सरकारको आन्तरिक ऋण १ खर्व २० अर्ब


एक नेपालीले ४ सय वढी तिर्नु पर्ने
सुदर्शन सापकोटा
काठमाडौं भदौ २५
सरकारले १ खर्ब २० अर्ब रुपैयाँ आन्तरिक ऋण तिर्न बाँकी रहेको छ । यो रकम चालु आर्थिक बर्षको बजेटको झण्डै आधा हो । सरकारले राष्ट्र बैंकमार्फत उठाएको यो ऋण एक नेपाली बरावर ४ हजार १ सय ६८ रुपैयाँ हुन आउँछ ।

ट्रेजरी विल्स विकास ऋण राष्ट्रिय बचतपत्र विशेष ऋण तथा नागरिक बचतपत्रका रुपमा लिएको यो ऋण दिर्घकालिन र अल्पकालिन प्रवृतिको भएको राष्ट्र बैंकले जनाएको छ । यो बर्ष पनि सरकारले ३१ अर्ब ९१ करोड रुपैयाँ आन्तरिक ऋण उठाउने तयारी गरिरहेको छ । संसदले आर्थिक विधेयक बजेट पास गरेपछि यो ऋण उठाउन थाल्नेछ । गत बर्ष सरकारले १९ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाएको थियो । लक्ष्यभन्दा यो रकम ६ अर्ब रुपैयाँ कम हो ।

सरकारको सबैभन्दा वढी ऋण टे्रजरी विल्सबापत लिएको छ । राष्ट्र बैंकले जारी गर्ने यो सरकारी ऋणपत्र तरलता व्यवस्थापन गर्ने मौदि्रक औजार हो । सरकारले ७१ दशमलव ५७ प्रतिशत रकम टे्रजरी विल्समा भूक्तानी गर्नु पर्ने छ । कुल आन्तरिक ऋणमध्ये ८६ अर्ब ५१ करोड ५० लाख रुपैयाँ टे्रजरी विल्समा तिर्न बाँकी रहेको राष्ट्र बैंकले जनाएको छ । गत बर्ष सरकारले ९ अर्ब रुपैयाँ टे्रजरी विल्सबाट ऋण लिएको थियो । मूख्यत वाणिज्य बैंक तथा वित्तीय संस्थाले यो ऋणपत्र खरिद गर्दछन् । यसले सर्वसाधारण सहभागितालाई पनि स्वागत गर्छ ।

यो साता मात्रै राष्ट्र बैंकले १ अर्ब ८५ करोड रुपैयाँ टे्रजरी विल्सको नविकरण गरेर सरकारका लागि ऋण उठाइदिएको छ । तीन महिने र एक बर्षे अवधिका लागि टे्रजरी विक्री गरिएको राष्ट्र बैंक अधिकारीले नागरिकलाई बताए । उनले तीन महिनाका लागि ८५ करोड र एक बर्षका लागि १ अर्ब रुपैयाँको टे्रजरी विक्री गरिएको जानकारी दिए ।

आगामी साता पनि राष्ट्र बैंकले टे्रजरी नविकरण गरेर विक्री गर्ने जनाएको छ । एक महिना अवधिको ५० करोड तीन महिनाका लागि १ अर्ब ३० करोड र ६ महिनाका लागि १ अर्ब ८२ करोड रुपैयाँको टे्रजरी विक्री गर्ने लक्ष्य लिएको राष्ट्र बैंक अधिकारीले जानकारी दिए ।

राष्ट्र बैंक अधिकारीका अनुसार साउन मसान्तसम्म मात्र सबैभन्दा वढी विकास ऋणपत्रमार्फत सरकारले ऋण लिएको छ । पुर्वाधार निर्माण तथा विकास कार्यमा खर्च गर्न सरकारले यस्तो ऋण लिने अर्थमन्त्रालयका वरिष्ठ आर्थिक सल्लाहकार केशव आचार्यले जानकरी दिए । कुल आन्तरिक ऋणको २४ दशमलव ३९ प्रतिशत रकम विकास ऋणपत्रका लागि सरकारले तिर्नु पर्ने छ ।

विस्तारै घटाउँदै लगेको राष्ट्रिय बचतपत्रमा सरकारले २१ करोड ६९ लाख रुपैयाँ तिर्नु पर्ने राष्ट्र बैंक अधिकारीले बताए । उनले भविस्यमा राष्ट्रिय बचतपत्रलाई हटाएर नागरिक बचतपत्रका रुपमा सर्वसाधारणसँग ऋण लिने जानकारी दिए । ुराष्ट्रिय बचतपत्र र नागरिक बचतपत्रको प्रकृति एकै भएकाले यसलाई नागरिक बचतपत्रका रुपमा कायम गर्न लागिएको होु राष्ट्र बैंकका एक अधिकारीले भने ।

विशेष ऋणपत्रमा सरकारले २२ करोड ९६ लाख रुपैयाँ तिर्न बाँकी रहेको राष्ट्र बैंकले जनाएको छ । यो कुल आन्तरिक ऋणको शुन्य दशमलव १९ प्रतिशत हो । निर्यात प्रवद्र्धनका लागि जारी गरिने यो ऋणपत्र सरकारले व्यवशायीलाई पैशाको साटोमा दिने गर्छ । विशेष ऋणपत्रको धितोमा ऋण सुविधा उपलब्ध हुन्छ ।
सर्बसाधारणलाई सरकारले ४ अर्ब ४३ करोड ३६ लाख रुपैयाँ तिर्न बाँकी रहेको राष्ट्र बैंक अधिकारीले जानकारी दिए । उनका अनुसार नागरिक बचतपत्र मार्फत लिएको यो रकम कुल आन्तरिक ऋणको ३ दशमलव ६७ प्रतिशत हो । निष्चित समयावधिका लागि सर्वसाधारणबाट उठाइने यो ऋणमा सरकारले व्याज दिने गर्छ ।



निजी क्षेत्रमा बैंक लगानी ३४ प्रतिशत वृद्धि


सुदर्शन सापकोटा
काठमाडौं भदौ २५-
बाणिज्य बैंकले निजी क्षेत्रमा दिने कर्जा बढेको छ । गत आर्थिक वर्षमा २६ बाणिज्य बैंकले ३४ प्रतिशतभन्दा वढी कर्जा निजी क्षेत्रमा प्रवाह गरे । बैंकले निजी क्षेत्रको आयाता-निर्यात प्रतितपत्र व्यापारिक लगायतका क्षेत्रमा कर्जा लगानी गरेका हुन् ।

गत वर्ष बैंकहरुले ३ खर्ब ८७ अर्ब ५४ करोड रुपैयाँ निजी क्षेत्रमा लगानी गरेका छन् । एक वर्षअघि निजी क्षेत्रमा २ खर्ब ८८ अर्ब २४ करोड लगानी भएको थियो । सबैभन्दा बढी लगानी कृषि विकास बैंकले गरेको छ । बैंकहरुमध्ये एनएमबीले सबैभन्दा कम लगानी गरेको छ । १० लाखभन्दा बढी लगानी गर्ने वाणिज्य बैंकको संख्या १५ छ ।

गत वर्ष अर्थतन्त्रमा खास सुधार नभए पनि केही निश्चित क्षेत्रमा आर्थिक गतिविधि बढेकाले निजी क्षेत्रमा बैंकको लगानी बढेको हो । ुगत बर्ष केही क्षेत्रको गतिविधि निजी क्षेत्रमा कर्जा बढेको होु लक्ष्मी बैंकका प्रमुख कार्यकारी सुमन जोशीले नागरिकसँग भने । उनले घरजग्गा तथा निर्माण क्षेत्रमा लगानी बढेको बताए ।

पुराना बैंकको तुलनामा नयाँ बैंकको लगानी निजी क्षेत्रमा वढेको छ । केही बर्षदेखि कारोवार थालेको प्राइम ग्लोवल सनराइज सिटिनन्स र बैंक अफ एसिया नेपालको लगानी निजी क्षेत्रमा वढेको राष्ट्र बैंकले जनाएको छ । गत बर्षको तेस्रो त्रैमासमा बैंकहरुको लगानी निीज क्षेत्रमा वढेको हो ।

उत्पादनमूलक उद्योग वित्तीय संस्था निर्माण व्यवशाय र फलाम तथा स्टिल उद्योगमा लगानी वढेको कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत राधेस पन्तले बताए । ुगत बर्ष सबै क्षेत्रमा वरावरी विकास नभए पनि जलविद्युत तथा निर्माण उद्योग फस्टाएकाले त्यस क्षेत्रमा लगानी वढेको होु उनले भने । बैंकहरुको निक्षेप वढेकाले पनि लगानी विस्तार भएको पन्तले बताए । गत बर्ष निक्षेप ३० प्रतिशतले बढेको थियो ।

गत बर्ष निजी क्षेत्रमा सबैभनदा वढी लगानी गरेका कृषि विकास इन्भेष्टमेन्ट राष्ट्रिय बाणिज्य नविल र हिमालयन बैंकले गरेका छन् । अघिल्लो बर्षको तुलनामा कृषि विकासले २ अर्ब १६ करोड रुपैयाँ वढी कर्जा लगानी गरेको छ । कृषि बैंकको लगानी ३७ अर्ब ६९ करोड रुपैयाँ छ । निजी क्षेत्रमा नेपाल इन्भेष्टमेन्ट बैंक ७ अर्ब ५७ करोड राष्ट्रिय बाणिज्य बैंक ४ अर्ब ९१ करोड नविल ६ अर्ब १७ करोड र हिमालयन बैंक ५ अर्ब ३० करोड रुपैयाँ लगानी गरेका छन् ।

सरकारी स्वामित्वको नेपाल बैंक बैंक अफ काठमाण्डू नेपाल एसवीआइ कुमारी नेपाल इन्डष्ट्रियल एण्ड कमर्शियल सिद्धार्थ लक्ष्मी स्टान्डर्ड चार्टर्ड र माछापुच्छे्र बैंकको लगानी १० अर्बभन्दा माथि छ । सबैभन्दा कम लगानी गरेको एनएमवी बैंकले पनि ४ अर्ब ९३ करोड रुपैयाँ निजी क्षेत्रमा खर्चिएको छ । प्राइम ग्लोवल सनराइज सिटिजन्स बंगलादेश बैंक अफ एसिया किष्ट एनसीसी डीसीवीएल र लुम्विनी बैंकको लगनी १० अर्बभन्दा कम छ ।



बैक आब २०६५/६६ आब २०६४/६५
१ कृषि विकास ३७ अर्ब ६९ करोड ३५ अर्ब ५३ करोड
२ नेपाल इन्भेष्टमेन्ट ३४ अर्ब १० करोड २६ अर्ब ५३ करोड
३ राष्ट्रिय बाणिज्य ३० अर्ब ७८ करोड २५ अर्ब ८६ करोड
४ नविल २७ अर्ब ३ करोड २० अर्ब ८५ करोड
५ हिमालयन २५ अर्ब २९ करोड १९ अर्ब ९८ करोड
६ एभरेष्ट २२ अर्ब २ करोड १७ अर्ब ७१ करोड
७ नेपाल बैंक १८ अर्ब २० करोड १४ अर्ब ८० करोड
८ वीओके १४ अर्ब ८९ करोड १२ अर्ब ६९ करोड
९ एसवीआइ १४ अर्ब ८७ करोड १२ अर्ब २३ करोड
१० कुमारी १४ अर्ब ५० करोड ११ अर्ब २० करोड
११ एनआइसी १३ अर्ब ५२ करोड ११ अर्ब
१२ सिद्धार्थ १३ अर्ब ५० करोड ९ अर्ब ४८ करोड
१३ लक्ष्मी १३ अर्ब ४४ करोड ९ अर्ब ७८ करोड
१४ स्टान्डर्ड चार्टर्ड १२ अर्ब ७२ करोड १२ अर्ब ५९ करोड
१५ माछापुच्छे्र १२ अर्ब ४९ करोड ८ अर्ब १९ करोड
१६ प्राइम ९ अर्ब ८१ करोड ५ अर्ब १५ करोड
१७ ग्लोवल ९ अर्ब १४ करोड ५ अर्ब ५ करोड
१८ सनराइज ८ अर्ब ८३ करोड ९७ करोड
१९ सिटिजन्स ८ अर्ब १९ करोड ४ अर्ब ७८ करोड
२० बङ्गलादेश ८ अर्ब १२ करोड ८ अर्ब १० करोड
२१ वीओए ७ अर्ब ७१ करोड -
२२ किष्ट ६ अर्ब ८८ करोड -
२३ एनसीसी ६ अर्ब ८० करोड ४ अर्ब ७८ करोड
२४ डीसीवीएल ६ अर्ब ४२ करोड ३ अर्ब ६८ करोड
२५ लुम्विनी ५ अर्ब ५३ करोड ५ अर्ब २० करोड
२६ एनएमवी ४ अर्ब ९३ करोड १ अर्ब ९८ करोड


बैंकको छुट र कमिसन आम्दानी बढ्यो

सुदर्शन सापकोटा
काठमाडौं, भदौ २५-
विश्व आर्थिक मन्दीले धेरै क्षेत्रलाई असर गरे पनि वाणिज्य बैंकहरुको छूट तथा कमिसनबापतको आम्दानी गत वर्ष २२ प्रतिशतले बढेको छ।

मन्दीले प्रतितपत्र (एलसी) लगायत विभिन्न बैंकिङ सेवा प्रभावित भइ बैंकको यस्तो आम्दानी घट्ने आँकलन भइरहेको थियो। तर, हालै सार्वजनिक बैंकहरुको वासलात (ब्यालेन्ससिट) मा कमिसन तथा छूट बापतको आम्दानी बढेको देखिएको हो। यसले बैंकिङ क्षेत्रलाई मन्दीले बढी असर नपारेको देखाएको छ।

अघिल्लो वर्षका तूलनामा गत वर्ष बैंकहरुको कमिसन तथा छूटवापतको आम्दानी २२ प्रतिशतले बढेको हो। २६ वाणिज्य बैंकमध्ये २० बैंकको आम्दानी बढेको छ। गत वर्ष वाणिज्य बैंकहरुले २ अर्ब ८९ करोड रुपैयाँ यस्तो आम्दानी गरेका छन्। अघिल्लो वर्ष बैंकको आम्दानी २ अर्ब ३६ करोड रुपैयाँ भएको थियो। प्रतितपत्र, बैंक ग्यारेन्टी, डेविट-क्रेडिट कार्ड शूल्क, न्यूनतम मौज्दात शूल्क, ट्राभलर चेकलगायतबाट बैंकले कमिसन तथा छूट आम्दानी गर्छन्।

यस्तो आम्दानी गर्नेमा सबैभन्दा बढी सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक छ। कृषि विकास बैंकले एलसीवाहेक अन्य क्षेत्रबाट कमिसन तथा छूट आम्दानी गरेको छ। सरकारी स्वामित्वको अर्को नेपाल बैंकको आम्दानी पनि उच्च छ।

बढी आम्दानी गर्ने राष्ट्रिय वाणिज्य बैंकहरुको तूलनामा दोस्रो हिमालयन बैंकको आम्दानी आधा छ। राष्ट्रिय वाणिज्य बैकले गत वर्ष ५२ करोड २४ लाख रुपैयाँ आम्दानी गरेकामा हिमालयनले २७ करोड ३२ लाख रुपैयाँ गरेको छ।

ब्याजभन्दा कमिसनका आधारमा बढी आम्दानी गर्ने स्टान्डर्ड चार्टर्ड चौथो धेरै आम्दानी गर्ने बैंक भएको छ। तर, बैंकको यो आम्दानी अघिल्लो वर्षको तुलनामा भने कम हो। चार्टर्ड बैंकले अन्य बैंकको तूलनामा कमिसन तथा छूट आम्दानीलाई प्राथमिकतामा राख्ने गरेको छ। नयाँ बैंकमध्ये सनराइजको आम्दानी बढी छ। सनराइजले ५ करोड ९८ लाख छूट तथा कमिसनमा आधारित आम्दानी गरेको छ।

नयाँ खूलेका वाणिज्य बैंकको कमिसन तथा छूट आम्दानी अन्यको तूलनामा कम छ। सबैभन्दा कम कान्छो बैंक किष्टको छ। किष्टले वाणिज्य बैंकको कारोबार भर्खरै सूरु गरेकाले आम्दानी कम भएको हो। स्टान्डर्ड चार्टर्डसहित डीसीवीएल, सिटिजन्स, एनएमवी, लक्ष्मी र एनआइसी बैंकको आम्दानी घटेको छ।

गत आर्थिक वर्षमा प्रतितपत्रको शूल्क बढेकाले कमिसन आम्दानी बढेको नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले बताए। उनले आर्थिक वर्षको शुरुमा प्रतितपत्र खोल्ने घटेको भए पनि केही महिनाभित्रै त्यसले गति लिए पछि आम्दानीमा बृद्धि भएको जानकारी दिए।

पश्मिना, गार्मेन्ट तथा कार्पेट उद्योगले आर्थिक बर्षको सूरुमा निरास पारेकाले प्रतितपत्र खोल्ने क्रम घटेको थियो। बैंकहरुको कमिसन बापतको मख्य आम्दानी प्रतितपत्रबाट हुने गरेको छ। 'डलरको मुल्य वृद्धि, प्रतितपत्र सूधार र जग्गाको मुल्य बढेका कारण बैंक आम्दानी बढेको हो,' एनएमवी बैंकका प्रमुख कार्यकारी उपेन्द्र पौडेलले भने।

को को छन् वढी कर तिर्ने

सुदर्शन सापकोटा
काठमाडौं भदौ १६
सरकारलाई गत आर्थिक वर्षमा राजस्व तिर्ने मुलुकका अग्रणी १५ संस्थामध्ये ९ वटा वाणिज्य बैंक परेका छन्। यसले उद्योग व्यवसायभन्दा बैंकिङ क्षेत्रमा लगानी गर्नु बढी फाइदाजनक छ भन्ने देखाएको छ।


बैंकिङ क्षेत्रबाट सबैभन्दा बढी कर नविल बैंकले तिरेको छ। धेरै कर तिर्ने १५ कम्पनीमा नविल पाँचौ कम्पनीमा परेको छ।

आन्तरिक राजस्व विभागको उच्च स्रोतका अनुसार गत वर्ष नविलसँगै स्टान्डर्ड चाटर्ड, नेपाल इन्भेष्टमेन्ट, राष्ट्रिय वाणिज्य बैंक, हिमालय बैंक, एभरेष्ट बैंक, कृषि विकास बैंक, नेपाल बैंक लिमिटेड, नेपाल बंगलादेश बैंक र एनआइसी बैंक ठूला करदाताको सूचीमा परेका छन्। २०६४/६५ मा १४औ ठूलो करदातामा परेको बैंक अफ काठमाण्डू यसपाली टप १५ बाट बाहिरिएको छ। बैंक १६औ स्थानमा पुगेको छ।

अघिल्ला वर्षहरुमा जस्तै सबैभन्दा बढी कर तिरेर एक नम्बरमा नेपाल टेलिकम नै परेको छ। यसले गत वर्ष ७ अर्ब ४२ करोड रुपैयाँ कर तिरेको छ। यो कम्पनीले अघिल्लो वर्ष ६ अर्ब ३८ करोड रुपैयाँ कर तिरेको थियो। यसमा मूल्यअभिवृद्धि र आयकर जोडिएको छ।

टेलिकमले तारवाला फोन, सिडिएमए र जिएसएम मोवाइल फोन संचालन गर्दै आएको छ। विदेशबाट आउने फोन कल र इन्टरनेट सेवा दिएर पनि यसले ठूलो आम्दानी गर्छ। यसको सबैभन्दा बढी आय तारवाला फोनबाट हुने गरेको छ। गत असार मसान्तसमम यसका ग्राहक करिव ४३ लाख पुगेका छन्।

मुलुकलाई कर तिर्ने दोस्रो नम्बरको सूचीमा अर्को दुरसंचार कम्पनी स्पाइस नेपाल परेको छ। मेरो मोवाइल नामको मोवाइल सेवा सञ्चालन गर्ने स्पाइसले १ अर्ब ९२ करोड रुपैयाँ कर तिरेको छ। अघिल्लो बर्ष कर तिर्नेमध्ये तेस्रो स्थानमा रहेको स्पाइसले ६२ करोड ७१ लाख रुपैयाँ कर तिरेको थियो। कम्पनीबाट सञ्चालित मोवाइको प्रयोगकर्ता २० लाखभन्दा बढी पुगिसकेका छन्।

गोर्खा ब्रुअरीले पहिलेको भन्दा गत बर्ष साडे तीन गुण वढी कर तिरेको छ। मदिरा उत्पादक कम्पनीले १ अर्ब ९० करोड रुपैयाँ कर तिरेको छ। अघिल्लो बर्ष यसले ५४ करोड १६ लाख रुपैयाँ मात्र कर तिरेको थियो। यति धेरै कर तिर्ने गोर्खा ब्रुअरी तेस्रो कम्पनी हो।

सूर्य नेपालले १ अर्ब २६ करोड रुपैयाँ कर तिरेको छ। अघिल्लो आर्थिक बर्षमा १ अर्ब १० करोड ७४ लाख रुपैयाँ कर तिरेर दोस्रो ठूलो करदाता रहेको सूर्य नेपाल गत बर्ष चौथो स्थानमा पुगेको छ। कम्पनीले तयारी पोसाक उत्पादन गर्छ।

अघिल्लो बर्ष वढी कर तिर्नेमध्ये छैटौं स्थानमा रहेको नविल बैंक गत बर्ष ५औं स्थानमा पुगेको छ। गत बर्ष नविलले ४४ करोड ७६ लाख रुपैयाँ कर तिरेको छ। यसअघि बैंकले ४३ करोड ९१ लाख रुपैयाँ कर तिरेको थियो।

यसवाहेक वढी कर तिर्ने १५ कम्पनीमध्ये नेपाल नागरिक उड्यान प्राधिकरण र युनिलिभर नेपाल मात्र बैंकिङ क्षेत्र वाहिरका कम्पनी छन्। ११औ स्थानमा परेको प्राधिकरणले २५ करोड २७ लाख र युनिलिभरले २२ करोड २० लाख रुपैयाँ कर तिरेका छन्।

स्ट्यान्डर्ड चार्टर्ड, नेपाल इन्भेष्टमेन्ट, हिमालयन, कृषि विकास, एभरेष्ट, नेपाल बङ्गलादेश, नेपाल बैंक र राष्ट्रिय बाणिज्य बैंक पनि बढी कर तिर्ने कम्पनी भित्र परेका छन्।

सेयरमा रोजगारी

काठमाडौं भदौ ७
सेयर बजारमा लगानीकर्ता आकर्षित भएपछि रोजगारी श्रृजना भएको छ । बजार फराकिलो भएपछि त्यसलाई आधुनिक र व्यवस्थित गर्दै छिटो छरितो सेवाका लागि यस क्षेत्रमा दक्ष जनशक्ति आवश्यक भएको हो । ुबजार वढ्दा रोजगारी श्रृजना भइरहेको छु धितोपत्र वोर्डका निर्देशक निरज गिरीले भने ।

सेयर बजारसँग सम्वन्धि काम गर्ने दलाल मर्चेन्ट बैंक पोर्टफोलियो म्यानेजमेन्ट सेयर विश्लेषणलगायत कम्पनीको वृद्धि भएको छ । सेयर दलालले सेयर किन्ने र वेच्नेबिच सम्वन्ध स्थापित गरी स्टक एक्सचेन्ज नेप्से मार्फत कारोवार गर्छन् । मर्चेन्ट बैंकले प्राथमिक तथा हकप्रद निष्कासन गर्ने र नामसारी तथा दर्तालगायतको काम गर्छ ।

पोर्टफोलियो म्यानेजरले लगानीकर्ताको रकम विभिन्न कम्पनीको सेयरमा लगाएर जोखिम न्यूनीकरण गर्ने गर्छ । पैशा हुने तर लगानी गर्ने आइडिया नभएका र व्रोकरसम्म जाननसक्नेलाई पोर्टफोलियो म्यानेजरले सघाउन्छन् । यस्तो काम म्युचुअल फण्डले पनि गर्छ । तर नेपालमा म्युचुअल फण्ड सम्वन्धि ऐन नबनिसकेकाले यो साचालनमा आउन सकेको छैन । विश्लेषकले सेयर बजारको टे्रन तथा यसको विभिन्न वित्तीय अवस्थाको अध्ययन गरेर लगानीकर्तालाई सुसुचित गराउँछन् ।

ुसेयरमा स्कोप वढिरहेको छु वोर्डका नायव निर्देशक मुक्तिनाथ श्रेष्ठले भने ुबजार दिनहू वढिरहेकाले यससँग सम्वन्धित जनशक्तिको आवश्यकता पनि वढिरहेको छ ।ु ६२ कम्पनीको सेयरबाट कारोवार सुरु गरेको नेप्सेले अहिले १ सय ५९ कम्पनीको कारोवार गर्छ । सेयर निष्कासन गर्ने पब्लिक लिमिटेड कम्पनी थपिने क्रम वढेकाले तिनीहरुको सेयर पनि पुँजी बजारमा थपिदै जाने गिरीले बताए ।

बजार वढेपछि सेयर दलालकोमा पनि कर्मचारी वढेको धितोपत्र दलाल संघका पूर्वअध्यक्ष नवराज पोखरेलले बताए । उनले सेयर दलालको कार्यालयमा ८ देखि १० को संख्यामा कर्मचारीले रोजगारी गरिरहेको बताए । अहिले सेयर कारोवार गर्ने दलालको संख्या २३ छ । धितोपत्र वोर्डले अरु २७ दलाल थप्ने जनाएको छ ।

यसबाहेक पनि बजार प्रबद्र्धन तथा कमिसनको आधारमा काम गर्ने कर्मचारीको संख्या थपिदै गएको छ । उनीहरुले उपदलालको काम गर्दै लगानीकर्तालाई दलालसम्म ल्याएर कारोवारमा सम्मिलित गराए वापत कमिसन लिने पोखरेलले बताए । दलालको कार्यालयमा वाहेक दलालसँग मिलेर तलव कमिसन र कारोवारको आधारमा काम गर्ने कर्मचारी पनि रहेको उनले बताए । सेयर कारोवार वढी हुने समयमा करारका कर्मचारी थपिने गरेको उनले जानकारी दिए ।

उनले सेयर कारोवार गर्नका लागि दलालहरुलाई थप कार्यालय खोल्न स्वीकृति दिएमा अझै जनशक्ति आवश्यक हुने बताए । अहिले दक्ष कर्मचारीको अभाव भएको जानकारी दिँदै उनले सेयर कारोवार गर्ने माात्र होइन लगानीकर्तालाई सल्लाह दिने कर्मचारीको अभाव रहेको बताए ।

प्राथमिक हकप्रद र वोनस सेयर निष्कासन गर्ने तथा सेयरको नामसारी र दर्तालगायतका काम गर्ने मचेन्ट बैंकमा पनि रोजगारीको अवशर वढेको छ । अहिले १९ बैंक तथा वित्त कम्पनीले मर्चेन्ट तथा विक्री प्रवन्धकको काम गर्छन । यसमध्ये ९ ले विक्री प्रबन्धकको मात्र काम गर्ने लगानीकर्ताहरुको संगठन इन्भेष्टर फोरमले जनाएको छ ।

मचेन्ट बैंकको काम गर्ने तीन कम्पनी थपिने क्रममा छन् । श्रेष्ठका अनुसार वोर्डमा क्यापिटल इन्भेष्टमेन्ट आकास इन्भेष्टमेन्ट र नविल बैंकले मर्चेन्ट बैंकको कारोवार अनुमतिका लागि निवेदन दिएको जानकारी दिए । एउटा मर्चेन्ट बैंकका लागि अहिलेको बजारअनुसार २० देखि २५ कर्मचारी आवश्यक हुने गिरीले बताए । उनले बजार वढ्दै गएकाले कर्मचारी संख्या थपिने जानकारी दिए ।

विक्री प्रवन्धकको काम गर्दै आएको एस डेभलपमेन्टका प्रमुख कार्यकारी अधिकृत सिद्धान्तराज पाण्डेले शैक्षिक रुपमा योग्यले सेयर बजारमा रोजगारी पाउने बताए । ुबजार बढेकाले रोजगारी पनि वढेको छु उनले भने । सिडिस साचालनमा आएपछि मचेन्ट बैंकिङको कारोवार घट्ने भएकाले भविस्यमा रोजगार घटेपनि अहिले यसमा धेरै सम्भावना रहेको उनले बताए । सरकारले आगामी असोजमा सिडिएस साचालन गर्ने जनाएको छ । सिडिएस साचालनम आएपछि मचेन्ट बैंकले गर्दै आएको सेयर नामसारी हस्ताक्षर प्रमाणितलगायतका कार्य सफ्टवेयरबाट हुने भएपछि कारोवार खुम्चिने पाण्डेले बताए । ुयसले रोजगारीलाई प्रभावित गर्छु उनले भने ।

सेयर बजार विश्लेषण गर्ने कम्पनीहरुमा पनि पर्याप्त रोजगारी रहेको ज्याम टेक्नोलोजिजका प्रमुख कार्यकारी अशोक महर्जनले बताए । विश्लेषकले लगानकर्तालाई कुन सेयर राम्रो कसबाट चाँडै फाइदा लिन सकिन्छ कुन तत्काल किन्ने वा वेच्नेलगायतको सुझाव दिने काम गर्छ ।

महर्जनले नेपालमा सेयरको प्राविधिक विश्लेषण गर्ने जनशक्ति एकदमै कम रहेको बताए । बजारसँगै लगानीकर्ता वढेकाले उनीहरुलाई सेयर विश्लेषक पाउन गाह्रो परिरहेकाले यस क्षेत्रमा विश्लेषण गर्न जनशक्ति आवश्यक भएको उनले जानकारी दिए । ुहाम्रै कम्पनीलाई जनशक्ति अभाव छ खोजिरहेका छौ तर पाएको छैनु उनले भने । नेपालमा संगठनिक रुपमा सेयर विश्लेषण गर्ने ४ कम्पनी छन् । यसवाहेक लगानी कम्पनीले पनि विश्लेषण गर्छन् ।



मेलम्चीलाई वहुदस्यीय वनाउनु हुँदैन

नागरिक संवाददाता
काठमाडौं भदौ १४
उर्जामन्त्री प्रकाशसरण महतले तत्कालका लागि मेलम्चीलाई खानेपानी आयोजनाका रुपमा मात्र अगाडि वढाउनु पर्ने बताएका छन् । मेलम्ची खानेपानी आयोजनाको अहिलेको सुरुङ ठूलो गरेमा विद्युत उत्पादन गर्न सकिने आवाज उठिरहेका बेला उर्जामन्त्रीले तत्कालको आवश्यकता खानेपानी भएकाले मेलम्चीलाई त्यही रुपमा अगाडि वढाउनु पर्ने बताएका हुन् ।

विद्युत उत्पादन गर्नका लागि मेलम्चीको सुरुङ अहिलेको भन्दा ३ किलोमिटर वढाउनु पर्ने हुन्छ । यसका लागि ५ अर्ब ६० करोड रुपैयाँ थप भारपर्ने तथा खानेपानी आयोजना सम्पन्न गर्न अरु तीन अर्ब रुपैयाँ लाग्ने यसअघि नै निपोन काइ कम्पनीले अध्ययनबाट जनाइसकेको छ ।

ुमेलम्ची ९ बर्ष ढिलो भइसक्यो अझै ढिलो गर्नु हुँदैनु सार्वजनिक लेखा समितिले सोमवार संसद सचिवालयमा गरेको अन्तकृ्रयामा महतले भने ुविद्युत आयोजना थप्दै लैजाने हो भने लागत र समय निकै वढ्ने छ ।ु उनले मेलम्चीलाई आफूले चाहेर वहुउद्देश्यीय परियोजना बनाउन नसकिने बताउँदै यसको उदेश्य वढाउँदै लगेमा दातृ निकायले हात झिक्ने दावी गरे ।

खानेपानी आयोजनालाई जलविद्युतसमेत उत्पादन हुने गरी वहुउद्दश्यीय बनाउँदा ठेकेदारलाई १ अर्ब २० करोड रुपैयाँ क्षतिपुर्ति दिनुपर्ने हुन्छ । नेपाल सरकारले सन् २००० मा आयोजनाबाट विद्युत उत्पादन नगर्ने भन्दै दाता तथा ठेकेदार कम्पनीसँग सहमति गरेकाले क्षतिपुर्ति दिनुपर्ने हुन्छ ।

महतले आर्थिक समस्याका कारणले थोक वितरण प्रणाली तथा पानी वितरण प्रणालीको साजालमा सुधारात्मक कदम चाल्न समेत नसकेर सेवा क्षेत्रलाई सिमित गरिएको बताए । उनले मेलम्चीलाई खानेपानीवाहेक अन्य उदेश्यअनुसार संरचना स्तरोन्नति र डिजाइन परिवर्तन सम्भव नरहेको दावीसमेत गरे । मेलम्चीलाई अहिलेको उदेश्यअनुसार अगाडि वढाएमा २०१२ सम्म काठमाडौं पानी भित्राउन सकिने छ । आयोजनाको अनुमानित लागत २१ अर्ब १७ करोड रुपैयाँ रहेको छ ।

पर्याप्त प्राविधिक वित्तीय वातावरणीय र सामाजिक अध्ययन नभएकाले मेलम्चीलाई वहुउद्देश्यीय आयोजनाका रुपमा अगाडि बढाउन नसकिने विभिन्न अध्ययनले देखाएको छ । विद्युत उत्पादन गर्दा पहिलो चरणको काम सकिने समय ५ बर्ष लम्विने छ । वहुउदेश्यीय संरचना निर्माणका लागि दाताबाट सहयोग अनिष्चित हुने भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव पूर्णप्रसाद कडरियाले जानकारी दिए ।

विद्युत उत्पादन गर्नका लागि वाग्मति नदीमा १२ घनमिटर प्रतिसेकेन्ड पानी प्रवाह गर्नु पर्ने हुन्छ । यसो हुन सकेमा २५ मेगावाट विद्युत उत्पादन हुने सरकारी अध्ययनले देखाएको छ । वाग्मतिमा ठूलो परिमाणमा पानी छाड्दा वातवरणीय असर पर्नसक्ने भएकाले पनि यसलाई खानेपानीका रुपमा नै निर्माण गर्नु पर्ने मेलम्ची खानेपानी आयोजनाका प्रमुख गजेन्द्र ठाकुरले लेखासमितिलाई जानकारी दिए ।

उनले आयोजनालाई चरणवद्ध रुपमा निर्मण गर्ने जानकारी दिँदै काठमाडौं उपत्यकामा चाँडोभन्दा चाँडो खानेपानी ल्याउनु पर्ने भएकाले अहिले पहिलो चरणको निर्मण भइरहेको बताए । पानीको माग वढेपछि दातृ संस्थाबाट ऋण प्राप्त भएमा दोस्रो चरण सुरु गरिने छ । ुआयोजना निर्मणका लागि पैशा कम छ त्यसैले चरणवद्ध रुपमा निर्मण गर्ने भएको होु उनले भने । आर्थिक अभावका कारण १७ करोड लिटर प्रतिदिन क्षमताको आयोजनालाई घटाएर पहिलो चरणमा ८ करोड ५० लाख लिटरको निर्माण गरिने भएको छ ।

मेलम्चीको सडकस्तर सुधार तथा गोकर्ण-सुन्दरीजल ५ किलोमिटर सडक निर्माण भइसकेको छ । २२ किलोमिटर लामीडाँडा-मेलम्ची सडकको ४० प्रतिशत कार्य सम्पन्न भइसकेको छ । आयोजनाका लागि आबश्यक १० पुल तथा १८ किलोमिटरको मूख्य प्रवेसमार्ग पनि निर्माण भइसकेको ठकुरले बताए ।

िसंचाइ मन्त्री वालकृष्ण खाँडले भूमिगत पानी एकदमै प्रदुसित भएकाले मेलम्चीलाई जसरी पनि भित्राउनु पर्ने बताए । उनले राजधानीको जुनसुकै ठाउँबाट भूमिगत पानी निकाले पनि त्यो प्रदुसित हुने जानकारी दिए । आयोजना ढिला भएमा प्रदुसित पानीबाट राजधानीवासीको स्वास्थ्यमा असर पर्ने उल्लेख गर्दै उनले मेलम्चीलाई खानेपानी आयोजनाका रुपमा अगाडि वढनु पर्ने बताए ।

विज्ञहरुले भने एकैपटक खानेपानी र विद्युत उत्पादन हुने भएकाले मेलम्चीलाई वहुउदेश्यीय आयोजनाका रुपमा अगाडि वढाउनु पर्ने तर्क गरेका छन् । रत्नसन्सार श्रेष्ठ अनन्दकुमार थापा दिपक वोहोरालगायतले मेलम्चीबाट २ सय ६५ मेगावाट विद्युत उत्पादन गर्न सकिने दावी गरे । ुएउटा आयोजनाबाट धेरै फाइदा लिनसकिन्छ भने तत्तकालको फाइदा नहेरी मेलम्चीलाई वहुउदेश्यीय बनाउन कन्जुस्याँइ गर्नु हुँदैनु श्रेष्ठले भने ।










महंगो तर स्टाइलिस


काठमाडौं भदौ ११
युवा रोजाइमा कस्तो वाइक पर्छ थोरै इन्धनमा लामो दुरी चल्ने वा सस्तो तर युवाको रोजाइ फरक छ । महंगो होस् ुनो प्रब्लमु तर स्टाइलिस र रेसिङ वाइक हुनुपर्छ ।

गत आर्थिक बर्षमा अहिलेसम्मकै वढी मोटरवाइक विक्री भएको नेपालमा युवाको रोजाइमा स्टाइलिस वाइक पर्ने गरेको छ । ुयुवाको रोजाइ मूल्यमा भन्दा स्टाइल हुने गरेको छु यामाह मोटरसाइकलको अधिकृत विक्रेता मोरङ अटो वर्कसका प्रमुख कार्यकारी विष्णु अग्रवालले भने । गत बर्ष नेपाली बजारमा ८० हजार वाइक विक्री भएको थियो ।

मूख्यगरी होन्डा हिरोहोन्डा बजाज यामाहालगायत ब्राण्डको वाइक विक्री हुने गरेको नेपाली बजारमा युवा वर्ग मूख्य उपभोक्ता हुने गरेका छन् । गत बर्ष २० हजार मोटरसाइकल विक्री गरेको यामाहाले ुयंङहर्टु लाई आफ्नो लक्षित वर्ग वनाएको छ ।

यामाहाले एफजेड र आरवानफाइव बाइक युवालाई लक्षित गरी बजार भित्राएको छ । होन्डा तथा हिरोहोन्डाको अधिकृत विक्रेता स्याकार कम्पनीले पनि युवालाई लक्षित गरेर वाइक भित्राउने गरेको छ । गत बर्ष होण्डाले युनिकोन र साइन मोटरसाइकललाई युवा अनुकुल भन्दै बजार प्रबद्र्धन गरेको थियो ।

वाइकसँग व्यक्तित्व जोडिन थालेपछि युवाको रोजाइ स्टाइलिष्ट वाइक पर्न थालेको स्याकारका निर्देशक सौरभ ज्योतिले बताए । आरामदायी र इन्धन कम खपत हुने वाइक पनि रोजाइमा पर्ने गरेको अग्रवालले बताए ।

मोटरवाइकललाई हेर्ने नजरमा पनि परिवर्तन आएको छ । पहिले यसको क्रेज वढ्ने गरेकोमा अहिले वाइक आवश्यकता हुन थालेको छ । ुवाइक क्रेज होइन आवश्यकता हुन थालेको छु बजाजको अधिकृत विक्रेता गोल्छा समुहका कार्यकारी निर्देशक शेखर गोल्छाले भने । उनले वाइक आधरभूत आवश्यकता हुन थालेकाले पनि माग वढेको बताए ।

गत बर्ष वाइकको विक्री ४० प्रतिशतले बढेको थियो । यो बर्ष पनि वाइकको माग १० देखि २० प्रतिशतले वढ्ने मोरङ अटोका अग्रवालले बताए । उनले रेमिट्यान्सको बृद्धिदर गत बर्षको जति नै भए मागपनि त्यही अनुसार वढ्ने जानकारी दिए ।

३३ बर्षअघि एस्कोर्टस राजदुततबाट नेपाली बजारमा ुराजु गर्दै आएको मोरङ अटोले अहिले ग्ल्याडिएटर अल्वा जि-५ क्रुक्स-५ आरवानफाइव एफजेड एमएम-११० वाइक विक्री गर्दै आएको छ । पुराना उत्पादनलाई परिस्कृत गर्दै तथा नयाँ स्टाइलिस वाइक भित्राउँदै यामाहाले आफ्नो व्रान्डलाई स्थापित गरिरहेको अग्रवालले बताए ।

स्याकारले होन्डाको साइन स्टुनर सिविएफ र युनिकोन वाइक हालै बजारमा ल्याएको छ । रिसेल भ्यालु राम्रो हुने गरेका यी वाइक पुरुष केन्द्रित हुन् । सबैका लागि हुने गरी होन्डाले भर्खरै मात्र एक्टिभा स्कुटर बजारमा ल्याएको छ । विशेषगरी महिलाका लागि हुने गरी कम्पनीले एभिएटर र डिओ स्कुटर पनि ल्याएको छ ।

स्प्लेन्डर वाइकबाट नेपाली बजारमा ख्याति कमाएको हिरोहोन्डाले स्प्लेन्डर एनएक्सजी स्प्लेन्डरप्लस र सुपर स्प्लेन्डर ल्याएको छ । हिरोहोन्डाको स्याकारको हिरोहोन्डाले एचेभर सिभिजेड-टे्रम सिडी डिलक्स ग्ल्यामर हंक करिज्मा प्यासनप्लस पनि बजारमा राम्रो प्रभाव जमाउन सफल वाइक हो । हिरोहोन्डाले प्लेजर स्कुटर पनि विक्री गरिरहेको छ ।

पल्सर वाइकबाट नेपाली युवाको मन जितेको बजाजले १२५ सिसीदेखि २ सय सिसीसम्मका वाइक बजारमा ल्याएको छ । स्टाइलिस स्पिड र वढी सिसीको पल्सर गत बर्ष सबैभन्दा वढी विक्ने मध्येको वाइकमा पर्छ । ुपल्सर युवा सुहाउँदो भएकालॆ यसको माग एकदमै वढ्योु बजाज व्राण्डको वाइक विक्री गर्ने गोल्छाले भने । उनले युवा स्पिड र स्टाइल मनपराउने भएकाले उनीहरुको रोजाइ पल्सरतर्फ ढल्किएको बताए ।

बजाज व्राण्डको पल्सरका साथै एक्ससिडी डिस्कभर डिस्कभर डिटिएसआइ एभेन्जरलगायतका वाइक विक्री गर्दै आएको छ । बजाजको प्लाटिना एभेन्जर र कि्रष्टल वाइक पनि नेपाली सडकमा दौडिरहेका छन् ।







कुलेखानीमा पानी वढ्यो


नागरिक सम्वाददाता
काठमाडैं भदौ ९
कुलेखानी जलविद्युत आयोजनामा पानीको सतह बढेकाले आगामी हिउँदमा लोडसेडिङ केही कम हुने भएको छ । कुलेखानी जलासयमा गत बर्षको तुलनामा १४ मिटर पानीको सतह बढेको छ । जलासययुक्त एक मात्र कुलेखानी आयोजना हिउँदको लोडसेडिङ कमगर्ने प्रमुख स्रोत हो । यसबाट ६० मेगावाट विद्युत उत्पादन हुन्छ ।

कुलेखानीमा पानीको सतह बढ्दै गएकाले लोडसेडिङ केही घट्ने विद्युत प्राधिकरणले जनाएको छ । अहिले १ हजार ५ सय १० मिटर पानी भरिएको छ । आयोजना पुरै भरिन अझै २६ मिटर बाँकी छ ।

ुगत बर्षको भन्दा पानीको सतह वढेको छु विद्युत प्राधिकरण भारप्रेषण केन्द्रका प्रमुख शेरिसंह भाटले भने ुपुरै जलासय भरिएमा लोडसेडिङ गत हिउँदको तुलनामा केही कम हुन्छ ।ु

बर्षाले साथ दिएमा आगामी १५ दिनमा कुलेखानी जलासय पुरै भरिने प्राधिकरणले जनाएको छ । कुलेखानीको पानी भण्डार गर्ने क्षमता १ हजार ५ सय ३६ मिटर रहेको छ । गत हिउँदमा कुलेखानीको पानी रित्तिएकाले दैनिक १८ घण्टासम्म लोडसेडिङ भएको थियो ।

अरु आयोजना ुरन अफ रिभरु प्रकृतिको भएकाले हिउँदमा पानीको वहाव कम हुँदा विद्युत उत्पादन धेरै कम हुन्छ । यस्तो अवस्थामा बर्षामा पानी भण्डारण गरी हिउँदमा विद्युत उत्पादन गर्न कुलेखानी एक मात्र विकल्प हो ।

खेरजाँदै ९ लाख युनिट
हेटौडा-भरतपुर प्रशारणलाइनको तार फेर्न नसक्दा दैनिक ९ लाख युनिट विद्युत खेर गइरहेको छ । चितवनमा पर्ने प्रशारणलाइनको तार फेर्न स्थानीय वासिन्दाले अवरोध पुर् याएकाले विद्युत खेर गएको जानकारी उर्जा मन्त्रालयका प्रवक्ता अनुप उपाध्यायले दिए ।

दोहोरो सर्किट निर्माण गर्न सकिने गरी गाडिएको प्रशारणलाइनको पोलमा पुरानो तार फेर्न तथा दोस्रो सर्किटको तार जोड्न स्थानीयले नदिएको प्राधिकरणका प्रशारणलाइन तथा प्रणाली विाभागका महाप्रबन्धक युगलकिशोर साहले जानकारी दिए । अवरोधका कारण १३२ केभी क्षमताको प्रशारणलाइनले क्षमता अनुसारको काम गर्ननसक्दा विद्युत खेर गएको हो ।

स्थानिय वासिन्दाको अवरोध खुलावउन प्राधिकरणले उनीहरुसँग पटक-पटक प्रयास गरेपनि सफल हुन सकेको छैन । गत साता मात्रै प्राधिकरणको चितवन कार्यालयले अवरोधकर्ता स्थानीयसँग वार्ता गरेको थियो । स्थानीयले आफ्नो जमिनमा परेको प्रसारणलाइनको पोल सार्न र नसारे मुआब्जा दिन प्राधिकरणसँग माग गरेका छन् ।

एक परिवारले दैनिक अधिकतम १० युनिट विद्युत खपत गरेभने पनि खेर गएको बिजुलीबाट ९० हजार परिवार लाभान्वित हुन्छन् । विद्युत खेरजाँदा प्राधिकरणलाई दैनिक ६० लाख ७५ हजार रुपैयाँ घाटा परिरहेको छ । प्राधिकरणले प्रतियुनिट ६ रुपैयाँ ७१ पैशाका दरले विद्युत विक्री गर्छ ।