तलब सीमा र सन्तुलन

सुदर्शन सापकोटा
बैंक तथा वित्तीय क्षेत्रका प्रमुखहरु (सिइओ) को तलब सीमा तोक्ने राष्ट्र बैंकको निर्देशन खोटरहित छैन। अहिलेकै रुपमा निर्देशनले निरन्तरता पाइरह्यो यसमा कुनै पुनर्विचार गरिएन भने बैकिङ क्षेत्रका 'विकृति' रोक्ने राष्ट्र बैंकको 'पवित्र उद्देश्य' पूरा होला भन्न सकिन्न। यसले एकथरी विकृतिलाई रोक्दै अर्काथरीलाई बढाउने सम्भावना उच्च छ।

तलब बढ्ने लोभमा सिइओहरुले रियलस्टेट मार्जिन कर्जालगायतमा जथाभावी लगानी बढाउँदा विश्व आर्थिक मन्दी आएको पृष्ठभूमिमा नेपाल राष्ट्र बैंकले तलबमा सीमा निर्धारण गरेको छ। हामीकहाँ पनि त्यस्तै प्रकृतिको संकट आउला भन्ने त्रास राष्ट्र बैंकको हो। नेपालको सन्दर्भ भने विश्व आर्थिक मन्दी अघिको अवस्था भन्दा फरक छ। यहाँ रियलस्टेटमा कर्जा बढ्न थालेपछि केन्द्रीय बैंकले सीमा तोकिदिएको छ। अहिले अधिकांश बैंक राष्ट्र बैंकले तोकेको सीमा भित्रै आइसकेका छन्।
केन्दीय बैंकले मुख्य गरी दुई वटा सूचकलाई आधार बनाउँदै तलब सीमा तोकेको छ। कुल कर्मचारी खर्चको ५ प्रतिशत वा कुल सम्पतिको ०.०२५ प्रतिशतभन्दा कम तलब हुनुपर्ने व्यवस्था गरिएको छ। केन्द्रीय बैंकले राम्रै नियतले तलब निर्धारण गर्न खोजेको हुनसक्छ। तर उसले अपनाएको विधिले अर्थतन्त्रका तमाम सूचकांक नकारात्मक भएका बेला पनि फस्टाएको बैंकिङ क्षेत्रलाई प्रतिकुल असर पर्ने देखिन्छ। यो व्यवस्थाले सिइओलाई कर्जा र कर्मचारी बढाउन प्रोत्साहित गर्ने निश्चित छ। बैंकको सबैभन्दा ठूलो सम्पति कर्जा हो। कर्जा र कर्मचारी बढाएपछि तलब बढ्ने नीतिले बैंकलाई अस्थिरतातिर धकेल्छ। 

लघुवित्तमा नबुझेका पनि आउन थालेका छन्


रामचन्द्र जोशी
कार्यकारी निर्देशक,
छिमेक विकास बैंक
 
 

छिमेक विकास बैंक लघुवित्त क्षेत्रमा कार्यरत अग्रणी कम्पनीमध्ये एक हो । कम्पनीले ५० शाखामार्फत एक लाख १९ हजार सदस्यलाई सेवा दिइरहेको छ । हालसम्म एक अर्ब ४० करोड कर्जा लगानी गरेको कम्पनी तथा समग्र लघुवित्त क्षेत्रका बारेमा कार्यकारी निर्देशक रामचन्द्र जोशीसँग नागरिकका सुदर्शन सापकोटाले गरेका कुराकानी :

'मर्जर'मा जानेलाई राष्ट्र बैंकको थप सुविधा

काठमाडौं, मंसिर १२- राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था एक आपसमा गाभिँदा थप सुविधा दिने भएको छ। अध्यादेशमार्फत आएको बजेटले मर्जरमा जाने कम्पनीलाई पुँजीगत लाभकर हटाउने व्यवस्था गरेपछि केन्द्रीय बैंकले थप सुविधा दिएको हो।
 बजेटले बैंक तथा वित्तीय संस्था गाभ्दा लाग्ने पुँजीगत लाभकर हटाएपछि केन्द्रीय बैंक निर्देशिका बनाउने गृहकार्यमा छ। 'नयाँ निर्देशिकामा ठूलोस्तरको मर्जरमा जानेलाई थप सुविधा दिइनेछ,' गभर्नर युवराज खतिवडाले भने। 'गाभिन चाहनेलाई सजिलो बाटो बनाई दिनेछौं,' उनले भने, 'केही सुविधा थप्नेछौं।' 

नेपाल बैंकलाई ७ अर्ब पुँजी थप्नुपर्ने

काठमाडौं, मंसिर ८ (नागरिक)- नेपाल बैंकलाई वित्तीय रुपमा स्वस्थ्य बनाउन थप ७ अर्ब १० करोड रुपैयाँ पुँजी आवश्यक पर्ने देखिएको छ। राष्ट्र बैंकको निर्देशन बमोजिम पुँजी कोष १० प्रतिशत पुर्‍याउन यो रकम आवश्यक परेको हो। 
 'पूँजी थप भए राष्ट्र बैंकको निर्देशनअनुरुप सञ्चालनका लागि योग्य हुन्छ,' बैंक व्यवस्थापन समूह संयोजक महेश्वरलाल श्रेष्ठले नागरिकसँग भने। 
आठ वर्षअघि वित्तीय सुधार कार्यक्रम सुरु भएपछि बैंकको व्यवस्थापन विदेशीलाई दिइएको थियो। विदेशी व्यवस्थापनले ५ वर्ष पूरा गरेपछि राष्ट्र बैंकका प्रतिनिधिले बैंक व्यवस्थापन सम्हाल्दै आएका छन्।
अहिले बैंक व्यवस्थापन समूहको संयोजकमा राष्ट्र बैंकका कर्मचारी श्रेष्ठ छन्। कात्तिक सुरुमा समूहमा रहेका राष्ट्र बैंकका २ प्रतिनिधि फिर्ता गरिएको थियो। अहिले केन्द्रीय बैंक बाँकी एक संयोजक श्रेष्ठलाई समेत फिर्ता गर्ने गृहकार्यमा छ। 'फागुन-चैतसम्म राष्ट्र बैंकका प्रतिनिधि फिर्ता गरेर व्यावसायिक व्यवस्थापन ल्याउने योजना छ,' एक अधिकारीले भने।

शाखा विस्तार गर्न आवेदन



काठमाडौं मंसिर ७ 
- मौदि्रक नीतिमा शाखा विस्तार गर्न राष्ट्र बैंकबाट स्वीकृति लिनु पर्ने व्यवस्था गरिएपछि आधा दर्जन बैंकले आवेदन दिएका छन् ।
मेगा एभरेस्ट जनता कुमारी लक्ष्मीलगायत आधा दर्जन बैंकले शाखा खोल्नका लागि आवेदन दिएका हुन ।
राष्ट्र बैंकका अनुसार शाखा विस्तार गर्न केन्द्रीय बैंकसँग स्वीकृति लिनुपर्ने व्यवस्थापछि बैंकहरु पहिलेजस्तो आकर्षित हुन छाडेका छन् । 'स्वीकृति लिनु पर्ने व्यवस्थाले आकर्षण घटेजस्तो देखिएको छ,' राष्ट्र बैंकका एक अधिकारीले नागरिकसँग भने, 'कारोबार विस्तारका लागि शाखा खोल्नै पर्ने भएकाले ढिलोचाँडो स्वीकृतिका लागि आउँछन् ।'

मरेपछि पनि बिमामा कर


कहिँ नभएको व्यवस्था नेपालमाः बिमक, 
हटाउन सुझाव दिएका हौं बेवास्ता भएको छ : समिति

सुदर्शन सापकोटा
काठमाडौं मंसिर ८
जनकपुरका कारी साहले २२ वर्षे छोरा सुबोधकुमार साहको मृत्यु भएपछि जीवन बिमाको पैसा लिँदा कर तिर्नुपर् यो ।
दुई लाख रुपैयाँको जीवन बिमा गराएका सुबोधले त्यस बापतको दुई किस्ता बुझाएका थिए । उनको मृत्युपछि बाबु कारीले बिमा रकम दाबी गर्दा ५ प्रतिशत कर तिरेरमात्र भुक्तानी पाए ।

सेयर बजारमा एनआरएनको लगानी खुला


काठमाडौं मंसिर ४
गैरआवासीय नेपाली एनआरएन ले अब सेयर बजारमा पनि लगानी गर्न पाउने भएका छन् । बजेटले एनआरएनलाई सेयर बजारमा लगानी गर्न छुट दिने नीति लिएको छ ।

एनआरएन संघ नेपालका पूर्वअध्यक्ष उपेन्द्र महतोले कार्यक्रमको स्वागत गर्दै 'ढिलो भए पनि राम्र्रो कार्यक्रम घोषणा गरिएको' बताए । 'यसमा ठूलो लगानी नआए पनि लगानीकर्ता पनि धेरै आउँछन्,' उनले नागरिकसँग भने, 'अन्तर्राष्ट्रिय बजारमा बिक्री हुने कम्पनी यहाँ छैन तर यसले सानो-सानो पुँजी भएका एनआरएनलाई आफ्नै देशमा लगानी गर्न सजिलो बाटो दिएको छ ।'
नेपालको पुँजी बजार विकासमा यो कार्यक्रम प्रभावकारी माध्यम भएको पनि उनको धारणा छ ।
हालसम्म एनआरएनलाई सेयर बजारबाहेक सबै क्षेत्र लगानी गर्न खुला छ । अरु देशमा भने विशेष व्यवस्था गरी यो क्षेत्रमा पनि लगानी गर्न छुट दिइन्छ ।
सेयरको आपूर्तिभन्दा माग कम भई बजार निरन्तर ओरालो लाग्न थालेपछि यसमा लगानी बढाउने नीतिअनुसार यो व्यवस्था गरिएको हो । गैरआवासीय नेपालीले लामो समयदेखि पुँजी बजारमा लगानी गर्न इच्छा देखाउँदै आएका छन् ।

निक्षेप बिमा कार्यक्रममा २५ करोड

वित्तीय क्षेत्र कार्यक्रम

नागरिक संवाददाता
काठमाडौं मंसिर ४
बैंकहरु आर्थिक रुपमा टाट उल्टिँदा निक्षेपकर्तासमेत जोखिममा पर्छन् । सरकारले तिनै निक्षेपकर्ताको पैसा सुरक्षित राख्न यसपालिको बजेटमा निक्षेप सुरक्षण कार्यक्रमअन्तर्गत २५ करोड रुपैयाँ लगानी गर्ने घोषणा गरेको छ ।

चालू वर्षको बजेटमा निक्षेप तथा कर्जा सुरक्षण निगममा पुँजी लगानी गर्ने व्यवस्था उल्लेख छ ।
यो अघिल्लो वर्षकै बजेटमा व्यवस्था गरिएको कार्यक्रम हो । तर यसमा खासै प्रगति नभएपछि यसपालि निगमलाई बलियो बनाउन सोझै पैसा लगानी गर्ने कार्यक्रम ल्याइएको छ । मन्त्री पाण्डेले निगमलाई आर्थिक रुपमा बलियो बनाउन अधिकृत पुँजी बढाउँदै २ अर्ब रुपैयाँसम्म पुर् याउने बताए ।
कार्यक्रमअनुसार वाणिज्य बैंक विकास बैंक वित्तीय संस्था र लघुवित्त संस्थामा २ लाख रुपैयाँसम्मको निक्षेप बिमा गर्न सकिन्छ ।

नेपाल बैंकको सिइओ नियुक्ति जिम्मा व्यवस्थापनलाई


नागरिक संवाददाता
काठमाडौं कात्तिक ३०
राष्ट्र बैंकका गभर्नर युवराज खतिवडाले नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत सिइओ चाँडै नियुक्त हुने बताएका छन् । उनले प्रमुख कार्यकारी नियुक्तिको जिम्मा बैंक व्यवस्थापनलाई सुम्पिएको जानकारी दिए ।

'राष्ट्र बैंकले सधैं नेपाल बैंक चलाउन सक्दैन र चलाउनु पनि हुँदैन,' नेपाल बैंकको ७४औं वार्षिकोत्सव ार्यक्रममा मंगलबार उनले भने, 'नियुक्तिको जिम्मा व्यवस्थापनलाई दिइसकिएको छ तर यसका लागि केही प्रकि्रया पुरा गर्नुपर्ने भएकाले समय लाग्छ ।' केही समयअघि नेपाल बैंकका प्रमुख कार्यकारी विनोद आत्रेयलाई हाजिर गर्न नदिइ कर्मचारी संगठनहरुले फिर्ता गरिदिएको प्रसंग जोड्दै गभर्नर खतिवडाले प्रमुख कार्यकारीलाई बिदा गर्दै जाने हो भने नेपाल बैंकमा कोही पनि नआउने दाबी गरे । 'प्रमुख कार्यकारी नियुक्त गर्न गाह्रो छ,' उनले भने, 'बिदा गरेजस्तो सजिलो हुँदैन ।'

बैंकिङ क्षेत्रमा तरलता अभाव

सुदर्शन सापकोटा
काठमाडौं, मंसिर २- 
बजेट आउन ढिलाइ भएकाले बैंकहरुमा दुई सातायता तरलता (लगानी योग्य पुँजी) अभाव चुलिएको छ। यसले बैंकहरुले महंगो ब्याजको स्थायी तरलता सुविधा (एसएलएफ) लिन थालेका छन्।
'अहिले अभाव बढी देखिएको छ,' बैंकर्स संघका सदस्य तथा लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन जोशीले नागरिकसँग भने, 'बैंकहरु एसएफमा जान थालिसके।'

बैंकहरुमा तरलता अभाव चर्किएर आपसमा लिइने (अन्तर बैंक) सापटीसमेत पाउन छाडेपछि महंगोमा स्थायी तरलता सुविधा (एसएलएफ) प्रयोग गर्न थालेका हुन्। 'दुई साता भयो बैंकहरुले नियमित एसएलएफ प्रयोग गरिरहेका छन्,' राष्ट्र बैंक उच्च स्रोतले नागरिकसँग भन्यो।
बजारमा पैसा पाउन छाडेपछि मात्र बैंकहरुले एसएलएफ लिन्छन्। बैंकहरुलाई एसएलएफ लिन निरुत्साहित गर्न राष्ट्र बैंकले बैंक दर र टे्रजरी विल्सको बट्टादरमा जुन महंगो हुन्छ त्यसमा तीन प्रतिशत थप 'पेनाल्टी' जोडेर यसको ब्याजदर निर्धारण गर्छ। यो बढीमा ५ दिनसम्म प्रयोग गर्न सकिन्छ। चालु बर्षको मौद्रिक नीतिले बैंक दर शुन्य दशमलव ५ प्रतिशत बिन्दुले बृद्धि गर्दै सात प्रतिशत पुर्‍याएको छ।

लक्ष्मी इन्टरकन्टिनेन्टल हुन्डाइको एक्लो विक्रेता

काठमाडौं कात्तिक २८
कोरियाको हुन्डाइ कम्पनीले लक्ष्मी इन्टरकन्टिनेन्टललाई नेपालको एक मात्र आधिकारिक विक्रेता नियुक्त गरेको छ । लामो समयदेखि यो जिम्मेवारीमा रहेको एभ्को इन्टरनेसनललाई हटाएर लक्ष्मीलाई ल्याएको हो ।

आधिकारिक विक्रेतामा भएको हेरफेर बारे सोमबार औपचारिक घोषणा गर्न हुन्डाइ कम्पनीबाट एक उच्चस्तरीय टोली नेपाल आइसकेको छ । टोलीले औपचारिक रुपमा लक्ष्मीलाई एक मात्र विक्रेता नियुक्त गर्दै एभ्कोलाई यो जिम्मेवारीमा हटाउँदै छ । लक्ष्मी इन्टरकन्टिनेन्टल हुन्डाइको कार विक्री गर्ने आधिकारिक विक्रेताको परिक्षण कालमा थियो । हुन्डाइले दुई महिनाअघि लक्ष्मीलाई आधिकारिक विक्रेताको अधिकार दिएको थियो ।

बैंकहरुले निक्षेपको ब्याज बढाउन थाले

सुदर्शन सापकोटा
काठमाडौं, कात्तिक ३०- 
तरलता अभाव भएपछि बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याज दर बढाएका छन्। दसैं- तिहारमा बाहिरिएको रकम नफर्केको र सरकारी खर्च पनि नभएपछि बैंकमा निक्षेप घटेको छ। 
बैंकिङ क्षेत्रमा निक्षेप घट्न थालेपछि यसलाई आकर्षित गर्न ब्याज दर बढाएका हौं,' बैंकर्स संघका उपाध्यक्ष तथा सिटिजन्स् बैंक इन्टरनेसनलका प्रमुख कार्यकारी राजनसिंह भन्डारीले भने, 'एक बर्षे मुद्दतिको ब्याजदर साढे ११ प्रतिशत पुर्‍यायौं।' यो बैंकले कात्तिक दोस्रो साता ब्याजदर १० प्रतिशतबाट साढे ११ पुर्‍याएको हो। 

पुराना सबै बैंकले कल डिपोजिटको ब्याज दर बढाइ सकेका छन्। दर्जनभन्दा बढी बैंकले मुद्दति र बचत खाताको ब्याज दर बढाएका छन्। 'हामीले कल डिपोजिटसँगै बचतमा ब्याज बढायौं,' प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरले नागरिकसँग भने, 'थप लगानी विस्तार गर्न निक्षेप तान्नुपर्ने भएकाले ब्याज बढाएका हौं।'
वाणिज्य बैंकहरुबाट तीन सातामा निक्षेप ८ अर्बले घटिसकेको छ। गत कात्तिक पाँच गते ६ खर्ब २३ अर्ब रुपैयाँ निक्षेप रहेको बैंकहरुसँग गत शुक्रबारसम्म ६ खर्ब १५ अर्बमा झरेको छ। निक्षेप घट्ने क्रमसँगै बैंकहरुमा तरलता अभाव देखिन थालेको छ। गत वर्ष तरलता अभाव झेलेका बैंकहरुले निक्षेप घट्न थाले लगत्तै ब्याज दर बढाउन सुरु गरेका हुन्।

अरु शीर्षकको नाममा घरजग्गा लगानी


काठमाडौं कात्तिक २५

राष्ट्र बैंकले घरजग्गा कर्जामा सीमा तोकेपछि वाणिज्य बैंकहरुले यही प्रयोजनका लागि अलग्गै शीर्षकमा कर्जा दिन थालेका छन् ।
केन्द्रीय बैंकले केही वाणिज्य बैंकमा गरेको स्थलगत अध्ययनबाट यो तथ्य खुलेको हो । स्रोतअनुसार पछिल्लो एक महिनायता आधा दर्जन वाणिज्य बैंकको स्थलगत अध्ययन भइसकेको छ । तीमध्ये धेरैले राष्ट्र बैंकको निर्देशनपछि घरजग्गा शीर्षकमा जाने कर्जा घटाएर अन्य शीर्षकमा बढाएका छन् ।

केही पुराना कर्जाको सावाँ व्याज असुलीका लागि ओभरड्राफ्टसमेत दिइएको फेला परेको छ । यसो नगरेको भए ती 'खराब कर्जा' मा परिणत हुने थिए ।
'ओभरड्राफ्ट र बिजनेस कर्जा शीर्षकमा बढी रकम प्रवाह भइरहेको देखिन्छ,' स्रोतले भन्यो, 'तर त्यसको प्रयोजन घरजग्गा नै भएको देखियो ।' अन्य शीर्षकका नाममा घरजग्गामा गएको रकम भने खुलाइएको छैन ।
केन्द्रीय बैंकले 'अन्य शीर्षकमा प्रवाह भएकॊ रकमको तथ्यांक गलत देखिएको' भन्दै यसलाई सच्याउन वाणिज्य बैंकहरुलाई निर्देशन दिइसकेको छ ।
'यस्तो प्रवृत्ति बढ्न नदिन केन्द्रीय बैंक सचेत छ,' राष्ट्र बैंकका एक उच्च अधिकारीले भने ।
ओभरड्राफ्ट र बिजनेस कर्जा शीर्षकमा धितोअनुसार बैंकहरुले जति पनि रकम प्रवाह गर्न सक्छन् । यसबाहेक व्यक्तिगत जमानीमा जाने कर्जामा यही प्रवृत्ति देखिएको स्रोतले बतायो ।
अनुगमनअनुसार गएको असारको तुलनामा नयाँ कर्जाको परिमाण ह्वात्तै बढेको देखिएको छ । औद्योगिक तथा सेवा क्षेत्रमा खासै लगानीको वातावरण नहुँदा पनि कर्जा लगानी बढ्नुले त्यो रकम सोझै घरजग्गामा गइरहेको अनुसन्धानमा संलग्न अधिकारीहरुको अनुमान छ । बैंकहरुले भने चाडपर्वमा अटोमोबाइल र उपभोग्य वस्तुका लागि बढी कर्जा प्रवाह भएको बताएका छन् ।

सेवाले आक्रमक हुनुपर्छ : शेखर बराल

 
महाप्रबन्धक, शेखर बराल,
 सूर्या लाइफ इन्स्योरेन्स
 
 
 

 
 
सूर्या लाइफ इन्स्योरेन्स जीवन बिमा बजारमा नवप्रवेशी कम्पनी हो । सर्वसाधारणमा बिमाप्रतिको जागरण बढ्दै गएको र बजारको सम्भावना पनि उत्तिकै रहेकोले सेवाप्रदायकले गुणस्तरीय सेवामार्फत प्रतिस्पर्धा गर्नुपर्ने यसका महाप्रबन्धक शेखर बराल बताउँछन । बिमा व्यवसाय सूर्या लाईफ र सेयर बजार बारे बरालसँग नागरिकका सुदर्शन सापकोटाले गरेको कुराकानी :

निर्माण व्यवसायीको भुक्तानी रोकियो


सुदर्शन सापकोटा
काठमाडौं कात्तिक २७
बजेट अभावले बैंकहरुबाट सापटी लिएर सरकारी काम गरेका निर्माण व्यवसायीको भुक्तानी रोकिएको छ । भुक्तानी नपाएपछि यसको प्रभाव बैंकहरुमा पनि परेको छ ।
'तीन महिनादेखि सरकारी भुक्तानी रोकिएको छ,' नेपाल निर्माण व्यवसायी महासंघका महासचिव शरद गौचनले नागरिकसँग भने, 'यसले काम गर्न गाह्रो भएको छ ।' उनले सरकारले भुक्तानी नगरेकाले विकास निर्माणका कामहरुसमेत रोकिएको जानकारी दिए ।

चालु आर्थिक वर्षको बजेट नआएकाले यो वर्ष नयाँ विकासका कार्यक्रम साचालनमा छैनन् । तर अघिल्लो वर्षदेखि साचालनमा भएका बहुवर्षीय विकास आयोजनाहरुको भने यो वर्ष पनि काम भइरहेको छ । अहिले यस्तै आयोजनामा भएको खर्चको सरकारले भुक्तानी दिन नसकेको हो ।
'अघिल्ला वर्षदेखि काम भइरहेका आयोजनाको यो वर्ष विल बनेको छ । तर सरकारले भुक्तानी दिन सकेको छैन,' गौचनले भने, 'अधिकांस व्यवसायीले बैंकबाट कर्जा लिएर काम गरिरहेका छन् । समयमा भुक्तानी नहुँदा सबैलाई समस्या परेको छ ।'

खेतान समूह अब सेवा क्षेत्रमा


काठमाडौं कात्तिक २५
खाद्यवस्तु पेय उत्पादन र वित्तीय क्षेत्रमा लगानी गरिरहेको खेतान समूहले गोर्खा बु्रअरीको सेयर विक्रीबाट आएको रकम सेवा क्षेत्रमा लगानी गर्ने भएको छ । काल्स्रबर्ग िसंगापुरलाई सेयर विक्री गरेर आएको ४ करोड अमेरिकी डलर करिब ३ अर्ब रुपैयाँ टेलिकम हस्पिटलमा लगानी गर्ने भएको हो । समूहले बिमा र बैंकिङ क्षेत्रमा लगानी विस्तारसमेत गर्ने भएको छ ।

'हामी पाँच वर्षभित्र सेवा क्षेत्रको किङु हुने छौं,' समूहका अध्यक्ष राजेन्द्रकुमार खेतानले बिहीबार नागरिकसँग भने, 'तत्काल हामी अस्पतालमा लगानी गर्दैछौं ।'
खेतानले सेयर विक्रीबाट आएको रकममध्ये करिब २७ करोड रुपैयाँ पुँजीगत लाभ करका रुपमा सरकारलाई बुझाउनु पर्छ । बाँकी रहेको करिब २ अर्ब ८० करोड रुपैयाँबाट समूहले १ अर्ब २५ करोड रुपैयाँ पुरानो कर्जा भुक्तानीमा खर्चिनेछ । 'हामीले सेयर बिक्री गर्नुको प्रमुख कारणमध्ये कर्जा भुक्तानी पनि एक हो,' उनले भने । उनले सेवा क्षेत्रमा भएको वृद्धिले उत्साहित भएर यतातिर लगानी विस्तार गर्नका लागि सेयर विक्री गरेको दाबी गरे ।
'उद्योगमा हुने बन्द हड्ताल लोडसेडिङले हामी निरास भएका थियौं,' उनले भने, 'यसविपरित सेवा क्षेत्र फस्टाइरहेकाले यतातिर आकर्षित भएका हौं ।' खेतानले जोखिम व्यवस्थापन गर्नका लागिसमेत सेवा क्षेत्र रोजेको जानकारी दिए ।

सम्पत्ति शुद्धीकरण ऐन अल्याए बैंकको प्रतितपत्र अस्वीकृत हुने



सुदर्शन सापकोटा
काठमाडौं कात्तिक २५
सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुन नबने यही पुस १६ देखि नेपाली बैंकले खोल्ने प्रतीतपत्र एलसी र बिमा कम्पनीको पुनर्बिमा विश्वका अरु मुलुकले नस्वीकार्ने भएका छन् ।
अन्तरसरकारी वित्तीय कार्यदल (फाइनािन्सयल एक्सन टाक्स फोस्र एफएटिएफ) ले अर्थ मन्त्रालयलाई एक साताअघि पत्र पठाउँदै सम्पत्ति शुद्धीकरणका लागि तुरुन्त ऐननियम बनाउन पत्र पठाएको हो ।

यससम्बन्धी ऐनको मस्यौदा तयार भए पनि संसदमा पेस भएको छैन । 'मस्यौदा तयार छ संसदमा टबुल हुनेबित्तिकै पास हुन्छ,' राजस्व सचिव कृष्णहरि बाँस्कोटाले बिहीबार एक कार्यक्रममा भने, 'प्रधानमन्त्री चुनावले टेबुल गर्न पाएका छैनौं ।'
एफएटिएफले नेपालले निर्माण गरेको सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ मा अपराधको व्यवस्था स्वतन्त्र वित्तीय जानकारी एकाइ एफआइयू अनुसन्धान गर्ने निकायको व्यवस्था आतंककारी सम्पत्ति जफत गर्ने व्यवस्था पर्याप्त नभएको भन्दै सरकारलाई पत्र पठाएको हो ।

गोर्खा बु्रअरीको ३ सय करोडको सेयर काल्र्सवर्ग सिंगापुरले किन्यो


काठमाडौं, २३ कात्तिक

देशको ठूलो औद्योगिक घराना खेतान समूहअन्तर्गतको गोर्खा बु्रअरीले ३ सय करोड रुपैयाँ बराबरको सेयर काल्र्सवर्ग सिंगापुरलाई बिक्री गरेको छ । देशको सबैभन्दा ठूलो बियर उत्पादक र ८० प्रतिशत बियर बजार ओगटेको यो कम्पनीले आफ्नो नाफामूलक कम्पनीको सेयर बेच्नुलाई आश्चर्यका रूपमा लिइएको छ ।

गोर्खा बु्रअरीमा डेनिस काल्सवर्गको ५० प्रतिशत र खेतान समूहको ५० प्रतिशत लगानी रहेकामा अब खेतान समूहको केवल २० प्रतिशत रहने र उसको ३० प्रतिशत सेयर सिंगापुर काल्र्सवर्गले किनेको छ । कम्पनी रजिष्ट्रार कार्यालय स्रोतले बु्रअरीको ३० प्रतिशत सेयर खेतान समूहले सिंगापुरको कम्पनीलाई बिक्री गरेको पुष्टि गरेको छ ।

कम्पनी स्रोतका अनुसार खेतान समूहका अध्यक्ष राजेन्द्र खेतानले आफ्नो नाममा रहेको २३ लाख ३० हजार ३ सय ५ कित्ता सेयरमध्ये ३ सय करोड रुपैयाँमा १८ लाख ६६ हजार ६ सय २० कित्ता सेयर सिंगापुर काल्सवर्गलाई बिक्री गरेका हुन् ।
सिंगापुर काल्र्सवर्गले दसंैलगत्तै खेतानकै लगानी रहेको लक्ष्मी बैंकमा ४ करोड डलर रकमान्तर गरिसकेको छ । यो रकममध्ये बैंकले ५० लाख डलर विभिन्न वाणिज्य बैंकलगायतका वित्तीय संस्थालाई बिक्री गरेको छ भने ३ करोड ५० लाख डलर केन्द्रीय बैंकलाई बिक्री गरेको थियो ।

राष्ट्र बैंक स्रोतका अनुसार लक्ष्मी बैंकले नै राजेन्द्र खेतानको नाममा गोर्खा बु्रअरीमा रहेको सेयरमध्ये करिब ८० प्रतिशत सेयर बिक्री गरेर आएको डलर किन्न केन्द्रीय बैंकसमक्ष पत्राचार गरेको थियो । केन्द्रीय बैंकले ठूलो मात्रामा विदेशी मुद्रा विदेशी लगानीका रूपमा प्राप्त भएकाले शोधनान्तर स्थितिमा समेत सुधार हुने बताएको छ । काल्र्सवर्ग सिंगापुरले पठाएको रकम लक्ष्मी बैंकले तिहारअघि केन्द्रीय बैंकलाई उपलब्ध गराएको हो ।

स्ट्यान्डर्ड फाइनान्समा महतो पक्षको वर्चस्व


सुदर्शन सापकोटा
काठमाडौं कात्तिक १७
स्ट्यान्डर्ड फाइनान्स कम्पनीका साचालक समिति अध्यक्ष योगेश्वरलाल श्रेष्ठको संस्थापक सेयर गैरआवसीय नेपाली उपेन्द्र महतो समूहले खरीद गरेपछि उनको प्रतिनिधित्व गर्दै दुई जना समितिमा गएका छन् ।

गत भदौमा श्रेष्ठसँग रहेको कम्पनीको ६ प्रतिशत सेयर महतो समुहले किनेको हो । महतो पक्षले संस्थापक पाँच जना समिति सदस्यमा सबै आफ्ना पक्षका राख्नका लागि श्रेष्ठ पक्षका अन्यको थप १२ प्रतिशत सेयर किन्ने प्रकि्रया अगाडि बढाइ सकेको छ । 

सूचकांकहरूद्वारा आर्थिक संकटको संकेत

काठमाडौ, कार्तिक २० - 
राजनीतिक दलका नेताहरूले बजेटलाई बन्धक बनाएर राजनीतिक अडान लिइरहेका बेला केन्द्रीय बैंकको तथ्यांकले अर्थतन्त्रको डरलाग्दो तस्बिर सार्वजनिक गरेको छ । अर्थतन्त्रका सबै सूचकांकहरूले मुलुक आर्थिक संकटतर्फ उन्मुख भएको देखाएका छन् ।
आर्थिक वर्षको दोस्रो महिना बोधनान्तर घाटा झन्डै साढे ४ अर्ब पुगेको छ भने व्यापार घाटा फैलँदै गएको छ । बजेट ल्याउन नसक्दा राजस्वका दर परिवर्तन गर्न नपाउँदा असुलीको दर पनि १ अंकमा खुम्चेको छ । मूल्यवृद्धिको पारो पनि अपेक्षित घटेको छैन । 

बजेट अभावमा सरकारी खर्च हुन नसक्दा बैंकिङ क्षेत्रको निक्षेपको वृद्धिदर पनि घटेको छ । तिहारलगत्तै यसले तरलता अभाव बढाउनेछ । फलस्वरूप निक्षेपको ब्याजदर बढाउने बाध्यता बैंकहरूलाई हुने
छ । जसको सीधा असर लगानीमा पर्नेछ । व्यवसायहरू उच्च ब्याजका कारण आर्थिक रूपमा सम्भव नहुने जोखिम यसबाट बढ्नेछ । जलविद्युत् क्षेत्रमा स्वदेशी निजी क्षेत्रले लगानी गर्न नसकिने बताइरहेको छ ।
तथ्यांकअनुसार साउनमा शोधनान्तर घाटा ३१ करोड २८ लाख थियो । तर भदौमा आइपुग्दा बढेर ४ अर्ब ३६ करोड रुपैयाँमा पुगेको छ । मुलुक भित्रने र बाहिरिने रकमबीचको अन्तर हो शोधनान्तर स्थिति । 

किष्टले विजनेस गर्छ अब : कमल ज्ञवाली

कमल ज्ञवाली, प्रबन्ध साचालक, किस्ट बैंक



बैंकको चुक्ता पुँजी ५ अर्ब बनाउन हकप्रद सेयर जारी नगर्ने भएको छ । अब पुँजी नबढाउने हो ?

चुक्ता पुँजी ५ अर्ब बनाउनका लागि प्रबन्धपत्र र नियमावलीमा शंसोधन भैसकेको छ । एक बराबर एक दशमलव पाँच हकप्रदबाट पुँजी बढाउने योजना परिवर्तन गर्न खोजिएको हो । अब चुक्ता पुँजी हकप्रद बोनस फर्दर पब्लिक इस्यु र अरु कम्पनीलाई बैंकमा गाभेर बढाइने छ । शनिबार सम्पन्न नवौं साधारण सभाबाट यही प्रस्ताव पारित भएको छ ।

लघुवित्त संस्थाको पाँच बर्षे लक्ष्य


काठमाडौं कात्तिक १४
लघुवित्त क्षेत्रमा कार्यरत संस्थाले आगामी पाँच बर्षभित्र ३१ लाख ६५ हजार विपन्न परिवारलाई सेवा पुर् याउने लक्ष्य राखेका छन् । अहिले १३ लाख २७ हजार विपन्न परिवारसम्म वित्तीय पहुँच पुगेको छ ।

लघुवित्त विकास बैंक सहकारी संस्था र गैरसरकारी संस्थाले २०७२ सम्मको लक्ष्य निर्धारण गर्दै गुणस्तरीय जिम्मेबार र आधुनिक प्रविधीको आधारमा लघुवित्त सेवा व्यापक गर्दै गरिबी न्यूनीकरणमा योगदान पुर् याउने भएका हुन् ।
लघुवित्त क्षेत्रमा कार्यरत तीन भिन्न प्रकृतिका संस्थामध्ये लघुवित्त विकास बैंकहरुले आगामी पाँच बर्षमा १२ लाख ८७ हजार परिवारलाई वित्तीय सेवा दिनेछन् । अहिले ६ लाख २४ हजारले सेवा पाइरहेका छन् । राष्ट्र बैंकबाट स्वीकृति प्राप्त सहकारी संस्थाहरुले ३ लाख ७८ हजार परिवारलाई वित्तीय सेवा दिँदै आएकोमा यो संख्या पाँच बर्षमा ८ लाख ९६ हजार पुर् याउने भएका हुन् ।