खेतान समूह अब सेवा क्षेत्रमा


काठमाडौं कात्तिक २५
खाद्यवस्तु पेय उत्पादन र वित्तीय क्षेत्रमा लगानी गरिरहेको खेतान समूहले गोर्खा बु्रअरीको सेयर विक्रीबाट आएको रकम सेवा क्षेत्रमा लगानी गर्ने भएको छ । काल्स्रबर्ग िसंगापुरलाई सेयर विक्री गरेर आएको ४ करोड अमेरिकी डलर करिब ३ अर्ब रुपैयाँ टेलिकम हस्पिटलमा लगानी गर्ने भएको हो । समूहले बिमा र बैंकिङ क्षेत्रमा लगानी विस्तारसमेत गर्ने भएको छ ।

'हामी पाँच वर्षभित्र सेवा क्षेत्रको किङु हुने छौं,' समूहका अध्यक्ष राजेन्द्रकुमार खेतानले बिहीबार नागरिकसँग भने, 'तत्काल हामी अस्पतालमा लगानी गर्दैछौं ।'
खेतानले सेयर विक्रीबाट आएको रकममध्ये करिब २७ करोड रुपैयाँ पुँजीगत लाभ करका रुपमा सरकारलाई बुझाउनु पर्छ । बाँकी रहेको करिब २ अर्ब ८० करोड रुपैयाँबाट समूहले १ अर्ब २५ करोड रुपैयाँ पुरानो कर्जा भुक्तानीमा खर्चिनेछ । 'हामीले सेयर बिक्री गर्नुको प्रमुख कारणमध्ये कर्जा भुक्तानी पनि एक हो,' उनले भने । उनले सेवा क्षेत्रमा भएको वृद्धिले उत्साहित भएर यतातिर लगानी विस्तार गर्नका लागि सेयर विक्री गरेको दाबी गरे ।
'उद्योगमा हुने बन्द हड्ताल लोडसेडिङले हामी निरास भएका थियौं,' उनले भने, 'यसविपरित सेवा क्षेत्र फस्टाइरहेकाले यतातिर आकर्षित भएका हौं ।' खेतानले जोखिम व्यवस्थापन गर्नका लागिसमेत सेवा क्षेत्र रोजेको जानकारी दिए ।

उनले अस्पताललाई चाहिने जग्गा खरिद गरिसकेको जानकारी दिए । 'अस्पताल खोल्न त्रिपुरेश्वरमा सात रोपनी जग्गा समेत किनिसकेका छौं,' खेतानले भने, 'चिकित्सक र गैरसरकारी संस्थाको संयुक्त लगानीमा अस्पताल साचालनमा आउनेछ ।' यसका लागि प्रारम्भिक चरणमा समूहले एक अर्ब रुपैयाँ लगानी गर्दैछ ।
अस्पतालको निर्माण ६ महिनाभित्र सुरु हुने जानकारी दिँदै उनले मेडिकल कलेज र नसर्िङ कलेजसमेत स्थापना गरिने बताए । 'यो सबै गर्नका लागि ४ अर्ब रुपैयाँ आवश्यक पर्छ,' उनले भने । उनका अनुसार रणनीतिक साझेदारको रुपमा चिकित्सकको समूहलाई राखिएको हो ।
'हामीसँग विशेषज्ञता हासिल गरेका चिकित्सकको समूहको संयुक्त लगानीमा अस्पताल आउनेछ,' उनले भने , 'यो नेपालको अहिलेसम्मकै राम्रो अस्पताल हुनेछ । केही गरी अस्पताल चलेन भने पनि त्यसको पूर्वाधार होटल व्यवसायिक कम्प्लेक्सका लागि प्रयोग हुने गरी निर्माण गर्छौं ।'
खेतानले टेलिकम कम्पनी साचालनका लागि विश्वमा ख्यातीप्राप्त कम्पनीसँग साझेदारीका लागि कुराकानी भइरहेको जानकारी दिए । उनले सरकारबाट पि्रुक्वेन्सी पाउने वित्तिकै कम्पनी साचालनमा ल्याउने बताए । 'हामीसँग व्यवसायिक योजना पैसा र साझेदार तयार छन्,' उनले भने, 'हामीले यो कम्पनीमा ३२ करोड लगानी गर्छौं ।' यसका लागि २ अर्ब रुपैयाँ आवश्यक पर्ने उनले जानकारी दिए ।
लक्ष्मी बैंक प्राइम लाइफ इन्स्योरेन्स र एभरेस्ट इन्स्योरेन्समा बहुमत सेयर रहेको समूहले यसमा लगानी बढाउने नीति समेत लिएको छ । लक्ष्मी बैंकको चुक्ता पुँजी तीनदेखि पाँच अर्ब पुर् याउने खेतानले जानकारी दिए । अहिले बैंकको पुँजी एक अर्ब ६१ करोड रुपैयाँ छ ।
'हामी वित्तीय व्यवसाय बढाउनका लागि अन्य कम्पनीसँग गाभिन वा खरिद गर्न खोजिरहेका छौं,' उनले भने , यसका लागि केही कम्पनीसँग कुराकानी भइरहेको छ ।' खेतानले अहिले भएका बैंकहरुले पुँजी पर्याप्तता र कर्जा-निक्षेप अनुपातका कारणले थप लगानी गर्न नसक्ने भएकाले ठूलो पुँजीको बैंक साचालन गर्न आवश्यक भएको भन्दै त्यसका लागि गृहकार्य थलिसकेको जानकारी दिए ।
डेनिस काल्स्रबर्गको ५० र समूहको ५० प्रतिशत सेयर रहेको गोर्खा ब्रुअरीमा सेयर विक्रीपछि समूहको १० प्रतिशत हिस्सा बाँकी छ । केही दिनभित्रै हुने साचालक समितिको वैठकमा खेतानले अध्यक्ष पद हस्तान्तरण गर्ने छन् । प्रबन्ध निर्देशक रहेका उनका भाइ सिपी खेतान यो पदबाट हट्दै निर्देशक हुने छन् ।
समूहको उत्पादनमूलक क्षेत्र गोर्खा बु्रअरी हिमालयन स्न्याक्स एन्ड नुडल्स र हिमालयन पेट्रोकेमिकल्समा लगानी छ । यसबाहेक साझेदारीमा कोकाकोला उत्पादक बोटलस्र नेपाल र हिमालयन बैंकमा लगानी छ । समूहको लगानी रहेको पब्लिक लिमिटेड कम्पनीहरु लक्ष्मी बैंक तथा प्राइम र एभरेस्ट इन्स्योरेन्सको बजार पुँजीकरण १० अर्ब ८४ करोड रुपैयाँ छ । हिमालयन बैंक र बोटलस्र नेपालको पुँजीकरण १४ अर्ब ४२ करोड रुपैयाँ छ । खेतानका अनुसार समूह अन्तर्गतका कम्पनीहरुले गत वर्ष ३ अर्ब ५६ करोड रुपैयाँ कर तिरेको थियो ।


No comments:

Post a Comment

thanks for comment