दुवइ वल्र्डमा लगानी भएको बैंकमा नेपालीको पनि लगानी


सुदर्शन सापकोटा
काठमाडौं मंसिर २१
दुवइ वल्र्डका ऋणदाता स्टान्डर्ड चार्टर्ड र एचएसबिसी बैंकमा लगानी गरेका केही नेपाली बाणिज्य बैंकलाई पनि असर पर्ने भएको छ । ती बैंकमा नौ बाणिज्यको बैंकको तीन अर्ब रुपैयाँ लगानी छ । कुल लगानीको ४० प्रतिशत मुद्दति निक्षेपमा र बाँकी रकम सुरक्षणमा लगानी गरेका छन् ।
युएइको सबैभन्दा ठूलो कम्पनी दुवइ वल्र्ड आर्थिक संकटमा परेपछि त्यसका कर्जादाता दुई बैंकको लगानी पनि संकटमा परेको हो । कर्जा संकटमा परेकाले नेपाली बैंकले गरेको दुई बंैंकको लगानी पनि केही हदसम्म प्रभावित हुने राष्ट्र बैंकका एक उच्च अधिकारीले बताए । यद्यपी नेपाली बैंकको लगानी असुरक्षित नभएको उनले बताए ।
ती बैंकमा अधिक तरलता भएकाले असहज लागेमा मुद्दतिको रकम फिर्ता लिनसकिने छ । सुरक्षण पनि बैंकको सुरक्षित बचत औजार भएको उनले बताए ।
दुवइ वल्र्ड संकटमा परेको हो त्यसको ऋणदाता कम्पनी होइन-उनले भने -बैंकले गरेको एक क्षेत्रको लगानी संकटमा पर्दैमा बैंक डुब्ने भन्ने हुँदैन यसले नेपाली बैंकलाई खासै फरक पार्दै्रन ।
स्टान्डर्ड चार्टर्ड र एचएसबिसी बैंकको कर्जा रकम दुवइ वल्र्डबाट नउठेमा केही नेपाली बैंकको शाखा विस्तार र लगानीमा असर पर्नसक्ने राष्ट्र बैंक स्रोतले बतायो । उनका अनुसार ती बैंकमा भएको लगानी अवस्थाका बारेमा चाँडै राष्ट्र बैंकले नेपाली बैंकसँग छलफल गर्ने तयारी गरिरहेको छ ।
नेपाली बैंकको लगानी डुब्नेभन्दा पनि त्यहा भएको लगानी फिर्ता ल्याउन केही समय लाग्नसक्ने छ-राष्ट्र बैंक अधिकारीले भने -यसले गर्दा प्रभाव नपर्ने भन्ने हुँदैन सामान्य त परिहाल्छ ।
लगानी फिर्ता ल्याउन समय लाग्ने हुँदा नेपालमा कर्जा तथा लगानी प्रवाहमा केही कठिनाइ हुनसक्ने उनले जानकारी दिए ।
राष्ट्र बैंक स्रोतका अनुसार ती बैंकमा नेपालका नविल हिमालयन स्टान्डर्ड चार्टर्ड बैंक नेपाल बैंक अफ काठमाडौं माछापुच्छे्र एभरेष्ट लक्ष्मी र कुमारी बैंकको लगानी छ । नेपाली बैंकले बढी भएको निक्षेप विदेशी बैंकको सुरक्षण टे्रजरी ऋणपत्रको खरिदमा लगाउँछन् भने केही मुद्दति निक्षेपमा राख्ने गर्छन् ।
चार्टर्ड र एचएसबिसीमा लगानी भएपनि नेपाली बैंकलाई त्यसको असर खासै पर्दैनु-एक बैंकका प्रमुख कार्यकारीले भने -सुरक्षित ठाउँमा लगानी भएकाले नेपाली बैंकले आत्तिनु पर्ने अवस्था म देख्दिन ।
अर्को एक बाणिज्य बैंकका प्रमुख कार्यकारीले मूख्य लगानी भएका बैंकको लगानीमा सामान्य असर पर्नसक्ने बताए । उनले ती बैंकमा नेपाली बैंकको लगानी डुब्ने सम्भावना नरहेको जानकारी दिँदै ती बैंक अफ्ठ्यारोमा परे नेपाली बैंकलाई तुरुन्त पैसा झिकेर ल्याउन समस्या पर्नसक्ने बताए ।
नेपालमा कर्जाको माग बढेको अवस्थामा केही बैंकलाई तुरुन्त पैसा उपलब्ध गराउन कठिन हुनसक्छ-उनले भने -तर विदेशी ती बैंकमा भएको लगानी डुब्ने चै हुँदैन ।
लण्डनमा मुख्य कार्यालय रहेको एचएसबिसी बैंकिङ तथा वित्तीय सेवा उपलब्ध गराउने विश्वकै ठूलोमध्येको बैंक हो । ८६ देशमा सेवा साचालन गरिरहेको बैंकको करिव ८ हजार ५ सय कार्यालय छन् । लण्डन हङकङ न्युयोर्क पेरिस र वरमुडा स्टक एक्सचेन्जमा सुचिकृत यस बैंकको सेयर होल्डर १ सय १९ देशमा छन् । अन्तर्राष्ट्रिय संजाल भएको बैंकले परिस्कृत प्रविधिबाट व्यक्तिगत फाइना_िन्सयल सर्भिस कमसर्ियल बैंकिङ कर्पोरेट इन्भेष्टमेन्ट बैंकिङ प्राइभेट बैंकिङलगायतका सेवा उपलब्ध गराउँदै आएको छ । बैंकले २००९ को नौं महिनामा ३ करोड ३० लाख अमेरिकी डलर नाफा कमाएको थियो ।
१ सय ५० बर्षअघि स्थापित स्टान्डर्ड चार्टर्ड बैंकको विश्वका ७० देशमा १ हजार ६ सय शाखा छन् । बैंकले उपभोक्ता प्राथमिक क्षेत्र निजी साना तथा मझौला थोकलगायतका बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ । एसिया अपि्रुका र मध्य एसियामा बैंकिङ कारोवार गर्दै आएको बैंकमा ७० हजार कर्मचारी कार्यरत छन् ।


No comments:

Post a Comment

thanks for comment