा ५ करोड चुक्ता पुँजी भएको कम्पनीले स्टक एक्सचेन्ज साचालन गर्न सकिने व्यवस्था छ । उनले अनुमति पश्चात देशभरको १० मूख्य स्थानबाट कारोवार गर्ने व्यवस्था गरिने बताए ।
भट्टराईका अनुसार हिमालयन स्टक एक्सचेन्जमा एसियन लाइफको सबैभन्दा वढी अर्थात एक करोड रुपैयाँ वरावरको सेयर छ । यस्तै कोमेनले ५५ लाख महालक्ष्मी फाइनान्सले ९० लाख हिमचुली विकास बैंकले २५ लाख गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले ९० लाख र एनएलजी इन्स्योरेन्सले ५० लाख रुपैयाँ वरावरको सेयर हालेका छन् ।
कम्पनीमा शुभलक्ष्मी वीरगाजु सिद्धार्थ त्रीवेणी र पि्रमियर फिनान्सको ५०÷५० लाख रुपैयाँ लगानी गरेको उनले बताए । सेन्ट्रल ललितपुर फाइनान्स पि्रमियर इन्स्योरेन्स सगरमाथा इन्स्योरेन्सले पनि ५० लाखका दरले लगानी गरेका छन् । सिएमबी फाइनान्स र व्रोकर कम्पनी सिप्रबी सेक्युरिटिजले २५ लाखका दरले लगानी गरेका छन् ।
सेयर कारोवारका लागि एक मात्र नेपाल स्टक एक्सचेन्ज हुँदा प्रतिस्पर्धि बजार नभएको बताउँदै उनले नयाँ कम्पनी थपिएपछि सेयरधनीले स्तरिय सेवा पाउने बताए । भट्टराईले हिमालयन स्टक एक्सचेन्जमा निजी क्षेत्रबाट साचालित उत्पादन मूलक कम्पनीलाई पनि प्रोत्साहित गरिने बताए ।
एक्सचेन्जलाई अर्थतन्त्रको सही परिसूचकका रुपमा विकसित गछौं- उनले भने ।


पहिलो कारोवारभन्दा पनि तल झर् यो सेयर


सुदर्शन सापकोटा
काठमाडौं, मंसिर १८
नयाँ कम्पनीको साधारण सेयर खरिद गर्दै हुनुहुन्छ भने एकपल्ट सोच्नुस । एक बर्षअघि नेपाल स्टक एक्सचेन्ज नेप्से मा सुचिकृत कम्पनीका सेयर सुचिकृत मूल्यभन्दा कममा विक्री भइरहेका छन् । सय रुपैयाँ अंकित दरका ती सेयर नेप्सेमा औषद तीन गुणा वढी मूल्यमा सुचिकृत भएका थिए । सेयरको आपुर्ति मागभन्दा वढी भएकाले तिनीहरुको मूल्यमा ह्रास आएको हो ।
कृषि विकास बैंकको साधारण सेयर निष्कासनपछि सेयरको दोस्रो बजारतर्फ आकर्षित भएका सर्वसाधारण छोटो समयमा नै धेरै कमाउन सकिन्छ भनेर यतातिर लगानी गरेका थिए । तर अनुमान विपरित बजार निरन्तर ओरालो लागेपछि लगानीकर्ताले आफ्नो लगानीको ६० प्रतिशत हिस्सा गुमाइसकेका छन् ।
एक बर्षमा सुचिकृत भएका कम्पनीका सेयर खरिद गर्दै आएका एक लगानीकर्ताले दोस्रो बजारबाट १५ लाख रुपैयाँ गुमाइसकेको बताए । सरकारी कर्मचारीसमेत रहेका उनले साचयकोषबाट ऋण लिएर ४३ लाख रुपैयाँ बजारमा लगाएका थिए । आफुसँग भएको सुन बेचेर तथा साचयकोषको रकम लगाएर सेयर किनेका उनले सबैभन्दा वढी सगरमाथा मर्चेन्ट एण्ड बैंकिङ फाइनान्सको सेयरबाट गुमाएको बताए ।
सुन पनि बेचेर सिद्धयाए- उनले भने -सेयर मूल्य पनि निरन्तर घटिरहेको छ ।
नेपाल टेलिकमको सेयरले सबैभन्दा वढी लगानीकर्तालाई डुबाएको छ । एक सय रुपैयाँ अंकित दरका सेयरमा थप ५ सय रुपैयाँ जोडेर उसले वोलकवोलमा सर्वसाधारणलाई सेयर विकि्र गरेको थियो । तर अहिले कम्पनीको सेयर मूल्य ५ सय ४ रुपैयाँमा झरेको छ । १६ सय रुपैयाँसम्म पुगेको कम्पनीको १५ करोड किक्ता सेयर सर्वसाधारणमा छ । कम्पनीको सेयर ९ सय ४० रुपैयाँमा सुचिकृत भएको थियो । कम्पनीको सेयर वोलकवोल मार्फत २५ सय रुपैयाँसम्म हालेर लगानीकर्ताले खरिद गरेका थिए ।
एक बर्षको अधिका डेड दर्जन बढी कम्पनीको सेयर सुचिकृत भएको नेप्सेमा ११ कम्पनीका लगानीकर्ताले गुमाएका छन् । सुचिकृत मूल्यभन्दा अहिलेको मूल्य कम भएकाले दोस्रो बजार प्रवेश गरेका लगानीकर्ताले गुमाएका हुन् ।
त्यसबेला बढेको बजारलाई मूल्यांकन गरेर सुचिकृत नयाँ कम्पनीको सेयर किनेकाहरु यसबेला धेरै घाटामा छन्-लगानीकर्ता राजकुमार तिम_िल्सनाले भने । उनले सेयर बजारबाट थोरै समयमा धेरै कमाउन सकिन्छ भनेर लहैलहैमा आएका लगानीकर्ता वढी घाटामा परेको जानकारी दिए ।
सुचिकृत मूल्यभन्दा अहिले सुभेच्छा विकास क्लिन इनर्जी डेभलपमेन्ट पुर्वााचल ग्रामिण विकास रिलायवल इन्भेष्टमेन्ट वित्तीय संस्था पशुपति डेभलपमेन्ट बैंक अफ एसिया र सिटिजन्स बैंकका लगानीकर्ताको मात्र लगानी संकटमा परेको छैन ।
ऋण लिएर दोस्रो बजारमा आएकाले भने झन् ठूलो नोक्सानी खेपेका छन्-तिमि_िल्सनाले भने ।
बजार पनि घटिरहेको छ र ऋणको व्याज पनि तिर्नु पर्ने भएकाले यस्ता लगानीकर्तालाई दोहोरो आर्थिक मार परेको उनले बताए ।
विसं। २०५७ सालमा जस्तै अहिले पनि बजार घटेको बताउँदै उनले केही समय पर्खनेका लागि आउँदो बजार नाफामूखि हुने विश्लेषक बताउँछन् ।
अहिले सेयर बेच्ने समय होइन- ज्याम टेक्नोलोजिज्का प्रमुख कार्यकारी अशोक महर्जनले भने -केही समय पर्खनसक्नेलाई सेयरले फाइदा नै पुर् याउँछ ।
विश्लेषकका अनुसार ९ बार्षअघि जस्तै सेयर बजार तल झरिसकेको छ । त्यसबेला नेप्से परिसुचक १७८ अंकमा भर्दा बाजर पुँजीकरण जतिको भएको थियो अहिलेको बजार पँुजीकरण पनि त्यति वरावर आइसकेको छ । यसरी बजारलाई मूल्यांकन गर्ने हो भने बजार ुक्रयासु हुने बेला भइसक्यो- तिमि_िल्सनाले भने ।



एक बर्षको अवधिमा सुचिकृत कम्पनी
कम्पनी हालको मूल्य सुचिकृत मूल्य
नेपाल टेलिकम ५०४ ९४०
प्रभु फाइनान्स ४८० ४९०
एनडिइपी २५० ५४७
सगरमाथा मर्चे्रन्ट ३८० ७५१
लर्ड बुद्ध फाइनान्स ३१० ५१७
सुभेक्छा विकास ७०० ६९१
कास्की ३८५ ७००
त्रिवणी विकास ७१२ ८२५
क्लिन इनर्जी ६१३ ५०१
पुर्वााचल ग्रामिण वि। ९६५ ६१४
ग्लोवल ४०० ५४५
रिलायवल ई। िवं ६४० ६४०
पशुपति डेभलपमेन्ट ४७० ४३७
शिखर वि।सं। २७० २९०
बैंक अफ एसिया ४६१ ४५५
सिटिजन्स ५४० ५२०


दुवइ वल्र्डमा लगानी भएको बैंकमा नेपालीको पनि लगानी


सुदर्शन सापकोटा
काठमाडौं मंसिर २१
दुवइ वल्र्डका ऋणदाता स्टान्डर्ड चार्टर्ड र एचएसबिसी बैंकमा लगानी गरेका केही नेपाली बाणिज्य बैंकलाई पनि असर पर्ने भएको छ । ती बैंकमा नौ बाणिज्यको बैंकको तीन अर्ब रुपैयाँ लगानी छ । कुल लगानीको ४० प्रतिशत मुद्दति निक्षेपमा र बाँकी रकम सुरक्षणमा लगानी गरेका छन् ।
युएइको सबैभन्दा ठूलो कम्पनी दुवइ वल्र्ड आर्थिक संकटमा परेपछि त्यसका कर्जादाता दुई बैंकको लगानी पनि संकटमा परेको हो । कर्जा संकटमा परेकाले नेपाली बैंकले गरेको दुई बंैंकको लगानी पनि केही हदसम्म प्रभावित हुने राष्ट्र बैंकका एक उच्च अधिकारीले बताए । यद्यपी नेपाली बैंकको लगानी असुरक्षित नभएको उनले बताए ।
ती बैंकमा अधिक तरलता भएकाले असहज लागेमा मुद्दतिको रकम फिर्ता लिनसकिने छ । सुरक्षण पनि बैंकको सुरक्षित बचत औजार भएको उनले बताए ।
दुवइ वल्र्ड संकटमा परेको हो त्यसको ऋणदाता कम्पनी होइन-उनले भने -बैंकले गरेको एक क्षेत्रको लगानी संकटमा पर्दैमा बैंक डुब्ने भन्ने हुँदैन यसले नेपाली बैंकलाई खासै फरक पार्दै्रन ।
स्टान्डर्ड चार्टर्ड र एचएसबिसी बैंकको कर्जा रकम दुवइ वल्र्डबाट नउठेमा केही नेपाली बैंकको शाखा विस्तार र लगानीमा असर पर्नसक्ने राष्ट्र बैंक स्रोतले बतायो । उनका अनुसार ती बैंकमा भएको लगानी अवस्थाका बारेमा चाँडै राष्ट्र बैंकले नेपाली बैंकसँग छलफल गर्ने तयारी गरिरहेको छ ।
नेपाली बैंकको लगानी डुब्नेभन्दा पनि त्यहा भएको लगानी फिर्ता ल्याउन केही समय लाग्नसक्ने छ-राष्ट्र बैंक अधिकारीले भने -यसले गर्दा प्रभाव नपर्ने भन्ने हुँदैन सामान्य त परिहाल्छ ।
लगानी फिर्ता ल्याउन समय लाग्ने हुँदा नेपालमा कर्जा तथा लगानी प्रवाहमा केही कठिनाइ हुनसक्ने उनले जानकारी दिए ।
राष्ट्र बैंक स्रोतका अनुसार ती बैंकमा नेपालका नविल हिमालयन स्टान्डर्ड चार्टर्ड बैंक नेपाल बैंक अफ काठमाडौं माछापुच्छे्र एभरेष्ट लक्ष्मी र कुमारी बैंकको लगानी छ । नेपाली बैंकले बढी भएको निक्षेप विदेशी बैंकको सुरक्षण टे्रजरी ऋणपत्रको खरिदमा लगाउँछन् भने केही मुद्दति निक्षेपमा राख्ने गर्छन् ।
चार्टर्ड र एचएसबिसीमा लगानी भएपनि नेपाली बैंकलाई त्यसको असर खासै पर्दैनु-एक बैंकका प्रमुख कार्यकारीले भने -सुरक्षित ठाउँमा लगानी भएकाले नेपाली बैंकले आत्तिनु पर्ने अवस्था म देख्दिन ।
अर्को एक बाणिज्य बैंकका प्रमुख कार्यकारीले मूख्य लगानी भएका बैंकको लगानीमा सामान्य असर पर्नसक्ने बताए । उनले ती बैंकमा नेपाली बैंकको लगानी डुब्ने सम्भावना नरहेको जानकारी दिँदै ती बैंक अफ्ठ्यारोमा परे नेपाली बैंकलाई तुरुन्त पैसा झिकेर ल्याउन समस्या पर्नसक्ने बताए ।
नेपालमा कर्जाको माग बढेको अवस्थामा केही बैंकलाई तुरुन्त पैसा उपलब्ध गराउन कठिन हुनसक्छ-उनले भने -तर विदेशी ती बैंकमा भएको लगानी डुब्ने चै हुँदैन ।
लण्डनमा मुख्य कार्यालय रहेको एचएसबिसी बैंकिङ तथा वित्तीय सेवा उपलब्ध गराउने विश्वकै ठूलोमध्येको बैंक हो । ८६ देशमा सेवा साचालन गरिरहेको बैंकको करिव ८ हजार ५ सय कार्यालय छन् । लण्डन हङकङ न्युयोर्क पेरिस र वरमुडा स्टक एक्सचेन्जमा सुचिकृत यस बैंकको सेयर होल्डर १ सय १९ देशमा छन् । अन्तर्राष्ट्रिय संजाल भएको बैंकले परिस्कृत प्रविधिबाट व्यक्तिगत फाइना_िन्सयल सर्भिस कमसर्ियल बैंकिङ कर्पोरेट इन्भेष्टमेन्ट बैंकिङ प्राइभेट बैंकिङलगायतका सेवा उपलब्ध गराउँदै आएको छ । बैंकले २००९ को नौं महिनामा ३ करोड ३० लाख अमेरिकी डलर नाफा कमाएको थियो ।
१ सय ५० बर्षअघि स्थापित स्टान्डर्ड चार्टर्ड बैंकको विश्वका ७० देशमा १ हजार ६ सय शाखा छन् । बैंकले उपभोक्ता प्राथमिक क्षेत्र निजी साना तथा मझौला थोकलगायतका बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ । एसिया अपि्रुका र मध्य एसियामा बैंकिङ कारोवार गर्दै आएको बैंकमा ७० हजार कर्मचारी कार्यरत छन् ।


बजार पुसबाट बढ्ने


काठमाडौं मंसिर २३

लगानीकर्ता-सेयर मूल्य कहिलेबाट बढ्छ ?

केही समयदेखि निरन्तर ओरालो लागेको सेयर बजारबाट आत्तिएका लगानीकर्तालाई विश्लेषकले बजार उकालो लाग्ने बेला भइसक्यो खरिदका लागि अहिले उपयुक्त समय छ-भन्ने उत्तर दिन थालेका छन् । विश्लेषकहरुले गरेको प्रक्षेपण अनुसार पुस तेस्रो साताबाट नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक सच्चिदै उकालो लाग्ने छ ।
नेपाल स्टक एक्सचेन्जमा सुचिकृत कम्पनीमध्ये अधिकांसको सेयरधनी दर्ता पुस्तिका बन्द वुकक्लोज भइसकेको तथा सेयरको मूल्य अधिकतम घटिसकेकाले अब घट्ने सम्भावना कम भएको तर्क प्रस्तुत गर्दै लगानी व्यवस्थापक कम्पनी बिड इन्भेष्टमेन्टका प्रमुख कार्यकारी सुमन रायमाझीले डेड महिनापछि बजार बुलिस्ट उकालो टे्रनमा जाने दावी गरे ।
बजार-चक्र अनुसार कुनै निष्चित विन्दुमा पुगेपछि बढ्ने वा घट्ने क्रम रोकिन्छ । घट्नु पर्नेभन्दा वढी बजार घटिसकेकाले अब बढ्छ भन्ने विश्लेषण वलियो भएको हो । प्राय कम्पनीको मूल्य आन्दानी अनुपात तथा प्रति सेयर आम्दानी उच्च भएकाले पनि बजार वढ्ने उनले बताए ।
गत बर्ष ११ सय ७५ मा पुगेको नेप्से परिसूचकमा उतार-चढाव हुँदै पाँच महिनाअघि ७ सय ३९ अंकमा पुगेको थियो । त्यसयता बजार सुचक निरन्तर घटिरहेको छ । यद्यपी तीन दिनदेखि सेयर बजार बुलिस टे्रनमा छ ।
बाँकी कम्पनीको पनि वुकक्लोज केही साताभित्र भइसक्ने भएकाले बजार उकालो लाग्ने विश्लेषकले बताए । प्राविधिक विश्लेषण अनुसार बजार एकैनासले नघट्ने तथा अधिकांस कम्पनीको सेयर मूल्य न्युनतम विन्दुमा पुगिसकेकाले अब अरु घट्ने सम्भावना कम भएर गएको सेयर दलाल नवराज पोखरेलले बताए ।
बढ्ने भन्दा घट्ने टे्रन लामो हुन्छ-उनले भने -त्यही भएर बजार घटिरहेको हो ।
रायमाझीले दोस्रो बजारमा लगानी गर्न चाहनेका लागि सेयर खरिदका लागि उपयुक्त समय भएको बताए । उनका अनुसार अहिले सेयर विक्री गर्ने समय भएको छैन । तर एक÷डेड महिनाभित्र सेयर खरिद गर्दा केही समयपछि यसले राम्रो प्रतिफल दिने छ ।
ज्याम्व टेक्नोलोजिज्का सेयर विश्लेषक विकास चौधरीका अनुसार नेप्से परिसूचक घटेपनि सबै कम्पनीको सेयर नघटेको बताए ।
केही कम्पनीको सेयरले गर्दा परिसुचक घटेको देखिएको हो-उनले भने -तर समग्रमा बजार घटेको होइन ।
उनले घटेको बजारमा सेयर खरिद गर्नु राम्रो हुने बताउँदै कम्पनीको वासलात र साचालक हेरेर सेयर खरिद गर्ने बेला भइसकेको बताए ।
बजार सुचक धेरै घटिसकेको छ- चौधरीले भने -यो बेला खरिद गरेको सेयरले धेरै मार्जिनमा नाफा दिनेछ ।
अहिले भन्दा थप बजार नघट्ने अनुमान वलियो भएकाले सेयर खरिद गर्ने अहिलेको समय उपयुक्त भएको विश्लेषक बताउँछन् । सेयर बजारमा सुचिकृत कम्पनीका सेयरको मूल्य अधिकतम घटिसकेको छ । धेरै घटेपछि पुनः उकालो लाग्ने खुला बजारको सिद्धान्त अनुसार अब सेयर मूल्य बढ्ने विश्लेषकको भनाइ छ ।
अहिलेको बजार कम्पनीका कारणले नघटेको रायमाझीले बताए । उनका अनुसार प्राय कम्पनीको प्रति सेयर आम्दानी तथा मूल्य आम्दानी अनुपात उच्च छ । यसले सेयर मूल्य कम्पनीको कारणले नघटेको पुष्टि गर्छ । चालु बर्षको पहिलो तीन महिनाको वित्तीय विवरण अनुसार प्राय कम्पनीको नाफा वढेको छ । साथै कम्पनीको वित्तीय अवस्था पनि वलियो भएको विवरण प्रकाशित भएकाले कम्पनी विशेषले सेयर बजार नघटेको उनले बताए ।
विश्लेषक रविन्द्र भट्टराईका अनुसार सेयरको मागभन्दा आपुर्ति वढी भएकोले सेयर मूल्य घटेको हो । गत आर्थिक बर्षमा २० अर्ब रुपैयाँ वरावरको सेयर निष्कासन भएको थियो । चालु बार्षको प्रथम चार महिनामा मात्रै ५ अर्ब रुपैयाँको सेयर निष्कासन भइसकेको छ भने ९ अर्ब रुपैयाँ वरावरको सेयर निष्कानको तयारीमा छ ।
उनले लगानीकर्ता हकप्रद सेयरमा आकर्षित हुन छाडेको बैंकले बचतमा दिने व्याजदर वढेकाले पनि सेयर मूल्यमा ह्रास आएको बताए । घरजग्गा र सुनको मूल्य बढ्न थालेपछि सेयर मूल्य घटेको भट्टराईले बताए । लगानीका क्षेत्र वढेकाले सेयरका लगानीकर्ता त्यतातिर आकर्षित भएको बताए ।
घर-जग्गा तथा सुनको मूल्य स्थिर तथा घट्न थालेपछि सेयर मूल्य वढ्छ-उनले भने -अहिले सुनको मूल्य घट्न थालेको तथा अन्य लगानीका क्षेत्रबाट प्रतिफल कम हुनथालेकाले सेयर मूल्य पुनः उकालो लाग्ने छ ।