हिमालयन स्टक एक्सचेन्ज दर्ता


नागरिक संम्वाददाता
काठमाडौं मंसिर १५
धितोपत्र वोर्डमा सोमवार नयाँ स्टक एक्सचेन्ज दर्ता भएको छ । हिमालयन स्टक एक्सचेन्जको नाफामा दर्ता भएको कम्पनीमा १८ कम्पनी संस्थापक सदस्य छन् । यसअघि तीन कम्पनी वोर्डमा दर्ता भइसकेका छन् ।
विकास बैंक वित्तीय कम्पनी इन्स्योरेन्स र सेयर दलाल कम्पनीसहित १८ जना संस्थापक रहेको कम्पनीको चुक्ता पुँजी १० करोड रुपैयाँ रहेको छ । अधिकृत पुँजी २० करोड रुपैयाँ छ । कम्पनीको पाँच सदस्यीय साचालक समितिको अध्यक्ष रमेशकुमार भट्टराई छन् । उनी एसियन लाइफ इन्स्योरेन्सका प्रबन्ध साचालक पनि हुन् । अन्य साचालकमा सगरमाथा इन्स्योरेन्सका प्रबन्ध साचालक कृष्णवहादुर बस्नेत वुटवल फाइनान्सका कार्यकारी अध्यक्ष देवेन्द्र ध्वजु कमोडिटिज एण्ड मेटल एक्सचेन्ज कोमेन का प्रमुख कार्यकारी बिजय सत्याल र त्रिवेणी विकास बैंकका प्रमुख कार्यकारी सागरकुमार घिमिरे छन् ।
एक्सचेन्जले अनुमति पाएपछि सबै सुविधा सहित साचालन गर्ने अध्यक्ष भट्टराईले बताए । उनले सबैभन्दा आधुनिक सफ्टवेयरको प्रयोग गरी स्थापनादेखि नै केन्द्रिय निक्षेप प्रणालीबाट कारोवार थाल्ने जानकारी दिए । डेड महिनाको कसरतपछि एक्सचेन्ज दर्ता गरेको बताउँदै उनले अब अन्य तयारी सुरु गर्ने बताए ।
एक्सचेन्जलाई पूर्ण रुपमा साचालनमा ल्याउन अहिलेको पुँजी अपुग हुने बताउँदै अरु २० करोड रुपैयाँ थप्न सकिने अवस्थामा रहेको उनले जानकारी दिए ।
अनुमति पाएपछि थप पुँजी बढाउनलाई समस्या छैन-उनले भने -अहिलेको पुँजीमा २० करोड रुपैयाँ थप्न सक्ने अवस्थामा हामी छौं ।
यस सम्वन्धि ऐनमा ५ करोड चुक्ता पुँजी भएको कम्पनीले स्टक एक्सचेन्ज साचालन गर्न सकिने व्यवस्था छ । उनले अनुमति पश्चात देशभरको १० मूख्य स्थानबाट कारोवार गर्ने व्यवस्था गरिने बताए ।
भट्टराईका अनुसार हिमालयन स्टक एक्सचेन्जमा एसियन लाइफको सबैभन्दा वढी अर्थात एक करोड रुपैयाँ वरावरको सेयर छ । यस्तै कोमेनले ५५ लाख महालक्ष्मी फाइनान्सले ९० लाख हिमचुली विकास बैंकले २५ लाख गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले ९० लाख र एनएलजी इन्स्योरेन्सले ५० लाख रुपैयाँ वरावरको सेयर हालेका छन् ।
कम्पनीमा शुभलक्ष्मी वीरगाजु सिद्धार्थ त्रीवेणी र पि्रमियर फिनान्सको ५०÷५० लाख रुपैयाँ लगानी गरेको उनले बताए । सेन्ट्रल ललितपुर फाइनान्स पि्रमियर इन्स्योरेन्स सगरमाथा इन्स्योरेन्सले पनि ५० लाखका दरले लगानी गरेका छन् । सिएमबी फाइनान्स र व्रोकर कम्पनी सिप्रबी सेक्युरिटिजले २५ लाखका दरले लगानी गरेका छन् ।
सेयर कारोवारका लागि एक मात्र नेपाल स्टक एक्सचेन्ज हुँदा प्रतिस्पर्धि बजार नभएको बताउँदै उनले नयाँ कम्पनी थपिएपछि सेयरधनीले स्तरिय सेवा पाउने बताए । भट्टराईले हिमालयन स्टक एक्सचेन्जमा निजी क्षेत्रबाट साचालित उत्पादन मूलक कम्पनीलाई पनि प्रोत्साहित गरिने बताए ।
एक्सचेन्जलाई अर्थतन्त्रको सही परिसूचकका रुपमा विकसित गछौं- उनले भने ।


No comments:

Post a Comment

thanks for comment